$type=ticker$count=12$cols=4$cate=0

सर, मेरो पनि गुनासो छ !

SHARE:

अनन्तकुमार लाल दास
    विद्यालयमा कक्षा शिक्षक वा प्रधानाध्यापक समक्ष अभिभावकहरू गुनासो लिएर आउँछन् । ती गुनासाहरूको चरित्र फरकफरक हुन्छ । खासगरी निजी विद्यालयबाट अभिभावकहरूले बढी अपेक्षा राखेका हुन्छन् । त्यसैले गुनासो लिएर पुग्छन् । यसरी गुनासो गर्नु जायज पनि हो र वीरगंजकै परिप्रेक्ष्यमा यस्ता गुनासाहरू ठूलासाना वा भनौं नाम चलेका विद्यालयहरूमा समेत आउने गर्छ । अभिभावकहरूले भन्ने गरेको सुनिन्छ–“ए, त्यो स्कूल ? नाम ठूलो छ तर  पढाइ ठीक छैन, विद्यार्थीप्रति उपयुक्त ध्यान पुर्‍याइँदैन । विद्यार्थी अनुत्तीर्ण भयो भने उसलाई फेरि तल्लो कक्षामैं राखिदिन्छन् वा अनुत्तीर्ण भएपछि जुन किसिमले विद्यालयले तदारुकता देखाउनुपर्ने हो त्यो देखाउँदैनन् ।” अभिभावकले गुनासो नगर्ने कुनै विद्यालय छैन । विद्यालय पुरानो होस् वा नयाँ, एसएलसी.मा राम्रो परिणाम दिइराखेको हो्स् वा नहोस्, तल्लो कक्षाको होस् वा माथिल्लो कक्षाको गुनासो आइरहन्छ । गुनासो आउनु स्वाभाविक हो, जायज हो र आइराख्नुपर्छ ।
    प्राय: गुनासो के हुन्छ भने विद्यालयले होमवर्क दिंदैन, होमवर्क दियो भने त्यसको लेखाजोखा राख्दैन वा फलानो विद्यार्थीले मेरो बच्चालाई कक्षामा अप्ठ्यारो पार्‍यो वा फलानो शिक्षकले बढी कडाइ गरे भन्ने प्रकारका हुन्छन् । अर्को तरिकाको पनि गुनासो हुन्छ–अभिभावक भनिरहेका हुन्छन्–मेरो विद्यार्थीको पढाइको स्तर सुध्रिन सकिरहेको छैन । तपाईंको स्कूलमा भरोसा गरेर राखियो तर यसले तुलनात्मकरूपमा सुधार गर्न सकिरहेको छैन । पहिलेपहिले त राम्रै गथ्र्यो, आजभोलि किन हो किन राम्रो अड्ढ ल्याउन सकिरहेको छैन । यस्ता गुनासाहरू आवधिक परीक्षा सकिएको बेला वा अद्र्धवार्षिक वा वार्षिक परीक्षाको परिणाम आएपछि अभिभावकले गर्ने गर्छन् । यस्ता गुनासो लिएर आउने आमाबाबु दुवै हुन्छन् । अभिभावकहरूको के मनोविज्ञान देखिएको छ भने अरू दिन टिफिन दिन वा विद्यार्थीलाई छोड्न वा घर लिएर जाने काम आमाले गरे पनि गुनासो गर्न बुवा नै आउनुपर्छ ।
    विद्यार्थीको पुरुष अभिभावक आउँदा प्राय: विद्यालयमा कडा मिजाजले नै प्रस्तुत हुन्छन् । अरू अभिभावकलाई पनि सुनाउने गरी आफ्ना गुनासाहरू पोख्छन् । कतिपय त बाटोघाटोमा शिक्षक भेट्दा त्यहाँ पनि गुनासो पोखिराखेका हुन्छन् । यसरी गुनासो पोख्नुको अर्थ कमसेकम अभिभावकले विद्यालयमा सम्पर्क गर्न खोजेको, अन्तक्र्रिया गर्न खोजेको बुझिन्छ । अरू बेला देखा नपर्ने अभिभावक पनि यस्तो बेला आइपुग्छन् । विद्यालयले बोलाउन खोजिराखेको बेला उपस्थित नहुने तर यस्ता गुनासा लिएर हतारिएर अभिभावक पुग्छन् ।
    एउटा व्यावसायिक विद्यालयको कोणबाट हेर्दा यसरी अभिभावकहरू जुनसुकै मुद्रामा भए पनि विद्यालयसँग सम्पर्क गर्न खोज्नुलाई समस्या समाधानको पहिलो खुड्किलो मान्नुपर्छ । गुनासो पोख्नु चुनौती र अवसर दुवै हो । त्यसैले गुनासोको सम्बोधन गर्नु भनेको विद्यार्थीमा देखा परेको समस्या समाधान गर्ने, अभिभावकको अपेक्षा सन्तुष्ट पार्ने, विद्यार्थीमा रहेको कमी–कमजोरी पहिचान गर्ने अवसर पनि हो र यसले अभिभावकलाई आफ्नो भूमिकाबारे सिकाइ पनि प्रदान गर्छ । गुनासोको समयमैं समाधान नगर्दा कतिपय विद्यालयहरूमा अभिभावकहरूले “डूप आउट” गरेको, झैंझगडा गरेको, विद्यालय शुल्क तिर्न आनाकानी गरेको कुराहरू पनि भेटिन्छ । अभिभावकले गुनासो नगरेसम्म उनले चिताए अनुसारको सफलता सम्भव हुँदैन । त्यसैले विद्यार्थीको सरोकारलाई लिएर विद्यालयमा आइपुग्ने अभिभावक गुनासोसँग जोडिएर तनाव, उत्तेजना वा पृथक विचार राख्ने अवसरको खोजमा हुन्छन् जसले उनलाई कुनै भिन्न क्रिया वा प्रतिक्रिया गर्न प्रेरित गर्छ ।
