शीतल गिरी
पोहर साल मैले चिनेको महेशकी जवान छोरी माधुरीले आत्महत्या गरेकी थिई । माधुरी आमाबुबाकी एकमात्र छोरी थिई ।
महेशको जीवनीको सम्पूर्ण आकाङ्क्षाहरू उसैमा केन्द्रित थियो । कतै आफ्नो नियन्त्रणभन्दा बाहिर नजाओस् यही सोचेर उसले युवा पुस्तामा उक्लेकी माधुरीलाई कठोर नियन्त्रणमा राख्न थाल्यो । माधुरीले बाल्यकालमा प्रशस्त माया पाएकी थिई, अत: यस्तो नियन्त्रणलाई स्वीकार्न सकिन । खुकुलोपन चाहन्थी त आमाबुबाले गाली गर्थे, विद्रोह गर्न खोज्दा पिट्ने गर्थे ।
बिस्तारै बिस्तारै माधुरीको आक्रोश र चिन्ताले गर्दा कठोर नियन्त्रणबाट छुट्कारा पाउन यो गलत प्रक्रिया उसले अपनाउन पुगिन् । हाम्रो समाजमा परम्परा नै बनिसकेको छ कि छोरीप्रति आवश्यकताभन्दा बढी शड्ढा र चियोचर्चा गर्ने । तेर्ह वर्ष कटेको अवस्था नै यस्तो हुन्छ । युवतीहरू कल्पनाको संसारमा विचरण गर्छन् र आफू आपैंmलाई हिजोभन्दा धेरै महत्त्वपूर्ण सम्झिन्छन् । आमाबुबाले भनेको कुराप्रति वास्ता नगर्नु, आफ्नै ख्यालमा हराउनु अथवा ससानो कुरामा अति गम्भीर या उत्साहित हुनु साधारण लक्षण हो । छोरीलाई सम्पन्न घरमा विवाह गरी पठाउने चाहना बोकेका आमाबुबाहरू पछुताउनुपरेका थुप्रै घटनाहरू हाम्रोसामु छन् ।
छोरीले आफ्नो अभिभावकको व्यवहारबाट क्षुब्ध भएर विद्रोह गर्छिन् । मन परेको केटासाथीसँग घरबाट भागी विवाह गर्छिन् अथवा आत्महत्या गर्ने या कुण्ठा पाली मानसिक विकृतिलाई निम्त्याउँछिन् । मीनाक्षीले आमाबुबाको साथसाथै दाजुको हप्कीदप्की र लेक्चर बरोबर सुन्नुपथ्र्यो ।
यस्तो व्यवहारले तिनी यतिसम्म दिक्क बनिन् कि अब घरमैं बस्न चाहँदिनन् । धेरैजसो समय साथीहरूसँगै रहन्छिन् । कुनै कुराको सल्लाह र सुझाव लिनुपर्यो भने रविनाको आमासँग लिने गर्छिन् । किनभने उनको व्यवहार तिनलाई राम्रो लाग्छ, उनलाई तिनी आफ्नो आदर्श मान्छिन् । यता आमाबुबा र दाजुले तिनलाई होचपेच गरिरहन्छन्, “हामी त तेरो शत्रु नै हौं, यस कारण बाहिरियाहरूको सल्लाह लिने गर्छेस् ।” यस्तो पेचको तिनी यसरी प्रतिकार गर्छिन्,“हो, उहाँ मेरो आदर्श नै हो, किनभने तपाईंहरूजस्तो रातदिन भाषण र उपदेश त छाट्नुहुन्न । माया गरेर सम्झाउनुहुन्छ, राम्रो नराम्रोको ज्ञान दिनुहुन्छ, रविना र मलाई ।” यस्तो स्थितिमा मीनाक्षी र घरका मानिसहरूबीच पर्खाल खडा हुनु स्वाभाविकै हो ।
