उमाशङ्कर द्विवेदी
तदन्तर सहदेव पनि गोठालोको भेष बनाएर तथा गोठालाहरूकै भाषा बोल्दै राजा विराटको गौशालाको निकट पुगे । त्यस तेजस्वी पुरुषलाई बोलाएर राजाले सोधे– “तिमी कसको मानिस हौ ? कहाँबाट आएका छौ तथा कुन काम गर्न चाहन्छौ ?” सहदेवले भने– “म जातिको वैश्य हुँ । मेरो नाम अरिष्टनेमि हो । पहिला म पाण्डवहरूको गाईवस्तुहरूको स्याहार गर्दथें तर अब उनीहरू कहाँ गए, पत्तो छैन । काम नगरेर जीविका चल्न सक्दैन र पाण्डवहरू नभएपछि तपाईंबाहेक अन्य कुनै राजा मलाई मन पर्दैन, जसकहाँ म नोकरी गर्न सकूँ ।” राजा विराटले सोधे– “तिमीलाई कुन कामको अनुभव छ ? कुन सर्तमा तिमी काम गर्न चाहन्छौ तथा त्यसको लागि मैले कति तलब दिनुपर्छ ?”
सहदेवले भने– “महाराज, मैले पहिले नै भनिसकेको छु कि म पाण्डवहरूको गाईवस्तुको स्याहारसुसार गर्दथें । त्यहाँ मलाई मान्छेहरूले तन्तिपालको नामले चिन्दथे । चालीस कोसभित्र जति गाईहरू रहन्छन्, तिनीहरूको भूत, भविष्य र वर्तमानकालको सङ्ख्या मलाई सधैं थाहा रहन्छ । कति गाईहरू थिए, कति छन् र कति रहनेछन्, यसको मलाई ठीकठीक ज्ञान रहन्छ । जुन उपायले गाईहरूको सङ्ख्या बढिरहनेछ, उनीहरूलाई कुनै प्रकारको रोगव्याधि नलागोस् जस्ता उद्योग गर्नमा म खप्पिस छु । यसबाहेक म उत्तम गोरुहरूको लक्षण पनि राम्ररी थाहा पाउन सक्दछु ।”
राजा विराटले भने– “मेरो गौशालामा एकै र·का एक लाख पशुहरू रहेका छन्, उनीहरूमा जम्मै उत्तम गुणहरूको सम्मिश्रण छ । आजदेखि ती पशु तथा तिनीहरूका रक्षकहरूलाई म तिम्रो अधिकारमा सुम्पिदैछु । मेरा पशुहरू अब तिम्रै अधीनमा रहनेछन् ।” यस प्रकारले राजासित परिचय गरेर सहदेव त्यहाँ सुखपूर्वक रहन थाले । राजाले उनको भरणपोषणको उचित प्रबन्ध मिलाइदिए । यस प्रकारले सहदेवको वास्तविक परिचय कसैले पनि पाउन सकेनन् ।
तदन्तर त्यहाँ एउटा अति सुन्दर पुरुष देखा परे । उनले स्त्रीहरूभैंm आभूषण लगाएका थिए । उनको कानमा कुण्डल तथा हातमा शङ्ख र सुनका चुराहरू थिए । उनका लामालामा कपाल थिए । भुजाहरू ठूला ठूला तथा तिनमा हात्तीको भैंm गति थियो । उनी एक/एक पाइलाले पृथ्वीलाई कमाउँदै हिंड्दै थिए । उनी वीरवर अर्जुन थिए । राजा विराटको राज्यसभामा प्रवेश गरेर यस प्रकारले आफ्नो परिचय दिए– “महाराज, म नपुंसक हुँ । मेरो नाम वृहनल्ला हो । म नाच्छु, गाउँछु तथा बाजा बजाउँछु । नृत्य तथा स·ीत कलामा म अत्यन्त प्रवीण छु । तपाईंले मलाई राजकुमारी उत्तरालाई यस कलाको शिक्षा दिनको लागि नियुक्त गर्नुहोस् । म महारानीलाई नाचगान गरेर प्रसन्न राख्ने