ओमप्रकाश खनाल
प्रमुख राजनीतिक दलका स्वयंसेवी टोली भूकम्प प्रभावित क्षेत्रमा घरटहरा निर्माणमा जसरी सक्रिय छन्, तिनैमध्ये केही पार्टीका माउ नेता राजधानीमा राष्ट्रिय सहमतिको सत्ता कसरतमा त्योभन्दा बढी तल्लीन छन् । नेकपा एमाले र एकीकृत नेकपा माओवादीले सत्ता परिवर्तनलाई भूकम्पबाट नराम्ररी हल्लिएको नेपाली जनजीविका सम्हाल्ने योजनाको प्राथमिक सर्त मानेको छ । र, त्यही सहमतीय टेकोमा ६ महिनाभित्र संविधान जारी गरेर राजनीतिक सङ्क्रमण सल्ट्याउने उपाय उनीहरूले अघि सारेका छन् ।
तर विपत्तिपछिको पुनर्निर्माणको आवरणमा सत्तापरिवर्तनको दौडमा लागिपरेका पार्टीहरू अधिनायकवादतिर उन्मुख भइराखेका देखिन्छन् । एकीकृत माओवादीले सार्वजनिक गरेको १० वर्षे सत्तासाझेदारीको खाकाले यसको छनक दिन्छ । प्रचण्ड राष्ट्रपति, केपी ओली प्रधानमन्त्री, बाबुराम भट्टराई पुनर्निर्माण प्राधिकरणको प्रमुखलगायतका प्रस्ताव पुनर्निर्माणका नाममा अधिनायकवाद लाद्ने योजनाको प्रस्थानबिन्दु प्रतीत भइराखेको छ । एक दशकको सत्तासाझेदारी लोकतन्त्रको कुन मान्यताभित्र पर्दछ ? कसरी र कुन आधारमा दलहरूको हैसियत अनुमोदन हुन सक्छ ? मौजुदा जनमतको धरातल के हो ? यस्ता पेचिला प्रश्नहरूलाई छल्दै पार्टीहरू जनताबाट अनुमोदित हुनै नपर्ने गरी ‘काले–काले मिलेर भाले खाने’ जुक्तिमा जमेका छन् । पुनर्निर्माण सत्ताभोगको कुरूप बहानामात्र बन्न पुगेको छ ।
राजनीतिमा तीन दलीय शक्ति सन्तुलनको प्रस्ताव झनै सन्देहजनक छ । कम्युनिस्ट, काङ्ग्रेस र राजावादी राजनीतिक धारको आवश्यकताको उठानले माओवादीको आस्था र भरोसाको तार कता जोडिएको छ भन्ने बुझ्न धेरै माथापच्ची आवश्यक पर्दैन । अकल्पनीय विपद्को घडीमा अधियनायकवादी सत्तासाझेदारीको खतरनाक खेलप्रति खबरदारी आवश्यक छ । यो अभिप्रायले विपत्तिको परिपूरण सम्भव छैन । यो सङ्क्रमणलाई लम्ब्याएर अनन्तकालसम्म सत्तामा जमिराख्ने उद्देश्यकेन्द्रित प्रपञ्चमात्रै हो ।
हाम्रो राजनीतिका प्रत्येक आयाम सत्तारोगबाट ग्रसित छ । हरेक जिम्मेवारी र दायित्व सत्तास्वार्थसित जोड्ने आचारण नै समस्याको कडी हो । सबैलाई थाहा भएकै कुरा हो, यही सत्तालोलुपताकै कारण हाम्रा राजनीति, आर्थिक र सामाजिक आवश्यकताहरू एकपछि अर्को गर्दै मृत्युको मुखमा पुगिराखेका छन् । सत्तासित सती जाने राजनीतिक चरित्रको अगाडि जनताका अपेक्षा र आकाङ्क्षा सधैं कुण्ठित छन् । त्यसैले जनता राजनीतिप्रति चरम असन्तुष्टिको आगो ओकल्छ । यो असन्तुष्टि बेलाबेलामा नेतृत्वमाथि नै अराजक र अमर्यादित आक्रमण बनेर पोखिन्छ । तथापि, नेतृत्व चेत्न तयार छैन ।
विनाशलाई सही बाटोमा ल्याउन राष्ट्रिय एकता, सहमति र सहकार्यको विकल्प छैन । विपद्को यो घडीमा मुलुकको राजनीतिक तप्काप्रति जति आक्रोश र असन्तुष्टि छ, त्यति नै आशावादी हुनुपर्ने बाध्यता पनि छ । मुलुकमा लम्बिंदो राजनीतिक सङ्क्रमण समाधानमा राजनीतिक नेतृत्व असफल भयो, यो नयाँ कुरा होइन । त्यो जान्दाजान्दै समाधानको मौका राजनीतिलाई नै दिइयो । यो नेपालीको बाध्यात्मक अवस्थाको उदाहरण मात्रै हो । राजनीतिक समस्याका उत्पादक, समाधानको प्रयास तथा यसका आयामहरू राजनीतिकै वरिपरि घुम्ने हो । गैरराजनीतिक चरित्रबाट राजनीतिक समस्यामा समाधान सम्भव हुँदैन । यस कारण राजनीतिको विकल्प राजनीति नै हो ।
नेतृत्व फेरबदल हुन्छ, तर राज्य सञ्चालन गर्ने त राजनीतिले नै हो । यसका लागि लोकतन्त्रको अद्यावधिक अभ्यास चाहिन्छ । अधिनायकवादी आचरणमा सम्भव हुँदैन । सत्ताकै सेरोफेरोमा गजुल्टिने राजनीति हाम्रो विडम्बना पनि हो । अहिले सहमतीय सरकारको गठनसँगै सबै सङ्क्रमणको छुमन्तर हुन्छ भन्ने आधार फेला पार्न सकिएको छैन । एमाले र माओवादीको प्रस्तावमा आफूलाई जनमतमा ठूलो आकारमा उभ्याएको काङ्ग्रेस सरक्क सहमत हुने सङ्केत पनि छैन । मधेसवादीको प्रभावकारी जमात सहमतीय सरकारको आलोचनालाई दैनिकी बनाउनै थालिसक्यो । सहमतीय सरकाको खिचडी असहमतिको नयाँ अध्यायको खुराक बन्ने सम्भावनालाई बेवास्ता गर्न मिल्दैन । यसरी विपद् व्यवस्थापन उद्देश्यको हबिगत के होला भन्नेपट्टि दलहरू कत्ति पनि गम्भीर देखिएनन् ।
भूकम्पपछिको उद्धार तथा राहतमा देखिएको कमीकमजोरीलाई लिएर सरकार र मूलधारको राजनीतिको आलोचना अस्वाभाविक थिएन । विपत्तिको प्रारम्भिक व्यवस्थापनको काममा राजनीतिक पार्टीहरूमा देखिएका आग्रह र दुराग्रहका पहेलीले राजनीतिक नेतृत्वलाई असफल कोटिमा उभ्याउन मदत नै गरेको हो । आमरूपमा राज्यले केही पनि गरेन भन्ने परिरहँदा राज्यकै अङ्गको रूपमा सक्रिय सेना र प्रहरीको क्रियाशीलता भने प्रशंसायोग्य रह्यो । यो राज्य, राज्यसञ्चालक र जनताबीच असमझदारीको गहिरो खाडलको नमूना हो । राजनीतिले जनस्तरमा राज्यको उपस्थिति र सहभागिताको स्वरूपबारेमा जानकारी पुर्याउन नसक्नुको गतिलो प्रमाण पनि हो ।
राजनीति केवल राज्यको शासनसत्ताको आसपासका सीमित रहनुले जनतासितको अन्तर्संवादबाट टाढिएको देखियो । नेतृत्व सत्ता निर्माण र विघटनमा रुमलियो । जनस्तरमा संयन्त्रले राजनीतिप्रति भरोसा जागृत गराउन सकेन । नेतृत्वले जनतासितको बढ्दो दूरी लोकतन्त्रका लागि सुखद सङ्केत होइन भन्ने पाठ कम्तीमा यो महाविपत्तिबाट ग्रहण गर्नु जरुरी छ । एकातिर राजनीतिक तरलता र अर्कापट्टि मुख्यधारको राजनीतिक नेतृत्वप्रति बढ्दो असन्तुष्टिको असर राजनीतिक उपलब्धिहरूको व्यवस्थापनमा परिरहेको छ । आन्तरिक तथा बाह्य स्वार्थ समूहको चलखेलका लागि यस्तै बेला उपयुक्त मौका बन्न सक्दछ भन्नेतिर पनि पर्याप्त सुझबुझ र सतर्कता आवश्यक छ । हाम्रो राजनीति यही बेला सत्ताको लागि अन्धो बन्दैछ ।
पीडितले राहत नपाएका समाचारहरू सञ्चारमाध्यमहरूमा आउने क्रम रोकिएका छैनन् । कतिपय स्थानमा राहत नै नपुगेका खबर पनि सुनिएका छन् । राज्य र राजनीतिले यस्ता प्रारम्भिक आवश्यकताहरूको उचित पूर्तिमा आफूलाई केन्द्रित गर्नुपर्दछ । यत्रो विपद् र पीडाका बेलामा प्रभावितहरूको आक्रोश र आलोचनालाई स्वाभाविक मान्नुपर्दछ । कम्तीमा अहिलेका लागि यसलाई त्रुटि सच्याएर अघि बढ्ने औजारका रूपमा ग्रहण गरिनुपर्दछ । राज्यले जोखिमको घनत्व जान्दाजान्दै विपद्को व्यवस्थापनमा आवश्यक सतर्कता नअपनाएकै हो । सम्भवत: पूर्वतयारी भइदिएको भए जनधनको क्षति न्यूनीकरण गर्न सकिन्थ्यो । अहिले विगतको आलोचना र पछुताउमा समय बिताउनुमात्रै पनि बुद्धिमानी हुँदैन ।