विवाहपछि पनि मीनाक्षी पक्कै पनि माइती आउन चाहँदिनन् । अभिभावकहरूको कर्तव्य हो कि आफ्नो जवान छोरीको उचित रेखदेख गर्ने । तर छोरीलाई यो थाहा नहोस् कि उसको प्रत्येक कुराको चियो गरिंदैछ । छोरीको समस्याहरूलाई ध्यान दिएर सुन्नुपर्दछ र त्यसको उचित समाधान गर्नुपर्दछ । छोरी कुनै असजिलो स्थितिमा छ भने माया गरेर सही बाटो देखाउनुपर्छ । छोरीको मनमा भएका शड्ढाहरूको समाधान गरिदिनुपर्छ । जवान छोरीसँगको व्यवहारमा समय र स्थितिको पनि ध्यान दिनु जरुरी छ ।
यदि जवान छोरी आफ्ना साथीहरूसँग कुराकानी गरिरहेको समयमा कुनै सानोतिनो काम अर्हाउनु ठीक होइन । यस्तो व्यवहारले छोरीले अपमानित भएको महसुस गर्दछिन् र यस्तो स्थितिमा तिनी रिसाउनु स्वाभाविकै हो । एक हप्ताअघि म एकजना साथीको घर गएको थिएँ । साथीको जवान छोरी नीलमले बनाएर ल्याएको चिया यति स्वादिलो थियो कि प्रशंसा नगरी रहन सकिनँ ।
गत महिना अनुराधा बहिनीको घरमा चिया पिएको थिएँ तर त्यो त्यति मीठो थिएन । किनभने अनुराधाले आफ्नी जवान छोरीलाई जबरजस्ती चिया बनाउन लगाएकी थिइन् । त्यतिखेर भान्जीले परीक्षाको तयारी गर्दै थिई । यसर्थ भान्जीले चिया बनाउने औपचारिकतामात्र पूरा गरिन् ।
पढाइ अथवा रचनात्मक कार्यमा तल्लीन छोरीलाई तबमात्र काममा लगाउनुपर्छ, जब त्यो अत्यन्त आवश्यक छ । चिया बनाउन त कुनै खास समय लाग्दैनथ्यो । दुई कप चिया त अनुराधा स्वयम्ले बनाउन सक्थिन् । तर आफ्नो प्रभाव जमाउनको लागि उनले आफ्नी छोरी ‘कति योग्य र आज्ञाकारी छे’ दबाब दिइन् । जब जवान छोरी फुर्सतमा हुन्छे, तबमात्र घरेलु कार्य सिकाउनुपर्छ । छोरी पढाइमा अथवा रचनात्मक कार्यमा लीन छिन् भने व्यवधान गरिनुहुँदैन । प्राय: देखिने गरेको छ कि जवान छोरीमा आमाको अङ्कुश धेरै रहन्छ, तर छोराप्रति भने एकदम कम । यस्तो पक्षपातपूर्ण रवैयाले छोरी या त डरपोक बन्छिन् या त विद्रोही । प्रत्येक अभिभावकले आफ्नो जवान छोरीप्रतिको आफ्नो कर्तव्य र व्यवहारलाई ध्यानमा राख्नुपर्छ । जवान छोरीलाई नानाभाँतीका अङ्कुश लगाउनुहुँदैन । बिनाकाममा हप्कीदप्की गर्नुहुन्न, गाली गर्नुहुन्न । यसो भनौं कुनै पनि किसिमबाट छोरीको भावनामा ठेस पुर्याउनुहुँदैन । मैले केही परिवारमा छोरीहरूले धक फुकाएर आफ्ना समस्याहरू आमाबुबाका सम्मुख राखेको पाएको छु, कुनै कुरा पनि उनीहरूबाट लुकाउँदैनन् । यस्तो स्थिति आमाबुबाको सही व्यवहारबाट मात्र बन्दछ ।
