Posts

Showing posts from May, 2015

२०७२ जेठ १८ गते

२०७२ जेठ १८ गतेको प्रतीक दैनिक

साना संस्थाहरूले दिए भूकम्प पीडितलाई चामल उपहार

Image
प्रस, वीरगंज, १७ जेठ/     त्रिमूर्ति टोल विकास तथा सुधार समिति, वीरगंज–१४ श्रीपुर, ज्येष्ठ नागरिक सङ्घ पर्सा र प्रतीक सहयोगी समूहले आज भूकम्प पीडितका लागि रेडक्रस पर्सामार्फत् चामल राहत पठाएको छ ।     रेडक्रस सोसाइटी पर्साका सभापति फुलमहमद मियाँलाई समिति, सङ्घ र समूहबाट सड्ढलित रकमबाट १५ किलोको १०० वटा प्याकेट बनाएर ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष पशुपति विक्रम शाहले सहयोग गर्ने व्यक्तिहरूको सूची हस्तान्तरण गरेका थिए ।     कार्यक्रममा समितिका अध्यक्ष जगदीश शर्मा, ज्येष्ठ नागरिक समूहकी उपाध्यक्ष उषा शाह, प्रतीक सहयोगी समूहका खुशी शर्मा तथा उदयराज शर्माको सहभागिता थियो । भूकम्प पीडितहरूलाई त्रिमूर्ति टोल विकास तथा सुधार समितिले रु ११ हजार नगद तथा सोही संस्थाका ज्ञानेन्द्र मिश्रले ५ हजार, गोकर्ण दवाडीले २ हजार ५ सय, प्रतीक दैनिकले २ हजार, विनोद पोखरेलले ११ सय, उमा मिश्राले ११ सय, मधुसुदन उपाध्यायले ११ सय, देवनन्दन साहले १ हजार, उज्ज्वल ताम्रकारले ५ सय, धनवन्ती देवीले ५ सय, प्रेमशीला देवीले ५ सय उपलब्ध गराएका थिए ।         त्यस्तै ज्येष्ठ नागरिक सङ्घ पर्साले रु ५ हजार नगद र सोका पदाध

बिरामीबाट पैसा उठाएर पत्रकारलाई भत्ता

प्रस, परवानीपुर, १७ जेठ/     बारा, बरियार बजारमा शनिवार सम्पन्न निश्शुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा व्यापक ठगी भएको छ।     जनसेवा कृषक समूह बरियारपुरको सहयोग एवं सोलुशन समुन्नत क्लिनिक ज्ञानोदय मार्ग कलड्ढीको आयोजनामा नेराप्रावि बरियारपुर बजारमा सम्पन्न शिविरमा ठगी भएको बिरामीहरूले बताएका छन् ।     सो संस्थाले डाटा एनालाइजर मेशिनले चेकजाँच हुन्छ भनी बिरामी आकर्षित गरेको थियो तर शिविरमा पैसा तिर्नुपर्दा बिरामीहरू मर्कामा परेको र ठगिएको बताएका छन् । एकजना बिरामीसँग रु ४२५ लिइएको थियो भने करिब ४८० जनाको चेकचाँज भएको थियो ।     त्यस्तै सोही संस्थाले आयुर्वेदिक औषधि पनि महँगो दाममा बिक्री गरेको छ । एकजना बिरामीले करिब २ हजार सम्मको औषधि खरिद गर्नुपरेको थियो । चिकित्सकले धेरै औषधि लेखेकोले पनि ठगिनुपरेको भुक्तभोगीहरूले बताए । कुरा बुझ्दै जाँदा निश्शुल भनेर ठगी गर्नैका लागि शिविर चलाएको स्थानीय रामबाबू यादवले बताए । खाली औषधि बिक्रीबाट शिविरमा ८१ हजार सड्ढलन भएको थियो ।     शिविरमा डाक्टरहरू लुट्न आएका महसुस भएपछि केही बिरामीले विरोध गरेका थिए । औषधि व्यवस्था विभागमा दर्ता नरहेको औषधि पनि

सर, मेरो पनि गुनासो छ !

