अहिले अनुगमनको चलन चलेको छ । निश्चय नै कुनै पनि कामको अनुगमन हुनुपर्छ, यस कारण मात्र होइन कि यसले कामविशेषको गुणस्तर र सम्पन्नता प्रक्रिया तीव्र हुन्छ, यसले काम गर्ने व्यक्तिमा उत्साह र जाँगर पनि पलाउँछ । यसो त हामीकहाँ अनुगमनको अर्थ कामविशेषमा हुने अनियमितताको जाँच ठानिन्छ । जुन सम्बद्ध प्राविधिकले गर्दछ । उसैको जिम्मेवारी भनेर छाड्ने गरिन्छ । तर वास्तविकता अर्कै हो । एउटा विद्यार्थीले स्कूलमा कुनै पाठ पढ्छ, त्यसको निरन्तरताका लागि उसलाई गृहकार्य
(होमवर्क) दिइन्छ । त्यसको अनुगमन अभिभावकबाट होस् भन्ने अपेक्षा गरिन्छ, यस कारणले मात्र होइन कि अभिभावकलाई स्कूलले विद्यार्थीमाथि ध्यान दिइरहेको छ भनी देखाउनु हो, अपितु अभिभावकको पनि दायित्व हो र उसलाई पनि पुराना कुराहरुको सम्झना भइरहोस् र स्कूल, घर शिक्षामय होस् भनेर हो । यस कसीमा कतिजना वा कति परिवार वा राज्य कति खरो छ, त्यही परिमाणमा हामीले उपलब्धि हासिल गर्दछौं । अन्यथा एउटा ठेकेदारले पुल बनाउन शुरु गर्छ, केही प्रतिशत काम भयो भनेर बिल पेश गर्छ, भुक्तानी पाउँछ र पैसा लिएर चम्पत हुन्छ । किनकि अनुगमन भएको हुँदैन, काम राम्रो वा नराम्रो के भएको छ थाहा हुँदैन, काम नै बिल अनुसार भएको छ कि छैन थाहा हुँदैन ।
हामीले यी दुवै उदाहरण भोगिआएका छौं । असार, अर्थात् साल तमामीको अन्तिम महिनातिर ६ महिनामा सिद्धिने काम थालिन्छ र १५ दिन ननाघ्दै काम तमाम गरेर बिल फछर्योट हुन्छ । त्यस्तो तत्परता र कार्यसिद्धि हाम्रा ठेकेदारहरुबाट सम्भव छ भने आजसम्म देशले उन्नति किन गरेन । तिनमा त्यो दक्षता छैन भने कसरी ६ महिनाको काम १५ दिनमा सकिन्छ ? किनकि त्यसको सही पदाधिकारीबाट अनुगमन गरिन्न । अहिले सभासद्हरू आफैं अनुगमन कार्यमा निस्केको खबरहरु आइरहेको छ । यो आवश्यक यस अर्थमा पनि छ कि यो अनुगमन त्यस कार्यका लागि भइरहेको छ, जसमा सभासद्हरुले आफ्नो निर्वाचन क्षेत्रको विकास, निर्माणका लागि पैसा पाएका हुन्छन् । उनले अनुगमन गरेनन् भने पैसा हिनामिना गरेको दोष उनीहरूमाथि लाग्छ र उनलाई भोट दिने मतदाता पनि उनीप्रति रुष्ट हुन्छन् । अब यो अलग कुरा हो कि सभासद्ले गर्नुपर्ने काम अनुगमन हो कि देशको नीति निर्माण ।
अनुगमन अनु र गमन दुई शब्द मिलेर बनेको हो । अनुको अर्थ हुन्छ–पछिपछि वा साथसाथ । तसर्थ कुनै कामको अनुगमन गर्नुको अर्थ भइरहेको कामको साथसाथै वा त्यसपछिको अवस्थाको रेखदेख गर्नु हो । अर्थात् कुनै काम निर्धारित मापदण्ड र निर्धारित समय अन्तर्गत सम्पन्न हुन्छ कि हुँदैन भन्ने अवलोकन गर्नु । अवलोकन वा अनुगमन अधिकारप्राप्त वा सरोकारवालाले गर्दछ भने कामको गुणवत्ताप्रति आश्वस्त हुन सकिन्छ । त्यसैले फुर्सदको बेला सभासद्हरुले अनुगमन गर्दछन् र आफ्नो मातहतका कर्मचारी वा कार्यकर्ताहरुलाई गुणस्तर कायम रहने गरी पुन: अनुगमन गर्न निर्देशन दिन्छन् भने काम समयमा र मापदण्ड अनुसार सम्पन्न हुने कुरामा विश्वस्त हुन सकिन्छ । यस अर्थमा अहिले भइरहेको अनुगमनलाई सार्थक मान्न सकिन्छ, तर अनुगमनकर्ता, सभासद्को दायित्व भने यति मात्र होइन । उनले परम्परा बसाउने मात्र हो, आफैं अघि सर्ने होइन ।