भूकम्प प्रभावितहरूका लागि अस्थायी बसोबासको प्रबन्ध तत्कालीन आवश्यकता हो । अस्थायी घरटहराका लागि सरकारले दिने भनिएको सहयोग नै पर्याप्त नभएको र अपर्याप्त रकम पनि पीडितको हातमा पुगिनसकेको अवस्थामा राजनीतिक पार्टीका कार्यकर्ता स्वयंसेवीको रूपमा पीडामा मल्हम लगाउन पुगेका छन् । यतिखेर राजनीतिक पार्टीहरूमा स्वयंसेवी कार्यकर्ता परिचालनमा प्रतिस्पर्धाजस्तै देखिएको छ । मुख्य राजनीतिक पार्टीहरूले आचारसंहिता नै बनाएर आफ्ना कार्यकर्ता प्रभावित क्षेत्रमा आवास निर्माणमा खटाएका छन् । नेपाली काङ्ग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरू नै स्वयंसेवीसँगै खटिएका छन् । यसको निरन्तरताले ध्वस्त भौतिक संरचनाहरूको पुनर्निर्माण मात्र हुँदैन, जनतामा गिरेको राजनीतिक साखको पनि पुनर्निर्माणका निम्ति सहयोगी हुने छ । यो सकारात्मक काम हो ।
सँगै राजनीतिक नेतृत्वले बुझ पचाउन नहुने सत्य के हो भने विपद्को क्षति पुनर्निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि सत्ताको जुहारीमा पीडित तथा आमजनताको कत्ति पनि चासो छैन । मुख्य राजनीतिक दलहरू विपद्को समाधानमा लाग्नुपर्ने महत्त्वपूर्ण समय सत्तामा कसको हैसियत के हुने भन्ने जोडघटाउमा लाग्नुले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखानलाई चरितार्थ गरिराखेको छ । प्रधानमन्त्रीको कुर्सीमा निरीह सुशील कोइरालाकै थमौती होस् कि अर्का रोगी नेता केपी ओली विराजमान हुन्, यसले पीडितको चासो सम्बोधन गर्दैन । पीडितहरू त घामपानी ओत्ने बास र बिहानबेलुकाको गाँसको आशमा दैनिकी गुजारिराखेका छन् ।
प्रत्येक पीडितको प्रश्न छ, हामीलाई परेको विपत्ति राजनीति नेतृत्वका लागि सत्ता फेरबदलको हतियार किन बन्दैछ ? जनता पीडामा रोइरहेका बेला सत्तामा नपुगी समाधानमा अघि बढ्नै नसक्ने मानसिकता किन ? जिम्मेवारीमा उत्रिन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीको कुर्सीमा उक्लिनै पर्छ ? विपत्ति समाधानका लागि सत्ताभोग अनिवार्य कुरा हो ? राजनीति जनताको लागि हो भने पुनर्निर्माणका कार्ययोजनाको जिम्मेवारी उठाउन यथास्थानबाट सहकार्य सम्भव नै छैन ? यी र यस्ता प्रश्नहरूको वस्तुनिष्ठ समाधानबिना पुनर्निर्माणको उद्देश्य सहज हुँदैन । ऊर्जा जति सत्तासमीकरणमा सिध्याएर राजनीतिक र विपद्जन्य सङ्क्रमणको समाधान सम्भव हुँदैन ।
कम्तीमा निकट अनुभवबाट सिकेर सुरक्षित भविष्यको बाटोमा अघि बढ्ने सन्दर्भमा लापर्बाही क्षम्य हुँदैन । यो उद्देश्य बनाइएको पनि छ । तर कार्यान्वयनको सफलतामा आशङ्काका पर्याप्त ठाउँ छन् । विपद्को तत्कालीन र दीर्घकालीन व्यवस्थापनमा राजनीतिक गति र निष्ठा महत्त्वपूर्ण मात्रै हुँदैन, अनिवार्य नै हुन्छ । यसका लागि आवश्यक पर्ने सबै नीति, ऐन, नियम, विधि, प्रक्रियाको निर्माण राजनीतिले गर्ने हो । त्यसको प्रभावकारिता पनि राजनीतिक प्रतिबद्धता र कार्यान्वयनमा निर्भर हुन्छ ।
यmपजबलब२िनmबष्।िअयm