Posts

Showing posts from June, 2015

धान दिवस र मधेस

Image
– गोपाल ठाकुर     सन् २००४ लाई संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय धान उत्पादन वर्षको रूपमा मनायो । नेपाले त्यसकै निरन्तरतामा असार १५ लाई ‘राष्ट्रिय धान दिवस’ घोषणा गर्‍यो र अहिलेसम्म मनाउँदै आएको छ । त्यस अनुसार भन्ने हो भने हिजो १२औं राष्ट्रिय धान दिवसको दिन थियो । यस दिनलाई धान दिवसको रूपमा मनाउनु अघि नै यस दिन पहाडमा दही–चिउरा खाएर रोपाइँ गर्ने परम्परा शताब्दीयौं अघिदेखि चलिआएको छ । वास्तवमा पहाड नै त नेपाल हो नि १ हुनत समग्र पहाड पनि होइन, तर तुलनात्मक रूपमा पहाडभन्दा हुन्छ । तर एउटा प्रश्न छ: धान कहाँ बढी फल्छ ? धान मात्रै होइन, नेपालको अन्नभण्डार कुन क्षेत्र हो ? यी दुवै प्रश्नको उत्तर शासकीयस्तरमैं वर्षांैं पहिले दिइसकिएको छ । धान मात्रै होइन, समग्रतामा कृषि उत्पादन सबैभन्दा बढी हुने क्षेत्र मधेस हो । हामी कलिलै हुँदा पढेका थियौं, शिक्षक भए पछि पढाइयो  पनि–‘मधेस नेपालको अन्न भण्डार हो ।’ साथै अन्नका विभिन्न प्रजातिहरूमा धान अद्यपि सर्वाेत्कृष्ट छ र मधेसले त्यसको पनि सर्वाधिक उत्पादन गर्दछ । तर यहाँका शासकहरूले राष्ट्रिय धान दिवस कुन दिनलाई मान्ने विषयमा मधेससँग कुनै सल्लाह

संविधान र साम्प्रदायिकता

Image
विनोद गुप्ता     सर्वोच्च अदालतको फैसलाले देशको राजनीतिमा तर· ल्याएको छ । यस तर·लाई सबैले आआफ्नो ढ·ले बुझेको  र व्याख्या गरेका छन् । यो स्वाभाविक पनि हो, किनभने हरेक व्यक्ति र समूहले निर्णय आआफ्नो सामाजिक, आर्थिक परिवेश अनुसार नै लिने गर्दछ । यस अर्थमा नेपालको तीन ठूला राजनैतिक दलहरूको सम्बन्धमा ‘काठमाडौं पोष्ट’ को २५ जूनको छैठौं पृष्ठमा ‘क्यगतजभचल न्बभि’ शीर्षकमा प्रकाशित लेखमा ‘ध्जष्भि ल्भउबष् िऋयलनचभकक बलम ऋएल् ग्:ी धभचभ धभचभ ष्ल अचगअष्दभि या बलतषभगमब,ि बलतष्(बगतयअचबतष्अ उयष्तिष्अक बलम चबष्कभम ष्ल तजभ ाष्चभ या कतगननभि बनबष्लकत तजभ बदकयगितष्यल या क्जबज बलम च्बलब चगभि, तजभ :बयष्कतक धभचभ अभिखभच बलम धष्कभ ष्ल अयmदष्लष्लन ष्मभययिनष्भक या ष्मभलतष्तथ बलम भअयलयmष्अक’ लेख्दै सङ्घीयताका सवालमा ‘भखभल तजभ :यष्कतक जबखभ मष्तअजभम ागलमबmभलतब िष्ककगभक या ाभमभचबष्किm बलम भलअगिकष्यल’ लेख्दै घुमाउने पाराले नेका, एमाले र माओवादीसमेतले सङ्घीयता र समावेशी वरपरका सवालमा जनतालाई झुक्याएको तर्क अगाडि सारिएको छ भने सर्वोच्च अदालतकै फैसलाका सम्बन्धमा ‘सर्वोच्चको फैसलालाई मधेसवादीले किन समर्थन गरे’ शीर्षकमा म

दायित्व अनुगमन मात्र होइन

    अहिले अनुगमनको चलन चलेको छ । निश्चय नै कुनै पनि कामको अनुगमन हुनुपर्छ, यस कारण मात्र होइन कि यसले कामविशेषको गुणस्तर र सम्पन्नता प्रक्रिया तीव्र हुन्छ, यसले काम गर्ने व्यक्तिमा उत्साह र जाँगर पनि पलाउँछ । यसो त हामीकहाँ अनुगमनको अर्थ कामविशेषमा हुने अनियमितताको जाँच ठानिन्छ । जुन सम्बद्ध प्राविधिकले गर्दछ । उसैको जिम्मेवारी भनेर छाड्ने गरिन्छ । तर वास्तविकता अर्कै हो । एउटा विद्यार्थीले स्कूलमा कुनै पाठ पढ्छ, त्यसको निरन्तरताका लागि उसलाई गृहकार्य (होमवर्क) दिइन्छ । त्यसको अनुगमन अभिभावकबाट होस् भन्ने अपेक्षा गरिन्छ, यस कारणले मात्र होइन कि अभिभावकलाई स्कूलले विद्यार्थीमाथि ध्यान दिइरहेको छ भनी देखाउनु हो, अपितु अभिभावकको पनि दायित्व हो र उसलाई पनि पुराना कुराहरुको सम्झना भइरहोस् र स्कूल, घर शिक्षामय होस् भनेर हो । यस कसीमा कतिजना वा कति परिवार वा राज्य कति खरो छ, त्यही परिमाणमा हामीले उपलब्धि हासिल गर्दछौं । अन्यथा एउटा ठेकेदारले पुल बनाउन शुरु गर्छ, केही प्रतिशत काम भयो भनेर बिल पेश गर्छ, भुक्तानी पाउँछ र पैसा लिएर चम्पत हुन्छ । किनकि अनुगमन भएको हुँदैन, काम राम्रो वा नराम्रो के