Image
अनन्तकुमार लाल दास     विद्यालयमा कक्षा शिक्षक वा प्रधानाध्यापक समक्ष अभिभावकहरू गुनासो लिएर आउँछन् । ती गुनासाहरूको चरित्र फरकफरक हुन्छ । खासगरी निजी विद्यालयबाट अभिभावकहरूले बढी अपेक्षा राखेका हुन्छन् । त्यसैले गुनासो लिएर पुग्छन् । यसरी गुनासो गर्नु जायज पनि हो र वीरगंजकै परिप्रेक्ष्यमा यस्ता गुनासाहरू ठूलासाना वा भनौं नाम चलेका विद्यालयहरूमा समेत आउने गर्छ । अभिभावकहरूले भन्ने गरेको सुनिन्छ–“ए, त्यो स्कूल ? नाम ठूलो छ तर  पढाइ ठीक छैन, विद्यार्थीप्रति उपयुक्त ध्यान पुर्‍याइँदैन । विद्यार्थी अनुत्तीर्ण भयो भने उसलाई फेरि तल्लो कक्षामैं राखिदिन्छन् वा अनुत्तीर्ण भएपछि जुन किसिमले विद्यालयले तदारुकता देखाउनुपर्ने हो त्यो देखाउँदैनन् ।” अभिभावकले गुनासो नगर्ने कुनै विद्यालय छैन । विद्यालय पुरानो होस् वा नयाँ, एसएलसी.मा राम्रो परिणाम दिइराखेको हो्स् वा नहोस्, तल्लो कक्षाको होस् वा माथिल्लो कक्षाको गुनासो आइरहन्छ । गुनासो आउनु स्वाभाविक हो, जायज हो र आइराख्नुपर्छ ।     प्राय: गुनासो के हुन्छ भने विद्यालयले होमवर्क दिंदैन, होमवर्क दियो भने त्यसको लेखाजोखा राख्दैन वा फलानो विद्यार्थीले म

भाषा साहित्यबारे रुचि

    अचेल स्थानीय छापाहरूमा भोजपुरी भाषा, साहित्य, संस्कृतिबारे चासो राखेर ठाउँठाउँमा कार्यक्रमहरू भइरहेका समाचार आइरहेका छन् । यसले भाषा, साहित्य र संस्कृति साथसाथै लोकसाहित्य, गीत आदिको संरक्षण, प्रवद्र्धन गर्न खोजेजस्तो लाग्दछ । तर कार्यक्रमहरूले नेपालमा चलनचल्तीको विकासे कामको झलक भने दिइरहेको छ । कार्यक्रमहरूमा विषयलाई अन्तरमा राखेर, कार्यक्रमलाई प्रधानता दिने अभ्यास भइरहेको देखिएको छ । किनभने निर्बलको बल एकता हो । भाषा समृद्ध भए पनि साहित्यमा पछि परेको भोजपुरीभाषाको उन्नयनका लागि समर्पित व्यक्तिहरूको संस्था र त्यसमैं सबैलाई अटाउने प्रयास र त्यसका माध्यमबाट साहित्यको समृद्धि हुनुपर्ने थियो । एउटा सशक्त संस्थाले सम्बद्ध भाषाको साहित्य, संस्कृति, कला, गीत, कथा, उखानहरूको संरक्षण गर्न सक्दछ र साहित्यप्रति रुचि जगाउने काम गर्न सक्दछ । यसको भोजपुरी क्षेत्रमा सर्वथा अभाव देखिएको छ । गतिलो एउटा संस्थाको साटो संस्था थुप्रै तर साहित्यनिहित काम भने शून्य बराबर देखिएको छ ।     कलैयाबाट रामचन्द्र साहले प्रकाशन थालेको ‘भोजपुरिया माटी’ १५ अड्ढसम्म निस्केर दुई वर्षदेखि बन्द छ । भोजपुरी भाषा साहित

