$type=ticker$count=12$cols=4$cate=0

आर्थिक विकासको आधार र जनशक्ति

SHARE:

वीरेन्द्र यादव
    नेपाल आर्थिक विकासको पूर्वाधारले  ेभरिपूर्ण मुलुक मान्न सकिन्छ । विश्वका विकासको गति नियाल्ने हो भने गरिबीबाट विकसित भएका मुलुकहरूको साधनस्रोत नेपालभन्दा खासै फरक देखिंदैन । नेपाल १,४७,१८१ वर्गकिलोमिटर क्षेत्रफल भएको मुलुक हो, जुन विश्व कै ४५ औं ठूलो राष्ट्र हो । विश्वभर पाइने हावापानी पनि यहीं पाइन्छ । यहाँ वर्षा पनि प्रशस्त हुन्छ । भूमि उर्वर भएकोले कृषि उत्पादनको पनि सम्भावना उतिकै छ । खाद्यान्न उत्पादनको अवस्था राम्रै भए पनि लगभग तीन दर्जन जिल्ला खाद्यान्न अभावको मारमा परेको यर्थाथ पनि हो । पर्यटकीय दृष्टिले पनि नेपालको कुनै भाग कमजोर छैन । खनिज तथा इन्धन र ऊर्जाको स्रोत पनि कम छैन । जल भण्डारमा त विश्वकै दोस्रो स्थानमा छ । तर पनि विकास हुन सकेको छैन । यसबाट के भन्न सकिन्छ भने विकासको पूर्वाधार मात्र हुँदैमा विकास सम्भव छैन । विकासको लागि केही आवश्यक कुरामा ध्यान जानुपर्छ । पहिलो हो दक्ष जनशक्ति । जसरी एउटा शिक्षित व्यक्तिले आफ्नो परिवारको विकास गर्न गर्छ, त्यसैगरी दक्ष जनशक्तिले विकास सम्भव छ । जापान, दक्षिण कोरिया, फिनल्यान्ड आदि मुलुकले दक्ष जनशक्तिको भरमा विकास गरेका छन् भने कुनैकुनै मुलुकमा त्यति दक्ष जनशक्ति नभए पनि सबल नेतृत्वले मुलुकको कायापलट गर्दैछन्  जस्तै अहिले खाडी मुलुक । सबल नेतृत्व नभएमा पुर्वाधार भए पनि द्वन्द्वको बीजारोपण हुन्छ, जस्तै कंगो, लाइबेरिया सुडान आदि ।
    अहिलेको भूकम्पीय सड्ढटको पनि निदान दक्ष जनशक्ति र वैज्ञानिक उपकरणबाट मात्र सम्भव छ । जुन तब मात्र हुन्छ जब राष्ट्रिय एकता कायम भई सङ्क्रमणकालको अन्त्य हुन्छ ।  यो सड्ढटको रोकथाम संविधानसभाको सफलतामा पनि निर्भर हुन्छ । किनभने संविधानसभा सफल भयो भने राष्ट्रिय ऊर्जा एकत्रित हुन्छ र अन्तर्राष्ट्रिय शक्तिबाट पनि सहयोग प्राप्त हुन्छ । नेपाल ७५ जिल्ला र १४ अञ्चलमा विभाजित छ र लगभग कुनै जिल्लामा विकास पूर्वाधारको खासै कमी छैन तर विकासको दृष्टिले निकै फरक छ । यो फरकपनाको मुख्य कारण नेतृत्व र दक्ष जनशक्ति हो । जुन जिल्लाको नेतृत्व र जनशक्ति सबल छ, त्यस जिल्लाको विकास ह्वातै बढेको छ भने जुन जिल्लाको छैन, त्यो पछाडि परेको छ । यसर्थ देश निर्माणको मुख्य आधार नेपालमा दक्ष जनशक्तिको निर्माण र सबल नेतृत्वको उत्पादन नै देखिन्छ । मुलुक कृषिमैत्री रहेकोले कृषिलाई बढी प्राथमिकता दिनेगरी कदम चालियो भने विकास गर्न बढी समय लाग्दैन । किनभने कृषि विकासको निकै पूर्वाधार हामीसित छ । यसर्थ कृषिमैत्री शिक्षा र कृषक अधिकार, कृषकमैत्री बजार, उत्पादनमैत्री नीति अपरिहार्य छ । जुन नयाँ संविधानले दिन सक्छ । आज नेपालमा राजपरिवारबाहेक कोही पनि नागरिक छैन, जो किसानको छोरा होइन । यसर्थ हाम्रो मूल आधार नै कृषि रहेकोले कृषिलाई बढावा दिने खालको संवैधानिक प्रावधानतर्फ संविधानसभाको विशेष ध्यान जानुपर्छ ।