२०७२ असार १५ गते मङ्गलवार

२०७२ असार १५ गते मङ्गलवार को प्रतीक दैनिक

सरोकार समूहद्वारा विकास निर्माण कार्यको अनुगमन

Image
प्रस, वीरगंज, १४ असार/     निर्वाचन क्षेत्र नं. ५ का सभासद् जयप्रकाश थारूको अगुवाइमा आज  संसदीय विकास कोष र स्थानीय तथा सङ्घीय विकास मन्त्रालयको सहयोगमा सञ्चालित विकास निर्माण कार्यको स्थलगत अनुगमन शुरु भएको छ ।     संसदीय विकास कोष अन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत आएको रकम र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत् जिल्ला विकासले विभिन्न योजना अन्तर्गत शुरु गरेको निर्माण कार्यको स्थलगत अवलोकन आज विभिन्न गाउँमा सम्पन्न भएको छ ।     कृषि सडक अन्तर्गत ८ लाखको जानकीटोला–भिस्वा सडकमा माटो पुरी ग्राभेल, सडक बोर्डको १४ लाखमा जानकीटोला–सुवर्णपुर सडक मरम्मत, शान्ति मन्त्रालयबाट प्राप्त २ लाख बराबरको धर्मशाला निर्माण, जिल्ला विकासले दिएको रु ७ लाखको जानकीटोला–जमुनिया–बढैया सडकमा माटोपुरी ग्राभेल गर्ने, बिसुनपुरवा–पीडारीको सडकखण्डमा रु ७ लाखको माटो पुरी ग्राभेल, रु ७ को खर्चमा जीराभवानी मन्दिरमा शौचालय मरम्मत, तारजाली निर्माण, रु २ लाख ६० हजारको खर्चमा शहीद पार्क सुवर्णपुर मरम्मत, रु १० लाखमा ब्रह्मनगर–शिकारीवास ग्रेभल बाटो निर्माण, राईधारा प्रतीक्षालय, गणे

पत्रकार महासङ्घद्वारा जिल्ला प्रशासनमा धर्ना

Image
प्रस, वीरगंज, १४ असार/     नेपाल पत्रकार महासङ्घ, पर्साले प्रहरी ज्यादतीविरुद्ध गर्दै आएको आन्दोलनको तेस्रो चरणको दोस्रो दिन जिल्ला प्रशासन कार्यालय, पर्सामा धर्ना दिएको छ ।     बिहान ११ बजेदेखि साढे ११ बजेसम्म आधा घण्टा गरिएको धर्ना कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पत्रकारहरूको माग सम्बोधन हुने गरी अञ्चल प्रहरी कार्यालय वीरगंजका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति निर्माण भएको बताए । उनले विश्वव्यापी मान्यता अनुरूप पनि समिति निर्माण भएपछि समितिले प्रतिवेदन नबुझाउन्जेल आन्दोलन स्थगित गर्न आग्रह गरे ।     प्रजिअको आग्रहपछि धर्ना कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले समिति निर्माण र प्रजिअको आग्रहबारे जिल्ला कार्य समितिमा छलफल गरी, कार्यक्रम निर्धारण गरिने बताए । उनले समितिले निर्णय नलिउन्जेल घोषित आन्दोलन यथावत रहने बताए ।     पत्रकार महासङ्घ पर्साले तेस्रो चरणको आन्दोलन अन्तर्गत भोलि असार १५ गतेदेखि १९ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म घण्टाघरमा रिले अनसन गर्ने कार्यक्रम

असार १५ किसानको लागि कि रमिता गर्ने सुकिलाहरूका लागि

Image
जियालाल साह     आज असार १५ । सरकारले घोषणा गरेको धान दिवस । सरकारले २०६० सालदेखि धान दिवसको रूपमा मनाउँदै आएको यस दिनमा किसानको कुनै लगाव देखिन्न । किसान दर्जनौं समस्याका बावजुद आफ्नो बाली अनुकूल खेतमा कसैले बीउ काट्ने, रोप्ने कसैले आलि लगाउने गर्दछन् आफ्ना दु:ख समस्या बिर्सी रोपाहार र आलि लाउनेले एक आपसमा हिलो छयापछयाप गर्ने किसानका छोरा मात्रै होइन, जो कोहीको पनि मनसपटलमा नबिर्सने गरी बसाएका छन् ।     यी अविस्मरणीय क्षणहरू असार लाग्दा धेरैले सम्झिरहन्छन् र एकपटक किसानको सहभागिताको निहुमा असार १५ मा हलो, कोदालो र पसिना बगाई किसानले तयार पारेको हिलाम्मे खेतमा विभिन्न तस्बिर खिचाउने गर्दछन् । यस दिनलाई बडो तयारीका साथ राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकामा छापी नेता, मन्त्री, प्रधानमन्त्रीको तस्बिरसहित समाचार आउने गर्दछ । अरू बेला खेतको आलिमा समेत पस्न सिकसिक मान्नेहरू असार १५ मा हिलो खेल्न मात्रै होइन, सेल्फी लिने रुचि राख्दछन् ।       एक वर्षमा एकपटक आउने यस पर्वमा हाम्रो किसानको यो यो समस्याको समाधान भइसकेको भन्नुको साटो हरेक वर्ष नेताहरूले थुप्रै समस्याबारे बताई एकले अर

संविधानवादको मर्म र सर्वोच्चको आदेश

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     चार दलबीच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्नु नगराउनु भनी सम्मानित सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएपछि सहमतिकर्ता राजनीतिक शक्तिहरूले असहमति जनाएको समाचार प्रकाशित भएका छन् ।कतिपयले आदेश नमान्ने अभिव्यक्ति दिएको देखिन्छ भने कतिपयले एकतर्फी आदेश भएकोले यसको महत्त्व छैन  भनेका छन् । कतिपय त न्यायाधीशलाई महाभियोग लगाउने कुरा निकालेका छन् त कतिपयले संविधानसभा सार्वभौम भएकोले रोक्न मिल्दैन भनेका छन् । सम्मानित सर्वोच्च अदालतको एउटा अन्तरिम आदेशप्रति यत्रो आक्रोशित प्रतिक्रिया आउनु निकै दु:खद एवं चिन्ताको विषय हो । यो आफैंमा संवैधानिक एवं न्यायिक मान्यताविपरीत हो । अन्तरिम संविधानमा स्पष्टरूपमा अदालतबाट हुने सम्पूर्ण फैसला–आदेश सरकारलगायत राजनीतिक दलहरूले पालन गर्नुपर्ने व्यवस्था रहेकोले जिम्मेवार पदाधिकारीबाट यस्तो प्रतिक्रिया आउनु निकै चिन्ताजनक छ । संविधानसभा आफैंमा सार्वभौम र स्वतन्त्र छ । आम जनताबाट चुनिएर गठन भएको सर्वशक्तिमान संविधानसभाको शक्तिलाई कसैले चुनौति दिन सक्दैन यो यथार्थ हो तर संविधानसभाको पनि केही विधि र प्रक्रिया संविधान र कानुन

