प्रस, वीरगंज, ११ असार/
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले प्रहरीविरुद्धको आन्दोलनलाई निरन्तरता दिंदै आज पहिलो चरणको दोस्रो दिन मुखमा कालोपट्टि बाँधेर प्रदर्शन गरेको छ । घण्टाघरबाट ‘स्वतन्त्रतापूर्वक लेख्न र बाँच्न देऊ’को नारासहित महासङ्घका सदस्यहरूले प्रहरीविरुद्ध मुखमा कालोपट्टि बाँधेर नगरपरिक्रमा गरी घण्टाघरमा कोणसभा गरेको थियो ।
कोणसभामा अध्यक्ष श्याम बन्जाराले माग सम्बोधन नहुन्जेलसम्म आन्दोलन नरोकिने बताए । उनले दोषी प्रहरीमाथि अविलम्ब कारबाई हुनुपर्ने बताउँदै प्रहरीले आफ्नो गल्ती सच्याउनेतर्फ अग्रसरता नदेखाए आसन्न प्रधानमन्त्रीको वीरगंज भ्रमणमा पत्रकारहरूले कठोर कदम चाल्न सक्ने चेतावनी पनि दिए । विरोधसभाको सञ्चालन शाखा सचिव कृष्णउदास खनालले गरेका थिए ।
तीन सूत्रीय मागसहित असार ४ गते जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन दिएपछि कुनै सुनुवाइ नभएकोले पत्रकार महासङ्घले हिजोदेखि पहिलो चरणको आन्दोलन शुरू गरेको हो ।
तेस्रो चरणको आन्दोलन घोषणा
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको आज बसेको बैठकले प्रहरीविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । दोस्रो चरणको आन्दोलनसम्म प्रहरीले माग सम्बोधन नगरेकोले तेस्रो चरणको आन्दोलन घोषणा गरिएको कोषाध्यक्ष अनुप तिवारीले बताए ।
शाखा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा बसेको बैठकले तेस्रो चरण अन्तर्गत असार १३ गते आइतवार घण्टाघरमा सञ्चार सामग्रीहरूको प्रदर्शन गरेर प्रहरी ज्यादतीको विरोध गर्ने, असार १४ गते सोमवार जिल्ला प्रशासन कार्यालय पर्सामा ११ देखि साढे ११ बजेसम्म आधा घण्टा धर्ना दिने र असार १६ देखि १९ गतेसम्म ४ दिन बिहान १० देखि साँझ ५ बजेसम्म दैनिक ७ घण्टा रिले अनसन गर्ने निर्णय गरेको छ ।