भौतिक उपलब्धिहरू जति नै महत्त्वपूर्ण किन नहोस्, त्यो तबसम्म उपयोगी सिद्ध हुँदैन, जबसम्म त्यसमा सृजनात्मक प्रवृत्तिहरू जोडिंदैनन् । ध्वंसमा प्रयुक्त हुने साधन त सामूहिक विनाशको कारण बन्दछ । आगो भोजन पकाउन, मशिन चलाउन तथा अन्यान्य कार्यहरूमा प्रयुक्त हुन्छ । सृजनको दिशामा आगोको प्रयोग मानवमात्रको लागि उपयोगी बन्दछ । ध्वंसमा प्रयुक्त भएमा त्यही आगो केही क्षणमैं दावानलको स्वरूप ग्रहण गरेर अगाध सम्पत्ति नष्ट गर्दछ । रचनात्मक कार्यहरूमा त्यही एक वस्तु उपयोगी बन्दछ भने ध्वंसमा त्यही वस्तुले आफ्नो विनाशलीला देखाउँछ ।
मानवीय व्यक्तित्वको विश्लेषण गर्दा त्यसमा दुई प्रवृत्तिहरू पाइन्छन् । बुद्धिको योगदान त दुवैमा हुन्छ । तर, एकको साथमा संवेदना जोडिएको हुनाले रचनात्मक बनेर मानवमात्रको लागि उपयोगी बन्दछ । त्यही अर्को प्रखर भएर पनि संवेदनारहित भएकोले स्वार्थी एवं सड्ढीर्ण बनेर सड्ढट खडा गर्दछ ।
महत्त्व उपलब्धिहरूको होइन, त्यससँग जोडिएका उद्देश्यहरूको हो । आदर्शहरू एवं सिद्धान्तहरूका लागि प्रयुक्त हुने साधन नै मानव विकासको आधार बन्दछ । त्यो अल्प नै किन नहोस्, तर महत्त्व त्यसको नै हुन्छ, जुन सही उद्देश्यको लागि प्रयुक्त हुन्छ । सही अर्थमा त्यो नै सामाजिक विकासको कारण बन्दछ । भएका साधनहरू व्यक्तिविशेषको लागि उपयोगी हुन सक्दछ । तर, आदर्शहरूको अभावमा त्यसले सड्ढट नै खडा गर्दछ । समीक्षा गरेमा बुद्धिको सही उपयोग जुन कारणले हुन्छ, त्यो हो मानवीय संवेदना । त्यससँग जोडिएर बुद्धिले सृजनात्मक प्रवृत्तिहरू अपनाउँछ तथा सबैको लागि उपयोगी बन्दछ र साधनहरूको प्रयोग पनि श्रेष्ठ कार्यहरूका लागि तबमात्र हुन्छ । व्यक्ति तथा समाजको उत्थान–पतन यसै आधारमा निर्भर गर्दछ ।
बुद्धिको अनुदान भौतिक उपलब्धिहरूका रूपमा सर्वत्र परिलक्षित भइरहेको छ । प्रकृतिका एक से एक ठूला रहस्यहरू यसैद्वारा खोज गरिएको छ । वैज्ञानिक शोधहरूमा यसको प्रखरता देखिन्छ । बहिर· जगत्का सम्पन्नताहरू यसैद्वारा वृद्धि भएका छन् । तर, यस तथ्यलाई नकार्न सकिंदैन कि मनुष्य बुद्धि एवं साधनहरूका दृष्टिले जति विकसित भएपनि मानवीय गुणहरूको दृष्टिले उसको पतन नै भएको छ ।
उद्देश्यहरूको अनुरूप मनुष्यले विचारणा गर्दछ तथा त्यसको पूर्तिको लागि अनेक जाल–जंजाल खडा गर्दछ । मानवीय आदर्श यदि भौतिक साधनहरूको प्राप्तिसम्ममा मात्र सीमित छ भने स्पष्ट छ कि त्यसको प्राप्तिको लागि मनुष्यले नीति–अनीतिप्रति ध्यान नदिई त्यो मार्ग अपनाउँदछ, जुन उसको गरिमाको अनुकूल हुँदैन । फलस्वरूप सड्ढीर्णता बढ्दछ । अधिक सङ्ग्रह गर्ने होड चल्दछ । मानवोचित आदर्शहरूबाट समाज विमुख हुन्छ । स्पष्ट छ कि यस प्रकारको दृष्टिकोण राख्नाले परस्पर असहिष्णुता एवं ईष्र्याको भावनालाई पोषण प्राप्त हुन्छ । पशु–प्रवृत्तिहरू बढ्ने तथा नर–पशुहरूको सङ्ख्या बढ्दै जान्छ ।