औषधीमा भ्रष्टाचार

    सरकारी अस्पतालले अनिवार्यरूपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने सर्वोच्च अदालतले फैसला गरेको छ ।  सर्वसाधरणले पाउनुपर्ने निश्शुल्क औषधी सोही फार्मेसीबाट उपलब्ध गराउनुपर्ने फैसलामा उल्लेख छ । सरकारले निश्शुल्क उपलब्ध गराउने औषधी नपाएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले  दायर गरेको रिट उपर सो फैसला भएको हो । सरकारले सर्वसाधरणका लागि विभिन्न ७० किसिमका औषधी निश्शुल्क उपलब्ध गराइरहेको दाबी गरेको छ । उक्त शीर्षकमा बर्सेनि करोडौं रकम विनियोजन हुने र खर्चसमेत हुने गरेको छ । निश्शुल्क पाउने औषधीमा साधारण ज्वरोदेखि जटिल रोगमा प्रयोग गरिने औषधीहरू छन् । जुन सस्तो र महँगो दुवै छ । तर सर्वसाधारण सेवाग्राही भने निश्शुल्क औषधीबाट वञ्चित छन् । उनीहरूले सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराए पनि औषधी खरिद गर्न निजी पसलमा जानु पर्ने बाध्यता छ । पहिलो कुरा त कुन–कुन औषधी निश्शुल्क पाइन्छ भन्ने सेवाग्रहीलाई जानकारी छैन । केही औषधीबारे जानकारी भए पनि चाहिएको बेला सरकारी स्वास्थ्य संस्थामा त्यो औषधी हुँदैन वा भए पनि छैन भन्दै निजी पसलमा पठाइन्छ ।     कम आयस्तरका जनता औषधी खरिद गर्न नसकेर ज्या

२०७२ असार १४ गते सोमवार

२०७२ असार १४ गते सोमवार को प्रतीक दैनिक

भूकम्पले मुलुकलाई ठूलो पाठ सिकायो –पूर्वअर्थमन्त्री पाण्डे

Image
प्रस, वीरगंज, १३ असार/     पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भूकम्पले देशमा नयाँ घटनाक्रम सृजना गरेको बताए।     माङवारी युवा मञ्च वीरगंजद्वारा आयोजित ‘भूकम्पले सामाजिक र आर्थिक क्षेत्रमा पारेको प्रभाव’बारे छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले भुइँचालोले ठूलो पाठ सिकाएको हुँदा यस दैवी प्रकोपमा बाँच्नेहरूले देशलाई प्रगतिपथमा अगाडि बढाउनुपर्ने सुझाव दिए।     उनले भुइँचालोपछि आएको वैदेशिक सहयोग पनि समस्याको रूपमा देखा परेको बताए। उनले वार्षिक १ खर्ब ४० अर्ब खर्च गर्न नसकेको अवस्थामा नेपाललाई प्राप्त वैदेशिक सहयोग ४ खर्ब ४० अर्ब खर्च गर्ने समस्या जटिलरूपमा आइपरेको बताए। उनले भुइँचालोले देशमा समस्या ल्याएको होइन, देशमा पहिलेदेखि भएको समस्यालाई उजागर मात्र गरको बताए । उनले देश विकासको लागि शिक्षामा लगानी आवश्यक भएको पनि बताए।        कार्यक्रममा प्रतीक दैनिकका प्रधानसम्पादक जगदीश शर्माले हाइटीमा भएको क्षतिपछि प्राप्त वैदेशिक अनुदानले त्यहाँका जनतालाई लाछी र अल्छी बनाएको उदाहरण दिंदै नेपालमा आएको अनुदानले पनि त्यो परिस्थिति सृजना नगरोस् भन्नेतर्फ सजग हुन सुझाव दिए । उनले १९९० र २०७२ क

निश्शुल्क विद्युत् पोल कर्मचारीले बेच्यो

प्रमोद यादव, १३ असार/     पर्साको बिरुवागुठी वडा नं. ५ र ६ बढनिहारका कृषकहरूले कृषि प्रयोजनका  लागि निश्शुल्क पाइने विद्युत् पोलहरू खरिद गर्न बाध्य भएका छन्।     सिमरा वितरण केन्द्रबाट कृषकहरूको लागि निश्शुल्क प्रदान गरिएको विद्युत् पोल कृषकहरूले प्रतिपोल दुई हजार रुपैयाँका दरले खरिद गर्नुपरेको बताएका छन्।     सो पोल स्थानीय विद्युत् कर्मचारीहरूले पैसा लिएर मात्रै कृषकलाई दिने गरेका छन्। पोलको पैसा तिर्नुपरेको  गुनासो लिएर विद्युत् प्राधिकरण सिमरा पुगेका किसानहरूलाई अबदेखि यस्तो हुन नदिने र पैसा लिएको भए पैसा फिर्ता गराउने वितरण केन्द्रका अधिकारीहरूले आश्वासन दिएका थिए। तर हालसम्म पनि उक्त रकम फिर्ता नभएको कृषकहरूको गुनासो छ।     सिंचाइका लागि खेतसम्म विद्युत् पुर्‍याउन प्राधिकरणले निश्शुल्क विद्युत् पोल उपलब्ध गराउन गरेको छ। सोही पोल मातहतका कर्मचारीहरूले बेच्दा वितरण केन्द्रले कारबाई नगर्नुमा केन्द्रको पनि मिलेमतो हुन सक्ने आशङका बढेको बिरुवागुठीका किसान तुलबहादुरले बताए ।

के मधेस हाम्रो हैन र ?