प्रयत्न गर्नेछु ।” राजा विराटले भने– “वृहनल्ले, तिमी जस्तो पुरुषसित यस प्रकारको काम दिन म उचित ठान्दिनँ तथापि तिम्रो प्रार्थना सुनेर म यो प्रस्ताव स्वीकार गर्दछु । तिमी मेरी छोरी तथा राजपरिवारकी अन्य कन्याहरूलाई नृत्यकलाको शिक्षा दिनु ।” यति भनेर राजा विराटले वृहनल्लाको स·ीत, नृत्य र बाजा बजाउने कलाको परीक्षा लिए । यसपछि उनले आफ्ना मन्त्रीहरूसित सल्लाह गरे कि यस्तो नपुंसक पुरुषलाई अन्त:पुरमा राख्नु उचित हुनेछ कि छैन । अनि तरुणी केटीहरूलाई उनीछेउ पठाएर उनको नपुंसकपनको जाँच गर्न लगाए । उनी पूर्णरूपेण नपुंसक रहेको प्रमाणित भएपछि बल्ल उनी अन्त:पुरमा रहने आज्ञा पाए । त्यहाँ रहेर अर्जुनले उत्तरा तथा उनका सखीहरूलाई गाउने, बजाउने तथा नृत्यको शिक्षा दिन थाले । कपट भेषमा (अप्सराको पूर्वश्राप अनुसार) कन्याहरूका साथमा रहेर पनि अर्जुन पूर्णरूपमा आफ्नो मनलाई वशमा राख्थे । यस कारणले उनलाई बाहिरी वा भित्री कसैले पनि चिन्न सकेन ।
यसपछि नकुल अश्वपालको भेष धारण गरेर राजा विराटको दरबारमा उपस्थित भएर यताउति डुल्दै घोडाहरूलाई हेर्न थाले । त्यसपछि राजाको दरबारमा आएर उनले भने– “महाराज, तपाईंको कल्याण होस् । म घोडाहरूलाई शिक्षा दिनमा निपुण छु । यसभन्दा पहिले मैले ठूला ठूला राजाहरूसित आदर प्राप्त गरिसकेको छु । मेरो इच्छा छ कि म यहाँ रहेर तपाईंका घोडाहरूलाई शिक्षा दिने काम गर्न पाउँ ।” राजा विराटले भने– “म तिमीलाई बस्नको लागि घर, सवारी र धेरै धन दिनेछु । तिमी मेरा घोडाहरूलाई शिक्षा दिने काम गर्न सक्छौ । तर पहिला तिमीले आफ्नो परिचय दिंदै घोडासम्बन्धी कुन कलामा विशेष प्रवीण छौ भन्ने कुरा बताऊ ।” नकुलले भने– “महाराज, म घोडाहरूको जाति र स्वभावबारे राम्ररी बताउन सक्छु । उनीहरूलाई विभिन्न किसिमको चाल सिकाउन सक्छु । दुष्ट घोडाहरूलाई पनि म सजिलै सोझो पार्न सक्छु । यसबाहेक घोडाहरूको चिकित्साको पनि मलाई राम्ररी ज्ञान छ । मैले सिकाएका घोडीहरू पनि बिग्रिदैनन्, घोडाहरूको त के कुरा ? म पहिला पाण्डवहरूको घोडाहरूलाई हेर्ने काम गर्दथें तथा त्यहाँ मलाई मान्छेहरूले ग्रन्थिक नामले बोलाउने गर्दथे।”
राजा विराटले भने– “मसित जति घोडा तथा वाहनहरू छन्, ती जम्मैलाई आजैदेखि म तिम्रो अधीनमा गर्दैछु । घोडाहरूलाई जोत्ने पुराना सारथिहरू पनि अब तिम्रै अधीनमा रहनेछन् । यस प्रकारले राजा विराटबाट सम्मानित भएर नकुल तथा अन्य पाण्डवहरू आफ्नो प्रतिज्ञा अनुसार अज्ञातवासको अवधि बिताउन थाले तथा उनीहरूलाई कसैले पनि चिन्न सकेन । क्रमश:...