फूलमहम्म्द मियाा
विपद्, विपत्ति, प्रकोपहरू हरेक वर्ष आउँछन्, हामी सबैलाई थाहा छ । यो त ऋतु चक्र अनुसार चलिरहन्छ, हामीले प्रत्येक वर्ष बेहोर्नुपर्छ र निरन्तर सामना गर्नुपर्छ, भोग्नु पर्छ । केवल कुन दिन र कुन समयमा कत्रो आउँला भन्ने मात्र थाहा पाउन सकिंदैन । त्यसैले त यसलाई आकस्मिक भन्ने गरिएको छ । तसर्थ यस कुरालाई मनन गरी विपद्बाट हुन सक्ने सम्भावित मानवीय तथा त्यससँग गाँसिएका साधन एवं संसाधनहरूको क्षति न्यूनीकरण जरुरी छ ।
विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न एवं सड्ढटको अवस्था व्यवस्थापन गर्न आवश्यक पूर्व तयारी महत्त्वपूर्ण हुन्छ । पूर्व तयारीका लागि सम्भावित विपद्को पहिचान, त्यसका जोखिमहरू, प्रभावित हुन सक्ने मुख्य क्षेत्र र मानवीय पक्षहरूलाई सम्बोधन गर्दै मुख्य तीन पाटाहरूलाई ध्यान दिनैपर्छ । १) निकट समयमा के कस्ता विपद्हरूको सामना गर्नुपर्ने हुन सक्छ भन्ने विश्लेषण, २) त्यो विपद्को अवस्थामा हामी के गर्न छौं र ३) विपद्अगाडिको समयमा हामीले कस्ता पूर्व तयारी गर्नु जरुरी छ । यसका लागि हामीले हाम्रो स्रोत–साधनलाई समेत मध्यनजर राखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डमाथि विचार पुर्याउनुपर्छ । तर नेपालमा यस कुराप्रति कसैको ध्यान नै पुगेको छैन । फलस्वरूप नेपालीहरूले विपद्को समयमा बढी क्षति बेहोर्नुपर्छ ।
हाम्रो जस्तो विपन्न मुलुकमा प्रकोपका घटनाहरू दिनानुदिन बढ्दै गइरहेका छन् र यसबाट हुने जनधनको क्षति पनि बर्सेनि वृद्धि हुँदै गइरहेको छ । यसरी आइरहने विपद्को सामना गर्न वर्तमान समयमा प्रकोपको मार खेपिरहेका समुदायको क्षमताको विकास गर्नुपर्ने आवश्यकता टड्कारोरूपमा देखा परेको छ । राष्ट्रियस्तरमैं विपद्को सामना गर्ने क्षमताको विकास नभएकोले स्थानीय समुदायका समस्यालाई प्रत्यक्षरूपमा तत्काल सम्बोधन गर्न सक्ने सम्भावना देखिंदैन । तसर्थ स्थानीय तहमा विपद्को सामना गर्ने क्षमताको विकास गर्न सके त्यसले राष्ट्रिय क्षमतामा समेत सकारात्मक सहयोग मिल्ने यथार्थलाई नकार्न सकिंदैन । हरेक विकास योजनाप्रति समुदायको अपनत्वको भावना जागृत गर्न जनताको प्रत्यक्ष सहभागिताको प्रत्याभूति हुने किसिमको कार्यक्रम स्थानीय र जिल्ला तहसम्म तय गर्नुपर्दछ । सोही आधारमा मुलुकको विपद्को योजना बनाउन सके सबैका लागि फलदायी हुनेछ ।
विपद् र त्यसबाट उत्पन्न असहज अवस्थामा मानवजीवनको रक्षा गर्नु र मानवीय जीवन व्यवस्थित बनाउनु प्रमुख काम हो । प्रकोपको समयमा प्रभावित व्यक्ति तथा समुदायलाई सहयोगको आवश्यकता पर्दछ । सहयोग कार्यलाई जतिसक्दो छिटोछरितो बनाउनुपर्दछ । जसले गर्दा थप क्षति हुनबाट जोगाउन सकिन्छ । प्रकोप व्यवस्थापनका प्राय: दुईवटा चरण हुन्छन् । पहिलो, प्रकोप आउनुअघि गरिने व्यवस्थापन, त्यसमा पूर्व तयारी र क्षति न्यूनीकरणका कार्यहरू पर्दछन् भने दोस्रो, प्रकोपपछिको उद्धार तथा राहत कार्य, पुनस्र्थापन तथा पुनर्निर्माण कार्य । प्रकोप गइसकेपछिको कार्यमा गरिने लगानी र प्रतिफलभन्दा प्रकोपपूर्व गरिने पूर्व तयारी र न्यूनीकरणका कार्य ६ गुणा सस्तो र प्रभावकारी हुन्छ भन्ने कुरा विभिन्न अध्ययनहरूबाट प्रस्ट हुन्छ । हामीले पछिल्लो चरणको कार्य गरेकाले विनाशकारी भूकम्पपछि बढी दु:ख झेल्नुपरिरहेको अवस्था छ । भूकम्पपछि पीडामाथि थप पीडा सहनुपरेको छ । ताप्लेजुङ जस्तो अन्य जिल्लामा पनि सन्त्रास थपिएको छ । मौसमी चक्र अनुसार अन्य विपत्तिको सामना गर्नु नपर्ला भन्न सकिंदैन ।
मुलुकमा आधिकारिकरूपले विपद्को जोखिमबाट जोगिन आपत्कालीन योजना बनेको भए नेपालमा यस्तो अन्योलता रहने थिएन होला । विपद् आओस् र जनधनको क्षति होओस् भन्ने कामना कसैको हुँदैन । प्रकोप प्रतिकार्य योजनाको उपयोग विपद् परेको समयमा मात्र गर्न सकिन्छ । यो यस्तो योजना हो, जसको कार्यान्वयन गर्नु नपरोस् भन्ने चाहना सबैले गरेका हुन्छन् । विपद् आउँदैन भनेर ठोकुवा गर्न सकिंदैन तर विपद्बाट पर्ने प्रभावको सामना गर्न आवश्यक तयारी गर्नु नितान्त आवश्यक हुन्छ । यस कारण योजनाबारेमा सरोकारवाला निकाय तथा स्थानीय समुदायले थाहा पाउनु वा सुसूचित हुने अवसर पाउनुपर्छ । त्यसो भएमात्र सम्बन्धित निकाय तथा व्यक्तिसँग सहकार्य गर्ने वातावरण तयार