२०७२ जेठ १७ गतेको प्रतीक दैनिक

२०७२ जेठ १७ गतेको प्रतीक दैनिक

वीरगंज उपमहानगरपालिकामा करोडौंको योजना उपभोक्तामार्फत् निर्माण शुरू

प्रस, वीरगंज, १६ जेठ/      वीरगंज उपमहानगरपालिका कार्यालयले सडक बोर्डको एक करोड बजेटमा उपभोक्ता समितिमार्फत् ६ ठाउँमा कालोपत्रे काम शुरू गरेको छ । केही महिना पहिले वीउमनपाले आह्वान गरेको टेन्डर प्रक्रियाको विकास योजनामा प्रतिस्पर्धा भई वीउमनपालाई रकम बचत भएको र सो रकमसमेत सडक बोर्डको एक करोड बजेटमा मिलान गरी उपभोक्ता समितिमार्फत् ६ ठाउँमा कालोपत्रे काम शुरू गरिएको योजना अधिकृत प्रकाशमान सिंहले बताए ।     उनले आदर्शनगर क्षेत्रको कैलाश होटलदेखि सिटिजन बैंकसम्म ४० एमएमको कालोपत्रे निर्माण भइरहेको बताए । उनले वडा नं. १० को दुई स्थान, वडा नं. ३ को एक स्थान, वडा नं. २२ को एक स्थान र घण्टाघर–बसपार्क लिड्ढरोडमा २० एमएमको कालोपत्रे काम भइरहेको बताए ।     वीउमनपाका कार्यकारी अधिकृत विष्णु कोइरालाले यसअघि आव २०७१/०७२ को बाँकी योजनाका कामहरू टेन्डरबाट हुने घोषणा गरेका थिए । सोविपरीत अहिले करोडौं लागतका कामहरू उपभोक्ता समितिमार्फत् भइरहेको छ ।     त्यस्तै कार्यकारी अधिकृत कोइरालाले वीउमनपाले निर्माण गर्ने कालोपत्रे ४० एमएमभन्दा कमको नहुने सार्वजनिक घोषणा गर्नुका साथै योजनाहरूको काममा पारदर्शिता अपन

उपभोक्ता समितिबारे प्रसौनीमा विवाद

प्रस, वीरगंज, १६ जेठ/     वीउमनपा वडा नं. २६ प्रसौनी बिर्तामा उपभोक्ता समिति गठनको विषयलाई लिएर विवाद चर्किएको छ ।     उपभोक्ता समिति गठन गर्नको लागि सम्बन्धित वडा सचिवले मिति र समय तोकी सार्वजनिक सूचना जारी गर्नुपर्ने र सो दिन सरोकारवालाहरू भेला भई उपभोक्ता समिति गठन गर्नुपर्ने व्यवस्था भएपनि राजनीतिकरूपमा दबदबा बनाएका व्यक्तिहरूको दबाबमा उपभोक्ता समिति गठन भएकोले विवाद भएको बताइएको छ ।     सो वडाका सचिव हरेराम चौधरीले  सभासद् विचारी यादव आपैंmले कागजीरूपमा उपभोक्ता समिति गठन गरेर आफूसँग हस्ताक्षर गराएको र त्यसको एक महिनापछि मधेसी जनअधिकार फोरम पर्साका अध्यक्ष प्रदीप यादवले पनि अर्को उपभोक्ता समिति दबाबमा गठन गराएको बताएका छन् । सभासद् यादवले आफूखुशी उपभोक्ता समिति गठन गरी हस्ताक्षर गर्न ल्याउँदा आफू नमानेपछि दबाब दिएको वडा सचिव चौधरीले बताए । उनले सभासद्ले आफूखुशी उपभोक्ता समिति बनाएपछि अर्को पक्षले पनि आफूलाई दबाबमा पारी अर्को उपभोक्ता समिति गठन गरेको कारण विवाद भएको प्रस्ट्याए ।     प्रसौनी बिर्तामा संसदीय कोषबाट रु.१५ लाखको लागतमा शौचालय निर्माण, त्यसैगरी १०/१० लाखको लागतमा ग्रेभल

सहमतीय सरकार : अधिनायकवादी सूत्र

Image
ओमप्रकाश खनाल     प्रमुख राजनीतिक दलका स्वयंसेवी टोली भूकम्प प्रभावित क्षेत्रमा घरटहरा निर्माणमा जसरी सक्रिय छन्, तिनैमध्ये केही पार्टीका माउ नेता राजधानीमा राष्ट्रिय सहमतिको सत्ता कसरतमा त्योभन्दा बढी तल्लीन छन् । नेकपा एमाले र एकीकृत नेकपा माओवादीले सत्ता परिवर्तनलाई भूकम्पबाट नराम्ररी हल्लिएको नेपाली जनजीविका सम्हाल्ने योजनाको प्राथमिक सर्त मानेको छ । र, त्यही सहमतीय टेकोमा ६ महिनाभित्र संविधान जारी गरेर राजनीतिक सङ्क्रमण सल्ट्याउने उपाय उनीहरूले अघि सारेका छन् ।     तर विपत्तिपछिको पुनर्निर्माणको आवरणमा सत्तापरिवर्तनको दौडमा लागिपरेका पार्टीहरू अधिनायकवादतिर उन्मुख भइराखेका देखिन्छन् । एकीकृत माओवादीले सार्वजनिक गरेको १० वर्षे सत्तासाझेदारीको खाकाले यसको छनक दिन्छ । प्रचण्ड राष्ट्रपति, केपी ओली प्रधानमन्त्री, बाबुराम भट्टराई पुनर्निर्माण प्राधिकरणको प्रमुखलगायतका प्रस्ताव पुनर्निर्माणका नाममा अधिनायकवाद लाद्ने योजनाको प्रस्थानबिन्दु प्रतीत भइराखेको छ । एक दशकको सत्तासाझेदारी लोकतन्त्रको कुन मान्यताभित्र पर्दछ ? कसरी र कुन आधारमा दलहरूको हैसियत अनुमोदन हुन सक्छ ? मौजुदा जनमतको धरा