    विद्यालयले सुझबुझ राखेर यसको समयमैं सही व्यवस्थापन गर्न सके विद्यार्थीको प्रगति हुँदै जान्छ तर समयमैं व्यवस्थापन गर्न नसके यो बढ्दै जान्छ र शुरुमा अभिभावक र कक्षा शिक्षकबीच टकराव सृजना गर्छ अनि विस्तारै अभिभावक र विद्यालयबीच असन्तुष्टि फैलिन्छ । त्यसैले एउटा व्यावसायिक प्रधानाध्यापकले यसरी आइपुग्ने गुनासोहरूलाई कसरी व्यवस्थापन गर्ने त्यसबारे पहिले आफ्नो बुझाइ प्रस्ट राख्नुपर्छ र त्यही अनुसार आफ्ना शिक्षकहरूलाई पनि परामर्श दिएको हुनुपर्छ । कहिलेकाहीं कक्षा शिक्षकलाई पनि कुनै विद्यार्थी वा अभिभावकसँग कतिपय कुराले चित्त बुझिरहेको हुँदैन । कसैसँग रिस उठेको हुन सक्छ । त्यस्ता कुरालाई समयमैं एउटा योग्य प्रधानाध्यापकले मापन गर्न सक्नुपर्छ । शिक्षकभित्र हुने तनाव, रिस, चिन्ता, उदासीनता आदि संवेग व्यवस्थापन गर्ने सीप नहुँदा सम्बन्धित शिक्षकले त्यस्ता गुनासाहरूलाई मनभित्रै थिचेर राख्छ । फलस्वरूप ऊ सम्बन्धित अभिभावक वा विद्यार्थीप्रति पूर्वाग्रही हुन पुग्छ । यस्तो परिस्थिति न आउन दिन प्रधानाध्यापकले सहजकर्ताको भूमिका खेल्नपर्छ । कक्षा शिक्षकलाई ताजा राख्ने, सकारात्मक विचारको विकास गर्ने, आत्मसम्मान कायम गर्ने, आशावादी हुने र विद्यार्थीमैत्री हुनेजस्ता कुरामा अनुगमन गरिराख्नुपर्छ । यो दायित्व वहन गर्न सक्ने प्रधानाध्यापकले आफ्ना विद्यार्थी वा अभिभावकलाई पनि ठीक तरिकाले व्यवहार गरिराखेको हुन्छ । यसर्थ हरेक विद्यालय गुनासो व्यवस्थापन गर्नका निमित्त ‘बाहुबली’ भएर होइन बौद्धिक तरिकाले अगाडि आउनुपर्छ ।
    हामीले देखेभोगेका छौं, कतिपय प्रधानाध्यापकहरूले गुनासोको बेवास्ता गरिराखेका हुन्छन् । उल्टै गुनासा गर्न पुगेका अभिभावकलाई घुक्र्याउँछन् वा विद्यालयबाट आफ्नो विद्यार्थीलाई हटाउन धम्की दिन्छन् । कतिपय विद्यालयमा गुनासो सुन्ने उपयुक्त माध्यम हुँदैन वा उपयुक्त व्यक्ति उपलब्ध हुँदैन । त्यसले गर्दा कतिपय विद्यालयहरूका सम्बन्धमा अभिभावकहरूले टोलछिमेक वा चिया–चौतारीमा आफ्ना मतभेद, टकराव, मनोमालिन्य प्रदर्शन गरिरहेका हुन्छन् । अभिभावकहरूले भन्ने गरेको सुनिन्छ– “म त त्यो स्कूलमा फसें ।” यो एउटा जटिल अवस्था हो । निश्चितरूपमा यस्तो वातावरणमा रहेको अभिभावक र विद्यालयबीचको सम्बन्धलाई व्यावसायिक आँखाले उचित मान्न सकिंदैन । गुनासो व्यवस्थापनको कोणबाट हेर्दा कुनै पनि विद्यालयमा एउटा प्रधानाध्यापकले कहिले मध्यस्थकर्ता त कहिले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । प्रधानाध्यापकले अभिभावकमा आधारभूत जिम्मेवारी बोध गराउन सके मात्र विद्यालय, अभिभावक र शिक्षकबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित हुन्छ ।
    त्यसैगरी अभिभावकको अनुपस्थितिमा विद्यालयमैं पनि विभिन्न शिक्षकबारे विद्यार्थीहरूबाट निर्भिकर् ‘फीडबैक’ लिन सकियो भने त्यसले पनि निकै कुरा सुधार्न बल पुर्‍याउँछ र कक्षाकोठामा देखापरेका गुनासा अभिभावकको घर आँगनसम्म पुग्दैन । विद्यालयको जिम्मा लगाई ढुक्क भएर बसेका अभिभावक पनि चिन्ताग्रस्त भएर विद्यालयमा आउँदैनन् । प्राय: के देखिएको छ भने कुनै पनि पुरुष अभिभावक हतपति विद्यालय आउँदैन । जब महिला सदस्यबाट पटकपटक जनाउ र ताकेता गरिन्छ अनि मात्र पुरुष अभिभावक विद्यालय आउँछ । यसरी दौडेर फालेको गुनासोरूपी क्रिकेट बलजस्तै कुनै प्रधानाध्यापकले सुझबुझ र सावधानीपूर्वक त्यसलाई टर्न गर्न सक्यो भने एकैपटक छक्का जान्छ नत्र आफैं ‘क्लीनबोल्ड’ हुन्छ । क्रिकेटमा छक्का गएपछि वाहवाही भएजस्तै अभिभावकलाई सन्तुष्ट पार्न सकियो भने अभिभावक र विद्यालय दुवैको जीत हुन्छ । यदि भएन भने विद्यालय र अभिभावकबीच दूरी बढेर जान्छ ।
    कतिपय अवस्थामा विद्यालयहरूले हेलचेक्र्याइँ पनि गरिराखेका हुन्छन् । आवश्यकता अनुसार शिक्षक हुँदैन । शिक्षक छ भने योग्य हुँदैन । कतिपय ठाउँमा शिक्षक योग्य भएर पनि राम्रो शिक्षणकला हुँदैन । कक्षाकोठामा विद्यार्थीको चाप बढी हुन्छ । गर्मीयाममा ठेलठाल पारेर, कोचेर विद्यार्थीलाई बसाइएको हुन्छ । आवश्यक सङ्ख्यामा पङ्खा हुँदैन भने जाडोयाममा कोठामा चिस्यान हुन्छ । कतिपय विद्यालयमा आडम्बर बढी हुन्छ । खेल तमाशामा बढी ध्यान दिइन्छ तर विद्यालयमा शिक्षण संस्कृति हुँदैन । कतिपय ठाउँमा बढी सङ्ख्यामा विद्यार्थी हुँदा शिक्षकले चाहेर पनि सबै विद्यार्थीमाथि ध्यान पुर्‍याउन सकिरहेको हुँदैन वा जुन कक्षा अलि जुर्मुरायो शिक्षकले उसैलाई वास्ता गरिराखेको हुन्छन् । यस्तो समस्या वीरगंजमा पनि छ ।
    अभिभावकका गुनासाहरू सुन्नुपर्छ । उनीहरूले केही अपेक्षा राखेर खर्च गरिराखेका हुन्छन् भने तिनको अपेक्षा पूरा गर्ने दायित्व विद्यालयको पनि हो । तर यस्तो काम विद्यालय र अभिभावक तथा अभिभावक र शिक्षकबीचको सम्बन्धलाई गहिरो तरिकाले बुझ्न सक्ने प्रधानाध्यापकले मात्र गर्न सक्छ । अहिले कतिपय निजी विद्यालयहरूमा साहुको कृपामा प्रधानाध्यापक राखिएका छन् जसमा अपेक्षित योग्यताको अभाव छ । न ढाँटिकन भन्दा वीरगंजमा प्रधानाध्यापकको योग्यताको कसौटीमा खरो उत्रने थोरै छन् । सरकारी विद्यालयतिर पनि यस्तै अवस्था छ । त्यहाँ निकै जोडघटाउ र समीकरण मिलाएर प्रधानाध्यापक बनेका हुन्छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सर, मेरो पनि गुनासो छ !
सर, मेरो पनि गुनासो छ !
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiHZ6b-vVI4XW6o6-mbCXnKbzy7hI1v4NSEu1GkgT-rZ7cVMSeFcIH9YcyxKyEIKk1DyfY6oHC3V-mFtHikbQMsTKNm1-njm1QFb-jk4hGhhZSoBPPyuXcQGKbSprVpgK7TMFmJZNOmJ3Y/s200/anant+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiHZ6b-vVI4XW6o6-mbCXnKbzy7hI1v4NSEu1GkgT-rZ7cVMSeFcIH9YcyxKyEIKk1DyfY6oHC3V-mFtHikbQMsTKNm1-njm1QFb-jk4hGhhZSoBPPyuXcQGKbSprVpgK7TMFmJZNOmJ3Y/s72-c/anant+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/05/blog-post_509.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/05/blog-post_509.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy