प्रस, वीरगंज, १५ जेठ/
नेपाल–भारत सीमाबाट ठुलो परिमाणमा तस्करी भइरहेको खबर पुष्टी भएको छ । भारतीय सीमा सुरक्षा
बल (एसएसबी) मुसहर्वा–महदेवाले विहीबार राती कपडासहित २१ जना तस्करहरूलाई पक्राउ गरे पछि सो कुरा पुष्टी भएको हो ।
भारतबाट नेपाल भित्र्याउने क्रममा सूचनाको आधारमा एसएसवीले राति १ बजे बाराको ब·री नदीबाट १८ पोका कपडासहित २१ जना तस्करलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा वीउमनपा–१९ इनर्वाका नकछेद दास, श्रीकिशोर साह, राजकिशोर साह, चन्देश ठाकुर, उत्तम राम, इसरायल देवान, विजय साह, हासिम मियाँ, वीरगंज नगवाका नागेन्द्र राम, अजय कुमार, बारा बलिरामपुरका हरि साह, नौसाद अली, मुस्ताक अली, मो. अबुलेस हुसेनलगायत २१ जना रहेका भारतीय सीमा सुरक्षा बल बिओपी मुसहर्वाका इन्चार्ज सुनील सिंहले जानकारी गराए । पक्राउ परेका तस्करहरू गएराति साइकलमा कपडा लोड गरी बाराको मटिअर्वा नाकाबाट छिराउने क्रममा पक्राउ परेका सिंहले जनाए । एसएसबीले तस्करहरूको स्कर्टिङ गरिरहेका बीआर ०५ एस ५१६४ र बीआर ० एल जिएक्स ४५३६ नं.को दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ । तस्करहरूले भारतीय बजारबाट सामान खरिद गरी कलैयामा पुर्याइ वीरगंज ल्याउने गरिएको पक्राउ परेका व्यक्तिहरूले बयान दिएको सिंहले बताए ।
वीरगंजका दुई कुख्यात कपडा व्यापारीको उक्त सामान रहेको स्रोतको दाबी छ । स्रोतको अनुसार कलैयामा पुगेको सामान पुन: भ्याट बिलमार्फत् वीरगंज पुर्याइ वीरगंजको विभिन्न स्थानमा लोड अनलोड गरी नेपालको विभिन्न ठाउँमा पुर्याउने गरिएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कारबाईको लागि कारागार पठाएको र सामान भारतीय कस्टमको जिम्मा लगाएको एसएसबीका इन्स्पेक्टर करण सिंहले जानकारी दिए ।