प्रस, परवानीपुर, १७ जेठ/
बारा, बरियार बजारमा शनिवार सम्पन्न निश्शुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा व्यापक ठगी भएको छ।
जनसेवा कृषक समूह बरियारपुरको सहयोग एवं सोलुशन समुन्नत क्लिनिक ज्ञानोदय मार्ग कलड्ढीको आयोजनामा नेराप्रावि बरियारपुर बजारमा सम्पन्न शिविरमा ठगी भएको बिरामीहरूले बताएका छन् ।
सो संस्थाले डाटा एनालाइजर मेशिनले चेकजाँच हुन्छ भनी बिरामी आकर्षित गरेको थियो तर शिविरमा पैसा तिर्नुपर्दा बिरामीहरू मर्कामा परेको र ठगिएको बताएका छन् । एकजना बिरामीसँग रु ४२५ लिइएको थियो भने करिब ४८० जनाको चेकचाँज भएको थियो ।
त्यस्तै सोही संस्थाले आयुर्वेदिक औषधि पनि महँगो दाममा बिक्री गरेको छ । एकजना बिरामीले करिब २ हजार सम्मको औषधि खरिद गर्नुपरेको थियो । चिकित्सकले धेरै औषधि लेखेकोले पनि ठगिनुपरेको भुक्तभोगीहरूले बताए । कुरा बुझ्दै जाँदा निश्शुल भनेर ठगी गर्नैका लागि शिविर चलाएको स्थानीय रामबाबू यादवले बताए । खाली औषधि बिक्रीबाट शिविरमा ८१ हजार सड्ढलन भएको थियो ।
शिविरमा डाक्टरहरू लुट्न आएका महसुस भएपछि केही बिरामीले विरोध गरेका थिए । औषधि व्यवस्था विभागमा दर्ता नरहेको औषधि पनि बिक्री भएको नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका सचिव झाले बताए । बारामा केही दिनदेखि त्यस संस्थाले यसरी नै शिविर आयोजना गरी लुट्न पल्केको उनले बताए ।
गाउँका सोझासाझा जनतालाई धोखा दिन शिविर आयोजना गरिएको पाइएको छ । यस विषयमा सो संस्थाका प्रतिनिधि शिवबहादुर रायमाझीसँग बुझ्दा गल्ती भएको स्वीकार गरे । हिजै बिरामीहरूले विरोध गर्दा करिब १५० जनाको ४२५ का दरले उठाइएको रकम फिर्ता गरिएको उनले बताए । आइन्दा यस्तो काममा संस्था अग्रसर नहुने उनले बताए ।
कुनै पनि गैरसरकारी संस्थाले कहीं शिविर सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्ने कानुनी प्रावधान छ । बारा जिल्ला प्रजिअ बालकृष्ण पन्थीसँग यसबारे सोध्दा त्यस्तो शिविरका लागि कसैले अनुमति नलिएको र बारा आयुर्वेद कार्यालयका डाक्टर रमेश मिश्रलाई पनि कुनै जानकारी नभएको प्रतीकको जानकारीमा आएको छ । निश्शुल्क शिविर सञ्चालकहरूले बिरामीलाई ठगेर कमाएको पैसाबाट शिविरमा पुगेका पत्रकारहरूलाई स्तरअनुसार रु ५०० देखि १००० सम्म भत्ता बाँडेको बुझिएको छ ।