$type=ticker$count=12$cols=4$cate=0

असार १५ किसानको लागि कि रमिता गर्ने सुकिलाहरूका लागि

SHARE:

जियालाल साह
    आज असार १५ । सरकारले घोषणा गरेको धान दिवस । सरकारले २०६० सालदेखि धान दिवसको रूपमा मनाउँदै आएको यस दिनमा किसानको कुनै लगाव देखिन्न । किसान दर्जनौं समस्याका बावजुद आफ्नो बाली अनुकूल खेतमा कसैले बीउ काट्ने, रोप्ने कसैले आलि लगाउने गर्दछन् आफ्ना दु:ख समस्या बिर्सी रोपाहार र आलि लाउनेले एक आपसमा हिलो छयापछयाप गर्ने किसानका छोरा मात्रै होइन, जो कोहीको पनि मनसपटलमा नबिर्सने गरी बसाएका छन् ।
    यी अविस्मरणीय क्षणहरू असार लाग्दा धेरैले सम्झिरहन्छन् र एकपटक किसानको सहभागिताको निहुमा असार १५ मा हलो, कोदालो र पसिना बगाई किसानले तयार पारेको हिलाम्मे खेतमा विभिन्न तस्बिर खिचाउने गर्दछन् । यस दिनलाई बडो तयारीका साथ राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकामा छापी नेता, मन्त्री, प्रधानमन्त्रीको तस्बिरसहित समाचार आउने गर्दछ । अरू बेला खेतको आलिमा समेत पस्न सिकसिक मान्नेहरू असार १५ मा हिलो खेल्न मात्रै होइन, सेल्फी लिने रुचि राख्दछन् ।  
    एक वर्षमा एकपटक आउने यस पर्वमा हाम्रो किसानको यो यो समस्याको समाधान भइसकेको भन्नुको साटो हरेक वर्ष नेताहरूले थुप्रै समस्याबारे बताई एकले अर्कोलाई नानाथरीको आरोप–प्रत्यारोप लगाएर यो दिन समाप्त हुन्छ । किसानले पनि साँझको सूर्य जति राम्रो देखे पनि त्यसपछि आउने अँध्यारो रात सम्झी जसोतसो हरेक वर्ष भगवानको भरमा धान उब्जाउने र साहु, महाजन, दलालले तोकेको भाउमा बिक्री गरी जीविका धान्ने गर्दछन् ।
    किसानले हलो, कोदालो र पसिना बगाई हिलाम्मे बनाई तयार पारिदिएको खेतमा पुगी ठूलाबडाहरू धान दिवसमा आफ्नो सरोकार देखाउन हिलो छयापाछयाप गर्ने र सेल्फी लिने जात्रा मनाउने गर्दछन् । यो धान दिवस भने किसानका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भने झैं हुन्छ । किसानले न  खुशीको अनुभूति गर्न सकेको हुन्छ, न आफ्ना समस्याको समाधान गरिदिनेमा विश्वस्त हुन सकेको हुन्छ ।
    पूर्वदेखि पश्चिम नेपालसम्म विश्वकै सबैभन्दा अग्लो ठाउँमा धान फलाउने जुम्ला होस् वा तराई भेगका फाँटमा धान उब्जाउने शैली एकै
हो । शैली एक भएझैं सबै ठाउँका नेपाली किसानका पीडा पनि एकै हुन् । कहिले धान रोप्दा पानी नपर्ने, खडेरी, कीरा लाग्ने, कहिले मल, खाद र बीउको अभाव भोग्ने गरेको किसानलाई यसपालि भूकम्पले अर्को पीडा थपिदिएको छ । तराईमा खासै प्रभाव नपारे पनि भुकम्पले र्कयौं किसान दाजुभाइको घरवास पुरिदिएको छ । घरबार गुमाएका धेरै किसान अहिले घर बनाउन लाग्दा खेतको बीउ सुक्ने, डढ्ने सम्भावना बढी हुन्छ । यो झरीमा किसान खेतमा गएन भने अर्को वर्ष भकारी भरिन्न । त्यसैले अरू काम पनि गर्ने अनि असारे झरीको मौका छोपी आफ्नो पीडा बिर्सी धान पनि