यसलाई समयको अभिशाप नै भन्नुपर्छ कि बुद्धिले भौतिक उपलब्धिहरूलाई नै आफ्नो आदर्श मानेको छ । त्यसलाई प्राप्त गर्न आफ्नो सबै सामथ्र्य लगाएको छ । प्रयत्न गरेपछि सफलता पाउनु असंदिग्ध छ । सफलताहरू अनुगामी भए । तर यतिमात्रले मनुष्य सन्तुष्ट रहन सकेन । अधिक प्राप्त गर्ने एवं सङ्ग्रह गर्ने लालसा बढ्दै गयो । प्रकृतिको सीमित साधनहरूलाई यदि एकजना मनुष्यको झोलामा राखिदिएमा पनि उसको असीम तृष्णाको पूर्ति सम्भव छैन । अपूर्तिनीय तृष्णाको पूर्तिको लागि बुद्धिले त्यो मार्ग अपनायो, जुन समस्त मानवजातिको लागि हानिकारक छ ।
अस्त्र–शस्त्रहरू एवं अन्यान्य विनाशकारी यन्त्रहरूको निर्माणमा कुरा सुरक्षाको हुन्थ्यो भने केही थिएन । तर, देशको सुरक्षा यी विनाशकारी यन्त्रहरूमा टिकेको छैन । यसको लागि त सामान्य अस्त्र–शस्त्र एवं कुशल सैनिक नै पर्याप्त हुन्छ । उनीहरूको शौर्य एवं पराक्रमको विकासले नै देशलाई बाह्य आक्रमणहरूबाट सुरक्षित राख्न सकिन्छ । विनाशकारी बमहरू तथा अन्यान्य विस्फोटक यन्त्रहरूमा पनि बुद्धिको कुटिलता नै देख्न सकिन्छ ।
समाजमा जस्तो आदर्श हुन्छ, त्यसैअनुरूप नै प्रवृत्तिहरू बढ्छ एवं गतिविधिहरू सञ्चालन हुन्छन् । आदर्श विलासिता एवं सम्पन्नतालाई बनाइएको छ । फलस्वरूप संसार त्यही दिशामा हिंडेको छ । श्रेष्ठ आदर्शहरू एवं सिद्धान्तहरूको अभावमा गतिविधिहरूमा उत्कृष्टता समावेश छैन । कारणहरूको गहिराइमा गएमा एउटै तथ्य फेला पर्दछ, त्यो हो बुद्धिद्वारा मानवीय संवेदनाको उपेक्षा हुनु । बुद्धिको निरङ्कुशता यसै कारणले बढेको छ । सड्ढीर्णताहरूले प्रोत्साहन पाएको छ । ध्वंसात्मक गतिविधिहरू अपनाएर व्यक्तिगत स्वार्थ सिद्ध गर्ने सिलसिला चलेको छ ।
बुद्धिको महत्त्व एवं उपयोगिता असंदिग्ध छ । तर, यस्तो तबमात्र सम्भव छ, जब उसको साथमा संवेदनाहरूको संयोग हुन्छ । बुद्धिको उच्चतम स्थितिलाई ‘प्रज्ञा’को नामले विभूषित गरिएको छ । सघन संवेदनाहरूसँग जोडिएर बुद्धि यस उच्चतम स्थितिसम्म पुग्दछ । सृजनात्मक प्रवृत्तिहरूलाई यसैद्वारा प्रोत्साहन प्राप्त हुन्छ । सांस्कृतिक विकासको सबै सम्भावनाहरू यसैमा आधारित छ । बुद्धिको प्रखरता एवं यसबाट प्राप्त हुने भौतिक अनुदानहरूको सही उपयोग विकसित भाव–संवेदनाहरूद्वारा नै सम्भव हुन्छ ।
महापुरुषहरूद्वारा चलाइने अभियानहरूमा यस तत्त्वलाई विकसित गर्ने महान् लक्ष्य अनिवार्यरूपमा
जोडिएको हुन्छ । उनीहरू यस तथ्यबाट परिचित हुन्छन् कि यसको बढावाबिना मनुष्यलाई श्रेष्ठतातर्फ मोड्न सकिंदैन । उनीहरूले साधनहरूको विकासको उपेक्षा त गर्दैनन्, तर त्यसलाई अधिक प्रधानता पनि दिंदैनन् । उनीहरूको सामथ्र्य मानवोचित गुणहरूको विकासका लागि प्रयुक्त हुन्छ । साधन एवं अन्य आध्यात्मिक उपचारहरूका पछाडि पनि यसै उद्देश्यको पूर्ति नै निहित हुन्छ ।
आदर्शवादी भाव–सम्पन्नताबाट नै भौतिक उपलब्धिहरू पनि मानवमात्रको लागि उपयोगी हुन सक्दछ ।
बुद्धिको प्रखरता भावनाहरूको उदात्ततासँग जोडिएर नै सर्वतोमुखी विकासको आधार प्रस्तुत गर्न सक्दछ । यस तथ्यलाई ह्दय·म गरी त्यसलाई विकसित गर्नको लागि हरसम्भव प्रयास गर्नुपर्दछ ।