प्रस, वीरगंज, १४ जेठ/
जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकको नेतृत्वमा गएको अनुगमन टोलीले दुई सामाजिक संस्थालाई कारबाई गरेको छ ।
साक्षरता अभियान सञ्चालनको बेला कक्षा सञ्चालन नगरेको भन्दै श्री राष्ट्रिय बाल विकास महिला कल्याण संस्था नेपाल र उद्यम नेपाल संस्थालाई जिशिअ रजकले ठाउँमैं कारबाई गर्दै निरीक्षक, सहजकर्ताको नियुक्तिसमेत रद्द गर्दै पैसा फिर्ता गर्न माग गरेका थिए । पर्सामा साक्षरता अभियानमा अनियमितता भएको समाचार प्रकाशमा आएपछि सक्रिय भएको अनुगमन टोलीले कक्षा सञ्चालनका लागि चेतावनीसमेत नदिई कारबाई नै गर्न थालेको छ । साक्षरता कक्षा सञ्चालन भए–नभएको अनुगमन गर्न आपैंंm जिल्ला शिक्षा अधिकारी टोलटोलमा पुगी बुझ्ने कार्य गरिरहेका छन् ।
जिल्ला शिक्षा कार्यालयबाट कक्षा सञ्चालनको लागि जिम्मेवारी पाएका सामाजिक संस्थाहरूले गैरजिम्मेवार तरिकाले कम गरिरहेको अनुगमनको क्रममा भेटिएको थियो । सामाजिक संस्थाहरूले अहिलेसम्म तोकिएको कक्षा केन्द्रमा स्टेशनरी वा सम्बन्धित व्यक्ति उपलब्ध नगराई झूटो तथ्याड्ढ बनाई जिल्ला शिक्षा कार्यालयमा पेश गरेको पाइएको छ । तर यस विषयमा जिशिअ एक्लोले अनुगमन गरेर साध्य नहुने भएकोले समाजलाई नै सक्रिय हुनुपर्ने देखिन्छ ।
अनुगमन टोली आज सबैठवा पुग्दा स्थानीय बासिन्दा तथा अनुगमनकर्तासँग सम्पर्क गर्दा कहीं कुनै ठाउँमा कक्षा सञ्चालन भएको पाएन । कक्षा सञ्चालन नगरेकोले सो संस्थालाई कारबाई गर्दै रकम फिर्ता गराउने पहल शुरु भएको जिशिअ रजकले बताए । जुन गाउँमा साक्षरता कक्षा सञ्चालन हुने भनिएको छ, सोही ठाउँका विद्यालयका प्रधानाध्यापकहरूलाई अनुगमनकर्ता राखिएको छ । यिनीहरूले गाविसमा कक्षा सञ्चालन भए–नभएको तथ्याड्ढ सड्ढलन गरी प्रत्येक महिना जिल्ला शिक्षा कार्यालयमा बुझाउनुपर्ने नियम रहे पनि कक्षा सञ्चालनको एक महिना पुगिसक्दा पनि अहिलेसम्म प्रतिवेदन जिल्ला शिक्षा कार्यालयमा नपुगेको जिशिअ रजकले बताए ।
त्यसैगरी अनुगमनको क्रममा लहावर थकरी गाविसमा साक्षरता अभियान सञ्चालन गर्ने जिम्मा पाएको उद्यम नेपाल संस्थाले पनि कक्षा सञ्चालन नगरेको पाइएको छ । लहावरथकरीमा सामाजिक सहजकर्ताको घरमा पुस्तक लगायत शैक्षिक सामग्री थन्केको, कक्षा
सञ्चालित नभएको जिशिअ रजकले बताए । साक्षरता कक्षा खोज्दै गाउँमा पुगेपछि स्थानीय बासिन्दाले कक्षा सञ्चालन नै नभएको जानकारी
गराएका थिए । तर संस्थाका प्रमुख व्यक्तिहरूले कक्षा सञ्चालनमा रहेको दाबी गरेका छन् ।
अनुगमनको क्रममा सामाजिक संस्थाहरूले जिम्मेवारी वहन नगरेकाले पर्सामा साक्षरता अभियान असफल हुन गइरहेको छ । साक्षरता केन्द्र हात पार्न जिल्ला शिक्षा कार्यालयमा संस्थाहरूले रातभरि धर्नाजस्तो दिएको देखिन्थ्यो । तर जिम्मेवारी पाएपछि निर्वाह नगर्दा समस्या देखिएको हो ।
नेपाल सरकारले पर्सा जिल्लाका ७४ हजार ५ सय निरक्षरहरूलाई साक्षर बनाउन ४ करोड २३ लाख रुपियाँ खर्च गर्ने भएको छ ।