उमाशङ्कर द्विवेदी
अज्ञातवासको क्रममा पाण्डवहरू मत्स्य देशको राजधानी विराट नगरमा छद्म भेषमा बसिरहेको दश महिना भइसकेको थियो । यज्ञसेनकुमारी द्रौपदी जो स्वयम् स्वामिनीभैंm सेवा पाउन योग्य थिइन्, विराट राजाकी रानी सुदेष्णाको सेवा गर्दै बडो कष्टका साथ समय बिताइरहेकी थिइन् । अज्ञातवासको समयावधि बित्नै लागेको बेला यो घटना भयो ।
एक दिन राजा विराटका सेनापति महाबली कीचकको कुदृष्टि द्रौपदीमाथि पर्यो । कीचक विराट राजाको सालो थियो । उसले सैरन्ध्री रूपी द्रौपदीलाई देख्ने बित्तिकै कामवाणले पीडित भएर उनलाई चाहन थाल्यो । कामनाको आगोमा डढ्दै कीचक आफ्नी बहिनी सुदेष्णाको छेउमा गएर हाँसीहाँसी भन्न थाल्यो– “सुदेष्णे, यो सुन्दरी, जसले मेरो मनलाई उन्मत्त पारिरहेकी छे, पहिला त यस महलमा थिइन । देवा·नाको समान यसले मेरो मनलाई मोहित पारिसकेकी छे, भन यो को हो ? कसकी स्त्री हो ? र कहाँबाट आएकी छे ? मेरो चित्त यसको अधीनमा भइसकेको छ । अब यसको प्राप्तिबाहेक अरू कुनै पनि औषधि छैन । बडो आश्चर्यको कुरा त के छ भने यो तिम्रो खोपीमा दासीको काम गरिरहेकी छे, यो कार्य कदापि यसको योग्य छैन । म त यसलाई आफ्नी तथा आफ्नो सर्वस्वको स्वामिनी बनाउन चाहन्छु ।”
यस प्रकार रानी सुदेष्णासित भनेर कीचक राजकुमारी द्रौपदीको छेउमा गएर भन्यो– “कल्याणी, तिमी को हौ ? कसकी कन्या हौ तथा कहाँबाट आएकी छयौ ? तिम्रो यो सुन्दर रूप, दिव्य छवि र सुकुमारता संसारमा सबैभन्दा बढी छ र तिम्रो उज्ज्वल मुखले त आफ्नो कमनीय कान्तिको कारण चन्द्रमालाई पनि लज्जित पारिरहेको छ । तिमीजस्ती मनोहारिणी स्त्री मैले आजसम्म देखेको छैन । सुमुखी, भन, कमलमा वास गर्ने तिमी लक्ष्मी हौ वा साकार विभूति ? लज्जा, श्री, कीर्ति र कान्ति आदि देवीहरूमध्ये तिमी को हौ ? यो ठाउँ तिमी बस्न लायक छैन । तिमी सुख भोग्न योग्य छौ र यहाँ दु:ख पाइरहेकी छयौ । म तिमीलाई सर्वोत्तम सुखभोग समर्पण गर्न चाहिरहेको छु, स्वीकार गर । यो नभएर तिम्रो यो रूप र सौन्दर्य खेर गइरहेको छ । सुन्दरी, तिमीले आज्ञा दिए म आफ्नी स्त्रीहरूलाई त्याग्न सक्छु अथवा उनीहरूलाई तिम्रो दासी बनाउन सक्छु । म स्वयम् पनि सेवकको समान तिम्रो अधीनमा रह्न तयार छु ।”
द्रौपदीले भनिन्– “म पराइ स्त्री हुँ । मसित यस्तो भन्नु उचित छैन । जगत्का जम्मै प्राणी आफ्नी स्त्रीसित माया गर्दछन्, तिमीले पनि धर्मको विचार गरेर यस्तै गर । अर्काकी स्त्रीमाथि कुदृष्टि हाल्नुहुँदैन ।” सैरन्ध्रीको कुरा सुनेर कीचकले भन्यो– “सुन्दरी, तिमीले मेरो प्रार्थनालाई यस प्रकारले हेला नगर । म तिम्रोलागि ठूलो कष्ट पाइरहेको छु, मलाई अस्वीकार गरेर बडो पछुताउनुपर्ने छ । यस सम्पूर्ण राज्यमाथि मेरै शासन छ, म कसैलाई पनि बसाउन वा मिल्काउने शक्ति राख्दछु । शारीरिक बलमा पनि यस भूमण्डलमा मेरो बराबरीको कोही छैन । म आफ्नो सम्पूर्ण राज्य तिमीलाई सुम्पन तयार छु । बडामहारानी बन र मेरो साथमा सर्वोत्तम भोगहरू भोग ।”
सैरन्ध्रीले भनिन्– “सूतपुत्र, तिमी यस प्रकारले मोहको जालोमा परेर व्यर्थमा आफ्नो ज्यान नफाल । याद राख, पाँच गन्धर्वहरू मेरा पति हुन । उनीहरू अत्यन्त भयानक छन् र सदैव मेरो रक्षा गरिरहन्छन् । अत: यस कुत्सित विचारलाई त्यागिदेऊ अन्यथा मेरा पतिहरू कुपित भएर तिमीलाई मारिहाल्नेछन् । किन आफ्नो सर्वनाश गराउन चाहन्छौ ? ममाथि कुदृष्टि हालेर तिमी आकाश, पाताल र समुद्रमा लुक्यौ भने पनि आकाशचारी पतिहरूको हातबाट बाच्नेछैनौ ।”
राजकुमारी द्रौपदीले यस प्रकार उसको प्रस्तावलाई अस्वीकार गरेपछि कीचक कामसन्तप्त भई सुदेष्णाको छेउमा गएर भन्यो– “बहिनी, जुन उपायले पनि सैरन्ध्रीले मलाई स्वीकार गरोस्, त्यो उपाय तिमी गर अन्यथा म उसको मोहमा आफ्नो प्राणत्याग गर्नेछु ।” यस प्रकार विलाप गरिरहेको आफ्नो दाइको कुरा सुनेर सुदेष्णाले भनिन– “दाइ, म सैरन्ध्रीलाई एकान्तमा तपाईंको छेउमा पठाउनेछु । त्यहाँ उसलाई फकाइफुल्याइ गरेर प्रसन्न पारी आफूखुशी गर्नुहोला ।” बहिनीको कुराले आश्वस्त भई कीचक त्यहाँबाट गयो । कुनै पर्वको अवसर पारेर उसले आफ्नो घरमा खाने–पिउने उत्तम सामग्रीहरू तयार पार्न लगायो तथा सुदेष्णालाई आफ्नो घरमा खाना खानको लागि आमन्त्रित गर्यो । सुदेष्णाले सैरन्ध्रीलाई डाँकेर भनिन्– “कल्याणी, मलाई जोडको तिर्खा लागेको छ । तिमी गएर कीचकको घरबाट पिउनयोग्य रस लिएर आऊ ।” क्रमश:...