अचेल स्थानीय छापाहरूमा भोजपुरी भाषा, साहित्य, संस्कृतिबारे चासो राखेर ठाउँठाउँमा कार्यक्रमहरू भइरहेका समाचार आइरहेका छन् । यसले भाषा, साहित्य र संस्कृति साथसाथै लोकसाहित्य, गीत आदिको संरक्षण, प्रवद्र्धन गर्न खोजेजस्तो लाग्दछ । तर कार्यक्रमहरूले नेपालमा चलनचल्तीको विकासे कामको झलक भने दिइरहेको छ । कार्यक्रमहरूमा विषयलाई अन्तरमा राखेर, कार्यक्रमलाई प्रधानता दिने अभ्यास भइरहेको देखिएको छ । किनभने निर्बलको बल एकता हो । भाषा समृद्ध भए पनि साहित्यमा पछि परेको भोजपुरीभाषाको उन्नयनका लागि समर्पित व्यक्तिहरूको संस्था र त्यसमैं सबैलाई अटाउने प्रयास र त्यसका माध्यमबाट साहित्यको समृद्धि हुनुपर्ने थियो । एउटा सशक्त संस्थाले सम्बद्ध भाषाको साहित्य, संस्कृति, कला, गीत, कथा, उखानहरूको संरक्षण गर्न सक्दछ र साहित्यप्रति रुचि जगाउने काम गर्न सक्दछ । यसको भोजपुरी क्षेत्रमा सर्वथा अभाव देखिएको छ । गतिलो एउटा संस्थाको साटो संस्था थुप्रै तर साहित्यनिहित काम भने शून्य बराबर देखिएको छ ।
कलैयाबाट रामचन्द्र साहले प्रकाशन थालेको ‘भोजपुरिया माटी’ १५ अड्ढसम्म निस्केर दुई वर्षदेखि बन्द छ । भोजपुरी भाषा साहित्यको क्षेत्रमा लामो समयसम्म काम गरेको पत्रिका यही हो । वीरगंजमा यदाकदा भोजपुरी भाषा साहित्यका सड्ढलन निस्के पनि केही साप्ताहिक र दैनिक अखबार प्रकाशित हुनुबाहेक ठोस काम भएको देखिएको छैन । एक वर्षजति पहिले निस्केको ‘भोजपुरिया पाती‘ साप्ताहिक हुँदै दैनिक भएर १० महिनापछि बन्द भयो । अहिले अर्को एउटा भोजपुरी पत्रिका निस्किरहेको छ । भाषा र साहित्यका लागि दैनिक अखबारले गर्ने खासै केही होइन । भोजपुरी पढ्ने बानी बसाल्ने मात्र हो । भाषाको उन्नयनका लागि साहित्यकै खाँचो पर्छ । साहित्यवद्र्धन कि किताबबाट हुन्छ कि पत्रिकाबाट । भोजपुरिया माटीको हविगत थाहा पाइहाल्यौं, भोजपुरी भाषामा अति नै रुचिप्रद साहित्य रचना उमाशड्ढर द्विवेदीले गरे । उनको कथा सङ्ग्रह ‘चुरइन’ र ‘हमर गाँव के लोग’ चर्चित र पठनीय भए तापनि बिक्रीको नाममा दुवैको सय/सय प्रतिबाहेक बजारमा पुग्न सकेन । त्यही हविगत गोपाल अश्कको भोजपुरी पुस्तकहरूको भयो । उनले पनि गजल, गीत गरी केही भोजपुरी पुस्तक छपाएका छन् ।
साहित्य नपढिदिंदा र पुस्तक बिक्री नभइदिंदा लेखकलाई प्रोत्साहन हुन्न । लेखकलाई प्रोत्साहन भएन भने उसको लेख्ने जाँगर मर्छ । भनिन्छ नवलपरासीदेखि बारा र रौतहटको किनारसम्म भोजपुरी मातृभाषी छन्, तिनको सङख्या केही नभए पनि २० लाख होला । २० लाखमा एकहजार सङ्ख्याको पुस्तक बिक्री नहुनुले भोजपुरी साहित्यप्रति भोजपुरी मातृभाषीहरू नै उदासीन रहेको देखाउँछ । यत्रो ठूलो जनसङ्ख्याबीच एउटा गतिलो दैनिक अखबार, एउटा गतिलो पत्रिका किन अस्तित्वमा रहिरहन सक्दैन ? किन लाखबीच हजार सङ्ख्याको किताब बिक्री हुँदैन । यस्तो पनि होइन कि ती स्तरहीन छन् । भोजपुरिया माटी होस् वा उमाशड्ढरका कथा, उपन्यास वा गोपाल अश्कका गजल सङ्ग्रह वा अन्य भोजपुरी लेखकका पुस्तक प्राय: सबै पठनीय छन्, तर पनि भोजपुरी भाषा उन्नयनका सम्बन्धमा यी समस्याहरू परिलक्षित हुँदैनन् । राजनीतिक कार्यक्रमजस्तै वक्ताको नामको प्रधानतासहित भोजपुरी भाषा सम्बन्धमा भएका कार्यक्रमका समाचार मात्र छापिन्छन् ।