रोप्न उपयुक्त हुने बारा गाविस पिप्राका एकजना किसान रामचन्द्र कलवार सुझाउँछन् । २४ वर्षदेखि खेती किसानी पेशामा लागेका रामचन्द्र १४ वर्षको काँचो उमेरदेखि खेती गर्दै आएका छन् । उनी पहिलेको समस्याभन्दा अहिले अझै थप समस्या सरकारले नै निम्त्याएको आरोप लगाउँछन् । वन विनाश, नदी नाला, कुलो र नहरको व्यवस्थापन गर्न नसकेकाले किसानको समस्या अझै बल्झिंदै गएको छ । रामचन्द्रझैं पर्सा जानकी टोलका किसान प्रभु पटेलको समस्या पनि यस्तै छ । उनी भन्छन्–सरकारले मनाउने दिवस आयो तर कुलो र नहरमा पानी आउन नसकेको नेपाली किसानको शाश्वत समस्यामाथि कसैले वास्ता नगरेको गुनासो पोख्छन् । नेपाल–भारत सरकारबीच विभिन्न प्रधानमन्त्रीको पालामा भएको सन्धि र सहमतिको आधारमा नेपाली किसानले उपभोग गर्दै आएको आफ्नैं देशको पानी भारत भई नेपाल आउने गरेकोले भारतीय किसानले आफ्नो खेतमा सिंचाइ गरेपछि मात्रै नेपाल पठाउने गरेको पर्साका किसानहरूको गुनासो छ । यी यावत समस्या बल्झिंदै जाँदा किसानले समयमैं न सिंचाइ गर्न पाउँछ, न मलखाद नै बेलामा पाउने गरेको छ ।
    खलखली पसिना चुहाउँदै धेरै मेहनत, बुद्धि र विवेक पुर्‍याई गरिने धान खेतीमा छिमेकी मुलुक भारतमा मात्रै किसानहरू सिंचाइको असुविधाका कारण बाली उब्जनी नभई सयकडौं किसानले आत्महत्या गरेको थुप्रै उदाहरण छ, हाम्रो देशमा भने ज्यूँत्यूँ किसान दु:ख, कष्ट र मृत्युसँग सङ्घर्ष गर्दैछन् ।
    क्षेत्रफल र उत्पादनको हिसाबले धान नेपालको पाँच प्रमुख बालीमध्येको मुख्य बाली हो । यो प्रमुख बालीले तराई क्षेत्रको उत्पादनमा प्रमुख स्थान अगटेको छ । नेपालको ६० जिल्लाभन्दा बढी जिल्लामा १८ सय बढी प्रकारका धान उत्पादन हुने क्षेत्रीय कृषि अनुसन्धान कार्यालय नार्क परवानीपुरको तथ्याड्ढमा उल्लेख छ ।  
    यी प्रजातिबाहेक कम उत्पादन दिने, लामो समय लाग्ने, बढी पानी चाहिने तराईका कतिपय मौलिक प्रजातिका धानहरू लोप भइसकेका छन् भने यस्तै समस्या रहिरहने भएकोले कतिपय प्रजातिको धान अझै लोप हुने अवस्थामा पुगेको अनुसन्धानमा देखिएको छ । स्वास्थ्यवद्र्धक, खाँदा स्वादिलो तराईको आफ्नै प्रजातिका धानहरूको संरक्षण र सम्वद्र्धनको अभाव भएकोले बीउ
संररक्षणका लागि ठोस कदम नचाले एकादेशको सपनाझै यी मौलिक बीउ हराएर जाने निश्चत छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : असार १५ किसानको लागि कि रमिता गर्ने सुकिलाहरूका लागि
असार १५ किसानको लागि कि रमिता गर्ने सुकिलाहरूका लागि
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjxnL4YmispcciR268dFKwjELQgStBD9dc5A9wDUBPUyUQRstDdU-P-yVBE-pvEl2j91ywAYM2Y0OIxADp3cnNwrz7jbYWj9dEssBeldhIM6EqUl8pSR5G5v0XIE4iGs9CzeTNJQgCq4qM/s200/jiyalal+sah.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjxnL4YmispcciR268dFKwjELQgStBD9dc5A9wDUBPUyUQRstDdU-P-yVBE-pvEl2j91ywAYM2Y0OIxADp3cnNwrz7jbYWj9dEssBeldhIM6EqUl8pSR5G5v0XIE4iGs9CzeTNJQgCq4qM/s72-c/jiyalal+sah.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/06/blog-post_319.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/06/blog-post_319.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy