सञ्जय साह ‘मित्र’
लोकोक्ति र जनविश्वास जति सबै निराधार हुँदैनन् । अब त लोकोक्ति र जनविश्वासलाई सामाजिक सम्पत्ति पनि मानिन थालिएको छ । अझ यस्ता किसिमका जनविश्वासहरूको सम्बन्ध जब पौराणिककालसित जोडिन्छ, तब त्यसले बढाउने कौतूहल कैयौं गुणा बढ्छ ।
रौतहटको समनपुरलाई ऐतिहासिक स्थल, लडैया समनपुर, कान्तिपुर–पाटलीपुत्र व्यापारिक मार्गको विश्रामस्थल आदिको परिचय रहेको छ । अझ यस स्थलको परिचय महाभारतसित रहेको सुन्दा समनपुरको ऐतिहासिकता, पौराणिकता र पुरातात्त्विकताप्रति चासो स्वाभाविक बढ्छ ।
चर्चाबाट गुमनाम बनेको समनपुरको विशिष्टता केही पनि छैन भन्दा पनि यसले आफ्नो गर्भमा लुकाइरहेको सम्पत्तिको चमकले आँगनलाई आलोकित पारिरहेको धेरैले देखिरहेका छन् । आलोकलाई सबैले देख्न सकिरहेका छैनन् । जसले देखिरहेका छन्, उनीहरूले नदेख्नेका लागि पुष्टि गर्न सकिरहेका छैनन् । यसका लागि प्रमाणहरू आपैंm बोल्दैनन् र जे बोलिरहेका छन्, उसको बोली वा भाषा बुझ्ने प्रयास कसैले गरिरहेका छैनन् ।
यही असमञ्जसमा दिवसहरू कटिरहेका छन् ।
हो, पाण्डवहरूको बाह्र वर्ष पनि यसैगरी बिते । अज्ञातवासको समय आयो । समनपुरवासीको विश्वास छ, पाण्डवहरूको अज्ञातवास समनपुरबाट भएको छ । प्रमाणको रूपमा समनपुरमा रहेको शिवमन्दिर छ । शिवमन्दिरको बारेमा रहेको लोकोक्ति र जनविश्वास निकै बलियो देखिएको छ । हुनत सबैतिर के विश्वास हुन्छ भने शिवमन्दिरमा शिवलिङ्ग रहेको हुन्छ तर समनपुरको शिवमन्दिरमा शिवलिङ्ग भनेर पूजा गरिएको ढु·ो शिवलिङ्ग होइन रे १ यो त पाण्डवहरूले गुप्तवास/अज्ञातवासको सुरुआत गरेको ढुङ्गो हो अर्थात् पाण्डवहरूको अँध्यारोवासको रूपमा भएको एक वर्षे अज्ञातवासको आरम्भको साक्षी हो । यही साक्षीलाई स्थानीयले पूजा गर्न थाले र कालान्तरमा शिवको नाम दिइयो र धेरै कालपछि शिवमन्दिर पनि बन्यो, जसलाई २०७२ को भूकम्पले भित्र र बाहिर दुवैतिरबाट चिराचिरा पारेको छ ।
धमिलो हुँदै गएको जनविश्वास कस्तो छ भने पाण्डवहरूको अज्ञातवास शुरू हुँदा कसैले नचिनोस् वा नजानोस् वा नदेखोस् भनेर गुप्त बन्न पहिलेदेखि नै सुरुङ खनेका थिए । बागमती नदीको पश्चिमी किनारमा रहेको समनपुरबाट सुरुङ खनेर भित्रभित्रै पूर्वतिर पाण्डवहरू गएका थिए । पाण्डवहरू विराटनगर पुगेको ऐतिहासिक तथ्य छँदैछ । समनपुरमा खनिएको सुरुङमा पाण्डवहरू पसे । सबैभन्दा पछि भीमसेन पसे । सुरुङको मुखलाई थुन्न पहिलेदेखि नै भीमसेनले ठीक्कको ढुङ्गा ल्याएर राखेका थिए । जसै भित्र पसे भीमसेनले पनि आफू भित्र पस्दै ढुङ्गाले सुरुङको मुख बन्द गरे ताकि आफूहरू भित्र पसेको सामान्यतया कसैलाई थाहा नहोओस् । हुन पनि यस्तै भएको देखिन्छ ।
सुरुङको मुखमाथि राखिएको ढुङ्गाको अधिकांश भाग जमीनमैं रहेको देखिन्छ । त्यस ढुङ्गामाथि जतिसुकै पानी खन्याउँदा पनि पानी कहाँ जान्छ भनेर थाहा हुँदैन । हुन सक्छ बागमती नदीको किनारको मन्दिर भएकोले बलौटे माटोमा पानी सोस्छ तर जनविश्वास कस्तो रहेको छ भने सुरुङको मुखमा रहेको ढुङ्गो भएकोले जतिसुकै पानी खन्याए पनि सुरुङभित्र जाने गरेको छ । पाँच
हजार वर्ष पहिले बलौटे जमीनमा खनिएको सुरुङ अहिलेसम्म सुरक्षित होला भनेर विश्वास गर्न सकिन्न तर अझै पनि धेरै मानिसको मनमा भने यही कुरो रहेको छ ।
विभिन्न समयमा लाग्ने मेलाहरूको आफ्नै किंवदन्ती पनि छ । ढु·ो यहाँ कसरी आइपुग्यो भन्ने विषयमा अझ रोचक जनविश्वास रहेको छ । (यसलाई अर्को अङ्कको लागि सुरक्षित राखेको छु, वाटिका अर्को अङ्क नछुटाउनुहोला ।) मेला भर्न आउने हजारौं श्रद्धालु र स्थानीयसमेतले शिवलिङ्ग मानी खन्याएको पानी/अर्पण गरिएको जल साँच्चिकै कहाँ जान्छ भन्ने कौतूहल आज पनि रहेको छ । पानीको कतै निकास छैन, यसले मानिसको विश्वासलाई भने बढाएको छ ।
समनपुर ऐतिहासिक स्थल हो भन्ने कुरामा कसैको द्विविधा नहोला । अलिकति थोरै महाभारत पर्वत शृङ्खला र चुरेको फेदीमा रहेको सुन्दर बस्ती हेटौंडा र हेटौंडादेखि फुर्केचौरसम्म फैलिएको समथर भूभागको विषयमा स्थानीयको विश्वासलाई मान्ने हो भने समनपुरको लोकविश्वासलाई एउटा बलियो आधार प्राप्त हुन्छ । हेटौंडामा रहेको भूटनदेवी मन्दिर भीमसेनकी पत्नी हेडम्बा राक्षसनी हो र उनैको नामबाट हेटौंडा बस्ती बसेको हो रे १ महाभारत युद्धपछि भीमसेनले आफ्नो हतियार फालेको ठाउँ नै अहिलेको त्यो समथर भूभाग हो रे १ हेडम्बाको कोखबाट जन्मेको भीमसेनको छोरा महाबलशाली घचोत्कटले महाभारत युद्धमा खेलेको भूमिका त साँच्चिकै अवर्णनीय नै छ । साँच्चिकै समनपुर र हेटौंडादेखि पूर्वको समथर जमीनको दूरी खासै धेरै टाढा छैन । जङ्गलको छेउमा र बागमती नदीको किनारमा रहेको समनपुरप्रति यस्ता केही व्यावहारिक तथ्यले विश्वासका जराहरूमा मजबुती ल्याउँछन् ।