ई. गोपाल श्रेष्ठ
भूकम्प हाम्रो नियन्त्रणमा छैन । यो हाम्रो शैतान पाहुना हो । जसले भूकम्पको अनुभव गरेको छ, ऊ भूकम्प आयो भन्ने बित्तिकै अतालिन्छ । कारण भूकम्पको अनुभव सधैं दु:खदायी हुन्छ, पीडादायी हुन्छ । हाम्रो देशमा गत २०७२ साल वैशाख १२, १३ र २९ गते भूकम्प गयो । पराकम्पन प्राय: प्रत्येक दिन गइरहेको छ । जेठ ११ सम्म २६६ पराकम्पन गइसक्यो । दिउँसोको भूकम्पले त मान्छे त्यति नअतालिएला, तर रातिकोले त एकदमै अत्याउँछ । कारण, मान्छे मस्त निद्रामा हुन्छ । गत जेठ ९ गते राति १० बजेर २६ मिनट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ रेक्टरको भूकम्प गयो । यो सानो स्केलको भएकोले त्यति भयावह भएन । तर वैशाख १२ को जस्तो ७.९ रेक्टरको भूकम्प भए त प्रलय नै ल्याइदिन्थ्यो । वैशाखको ३ वटा ठूलो भूकम्प र त्यस बीचको २६६ वटा पराकम्पनले ८,६२९ जना मान्छेको ज्यान लिइसकेको छ भने २१,९५२ जना मान्छेलाई घायल बनाई बिचल्लीमा पारेको छ । यी भूकम्पबाट २० लाख मान्छे नराम्ररी प्रत्यक्षरूपमा प्रभावित भएका छन् भने थप ६० लाख मान्छे परोक्षरूपमा भए पनि प्रभावित भएका छन् ।
हाम्रो देशमा विक्रम संवत् १९९० मा अहिलेसम्मकै सबैभन्दा ठूलो ८.४ रेक्टरको भूकम्प गएको थियो । त्यसपछि पनि क्रमश: २०३७ साल (सुदूर पश्चिम ६.५ रेक्टर), २०४५ साल (पूर्व उदयपुर), अनि २०७० (पूर्व ६.८ रेक्टर) मा भूकम्प गएको थियो । तर हामी भूकम्प व्यवस्थापनमा कहिल्यै गम्भीर भएनौं । यसपालीको भूकम्पले हामीलाई कति गम्भीर बनाउने हो र भविष्यप्रति कति सचेत गराउने हो त्यो त भविष्यले नै बताउला । दु:खलाई चाँडो बिर्सने र जे होला देखा जाला भन्ने हाम्रो परम्परागत मानसिकता र सोच छ । यो मानसिकता र सोचलाई हामीले बदल्नु नै पर्छ ।
गत वर्षहरूमा चीनको सेचुवानमा, जापानको कोबेमा अनि इन्डोनेसियाको सुमात्रामा पनि ठूलो भूकम्प गएको थियो । सन् २०१० मा हाइटीमा गएको भूकम्पले त २ लाख मानिसको ज्यान नै लिएको थियो भने झन्डै कुल जनसङ्ख्याको एक तिहाई ३० लाख मानिसलाई प्रभावित पारेको थियो । भूकम्प जाँदा भूकम्पले मान्छे मार्नुभन्दा पनि मानव निर्मित संरचनाहरूले नै मानिसलाई मार्दछ । सामान्य बेला हामीले कुनै निर्माण कार्य गर्दा हामी जति होशियार हुनुपर्ने हो हुँदैनौं । निर्माण सम्बन्धी मापदण्ड, आचारसंहिता तथा विज्ञको सुझाव हामी लिंदैनौं । अनि, जब भूकम्प जान्छ, हामीले निर्माण गरेको संरचनाले नै हामीलाई मार्दछ । त्यस्तै मानव बस्ती जहाँ धेरै छ, त्यहीं नै भूकम्पको प्रभाव पर्ने हो । ठूला शहरहरूमा जहाँ घना मानव बस्ती छ, त्यहाँ खुला ठाउँको/जमिनको पनि व्यवस्था हुनुपर्दछ । बेढ·सँग मानव बस्ती बसाएर मात्र मानव जातिको कल्याण हुँदैन । त्यस्तै इन्धन आपूर्ति केन्द्रहरू (पेट्रोल पम्प, ग्याँस रिफिलिङ सेन्टर आदि) पनि योजनाबद्ध किसिमले निर्माण गरिनुपर्दछ । भूकम्प गएको बेला यस्ता केन्द्रहरूमा आगलागी भयो भने यसले निम्त्याउने विध्वंसको त कल्पना मात्र गर्न सकिन्छ ।
हाम्रो देश अहिले नै जोखिम अवस्थामा छ । विज्ञहरूको भनाइ अनुसार जोखिमको दृष्टिले हाम्रो देश ११ औं स्थानमा छ । झन् काठमाडौं उपत्यका त एकदम नै जोखिममा छ । त्यसैले अब देशको राजधानी नै काठमाडौं बाहिर लाने हो कि, गम्भीर भएर सोच्ने बेला आएको छ । विकासको नाउँमा हामीहरू प्रकृतिसँग अन्यायपूर्ण व्यवहार गरिरहेका छौं । जमिनमुनि शहर बसाल्ने, सुरुङ मार्ग निर्माण गर्ने, अधिकतम भारी मेसिन प्रयोग गरी सडक निर्माण गर्ने, एक्सप्लोसिभ प्रयोग गरी ढु·ा/चट्टान फोर्ने, वन विनाश गर्ने, गगनचुम्बी भवन निर्माण गर्ने, पृथ्वी नै काँप्नेगरी रकेट तथा मिसाइल परीक्षण/प्रयोग गर्ने, अविवेकी उद्योगीकरण गर्ने, पृथ्वीले सहन नसक्ने गरी जनसङ्ख्या वृद्धि गर्नेजस्ता क्रूर व्यवहार हामीबाट भएको छ ।
हामीले हाम्रो व्यवहार प्रकृतिप्रेमी बनाउनै पर्छ । ‘सुनारको सय चोट, लोहारको एक चोट’ भनेझै हाम्रो सय चोटभन्दा प्रकृतिको एक चोट हामीलाई भारी पर्न जान्छ । अहिले मानव जातिले प्रकृतिप्रति क्रूर व्यवहार गर्दैछ । प्रकृति उद्दण्ड हुनुपूर्व हामीले हाम्रो व्यवहार सच्याउनुपर्छ । बर्दिवास–बनेपा–काठमाडौं सडक निर्माण गर्दा जापानीहरूले प्रकृतिलाई सकेसम्म चिढाएका छैनन् । यो सराहनीय छ । कुनै एउटा देश/महादेशको बेवकुफीको सजाय त्यो देश/महादेशले मात्र नपाई अन्यले पनि पाउँछ । त्यसैले यसमा विश्व सचेतनाको नै आवश्यकता पर्दछ ।