यमुना प्रधानाङ्ग ‘मुना’
म एउटी जागिरे स्वास्नी मान्छे । घरनजिकै सरुवाको लागि मैले धेरैपटक मन्त्रालय र विभाग चहारेकी छु
। विडम्बना, सरुवा हुन सकेन । कारण, हाम्रो देशमा अरू क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि आफूले चाहेको ठाउँमा सरुवा हुन, पार्टीका नेता वा कर्मचारी हकहितका लागि खोलिएका विभिन्न पार्टीसँग आबद्ध सङ्घ, स·ठनका नेताकहाँ पहुँच पुगेको हुनुपर्छ । पहिलोपटक सरुवाको लागि मेरो सबै प्रक्रिया पुगेको भए तापनि पहुँच नपुगेको कारण भएन भने त्यही बेला नेताहरूको पहुँच पुगेका कर्मचारीहरूको सरुवा हुँदा साह्रै चित्त दुखेको थियो ।
सरुवाकै विषयलाई लिएर तेस्रोपटक कर्मचारी हकहितका लागि खोलिएका सङ्घ/स·ठनका साथीमार्फत् दुई वर्ष पहिले काठमाडौं जाने तरखरमा लागेकी थिएँ । घरमा म मात्र स्वास्नी मान्छे । बिहान चट्टै घर छाडेर पनि हिंड्न सकिनँ । टाटा सुमो गाडी जतिखेर पनि पाइहाल्छ भनी सबैलाई खुवाइवरी ११ बजेतिर वीरगंज बसपार्क पुगें । सुमो त एउटा पनि थिएन, किनकि भर्खर मात्र छट पर्व सकेकोले यहाँबाट काठमाडौं जाने यात्रुको चापले गर्दा सबै गाडी काठमाडौंमैं थुप्रेको थियो । रात्रिबसमा म एक्लै जाने भएको कारण चासो लिइनँ तर सरुवाको लागि भनिदिन्छु भन्ने व्यक्तिले काठमाडौंमा भोलि नै भेट्नु, पर्सिदेखि लामो बिदा लिई बाहिर जाँदैछु भनेकोले नगई पनि नहुने । अब के गर्ने भनी बसपार्कमा भौतारिंदै थिएँ । यत्तिकैमा काठमाडौं–काठमाडौं भन्दै कराइरहेको दिवासेवाको खलासीलाई देखें । खलासीलाई सोधिहाले– सिट छ ? कतिखेर हिंड्छ ? कति बजे पुर्याउँछ ? महिला छन् कि छैनन् ? जवाफ थियो, १२:३० बजे हिंड्छ । ५ बजे पुग्छ । महिला पनि छ भनेपछि टिकट लिएँ ।
मेरो सिटको छेउमा एउटा केटोको सिट परेको थियो भने मसँगैको अर्को सिटमा एउटा केटो र ७०–७५ वर्षीय वृद्धा बसेका थिए । त्यो केटोलाई भने– “कृपया तपाईं मेरो सिटमा बस्नुस्, तपाईंको सिटमा म बस्छु ।” केटो भलादमी रहेछ, सहमति जनाउँदै सिट छोडिदियो । बसमा यात्रा गर्नेहरू प्राय:जसो मधेसी समुदायको थियो । ती वृद्ध महिला पनि । बस ठीक १२:३० मा आफ्नो गन्तव्यको लागि गुड्यो । म पनि ढुक्क भएँ, जुनसुकै समुदायको भएपनि महिलासँग बस्न पाएकोमा । मैले परिचय गर्ने क्रममा सोधिहाले– अपने के घर कहाँ परेला ? काठमाडौं मे कौन रहेला ? आदि । वृद्ध महिला नेपाली बोल्नुहुँदो रहेछ । उनले भनिन्– “मेरो घर गौर हो । काठमाडौंमा ठूलो छोरा बस्छ । सानो छोरा वीरगंजमा बस्छ ।” अनि मैले पनि आफ्नो परिचयका साथ सोधे अनुसार सबै जवाफ दिएँ ।
उनको आँखा आँसुले भरिएको थियो र झ्यालतिर हेरी लुकाउने प्रयास गरिरहेको देखें । मलाई सोधु कि भन्ने कौतुहलता लागिरहेकै थियो तर उनैले कुरा पोखिहालिन्– “मेरो ठूलो छोराको पत्नीको मृत्यु भएको डेढ महिना भयो । एकजना नाति र एकजना नातिनी छन् । बुहारीको मुत्युपछि म प्राय: काठमाडौंमैं बस्ने गरेकी छु ।” उनको कुरा सुनेर दु:ख लाग्यो ।
मैले बाटोमा किनेको खानेकुरा म र वृद्ध महिला बाँडीचुँडी खायौं भने उनले नातिनातिनीको लागि लगेको कोसेली मलाई पनि दिइन् । यसरी परिचयपछि हाम्रो यात्रा सहजकताका साथ राम्रोसँग बितिरहेको थियो । नौबीसे नपुग्दै नास्ता खानको लागि गाडी रोकियो । कन्डक्टर कराउँदै आयो– “नास्ता टन्नै खानुस् है बाटो जाम छ । उताबाट एउटा पनि लामो रूटको रात्रिबस आएको छैन । नागढु·ादेखि तलको बाटो बनाउँदै छ । सुन्छु, साइड दिने क्रममा बस फसेको छ रे । कतिखेर पुगिन्छ ठेगान छैन ।” भएन त फसाद, मैले सोचें । अब मलाई चिन्ता लाग्न थाल्यो, कतिखेर पुर्याउँछ, कसरी जाने आदि । नास्ता खाने ठाउँबाट त बस गन्तव्यतिर गुड्न त गुड्यो तर खुल्दै, रोक्दै, खुल्दै, रोक्दै गरेर राति ११:३० बजेतिर बस कलड्ढी पुग्यो । भाइलाई खबर गरें मोटरसाइकल लिएर आउनलाई । उसले पार्टीमा अतिकति पिएकोले आउन नसक्ने भन्यो । “ट्याक्सी पाउँछ होला, लिई आउने कोशिश गर्नु न दिदी, यहाँ केही साधन छैन,” भाइले मोबाइलबाट भन्यो । ठीक त्यसै बेला ‘जाने हो’ भनी ट्याक्सी चालक ढोकानिर आएर करायो । आफूलाई पनि साथी हुने र उनको पनि कोही लिन नआउने थाहा पाएपछि मैले आफूसँग हिंड्न् र भोलि बिहान छोराकहाँ पुर्याइदिन्छु भने ।
बाटोमा मसँग प्रभावित भएर होला उनले आफ्नो छोराको डेरामा हिंड्न कर गरिन् । र, छोरालाई सम्झाइबुझाइ गरिदिन आग्रह गरिन् । म दोधारमा परें, के गरूँ ? मैले अप्ठ्यारो मानेको बुझेर उनले केही गार्हो मान्नुपर्दैन, सुत्ने ठाउँ छ भनी कर गरिन् । त्यसपछि हामी उनको छोराको डेरा सानेपामा टयाक्सी लिई गयौं । त्यतिखेर मलाई महसुस भयो, सफर समयमैं र बुझेर गर्नुपर्दो रहेछ । किनकि अचेल पशुत्व व्यवहार देखाउनेहरू बढ्दो छन् । जसको कारण युवा, युवती, बूढा, बूढी, बालबालिका कोही पनि सुरक्षित छैनन् ।
उनको डेरामा पुग्यौं । छोरो यस्तै ३५/३६ वर्षको हुँदो हो । नाति ८ वर्ष जतिको भने नातिनी १० वर्ष जतिको थिइन् । काठमाडौं बसेको बीस वर्ष भइसकेको रहेछ । डेरामा एउटा ठूलो कोठा र भान्सा छ । कोठा मिलाएरै राखेको थियो । नास्ता त बाटोमा नै टन्न खाएका थियौं । खाना खान परेन । ओछ्यान मिलाइ सुत्ने तरखरमा लागें । त्यत्तिकैमा उनको छोरा मनिर आएर विलाप गर्न थाल्यो– “दिदी, मेरी पत्नी मरी, मेरो सर्वस्व गयो । उसैको सम्झनाले सताउँछ , निद्रा पनि लाग्दैन । छोराछोरी कसरी हुर्काउने ? मेरो कारोबार छ, कसरी सम्हाल्ने ? चिन्ता लाग्छ । मेरो श्रीमती मर्ने थिइन । मेरी सासु मरेकीले माइत गइन्, ऊ भर्खर मात्र बिरामीबाट उठेकी थिइन् । किरियाभरि नुहाइन् । त्यहाँ उसका माइतीका मान्छे कसैले पनि ननुहाउन भनेनन् । सधैं नुहाएकोले चिसोले निमोनिया भएर उनको मृत्यु भयो । माइत नगएको भए उनी मर्ने थिइनन् ।”
सकोस् कि नसकोस् किरियाभरि नुहाउनुपर्ने बाध्यता त्यहाँ नभइदिएको भए आज ती महिलाले ज्यान गुमाउनुपर्ने थिएन । हाम्रो समाजले यस्ता रूढिवादी परम्परामा परिमार्जन गर्न अलिकति लचकता अपनाउन मात्र सके भोलिका दिनमा महिलाहरूको ज्यान अनाहकमा जानेछैन । नाबालक छोराछोरीको लागि एउटी आमा, पतिको लागि एउटी पत्नीको कमी खट्किएको मैले सहजै महसुस गरें । मैले सकेसम्म त सम्झाएँ । घाउ आलै थियो । बिर्सिन पनि कसरी सकोस् ।
बिहान सबेरै उठी हिंड्ने तरखर गर्दै थिएँ । छोराले चिया बनाइ ल्यायो । ती वृद्ध महिलाले बाटोसम्म पुर्याइदिन्छु भनिन् । “यस्तै हो संसार कसले पो अजम्बरी बुटी लिएर आएको छ र भाइ भोलि हामी पनि जाने बाटो त्यही हो अघि र पछि मात्र न हो” भनी मैले सम्झाइ त्यहाँबाट बिदा भएँ । बाटोसम्म पुर्याउन आएकी महिलाले भनिन्– “तपाईंसँग भेटेर साह्रै खुशी लाग्यो ।” महिलासँग बिदा लिई वीरगंजमा भेट्ने भनी आफ्नो बाटो लागें । ती वृद्ध महिला म ओझेल नपरून्जेलसम्म मलाई हेर्दै रहिन् ।