उमाशङ्कर द्विवेदी
तदन्तर सिंहझैं चालले हिड्दै भीमसेन राजा विराटको राजसभामा आइपुगे । उनको हातमा डाडु–पन्यूँ तथा तरकारी काट्ने फलामे कालो चक्कू थियो । वेश त भान्छेको थियो तर उनको शरीरबाट भने दिव्य तेज निस्किरहेको देखिन्थ्यो । उनी दरबारमा हाजिर हुने बित्तिकै भने–राजन्, मेरो नाम वल्लभ हो । म खाना पकाउनमा सिपालु छु । महाराज मलाई भान्छेको कामको लागि नियुक्त गर्नुहोस् । राजा विराटले भने–वल्लभ, तिमी भान्छे हौ भन्ने कुरा मैले पत्याइनँ । तिमी त इन्द्रको समान तेजस्वी र पराक्रमी देखिइरहेका छौ । भीमसेनले भने–महाराज, विश्वास गर्नुहोस्, म वास्तवमा भान्छे नै हुं तथा म तपाईंको सेवा गर्नको लागि यहा आएको छु । महाराजले भनेको कुरा पनि ठीकै हो । बल र पराक्रममा कोही पनि मेरो बराबरी गर्न सक्दैन । पहलमानीमा पनि कसैले मेरो बराबरी गर्न सक्दैन । म सिंह र हात्तीसित युद्ध गरेर महाराजको मनोरञ्जन पनि गर्नेछु । राजा विराटले भने–बेस, तिमी आफूलाई भोजन बनाउनमा सिपालु छु भन्दैछौ भने मेरो भान्छाको काम तिमी नै सम्हाल । यद्यपि यो काम तिम्रो योग्य छैन, तैपनि तिम्रो इच्छा देखेर स्वीकार गरिरहेको छु । तिमी मेरो पाकशालाको प्रधान अधिकारी भयौ । पहिलेदेखि यस काममा खटेका मान्छेहरू अब तिम्रो मातहतमा रही काम गर्नेछन् । यस प्रकारले भीमसेन राजा विराटका पाकशालाका प्रधान भान्छे नियुक्त भए तर कसैले उनको वास्तवकि रूप चिन्न सकेन ।
यसपछि द्रौपदी सैरन्ध्रीको वेशमा दुखी स्त्रीको रूपमा विराटनगरमा यताउति भौंतारिन थालिन् । त्यस बेला राजा विराटकी रानी सुदेष्णा आफ्नो महलको झ्यालबाट नगरको शोभा हेर्दै थिइन्, यतिकैमा उनको दृष्टि द्रौपदीमाथि पर्यो । उनी एकवस्त्र धारण गरेकी हुनाले अनाथ झै देखिइरहेकी थिइन् । उनको रूप त अद्भूत छँदैथियो । रानीले आफ्नी सेविकाहरूद्वारा उनलाई आफ्नो खोपीमा बोलाएर सोधिन्–कल्याणी, तिमी को हौ र के गर्न खोज्दैछौ ? द्रौपदीले भनिन्–महारानी, म सैरन्ध्री (सेवा गर्ने चाकर्नी) हुँ । यहाँ म आफूयोग्य कामको खोजी गर्दैछु । जसले मलाई नियुक्त गर्नेछ म उसको सेवा गर्नेछु । सुदेष्णाले भनिन्–कल्याणी, तिमी जस्ती रूपवती स्त्रीहरू सैरन्ध्री हुने गर्दैनन् । तिमी त धेरै दास–दासीहरूकी स्वामिनीजस्ती लागिरहेकी छयौ । ठूला–ठूला आँखा, राता–राता ओंठ, शङ्खको समान घाँटी, मासुले डम्म ढाकेका नसा र नाडी तथा पूर्ण चन्द्रमा जस्तो मनोहर मुखमण्डल । तिम्रो सुन्दर रूपले गर्दा तिमी लक्ष्मीझैं देखिइरहेकी छयौ । अत: साँची भन, तिमी को हौ ? यक्ष वा देउता त होइनौ ? अथवा तिमी कुनै अप्सरा, देवकन्या, नागकन्या वा चन्द्रपत्नी रोहिणी अथवा इन्द्राणी त होइनौ ? अथवा ब्रह्मा वा प्रजापतिकी देवीहरूमध्ये कोही हौ ? द्रौपदीले भनिन्–रानी, म सत्य वचन भनिरहेकी छु । म कुनै देवी वा गन्धर्वी होइन । म सेवा काम गर्ने सैरन्ध्री हुँ । कपाललाई सुन्दर बनाउन, राम्रो चुल्ठो बाट्ने काममा म सिपालु छु । चन्दन तथा अ·राग पनि धेरै राम्ररी तयार पार्न सक्दछु । मल्लिका, उत्पल, कमल र चम्पा आदि फूलहरूको सुन्दर एवं विचित्र–विचित्र माला पनि बनाउन सक्दछु । आजभन्दा पहिले म महारानी द्रौपदीको सेवामा थिएँ, उनीहरू वनवासमा गएपछि म यताउति चहार्दै सेवाको काम गर्दैछु र भोजन तथा वस्त्र बाहेक अरू केही पनि लिन्नँ । त्यसमा पनि जति पाए त्यतिकैमा सन्तोष गर्छु ।
सुदेष्णाले भनिन्–यदि राजा तिम्रो रूप–लावण्यले मोहित भएनन् भने म तिमीलाई आँखामैं राख्नेछु तर मलाई सन्देह छ–राजाले तिमीलाई हेर्ने बित्तिकै सम्पूर्ण चित्तले आकर्षित हुनेछन् । द्रौपदीले भनिन्–महारानी, राजा विराट अथवा अन्य कोही परपुरुषले मलाई प्राप्त गर्न सक्दैन । पाँच तरुण गन्धर्व मेरा पति छन् जा सदैव मेरो रक्षा गरिरहन्छन् । जसले मलाई आफ्नो जूठो दिंदैन, मबाट आफ्नो खुट्टा धुन लगाउँदैन, उनीहरूमाथि मेरा गन्धर्व पतिहरू प्रसन्न रहन्छन् तर जसले ममाथि बलात्कार गर्न खोज्छ, उसले त्यसै राति शरीर त्याग गर्नुपर्छ । मेरा पतिहरूले उसलाइ मारिदिन्छन् । अत: कोही पनि परपुरुष मलाई आफ्नो सदाचारबाट विचलित गर्न सक्दैन । सुदेष्णाले भनिन्–नन्दिनी, यदि यस्तो कुरा छ भने म तिमीलाई आफ्नो दरबारमा राख्नेछु । तिमीले कसैको खुट्टा धुने वा जूठो प्रयोग गर्नुपर्ने छैन । राजा विराटकी रानी सुदेष्णाले यस प्रकारको आश्वासन दिए पछि द्रौपदी सैरन्ध्रीको रूपमा त्यस दरबारमा बस्न थालिन् । कसैले पनि उनलाई चिन्न सकेन । क्रमश:...।