प्रस, वीरगंज, १४ असार/
नेपाल पत्रकार महासङ्घ, पर्साले प्रहरी ज्यादतीविरुद्ध गर्दै आएको आन्दोलनको तेस्रो चरणको दोस्रो दिन जिल्ला प्रशासन कार्यालय, पर्सामा धर्ना दिएको छ ।
बिहान ११ बजेदेखि साढे ११ बजेसम्म आधा घण्टा गरिएको धर्ना कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पत्रकारहरूको माग सम्बोधन हुने गरी अञ्चल प्रहरी कार्यालय वीरगंजका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति निर्माण भएको बताए । उनले विश्वव्यापी मान्यता अनुरूप पनि समिति निर्माण भएपछि समितिले प्रतिवेदन नबुझाउन्जेल आन्दोलन स्थगित गर्न आग्रह गरे ।
प्रजिअको आग्रहपछि धर्ना कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले समिति निर्माण र प्रजिअको आग्रहबारे जिल्ला कार्य समितिमा छलफल गरी, कार्यक्रम निर्धारण गरिने बताए । उनले समितिले निर्णय नलिउन्जेल घोषित आन्दोलन यथावत रहने बताए ।
पत्रकार महासङ्घ पर्साले तेस्रो चरणको आन्दोलन अन्तर्गत भोलि असार १५ गतेदेखि १९ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म घण्टाघरमा रिले अनसन गर्ने कार्यक्रम छ ।
यसअघि महासङघले पहिलोचरणमा प्रजिअलाई ज्ञापन, दोश्रोचरणमा विरोध र्याली र मुखमा कालोपट्टी बाधेर प्रदर्शन गरेका थिए ।