पर्सा जिल्लाको भौराटारमा कच्ची सडकमा गाडी, टयाक्टर हिंड्दा धूलो उडयो भनेर एकजना पीडितले सडकमा टेलर तेस्र्याएर सवारीसाधनको आवागमनमा रोक लगाइदिए। निश्चय नै सडकको धूलोले घरका मानिसलाई पिरोल्छ भने त्यसको निराकरण त जरुरी हुन्छ नै। हाम्रा गाउँका अधिकांश सडकहरू कच्ची छन्। अचेल बालु–गिट्टी हालेर ग्रेभल रोड बन्न थालेको छ। उचित व्यवस्थापन नहुँदा शहरको पिच सडकहरूमा त गाडीहरू चल्दा धूलो उड्ने गर्दछ। अति संवेदनशील नगरवासी मुखमा मास्क हालेर दैनन्दिन कार्य गर्छन्। गाउँ सडकको छेउमा बसेको हुन्छ। मानिसले सडक चौडा पार्नुको साटो, सडककै केही जग्गा मिचेर घर बनाएका हुन्छन्। गाउँघरका सडकमा जीप–कारजस्ता सवारी साधन होइन, टयाक्टर चल्छन्, धूलो उड्नु त अवश्यम्भावी छ। धूलो उडेपछि त्यस वरिपरिका मानिसलाई दिक्क पार्छ। मानिस दिक्क भएपछि प्रतिक्रिया जनाउँछ, विरोध गर्छ, तर विरोध कहाँ गर्ने, प्रतिक्रिया कहाँ जनाउने ? पीडित व्यक्ति आफैं समाधान झिक्छ। गाडी चल्नै नदिने हो भने धूलो उड्दैन–न रहे बाँस न बजे बाँसुरी १
सडकमा धूलो उड्दा पन्छाउने उपाय पनि छ। सडकलाई पिच बनाइदिने, सडकमा पानी छर्किरहने, सडकभन्दा हटेर केही पर घर बनाउने वा सडकमा सवारी साधन चल्नै नदिने। नेपालको हालाबादी राजनीतिक चेतनाले दिएको पछिल्लो उपाय नै यस्तो कुनै पनि समस्यामा फत्ते पाउन अपनाउने गरिन्छ–सवारी साधन चल्न नदिने। सडकमा पिच बनाउने काम एक्लो व्यक्ति वा गाउँले नै पनि गर्न सक्दैन। सडकमा पानी छर्कन पनि सम्भव छैन, त्यति पानी कहाँबाट ल्याउने, पानी छर्कने जिम्मा कसले लिने, सम्भव छैन। सडकबाट हटेर पर घर बनाउने कुरा त झन् सम्भव छैन, किनकि गाउँमा मानिस आफ्नो गाईवस्तु सडक छेउमा बाँधेर राख्छन्, तिनका मलमूत्र सडकमा फाल्छन्। त्योभन्दा पनि सडक नै मिचेर घर बनाएका हुन्छन्। अब एउटा मात्र विकल्प बाँकी रहन्छ, सडकमा गाडीहरू चल्नै नदिने। यसका लागि ठूलो प्रयत्न पनि गर्नुपर्दैन। सडकमा खाडल खनिदिए भयो, एकजनाले आधा घण्टामा यस्तो विरोध गर्न सक्छ। सुयोगले धूलोबाट दिक्क भएका भौराटार, नौकाटोल निवासी राजेश्वर साह कानूसँग आफ्नै टयाक्टर थियो, उनले टयाक्टरको टेलर लगेर सडकमा तेस्र्याइदिए।
के यतिले समस्या समाधान हुन्छ त ? राजेश्वर साहले आफ्नो टयाक्टर चलाउँदा धूलो उड्दैन ? अनि अरूले पनि यस्तै पाराको विरोध गर्यो भने ? धूलोले एकजना राजेश्वर साहलाई मात्र पिरोलेको त होइन। गाउँका सबैलाई पिरोलेको होला। अनि सबै एकजुट भएर यसको समाधान किन खोज्दैनन् ? गाउँपिच्छे दर्जनभन्दा बढी राजनीतिक पार्टीहरू क्रियाशील छन्, उनीहरूले यस समस्यालाई सम्बोधन किन गर्दैनन् ? व्यक्ति, व्यक्तिबाट राजनीतिक दल र राजनीतिक दलबाट समग्र जिल्लावासी उर्लेर विरोध किन गर्दैनन् कि सरकारको कानमा लागेको बुजो निस्कोस् ? गाउँ विकास समितिको बजेट हुन्छ, जिल्ला विकास समितिको बजेट हुन्छ, यसरी गाउँले र राजनीतिक पार्टीहरू मिल्ने हो भने तिनका बजेट र संसदीय कोषको रकमले जिल्लाभरिलाई पिच त होइन, ग्रेभल गर्नेसम्मको जोहो कसरी नहोला ? विरोधलाई मनोरञ्जनको साधन मान्ने राजनीतिक संस्कारमा यस्तो हुनु सम्भव देखिंदैन।