यदि आफ्नो आमाबुबाप्रति छोरीको मनमा प्रेम, आदर, विश्वास छ भने उनीहरूको सुझावलाई पनि सहजै स्वीकार्छन् । केही अभिभावकहरूले आफ्ना छोरीलाई ममतावश सम्भव भएसम्मको सुविधा दिएर वास्तविकताभन्दा टाढा राख्ने प्रयास गर्छन् । उनीहरू सोच्छन् कि छोरी अर्काको घर जाने जात हो पछि यसलाई कसले माया गर्ला । यो एकदम गलत सोच हो । आमाबुबाले आफ्नो छोरीको योग्यता, क्षमता र बौद्धिक स्तर अनुसार अगाडि बढ्ने प्रेरणा दिनुपर्छ । छोरीलाई कल्पनाको सागरमा विचरण नगराएर परिश्रम गर्न सिकाउनुपर्छ । छोरीलाई अनावश्यकरूपमा रुपियाँपैसा दिएर उनीहरूको बानी बिगार्नुहुन्न । यस्तो बानी परेका युवतीहरू रुपियाँको लागि अस्मिता बेच्न पछि पर्दैनन् ।
छोरीलाई आफ्नो आर्थिक स्थितिको सही जानकारी दिनुपर्छ ताकि उसले सोही हिसाबबाट आफ्नो आवश्यकता पूर्ति गर्न सकून् । जब आमाबुबाले स्पष्टरूपबाट आफ्नो आर्थिक स्थिति छोरीलाई बताएका हुँदैनन् भने नानाभाँतीका चीजहरूको माग गर्नु र सोको लागि जिद्दी गर्नु स्वाभाविकै हो ।
छोरीको मनमा नातेदार र छिमेकीहरूको रहनसहनको नक्कल गर्ने प्रवृत्ति हुर्किन दिनुहुँदैन । छोरीलाई उसको आफ्नै गुणहरूको विकास गर्ने अवसर दिनुपर्छ किनभने ऊ आफ्नै मान्यतामा बाँच्न सकोस् । यसले छोरीमा आत्मविश्वास बढ्छ र उत्तरदायित्व वहन गर्ने भावना पलाउँछ । यसो गर्दा छोरीहरूमा सामाजिक भावना, वृद्धवृद्धाप्रति सम्मान र सहयोग एवं सेवाको भावना जन्मन्छ । अनावश्यक मायाममता गर्दा छोरीहरूका बिगँ्रदै जान थालेको आनीबानी देख्नै सकिंदैन । देखे पनि ध्यान दिइँदैन । यसर्थ छोरीहरूबाट भएका गल्तीलाई सुधार्न अभिभावक सजग बन्नुपर्छ ताकि छोरीहरूले आँखा छलेर खराब आनीबानी सिक्न नसकून् । धेरैजसो युवतीहरूमा वाहियात गफ गर्ने बानी पाइन्छ । यस्तो आचरण गर्नबाट छोरीहरूलाई रोक्नुपर्छ । साथै अरूको कुरा काट्ने, अरूको कमीकमजोरी कोटयाउने तथा जो कोहीसँग पनि निस्किने बानी कदापि बसाल्न दिनुहुन्न । जुन छोरीलाई यथार्थभन्दा टाढा राखिएको हुन्छ, त्यस्ता छोरी पछि गएर कुण्ठा र निराशा जस्तो मनोग्रन्थिले पीडित भएको पाइएको छ । यस कारण प्रत्येक छोरीलाई समयसमयमा यथार्थतासँग परिचित गराउनुपर्छ । धेरै माया, ममता र सुविधामा हुर्किएकी छोरीले यस्तो स्थितिको सामना गर्न सक्दैन । अत: छोरीलाई ठोस धरातलमा उभिन दिनुपर्छ, किनभने त्यस्ता छोरीले मात्र जीवनको यथार्थताबाट डराएर कुनै पनि गलत कार्य गर्दैनन् ।