प्रस, निजगढ, १२ असार/
न्यायिक बाह्य पहुँच कार्यक्रम निजगढमा शनिवार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि एवं पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पहिलो न्यायाधीश स्थानीय नागरिक भएको बताए।
अदालतले दसी प्रमाणको आधारमा फैसला गर्ने भएकोले कुनै पनि घटनामा भए गरेका, देखिएका सत्यतथ्य कुरालाई प्रमाणसहित स्थानीय नागरिकले बेलैमा अदालतलाई जानकारी दिई सहयोग गरे पीडितले न्याय र दोषीले सजाय पाउने हुँदा पहिलो न्यायाधीशको भूमिका स्थानीय नागरिकले निर्वाह गर्ने उनको भनाइ थियो ।
‘सय अपराधी छुटोस् तर एकजना निरपराधी नपरोस्’ भन्ने मूल्य मान्यताको आधारमा विश्वका अदालतहरूले न्याय सम्पादन गर्ने गरेको न्यायाधीश श्रेष्ठले प्रस्ट्याए ।
अदालतबाट छिटोछरितो न्याय सम्पादनका लागि स्थानीय नागरिकले बेलैमा सहयोग गर्नुपर्ने बताउँदै उनले कुनै बेलाबखत अदालत सम्बद्ध केही कर्मचारीहरूले नियतवश वा भूलवश गरेका त्रुटिलाई आधार
बनाएर संस्थामाथि आँच आउने कुरा नगर्न कार्यक्रममा सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रममा अदालतमा उपलब्ध सेवाहरू र न्यायमा पहँुचको प्रश्नबारे न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले प्रकाश पारेका थिए ।
सो अवसरमा बारा जिल्ला अदालत बार एकाइ अध्यक्ष रामचन्द्र सिंह र उद्योग वाणिज्य सङ्घ निजगढका अध्यक्ष शम्भुबहादुर बुढाथोकीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
बारा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बारा जिल्ला अदालतका श्रेस्तादार रोशनकुमार भट्टराईले गरेका थिए । कार्यक्रम निजगढ नगरपालिकाको सभाकक्षमा भएको थियो ।
स्थानीय नागरिकमा अदालतप्रतिको बुझाइ, राज्यबाट प्राप्त कानुनी सेवासुविधा सरल र सहजरूपमा प्राप्त गर्ने प्रक्रिया तथा तौरतरिका एवं प्रावधानहरूबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।