Image
अनन्तकुमार लाल दास     सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्यामा वृद्धिका लागि सरकारले नयाँ विद्यार्थी भर्ना योजना, सामुदायिक विद्यालयहरूमा पनि अङ्ग्रेजी माध्यममा पठनपाठनको व्यवस्था, सामुदायिकबाट एसएलसी गरेमा छात्रवृत्     सामुदायिक विद्यालयका प्रधानाध्यापक होस् वा शिक्षकहरू केहीलाई छाडेर प्राय:जसो ढिलो विद्यालय पुग्छन्। यति मात्र कहाँ हो र, उनीहरू आआफ्नो कक्षामा ढिलो प्रवेश गरी जसोतसो अध्यापन गराई छिटै कक्षा छाड्छन्। हुँदाहुँदा के पनि हुन थालेको छ भने ‘हेल्मेट’ शिक्षकझैं उनीहरू विद्यालय आउँछन्, पढाउँछन् र जान्छन् । त्यहीं अर्कोतर्फ संस्थागत विद्यालयका शिक्षकहरू समयमा विद्यालय पुग्ने, कक्षामा प्रवेश गर्ने र घण्टी नबजुन्जेल अध्यापन गराइरहन्छन्। यसले गर्दा पनि संस्थागत विद्यालयहरूको विश्वसनीयता बढ्दै गएको छ।     एकातिर सामुदायिक विद्यालयका शिक्षकहरूको तलब स्केल संस्थागत विद्यालयभन्दा बढी छ, अर्कोतिर राज्यबाट प्राप्त तालिम सुविधा होस् वा अन्य कुनै सुविधा सामुदायिक विद्यालयका शिक्षकहरूलाई नै प्राप्त हुने गरेको छ र संस्थागत विद्यालयहरूसँग सौताको व्यवहार गरिन्छ। यहाँसम्म कि एसएलसी

समस्या छ हटाउने कसले ?

    पर्सा जिल्लाको भौराटारमा कच्ची सडकमा गाडी, टयाक्टर हिंड्दा धूलो उडयो भनेर एकजना पीडितले  सडकमा टेलर तेस्र्याएर सवारीसाधनको आवागमनमा रोक लगाइदिए। निश्चय नै सडकको धूलोले घरका मानिसलाई पिरोल्छ भने त्यसको निराकरण त जरुरी हुन्छ नै। हाम्रा गाउँका अधिकांश सडकहरू कच्ची छन्। अचेल बालु–गिट्टी हालेर ग्रेभल रोड बन्न थालेको छ। उचित व्यवस्थापन नहुँदा शहरको पिच सडकहरूमा त गाडीहरू चल्दा धूलो उड्ने गर्दछ। अति संवेदनशील नगरवासी मुखमा मास्क हालेर दैनन्दिन कार्य गर्छन्। गाउँ सडकको छेउमा बसेको हुन्छ। मानिसले सडक चौडा पार्नुको साटो, सडककै केही जग्गा मिचेर घर बनाएका हुन्छन्। गाउँघरका सडकमा जीप–कारजस्ता सवारी साधन होइन, टयाक्टर चल्छन्, धूलो उड्नु त अवश्यम्भावी छ। धूलो उडेपछि त्यस वरिपरिका मानिसलाई दिक्क पार्छ। मानिस दिक्क भएपछि प्रतिक्रिया जनाउँछ, विरोध गर्छ, तर विरोध कहाँ गर्ने, प्रतिक्रिया कहाँ जनाउने ? पीडित व्यक्ति आफैं समाधान झिक्छ। गाडी चल्नै नदिने हो भने धूलो उड्दैन–न रहे बाँस न बजे बाँसुरी १     सडकमा धूलो उड्दा पन्छाउने उपाय पनि छ। सडकलाई पिच बनाइदिने, सडकमा पानी छर्किरहने, सडकभन्दा हटेर केही पर

२०७२ असार १३ गते आइतवार

२०७२ असार १३ गते आइतवार को प्रतीक दैनिक

नागरिक पहिलो न्यायाधीश –न्यायाधीश श्रेष्ठ

Image
प्रस, निजगढ, १२ असार/     न्यायिक बाह्य पहुँच कार्यक्रम निजगढमा शनिवार सम्पन्न भयो ।         कार्यक्रमका प्रमुख अतिथि एवं पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पहिलो न्यायाधीश स्थानीय नागरिक भएको बताए।     अदालतले दसी प्रमाणको आधारमा फैसला गर्ने भएकोले कुनै पनि घटनामा भए गरेका, देखिएका सत्यतथ्य कुरालाई प्रमाणसहित स्थानीय नागरिकले बेलैमा अदालतलाई जानकारी दिई सहयोग गरे पीडितले न्याय र दोषीले  सजाय पाउने हुँदा पहिलो न्यायाधीशको भूमिका स्थानीय नागरिकले निर्वाह गर्ने उनको भनाइ थियो ।     ‘सय अपराधी छुटोस् तर एकजना निरपराधी नपरोस्’ भन्ने मूल्य मान्यताको आधारमा विश्वका अदालतहरूले न्याय सम्पादन गर्ने गरेको न्यायाधीश श्रेष्ठले प्रस्ट्याए ।     अदालतबाट छिटोछरितो न्याय सम्पादनका लागि स्थानीय नागरिकले बेलैमा सहयोग गर्नुपर्ने बताउँदै उनले कुनै बेलाबखत अदालत सम्बद्ध केही कर्मचारीहरूले नियतवश वा भूलवश गरेका त्रुटिलाई आधार बनाएर संस्थामाथि आँच आउने कुरा नगर्न कार्यक्रममा सहभागीहरूलाई आग्रह गरे ।     कार्यक्रममा अदालतमा उपलब्ध सेवाहरू र न्यायमा पहँुचको प्रश्नबारे न्यायाधीश तेजेन्द्

आवश्यक परे संविधानसभा त्याग्छौं –नेता त्रिपाठी

Image
प्रस, वीरगंज, १२ असार/     तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष ह्दयेश त्रिपाठीले सङ्घीयतालाई चार दलीय गठबन्धनले समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।     पार्टी कार्यकर्ताहरूका लागि आयोजित अनुशिक्षण कार्यक्रममा सहभागी हुन वीरगंज आएका नेता त्रिपाठीले आज आयोजित पत्रकार सम्मेलनमा चार दलीय गठबन्धनले किस्ताबन्दीमा संविधान जारी गर्ने सुनियोजित षड्यन्त्र रचिरहेको आरोप लगाउँदै किस्ताबन्दीमा निर्माण हुने संविधान आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।     चार दलीय गठबन्धनको विरोधमा सङ्घीयता पक्षधर शक्तिहरू एकजुट हुने र आवश्यकता परेको खण्डमा संविधानसभा पनि त्याग्न सक्ने नेता त्रिपाठीले चेतावनी दिए ।     संविधान निर्माण फास्ट ट्रयाकबाट गरिरहेको दाबी गर्ने चार दलले वास्तवमा संविधान बनाउने नाममा सङ्घीयतालाई धराशयी बनाउने कुटिल चाल चल्न खोजेको भन्दै उनले पहिचान पक्षधरहरूलाई आफ्नो हकअधिकारका लागि सचेत रहन आह्वान गरे ।     उनले भूकम्पपीडितको नाममा दाताहरूले दिने अनुदान सहयोगको सदुपयोग नहुने दाबी गरे । “सरकारले विकास योजनाको रकम ४० प्रतिशतभन्दा बढी खर्च गर्न नसकेको अवस्थाम

पुनर्निर्माण कि नवनिर्माण ?

Image
ओमप्रकाश खनाल     अनुदानको आकार हेरेर त्यसको उपलब्धि आकलन गर्न सकिन्न । सहयोगको परिमाण कति भन्दा पनि त्यसको उपयोग कसरी भन्ने प्रश्न मुख्य हुन्छ । रकम परिचालनको उपयुक्त र पारदर्शी विधि तथा प्रक्रियाबिना सहयोग सदुपयोगमा ढुक्क हुन सकिन्न भन्ने कुराको प्रमाणिकताका लागि अर्बौं डलर अनुदान पाएर पनि भूकम्पको असरबाट बौरिन नसकेको हाइटीको उदाहरणमात्र पनि पर्याप्त हुन सक्छ । सन् २०१० मा गएको भूकम्पमा करिब १० अर्ब अमेरिकी डलरबराबरको क्षति अनुमान गरिएको यस अफ्रिकी मुलुकको जनजीवन १३ अर्ब डलर सहयोगले पनि पालबाट बाहिर निस्किन सकिराखेको छैन । हो, हाइटीको अर्थ–राजनीतिक परिदृश्य हाम्रोभन्दा केही भिन्न छ । तर सहयोगको प्रभावकारी परिचालन सन्दर्भमा उल्लिखित यथार्थलाई अस्वीकार गरिहाल्नुपर्ने आधार निर्माण हुन सकेको पनि छैन ।     राज्य वैशाख १२ र त्यसयताका भूकम्पीय क्षतिको पुनर्निर्माणमा केन्द्रित देखिन्छ । राष्ट्रिय योजना आयोगले करिब पौने सात खर्ब रुपैयाँ आवश्यकता पहिचान गर्‍यो । भर्खरै सम्पन्न दाता सम्मेलनमा त्यसको दुई तिहाइ रकम घोषणा पनि भयो । यसबाट सरकार हौसिएको छ । आवश्यकताको एक तिहाइ अपेक्षा पालिराख्दा स

दान साथै जान्छ

    पौराणिक कथा छ– एकपटक देवता, दानव र मानव ब्रह्माकहाँ गए र उनीसँग भने,“भगवान्, हामीले प्रगति गर्न सकौं, सुखी रहौं र यशस्वी बन्न सकौं– यसको लागि उपदेश दिनु, हामीले के गर्नुपर्‍यो ?” ब्रह्माले भने–‘द’ ।     ब्रह्माले हाँस्दै भने– बुझ्यौ ? देउताले भन्यो– हामीले दमन गर्नुपर्छ । दानवले भन्यो– हामीले दया गर्नुपर्छ । मानवले भन्यो– हामीले दान गर्नुपर्छ ।     देउताहरूको प्रवृत्ति भोग्य हुन्छ, अत: त्यसलाई दमन गर्नुपर्छ । दानवहरू हिंसक हुन्छन्, त्यसैले उनीहरूले दयाको व्यवहार गर्नुपर्छ । मनुष्यको प्रवृत्ति अतिसङ्ग्रहको छ, अत: उनीहरूले दान गर्नु उचित हुन्छ ।     एकपटकको कुरा हो, एक महात्मा नदीछेउमा बसेर प्रकृतिलाई निहार्दै थिए । तब नदीको पानीमा बगेर आएको एउटा शव नदीछेउको झाडीमा अड्क्यो । महात्माको दृष्टि त्यस शवमाथि पर्‍यो ।  शव परिचित व्यक्तिको थियो । त्यतिकैमा ज·लबाट एउटा स्याल शव खानलाई आयो । महात्माले स्याललाई भने– हस्तौ दानविवर्जितौ श्रुतिपुटौ सारस्वतद्रोहिणौ नेत्रे साधुविलोकनेन रहिते पादौ न तीर्थं गतौ । अन्यायार्जितवित्तपूर्णमुदरं गर्वोद्धतं मस्तकं रे रे जम्बुक मुञ्च मुञ्च सहसा नीचस्य निन्द

२०७२ असार १२ गते शनिवार

२०७२ असार १२ गते शनिवार को प्रतीक दैनिक

मुखमा कालोपट्टि बाँधेर पत्रकारद्वारा प्रहरी ज्यादतीको विरोध

Image
प्रस, वीरगंज, ११ असार/     नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले प्रहरीविरुद्धको आन्दोलनलाई निरन्तरता दिंदै आज पहिलो चरणको दोस्रो दिन मुखमा कालोपट्टि बाँधेर प्रदर्शन गरेको छ । घण्टाघरबाट ‘स्वतन्त्रतापूर्वक लेख्न र बाँच्न देऊ’को नारासहित महासङ्घका सदस्यहरूले प्रहरीविरुद्ध मुखमा कालोपट्टि बाँधेर नगरपरिक्रमा गरी घण्टाघरमा कोणसभा गरेको थियो ।      कोणसभामा अध्यक्ष श्याम बन्जाराले माग सम्बोधन नहुन्जेलसम्म आन्दोलन नरोकिने बताए । उनले दोषी प्रहरीमाथि अविलम्ब कारबाई हुनुपर्ने बताउँदै प्रहरीले आफ्नो गल्ती सच्याउनेतर्फ अग्रसरता नदेखाए आसन्न प्रधानमन्त्रीको वीरगंज भ्रमणमा पत्रकारहरूले कठोर कदम चाल्न सक्ने चेतावनी पनि दिए । विरोधसभाको सञ्चालन शाखा सचिव कृष्णउदास खनालले गरेका थिए ।     तीन सूत्रीय मागसहित असार ४ गते जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन दिएपछि कुनै सुनुवाइ नभएकोले पत्रकार महासङ्घले हिजोदेखि पहिलो चरणको आन्दोलन शुरू गरेको हो । तेस्रो चरणको आन्दोलन घोषणा     नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको आज बसेको बैठकले प्रहरीविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । दोस्रो चरणको आन्दोलनसम्म

विन्ध्यवासिनी–पोखरिया सडक शिलान्यास, निर्माण व्यवसायीको कारण विकास निर्माण पछाडि – मन्त्री निधी

Image
पप्पु सुमन, पोखरिया, ११ असार/ वीरगंज–पोखरिया सडकखण्ड अन्तर्गत विन्ध्यवासिनी–पोखरिया सडकखण्ड कालोपत्रे निर्माण कार्यको शिलान्यास भएको छ ।     शुक्रवार आयोजित समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले उक्त निर्माण कार्यको शिलान्यास गरेका हुन् ।     सो अवसरमा मन्त्री निधिले ठेकेदारको गैरजिम्मेवारीपनका कारण जिल्लाको विकास निर्माण कार्य पछाडि परेको औंल्याए ।     निर्माण कम्पनीले योजना निर्माणको जिम्मा सकारेर पनि समयमा निर्माण नगर्ने, पेश्की लिएर फरार हुनेलगायतका गैरजिम्मेवारीपनका कारण विकास निर्माण कैयौं वर्ष पछाडि पर्ने गरेको बताए । पर्सा जिल्लाका नाम चलेका ठेकेदारहरूले समेत विभिन्न योजना ठेक्का सकार गरी निर्माण कार्य पूरा नगरी बीचमैं छाडेको मन्त्री निधिको आरोप थियो ।     उनले निर्माण कम्पनीहरूलाई जनताले खबरदारी गर्नुपर्नेमा जोड दिए । काम गर्नेलाई पुरस्कार र काम छोड्नेलाई कालोसूचीमा राखी कारबाई गर्नेतर्फ मन्त्रालय अग्रसर भइसकेको उनले जानकारी गराए । कार्यक्रममा मन्त्री निधिले वीरगंज–पथलैया सडकखण्ड छिट्टै ६ लेनको बन्ने र सोको लागि सम्पूर्ण तयारीहरू मन्त्रालयले पूरा गरि

विपद् प्रतिकार्य योजनाको आवश्यकता

Image
फूलमहम्म्द मियाा     विपद्, विपत्ति, प्रकोपहरू हरेक वर्ष आउँछन्, हामी सबैलाई थाहा छ । यो त ऋतु चक्र अनुसार चलिरहन्छ, हामीले प्रत्येक वर्ष बेहोर्नुपर्छ र निरन्तर सामना गर्नुपर्छ, भोग्नु पर्छ । केवल कुन दिन र कुन समयमा कत्रो आउँला भन्ने मात्र थाहा पाउन सकिंदैन । त्यसैले त यसलाई आकस्मिक भन्ने गरिएको छ । तसर्थ यस कुरालाई मनन गरी विपद्बाट हुन सक्ने सम्भावित मानवीय तथा त्यससँग गाँसिएका साधन एवं संसाधनहरूको क्षति न्यूनीकरण जरुरी छ ।     विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न एवं सड्ढटको अवस्था व्यवस्थापन गर्न आवश्यक पूर्व तयारी महत्त्वपूर्ण हुन्छ । पूर्व तयारीका लागि सम्भावित विपद्को पहिचान, त्यसका जोखिमहरू, प्रभावित हुन सक्ने मुख्य क्षेत्र र मानवीय पक्षहरूलाई सम्बोधन गर्दै मुख्य तीन पाटाहरूलाई ध्यान दिनैपर्छ । १) निकट समयमा के कस्ता विपद्हरूको सामना गर्नुपर्ने हुन सक्छ भन्ने विश्लेषण, २) त्यो विपद्को अवस्थामा हामी के गर्न छौं र ३) विपद्अगाडिको समयमा हामीले कस्ता पूर्व तयारी गर्नु जरुरी छ । यसका लागि हामीले हाम्रो स्रोत–साधनलाई समेत मध्यनजर राखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डमाथि वि

सामुदायिक विद्यालयमा जनसहभागिताको अभाव

Image
वैद्यनाथ ठाकुर     मुलुकमा ठूलो उथलपुथल भइसकेको छ । वैशाख १२ गतेको गोर्खे भुइँचालोभन्दा पनि ठूलो हलचल दश वर्षे जनयुद्ध, १९ दिने जनान्दोलन तथा २५ दिने मधेस आन्दोलनले ल्याएको छ । अढाइ सय वर्ष पुरानो शाही राजसंस्था धूलोपीठो भइसकेको छ । मुलुकमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिकताको बिरुवाले जरो गाड्दै छ । चार राजनीतिक पार्टीहरूबीच भएको १६ बुँदे सम्झौताले संविधान यो वा त्यो रूपमा जारी हुने सुनिश्चित भएको छ । अदालती आदेश, नेपाली काङ्ग्रेसको महाधिवेशनसम्म प्रधानमन्त्रीमा रहिरहने इच्छा तथा नेकपा एमालेको प्रधानमन्त्री बन्ने हतारो र उधारो सङ्घीयता नमान्ने मधेसवादी दलहरूको उडानले ककसलाई कहाँ पुर्‍याउने हो, त्यो हेर्न बाँकी भएपनि शैक्षिकसत्र २०७१ को एसएलसी परीक्षाको नतिजा फेरि पनि सन्तोषजनक हुन सकेन । आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको नतिजामा सन्तोष गर्ने ठाउँ पनि छैन । यस्तोमा प्रश्न उठ्छ, शिक्षामा सरकारको यतिधेरै लगानी हुँदा पनि प्रतिफल निरन्तर किन बालुवामा पानी खन्याए जस्तो हुन्छ ? यस वर्ष पनि अनुत्तीर्णको खबरले कलिला युवाले आत्महत्या गरेर विद्यालय शिक्षामा प्रत्येक वर्ष एस

उदाहरणीय काम

    ‘एकले थुकी सुकी, सयौंले थुकी नदी’ भन्ने उक्तिलाई ललितपुर सामुदायिक विद्युत् उपभोक्ता महासङ्घका सदस्यहरूले व्यवहारमा पुष्टि गरिदिएका छन् । एक कप चियाको पैसाले उनीहरूले ४२ वटा सामुदायिक विद्युतीकरणको मर्मतसम्भार गरे । गएको विनाशकारी भूकम्पले ग्रामीण विद्युतीकरणमा क्षति पुर्‍याइ सेवा अवरुद्ध भएपछि विद्युत् उपभोक्ता महासङ्घका सदस्यहरूले ‘एक घर एक कप चियाको रकम सहयोग’ अभियान सञ्चालन गरेका थिए । महासङ्घमा आबद्ध सदस्यहरूको घरबाट मात्रै सड्ढलन गरिएको रकम ९ लाख रुपैयाँ पुगेछ । यसरी सड्ढलित रकम उपभोक्ता सङ्ख्याको आधारमा १५ हजारदेखि ५५ हजार रुपैयाँसम्मको दरले विद्युत् उपभोक्ता संस्थाहरूलाई प्रदान गरियो । विभिन्न ४२ वटा संस्थाहरूले पाएको उक्त रकमसँग स्थानीय स्रोतसाधन र जनश्रम जुटाएर क्षति भएको स्थानमा मर्मतसम्भार तथा पुनर्निर्माण कार्य गरे । मर्मतसम्भारमा केही समय लाग्ने ग्रामीण क्षेत्रहरूमा सञ्चार सुविधा कायम राख्न सौर्य ऊर्जा जडान गरी मोबाइल चार्ज केन्द्र स्थापना गरेका छन् ।     दैवी प्रकोपले विनाश गरेका संरचनाहरूको पुनर्निर्माणको दायित्व सरकारको हो । तर सरकारी दायित्व पर्खेर बसेको भए यति छि

२०७२ असार ११ गते शुक्रवार

२०७२ असार ११ गते शुक्रवार को प्रतीक दैनिक

२०७२ असार १० गते बिहीवार

२०७२ असार १० गते बिहीवार को प्रतीक दैनिक

प्रहरीविरुद्ध पत्रकार महासङ्घको विरोध र्‍याली

Image
प्रस, वीरगंज, १० असार/     नेपाल पत्रकार महासङ्घ पर्साको आह्वानमा बिहीवार वीरगंजमा प्रहरी ज्यादतीविरुद्ध ‘विरोध र्‍याली’ निकालिएको छ । घण्टाघर चोकबाट निकालिएको विरोध र्‍याली नगर परिक्रमापछि सोही स्थानमा पुगेर कोणसभा गरेको थियो ।     कोणसभामा बोल्दै पत्रकार महासङघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले पत्रकार धीरज दारूका प्रकरणका दोषी प्रहरीमाथि कार्यवाहीको माग गरे । उनले पत्रकार महासङ्घले ३ सूत्रीय मागसहित जिल्ला प्रशासन कार्यालय, पर्सामा दिएको माग सम्बन्धमा सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको प्रस्ट्याए ।     अध्यक्ष बन्जाराले पत्रकारहरूको स्वाभिमान उँचो राख्ने विषयमा महासङ्घ एक पाइला पनि पछि नहट्ने बताउँदै आन्दोलनसँगै वार्ता, संवादको कार्यक्रम पनि जारी राखिने बताए । यसैबीच शाखाले बिहीवार नै आन्दोलनबारे कार्यसमितिका पदाधिकारी, सदस्यहरू र पूर्व अध्यक्षहरूको भेला गरी राय, परामर्श लिएको छ।     पत्रकार महासङ्घको कार्यालयमा सम्पन्न भेलामा पूर्व अध्यक्षहरूले पत्रकार दारूकाको विषयमा पर्सा प्रहरीले समाचार लेखेकै आधारमा इवि साध्ने काम गरेको देखिएकोले दोषी प्रहरीमाथि कार्यवाही नहुन्

डिजलसहित बेपत्ता टयाङ्कर ६ दिनपछि फेला पर्‍यो

प्रस, वीरगंज, १० असार/     असार ४ गतेदेखि बेपत्ता भएको डिजल टयाड्ढर ६ दिनपछि बिहीवार फेला परेको छ ।     रक्सौल इन्डियन आयल निगमबाट     थानकोट काठमाडौंका लागि २० हजार लिटर डिजल बोकेर हिंडेको ना ४ ख ४१९७ नं. को टयाड्ढर बेपत्ता भएको थियो ।     उक्त टयाड्ढर पर्साको बेलवा–४ स्थित सफी आयल स्टोर्सको कम्पाउन्डमा बिहीवार फेला परेको हो । आयल निगमका कर्मचारीहरूले खोजतलाशको क्रममा सशस्त्र प्रहरीको समेत सहयोग लिएर टयाड्ढर पत्ता लगाएको नेपाल आयल निगम वीरगंज क्षेत्रीय कार्यालयका प्रमुख जगदीश यादवले प्रतीकलाई बताए ।     टयाड्ढरको पाँचवटा सीलमध्ये चारवटा खुलेको अवस्थामा फेला परेको छ । उक्त टयाड्ढरका राजु नामका चालक फरार छन् । चालकको समेत मिलेमतोमा टयाड्ढर बेपत्ता पार्ने षड्यन्त्र भएको हुन सक्ने सशस्त्र प्रहरी बेस क्याम्प सोलखपुरका प्रहरी निरीक्षक दिपेन्द्र थापाले बताए । घटनाको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।     टयाड्ढर भने हाल सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको आयल निगमले जनाएको छ ।

मनसुनले ल्याउन सक्ने खतरा

Image
ई. गोपाल श्रेष्ठ     यस वर्षको शुरुदेखि नै हामीलाई दशा लागेको छ । वैशाख १२, १३ र २९ गतेको भूकम्पको पराकम्पनले अझै पनि हामीलाई छोडेको छैन । भूकम्पको डर भित्री मनमा पसेपछि निकाल्न गार्‍हो नै हुँदोरहेछ । भूकम्पले भूक्षयलाई बढावा दिन्छ । कारण, भूकम्पले पृथ्वीको भित्री संरचनालाई नै खल्बल्याई दिन्छ । यो खल्बलाहटले भूक्षयलाई प्रोत्साहित गर्छ । भूक्षयको डरलाग्दो रूप नै पहिरो हो । अहिले हामी मनसुनको शुरुआतको अवस्थामा छौं । अहिले नै ताप्लेजुङ, काभ्रे, सखुवासभा, धादिङ आदि पहाडी जिल्लाहरूमा पहिरोले दु:ख दिइसक्यो । ताप्लेजुङमा ३५ जवान मान्छेको जीवनलीला नै समाप्त भइसकेको छ भने २६ जवान बेपत्ता छन् । करिब १२० दिन सम्म रहने मनसुनले अहिले नै यत्रो ताण्डव नृत्य देखाई सक्यो भने मनसुनको अन्त्य सम्म कति विध्वंस मचाउला सोचनीय कुरा छ ।     दरिद्र नेपालीलाई मनसुन आएन भने पनि खडेरीले मार्छ, मनसुन आयो भने पनि बाढी/पहिरोले मार्छ । जाडो आयो जाडोले मार्छ अनि, गर्मी आयो गर्मीले मार्छ । हुँदाहुँदा चट्याङले पनि मार्छ । कति कुरा हाम्रो अज्ञानता हो भने कति कुरा हाम्रो संस्कार/संस्कृति हो र कति कुरा हाम्रो गरिबी, दरिद्

भूकम्पपछिको नेपाल र दाता सम्मेलन

शीतल महतो     “नेपालमा विधिको शासन राजनीतिक हस्तक्षेपका कारण कमजोर भएको छ । यसको सुधारमा जति ढिलाइ हुन्छ, जनताले त्यति नै धेरै गुमाउने छ ।” ब्रिटिश अन्तर्राष्ट्रिय विकासमन्त्री माइक फेस्टर र विदेश राज्यमन्त्री इभान लेक्सिले संयुक्तरूपमा पाँच बर्षअघि लेखेको एउटा लेखमा यो उल्लेख गरिएको थियो । त्यसपछि पछिल्लो हप्ता मात्र ब्रिटिश संसद्को अन्तर्राष्ट्रिय विकास समितिका अध्यक्षले भनेका थिए– “नेपालमा कमजोर शासन र व्यापक भ्रष्टाचार छ । त्यसैले नेपालको विकास गर्ने हो भने शासकीय सुधार र राज्यका सबै निकायको संस्कार अविलम्ब परिवर्तन गर्नुपर्दछ ।” यसरी नेपालमा चुलिंदै गएको भ्रष्टाचार, अनियमितता र राजनीतिक संस्कारमा देखिएको कमीका कारण अन्तर्राष्ट्रिय क्षेत्रले नेपाललाई हेर्ने दृष्टिकोण बेग्लै किसिमको छ । गत वैशाख १२, १३ र २९ गतेको शक्तिशाली महाभूकम्प पछि विनाश र विध्वंसको कहालीलाग्दो दलदलमा मुलुक फसे पनि नेपालको राजनीति र शासकीय शैलीमा केही परिवर्तन आएको छैन । भूकम्प आएको झन्डै दुई महिना हुन थालेको छ । तर शासकीय कमजोरी, राजनीतिक सोच, चरित्र र शैलीको पुरानो सड्ढीर्णताबाट मुलुक मुक्त हुन सकेको छैन । यस

आर्थिक समृद्धि र संविधान

वीरेन्द्र यादव     राजनीतिक परिवर्तन र सङ्घर्षको हिसाबले कुरा गर्ने हो भने नेपाली जनता राजनीतिक किताबजस्तेै छ । ६ दशकको अवधिमा जहानियाँ राणाशासनलाई बिदा मात्र गरेन २००७ देखि २०१५ सालसम्म कमजोर राजा र बलियो दलहरूको शासन हेर्‍यो । २०१५ देखि २०१७ सालसम्म प्रत्यक्ष निर्वाचित सरकारको अनुभव गर्‍यो । २०१७ सालदेखि २०४६ सालसम्म सक्रिय राजतन्त्रसहितको पञ्चायती व्यवस्थाको पनि अनुभव गर्‍यो । बीचमा जनमत सङ्ग्रहको स्वाद चाख्यो । २०४६ देखि २०६१ सम्म संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक व्यवस्थाको अभ्यास गर्नुका साथै  विश्वमैं ख्याति कमाएको शाही सेनाको कडा सुरक्षा घेराभित्र राजा वीरेन्द्रको पूरा परिवारको हत्या भएको हृदयविदारक घटनाको पनि साक्षी बन्यो । यति मात्र होइन २०५२ सालदेखि २०६२ सालसम्म माओवादीको जनयुद्ध भोग्यो । त्यस जनयुद्धको शान्तिपूर्ण अवतरण मात्र गराएन, प्रजातन्त्रको घाँटी निमोठ्ने प्रयास गरेका राजा ज्ञानेन्द्रलाई आन्दोलनको बलमा फालेको पनि राम्रै अनुभव छ । विदेशीहरूको मध्यस्थताबेगर जनयुद्ध विराम भयो । जुन विश्वमैं मौलिक मात्र छैन विश्वकै लागि शिक्षाप्रद छ ।     नेपाली जनताले २००४ सालमा ब