    पहिलो संविधानसभाको सम्बन्धित समितिको प्रतिवेदनमा ३१ वटा मौलिक हक सूची पेश गरिएको थियो भने  राजनीतिक, सामाजिक, आर्थिक एवं पर्यावरणीय हकको पनि व्यवस्था थियो । रोजगार, शिक्षा, स्वास्थ्य खाद्य,पर्यावरण एवं आवासजस्ता महत्त्वपुर्ण आर्थिक अधिकारहरू सुनिश्चित गरिएका थिए । उपरोक्त व्यवस्था समृद्धिको लागि ठूलो आधार बन्ने सम्भावना नकार्न सकिन्न । अन्तर्राष्ट्रिय अभ्याससँग तुलना गर्दा  यस्ता हक विकासोन्मुख एवं आर्थिकरूपले कमजोर राज्यमा व्यवस्था गरिएको पाइँदैन । भारतजस्तो विशाल देशमा छवटा मात्र मौलिक हक राखेको अवस्थामा नेपाल आर्थिकरूपले कमजोर मुलुकको निम्ति ३१ वटा मौलिक हकको सूचीले नसघाउने मान्न सकिन्न । २०४७ को संविधान र वर्तमान संविधानमा रहेको मौलिक हकको धारा पनि भारतीय संविधानको व्यवस्थाभन्दा कमै छ । तथापि भारतीयहरू जति मौलिक हकको उपभोग गर्न पाएका छन् त्यति नेपालीहरूको अनुभव छैन । यसबाट संविधानमा उल्लेख भएका कुरालाई इमानदारीपूर्वक कार्यान्वयन गर्न पनि उतिकै गम्भीरताको खाँचो छ ।
    मौलिक हकमा रोजगारको अधिकार छ तर लाखौ युवा बेरोजगारी भएर छटपटाउँदा पनि रोजगार दिने हैसियत राज्यसँग छैन । यसबाट संवैधानिक व्यवस्था औचित्यहीन देखिन्छ । विधिको शासनमा कमजोरी देखिन्छ । रोजगार, आवास, खाद्यान्न, शिक्षा, स्वास्थ्य पर्यावरणजस्ता आर्थिक एवं पर्यावरणीय हकको व्यवस्था छ । यस्ता अधिकारहरू सकारात्मक पक्ष भए पनि यतिले नागरिकको आर्थिक अधिकार सुनिश्चित हुँदैन । मुलुक आर्थिकरूपले सबल हुँदैन । प्रथमत: मुलुक आर्थिक रूपले सबल भए मात्र मौलिक अधिकारको सूचीमा राखिएका आर्थिक अधिकार पूरा हुन सक्छ । मुलुकले अधिकार पूरा गर्न आर्थिक स्रोत र साधन जुटाउन सक्छ । मौलिक अधिकार भनेको नागरिकले स्वत: पाउने अधिकार हो । राज्यले आफैं पूरा गर्नुपर्छ । राज्यले पूरा नगर्दा स्वतन्त्र न्यायपालिकाबाट नागरिकले आदेश गराएर पूरा गराउन बाध्य पार्न सक्छ । तर प्रश्न के छ भने मौलिक हकमा उल्लिखित अधिकार पूरा गर्न राज्यसँग आर्थिक सबलता छैन भने, न नागरिकको अधिकार पूरा गर्न राज्य अग्रसर हुन सक्छ, न न्यायलयले आदेश दिन सक्छ । न्यायालयले आदेश निर्देश दिए पनि राज्य असमर्थ भई अदालतको पनि आदेशको अवज्ञा हुन जान्छ । यस कारण मौलिक हकमा नागरिकको त्यस्तो हक राख्न आवश्यक छ, जसको पूर्ति राज्यको साधन स्रोतबाट हुन सकोस् । यसको निम्ति मौलिक अधिकार अन्तर्गत पूँजी र उद्यमशीलता प्रोत्साहन गर्ने, स्वदेशी वा विदेशी पूँजी आकर्षित  गर्ने लगानीमैत्री  आर्थिक नीतिजस्ता अधिकार सुनिश्चित गर्न जोड दिनुपर्छ । निजी क्षेत्रको पूँजी आकर्षित गर्न प्रोत्साहनकारी नीति अपनाउनुपर्छ । खासगरी असुरक्षा र अशान्तिका कारण मुलुकको आर्थिक अवस्था कमजोर भएको विश्व समुदायले पनि निक्र्योल गरेको छ । गत वर्ष नै  विश्व र्बैकद्वारा प्रकाशित डुइन्ग बिजिनेस प्रतिवेदनमा आर्थिक लगानीको अनुकूलताको दृष्टिले विश्वका एक सय तिरासी मुलुकको सूचीमा नेपाल एक सय सैंतीसौं स्थानमा छ । यस्तै हेरिटेज फाउन्डेशन र वालस्ट्रिट जर्नलले तयार पारेको आर्थिक स्वतन्त्रताको सूचीमा नेपाल मुख्यतया अस्वतन्त्र सूचीमा थियो । यसको सुधार गर्ने विषयमा सोच्नुपर्छ ।   मौलिक हकमा नागरिकको यस्ता पनि अधिकारको सूची राख्न सक्नुपर्छ, जसलाई सरकारले हर हालतमा लागू गर्न सकोस् र बहुसङ्ख्यक नागरिकले यसका निम्ति सरकारलाई दबाब दिन उत्प्ररित होस् । साथै अधिकार पूरा गर्दा मुलुकको पनि आर्थिक अवस्थामा टेवा पुगोस् । नेपालको निम्ति कृषि सम्बन्धी साधन स्रोतमा आम नागरिकको पहुँच स्थापित हुनु आवश्यक छ । कृषिको निम्ति आवश्यक पर्ने हरेक स्रोत साधन राज्यद्वारा स्वत: प्रदान होस् । राज्यले प्रदान नगर्दा जनताले दबाब दिन सकोस् । जस्तो धान गहुँ उत्पादन बढाउन सरकारले के गर्नुपर्छ । कृषि पेशालाई प्रभावकारी र सुरक्षित बनाउन राज्यले के गर्न आवश्यक छ । कृषिप्रधान मुलुक नेपालमा यस्ता अधिकार मौलिक अधिकारभित्र राख्नुपर्छ । कृषिको निम्ति पानी र रासायनिक मल आवश्यक छ । कृषि बिमा अपरिहार्य छ । कृषि बजार र उचित मूल्य स्थापना गर्नु अपरिहार्य छ । यस्तो कुरा किसानको नैसर्गिक अधिकारभित्र पर्छ । यसलाई मौलिक हकमा राखियो भने न किसानको सामान खेर जान्छ, न उखु जस्तो कच्चा बाली बिक्री गर्ने बेलामा हडताल गर्नुपर्छ । रासायनिक मल र पानीको अभावले छटपटिने पर्दैन ।
    गत वर्ष ४० लाख २३ हजार ८ सय २३ टन धान उत्पादन भएको कृषि मन्त्रालयले जनाएको थियो । यो अघिल्लो वर्षको उत्पादनभन्दा पाँच लाख टन कम हो । गत वर्ष उत्पादित धानको निम्ति एक सय बीस खर्ब ७१ अर्ब ४६ करोड ९० लाख लिटर पानी आवश्यक पर्‍यो । धानको उत्पादन घट्नुको प्रमुख कारण पानी अभाव हो । अधिकांश कृषि आकाशे पानीको भरमा हुन्छ । पोहोरको जति धान उत्पादन नहुनुमा पचास करोड लिटर पानी कम भयो । केही वर्ष अघि मात्र एकजना अर्थविद्ले धान उत्पादन बढी भएकोमा संसद्मा इन्द्र भगवानलाई धन्यवाद दिएका थिए । यसको अर्थ के हो भने कृषिको निम्ति पानी अपरिहार्य छ र राज्य जल भण्डारमा धनी भए पनि पानी वितरण गर्ने वैधानिक बाध्यता सरकारसँग छैन । यस्तै वैधानिक बाध्यता मौलिक हकमा राखिनुपर्छ । राज्यले चाहयो भने नहर–पैनी, कुलो, बाँध लगाएर जनताको यो अधिकार स्वत: पूरा गर्न सक्छ । अथवा आम नागरिकले सर्वोच्च अदालतबाट पूरा गराउन सक्छ । जसले राज्य र जनता दुवैलाई फाइदा पुग्छ । किनभने कुल राष्ट्रिय उत्पादनको ३२ प्रतिशत कृषिबाटै आउँछ भने मुलुकका सम्पूर्ण नागरिकको खाद्यान्न कृषिबाट पूरा हुन्छ । यसले भोकमरीविरुद्ध र खाद्यान्न आपूर्तिको अधिकार पनि पूरा हुन्छ । केही हदसम्म रोजगारको अधिकार पनि पूरा हुन्छ । कृषि क्षेत्रलाई आधुनिक र विकसित बनाउन राज्यले अनुसन्धान कार्य बढाउनुपर्छ । कृषि वैज्ञानिक शिक्षा पाउने अधिकार कृषिप्रधान मुलुकमा सुरक्षित हुनुपर्छ । यसका लागि कृषि विश्वविद्यालय खोल्ने र सहज अध्ययन गर्न पाउने अधिकार सुरक्षित हुनुपर्छ । यो नागरिकको मौलिक अधिकारभित्र राखियो भने सरकारलाई व्यवस्था गर्न बाध्य मात्र पार्दैन, आम जनता पनि अध्ययन गर्न उत्साहित हुन्छ ।  मुलुकमा कृषि अनुसन्धान परिषद्जस्ता निकाय छ, तर चाहे जतिको फाइदा पाएको छैन । किनभने गम्भीरतापूर्वक कार्य भएको छैन । उत्पादन बढाउनेतर्फ सोच नै विकसित हुन सकेको छैन । कृषि सम्बन्धी अधिकारसँगै जोडिएको कुरा फलफूल खेती र पशुपालन छन् । कृषिप्रधान मुलुकको जनताको निम्ति बढी आमदनी हुने कृषि पेशा, रोजगार गर्ने अवसर राज्यले दिनुपर्छ भन्ने अधिकारभित्र पार्नुपर्छ । नागरिकले चाहेको सहयोग राज्यले गर्न सक्नुपर्छ । दूध बेचेर महिनाको सात लाख  आम्दनी गर्ने नेपाली किसान छन् । केराखेतीबाट धानभन्दा बढी आमदनी लिने किसान पनि छन् । केही वर्ष पहिले मात्र वार्षिक पाँच हजार २ सय ४४ मेट्रिक टन केरा उत्पादन भएको तथ्याड्ढ छ । यसले कृषकलाई धानभन्दा बढी आम्दनी गराएकोले कृषक आकर्षित छन् ।         गोरखाका एकजना किसानले गाईपालन गरी दूध बेचेर महिनाको सात लाख आम्दनी गरेका थिए् । सबै खर्च कटाएर मासिक एक लाख रुपियाँ बचत गरेका थिए । यस्ता पेशा सञ्चालन गर्न नागरिकमा आधुनिक ज्ञान सीप हुनुपर्छ । मेसिनबाट गाई दुहुनेदेखि वैज्ञानिक तरिकाले पेशा गर्ने प्रविधि र ज्ञानमा जनताको पहुँच आवश्यक छ । राज्यले यस्ता कुराको मुलुकभरि प्रचार र सेवासुविधाको व्यवस्था गर्नुपर्छ । तर राज्यले प्रचारप्रसार तथा प्राविधक सहयोग नगर्दा यस्तो उपलब्धि आम जनताले थाहा पाउन सकेको छैन । तसर्थ यस्ता कुरा मौलिक अधिकारको सूचीमा राख्नुपर्छ, जसको पूर्ति राज्यले गर्न सकोस् र जनता उपभोग गर्न सक्षम होओस् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आर्थिक विकासको आधार र जनशक्ति
आर्थिक विकासको आधार र जनशक्ति
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/05/blog-post_369.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/05/blog-post_369.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy