उमाशङ्कर द्विवेदी
पाण्डवहरू धृतराष्ट्रका पुत्रहरूसित सधैं सशड्ढित रहन्थे, त्यसैले उनीहरू द्रौपदीको सधैं हेरचाह गर्दै छद्मभेषमा रहन्थे । यस प्रकारसित तीन महिना बितेर चौथो महिना लागेपछि मत्स्य देशमा ब्रह्मोत्सवको धेरै ठूलो समारोहको आयोजना भयो । त्यस महोत्सवमा चारै दिशाबाट हजारौं पहलमानहरू भेला भए । उनीहरू जम्मैजना एकभन्दा एक ठूला पहलमान थिए तथा राजाले उनीहरूको ठूलो सम्मान गर्दथे । उनीहरूका काँध, कम्मर र घाँटी सिंह समान थियो, शरीर गोरो र·को थियो । राजाको समुपस्थितिमा उनीहरू अनेकौंपटक अखाडामा विजय पाएका थिए ।
ती जम्मै पहलमानहरूमा पनि एकजना सबैभन्दा बलिया ‘जीमूत’ नामका पहलमान थिए । उनले अखाडामा आएर एक/एक पहलमानलाई कुश्तीको लागि डाँके तर उनी विभिन्न किसिमका कसरतहरू गर्दै उफ्रिरहेको देखेर कसैको पनि उनीछेउ जाने आँट पलाउन सकेन । जम्मै पहलमानहरू उत्साहहीन र उदास भएको देखेर मत्स्य नरेशले आफ्नो भान्छेलाई उनीसित भिड्न आज्ञा दिए । राजाज्ञाको सम्मान गर्दै भीमसेनले सिंहको समान धीर गम्भीर सुस्तरी चालमा हिंडेर रणभूमि
(अखाडा)मा प्रवेश गरे । अनि उनले ल·ोट धारण गरिरहेको देखेर त्यहाँ उपस्थित तमाशेहरूले हर्षध्वनि गर्न थाले । भीमसेनले कुश्तीको लागि तयार भएर वृत्रासुरभैंm विख्यात पराक्रमी जीमूतलाई ललकारे । दुवैजनामा कुश्ती लड्ने उत्साह थियो, दुवैजना भयानक पराक्रमी थिए र दुवैजनाको शरीर साठी वर्षको मतवाली हात्तीभैंm अग्लो तथा हृष्टपुष्ट थियो । पहिला उनीहरूले एकापसमा हात मिलाए, अनि परस्पर विजयको इच्छाले ठूलो उत्साहका साथ युद्ध गर्न थाले । जसरी पर्वत र वज्र एकापसमा ठोकिंदा भयानक आवाज आउँछ, त्यस प्रकारले नै उनीहरू एकापसमा लड्दा पारस्परिक आघातको कारण भयानक आवाज आउँथ्यो । एकले अर्काको शरीर जोडले थिच्दा अर्काले प्रयत्नपूर्वक छुटाउँथ्यो । दुवैजनाले आफ्नो मुड्की बाँधेर परस्पर प्रहार गर्दथे । दुवैजना एकार्काको शरीरसित टाँसिन्थे तथा एकले अर्कालाई घचेटेर अलग्याइदिन्थे । कहिले एकले अर्कालाई पछारेर भुइँमा घिसाथ्र्यो भने अर्को भुइँबाट बुल्र्लुक्क उफ्रेर माथिरहेकोलाई टाढा फालिदिन्थ्यो । दुवैले दुवैलाई बलपूर्वक पछाडि घचेट्थ्यो तथा मुड्कीले एक अर्काको छातीमा हान्थ्यो । कहिले एकले अर्कालाई आफ्नो काँधसम्म उचालेर भुइँमा पछारिदिन्थ्यो, जसले गर्दा ठूलो जोडको आवाज उत्पन्न हुन्थ्यो । कहिले परस्पर वज्रपातको आवाज उत्पन्न गर्ने खालको झापड हानाहान हुन्थ्यो भने कहिले हातको औंला फिजाएर चड्कनको हानाहान हुन्थ्यो । कहिले नङ्ग्राले चिथोरा चिथोर हुन्थ्यो भने कहिले खुट्टामा खुट्टा अल्झाएर एक अर्कालाई लडाउँथे । कहिले घुँडा र शिरले ठक्कर हान्थे, जसको कारणले चट्याङ खसेको जस्तो आवाज आउँथ्यो । कहिले प्रतिपक्षीलाई घिसारेर काँखमा ल्याउँथे त कहिले कुश्तीको खेल अनुसार घिसारेर आफ्नो सामुन्ने ल्याइ दायाँ–बायाँ पार्दै भुइँमा पछार्थे । यस प्रकारले दुवैजना एक अर्कालाई आफूतिर तानेर एक अर्काको विभिन्न अ·मा घुँडाले प्रहार गर्दथे । केवल बाहुबल, शरीरबल र प्राणबलले नै ती वीरहरूको
भयड्ढर युद्ध भइरह्यो । त्यस युद्धमा
कुनै पनि प्रकारको शस्त्रको उपयोग
भएन ।
तदन्तर जसरी मदमत्त हात्तीले सिंहलाई समातिहाल्दछ, त्यसै प्रकारले भीमसेनले उफ्रेर जीमूत पहलमानलाई आफ्नो दुवै हातले समातेर माथि उचाली फन्फन्ती एक सयचोटि हावामा घुमाउन थाले । उनको यस प्रकारको पराक्रम देखेर मत्स्य देशका जम्मै दर्शक र पहलमानहरू छक्क परे । जम्मैजनालाई बडो आश्चर्य भयो । जीमूत नामक पहलमान त्यस देश तथा विदेशमा पनि नामी पहलमान थिए । भीमसेनले त्यस पहलमानलाई आफ्नो शिरभन्दा पनि माथि उचालेर एक सयपल्ट फन्फन्ती घुमाउँदा जीमूत पहलमान शिथिल एवं बेहोस हुन पुगे । त्यसपछि भीमसेनले त्यस पहलमानलाई माथिबाटै भुइँमा बजारेर छियाछिया पारिदिए । यस प्रकारले आफ्नो भान्छेद्वारा त्यस जगत्प्रसिद्ध पहलमान मारिएको देखेर मत्स्य देशका नरेश विराट अत्यन्त खुशी भए ।
यस प्रकार अखाडामा देशका ठूल्ठूला पहलमानहरूलाई परास्त गरी मारेर भीमसेन राजा विराटका अत्यन्त प्रिय तथा स्नेहभाजन हुन पुगे । भीमसेनलाई आफूसित युद्ध गर्ने कोही मान्छे फेला नपरेपछि उनी हात्ती तथा सिंहहरूसित युद्ध गरेर मत्स्य नरेशको मनोरञ्जन गर्ने गर्दथे । अर्जुन पनि बेहनल्लाको भेषमा आफ्नो नाच्ने र गाउने कलाले राजा तथा उनको अन्त:पुरकी स्त्रीहरूलाई प्रसन्न राख्दथे । यसै प्रकारले नकुल पनि आफूले सिकाएका घोडाहरूको विभिन्न किसिमको चाल देखाएर राजालाई प्रसन्न र सन्तुष्ट पार्दथे । सहदेवले सिकाएका गोरुहरूलाई देखेर पनि राजा विराट अत्यन्त प्रसन्न हुन्थे । यस प्रकारले राजा विराटको राज्यमा जम्मै पाण्डवहरू छद्मरूपमा रहेर राजा विराटका विभिन्न कामहरू गर्दै आफ्नो अज्ञातवास बिताउँदै
थिए । क्रमश:...।