भुइँचालो आयो र गयो । आयो र गयोको सन्दर्भ ठूलो भुइँचालोसँग मात्र सम्बन्धित हो । साना भूकम्पहरू ५ रेक्टर स्केलसम्मका त आई नै रहेका छन् । यिनले ठूला भूकम्पले ध्वस्त पारेकाबाहेक कमजोर बनाइदिएको मानव मात्र होइन, प्राकृतिक संरचनाहरूलाई पनि थर्काएर ध्वस्त पार्दैछन् । प्राकृतिकरूपमा हाम्रा पहाडहरू अहिले भूकम्पका झट्काले गर्दा निकै कमजोर भएका छन् । सुक्खा पहिरो जाने त्यसैको प्रतिफल हो । म्याग्दी जिल्लामा कालीगण्डकीमा पहिरो गएर नदीको प्रवाह थुनिंदा झन्डै बस्ती बगाउने खतरा उत्पन्न भएको थियो । ठूलो भूकम्पले हल्लाइदिएको नेपालको धर्तीलाई भूकम्पका परकम्पहरूले थिलथिलो पार्दैछन् । पहाडी क्षेत्रका थुप्रै पुराना बस्ती, गाउँ अहिले बसोवासका लागि अनुपयुक्त देखिएका छन्् । भूकम्पको धक्काले पहाडका गाउँबस्तीमा जमीनमा धाँजा पर्न थालेको छ । कसैका खेतबारी त कसैका घरआँगन चिरिएर एउटाबाट दुई र तीन भएका छन् । घरवास त सिद्धियो नै, भोलिका लागि ओत लाग्ने सुरक्षित धरातल पनि खोसिंदै छ । आज कोही पनि आफ्नो थातथलोमा बस्न तयार छैनन् । विस्थापित भएका छन्, शरण खोज्दै हिंडेका छन् ।
माथि वर्णित भूकम्पको असर प्रकृतिप्रदत्त हो । भूकम्पको असर मानिसको व्यवहारमा पनि देखिन थालेको छ । निरन्तर परकम्पले घरभित्र बस्न डराएर सपरिवार बाहिर खुला चौरमा बस्ने मानिसका घरहरूमा अब चोर पल्कन थालेका समाचारहरू आउन थालेका छन् । भूकम्पबाट अभिभावकहरू गुमाएका अनाथ बालबालिकाहरूलाई भारततिर लग्ने एउटा प्रयास असफल भएको समाचार त आएकै थियो, थाहा नभएर कति त्यस्ता नेपालीले आश्वासनको भरमा दासता अँगाल्न पुगे होलान् भन्न सकिन्न । भूकम्पको बेला एकातिर सरकार तथा व्यक्तिको सदाशयता बढेको छ भने भूकम्पपीडितका लागि सहुलियतप्रदत्त सामलको वैध तस्करी भइरहेको समाचार त छयाल्लब्याल्ल नै भएको छ । यसको सुरुआत हाम्रै सभासद्हरूले गरे । भूकम्पपीडितको नाउँमा आएको रहरलाग्दो विदेशी पालहरू सपरिवार पिकनिक मनाउन गुटमुटयाएर हिंडे । कति राहत सामग्री लुटिए र कति गोदाममा थन्केर कुहिए, कुनै लेखाजोखा छैन । यस्तैमा दुईजना भारतीय महिलाहरू पक्राउ परेका छन्, जो भूकम्पपीडितका लागि राहत उठाउने भन्दै ठगीधन्दा गर्दै थिए ।
यी त भए अहिलेसम्म देखिएको भूकम्पपछिको प्राकृतिक र मानवीय असर । यो यत्तिकैमा थामिने छैन । धर्तीले अहिले नै आफ्नो आक्रोशलाई विश्राम दिएको छैन । हल्का भनिएका परकम्पले यस्तै क्षति अझ पुर्याइरहनेछ । किनकि विज्ञहरूले नै भनिसकेका छन्– परकम्प ६ महिनासम्म आइरहनेछ । यसबीच मानिसको स्वार्थले पीडितहरूलाई ठग्ने थप सूत्र खोजिरहनेछ । अहिले राहतको नाममा जिन्सी सामान मात्र सड्ढलन र वितरण भइरहेको छ । भोलि नगद पनि वितरण हुनेछ । भूकम्पपीडितलाई पुनर्वासका लागि ठूलो मात्रामा संरचना निर्माण गर्नुपर्ने देखिएको छ । त्यसमा ठूलै परिमाणमा धन खर्च हुनेछ । त्यस धनको पूर्ण सदुपयोग हुनेछैन भनी अहिले नै भविष्यवाणी गर्न सकिन्छ । तात्तातो घाउ लागेको बेला त पाल कुम्ल्याउन लाज नमान्नेहरूले नगद नै देखेपछि के पो बाँकी राख्लान् १ यस्ता असर आइरहन्छन्, तर तिनको समाधान नै पौरख हो, जसबाट पार पाउने आँट नेपालीले गर्नैपर्छ ।