बुद्धिमान मात्र होइन, संवेदनशील पनि बनौं

    भौतिक उपलब्धिहरू जति नै महत्त्वपूर्ण किन नहोस्, त्यो तबसम्म उपयोगी सिद्ध हुँदैन, जबसम्म त्यसमा सृजनात्मक प्रवृत्तिहरू जोडिंदैनन् । ध्वंसमा प्रयुक्त हुने साधन त सामूहिक विनाशको कारण बन्दछ । आगो भोजन पकाउन, मशिन चलाउन तथा अन्यान्य कार्यहरूमा प्रयुक्त हुन्छ । सृजनको दिशामा आगोको प्रयोग मानवमात्रको लागि उपयोगी बन्दछ । ध्वंसमा प्रयुक्त भएमा त्यही आगो केही क्षणमैं दावानलको स्वरूप ग्रहण गरेर अगाध सम्पत्ति नष्ट गर्दछ । रचनात्मक कार्यहरूमा त्यही एक वस्तु उपयोगी बन्दछ भने ध्वंसमा त्यही वस्तुले आफ्नो विनाशलीला देखाउँछ ।     मानवीय व्यक्तित्वको विश्लेषण गर्दा त्यसमा दुई प्रवृत्तिहरू पाइन्छन् । बुद्धिको योगदान त दुवैमा हुन्छ । तर, एकको साथमा संवेदना जोडिएको हुनाले रचनात्मक बनेर मानवमात्रको लागि उपयोगी बन्दछ । त्यही अर्को प्रखर भएर पनि संवेदनारहित भएकोले स्वार्थी एवं सड्ढीर्ण बनेर सड्ढट खडा गर्दछ ।     महत्त्व उपलब्धिहरूको होइन, त्यससँग जोडिएका उद्देश्यहरूको हो । आदर्शहरू एवं सिद्धान्तहरूका लागि प्रयुक्त हुने साधन नै मानव विकासको आधार बन्दछ । त्यो अल्प नै किन नहोस्, तर महत्त्व त्यसको नै हुन्छ, ज

२०७२ जेठ १६ गतेको प्रतीक दैनिक

२०७२ जेठ १६ गतेको प्रतीक दैनिक

२१ जना भरिया एसएसबीको फन्दामा

Image
प्रस, वीरगंज, १५ जेठ/     नेपाल–भारत सीमाबाट ठुलो परिमाणमा तस्करी भइरहेको खबर पुष्टी भएको छ  । भारतीय सीमा सुरक्षा बल (एसएसबी) मुसहर्वा–महदेवाले  विहीबार राती कपडासहित २१ जना तस्करहरूलाई पक्राउ गरे पछि सो कुरा पुष्टी भएको हो ।     भारतबाट नेपाल भित्र्याउने क्रममा सूचनाको आधारमा एसएसवीले राति १ बजे बाराको ब·री नदीबाट १८ पोका कपडासहित २१ जना तस्करलाई पक्राउ गरेको जनाएको छ ।     पक्राउ पर्नेमा वीउमनपा–१९ इनर्वाका नकछेद दास, श्रीकिशोर साह, राजकिशोर साह, चन्देश ठाकुर, उत्तम राम, इसरायल देवान, विजय साह, हासिम मियाँ, वीरगंज नगवाका नागेन्द्र राम, अजय कुमार, बारा बलिरामपुरका हरि साह, नौसाद अली, मुस्ताक अली, मो. अबुलेस हुसेनलगायत २१ जना रहेका भारतीय सीमा सुरक्षा बल बिओपी मुसहर्वाका इन्चार्ज सुनील सिंहले जानकारी गराए । पक्राउ परेका तस्करहरू गएराति साइकलमा कपडा लोड गरी बाराको मटिअर्वा नाकाबाट छिराउने क्रममा पक्राउ परेका सिंहले जनाए । एसएसबीले तस्करहरूको स्कर्टिङ गरिरहेका बीआर ०५ एस ५१६४ र बीआर ० एल जिएक्स ४५३६ नं.को दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ । तस्करहरूले भारतीय बजारबाट सामान खरिद गरी कल

कारागारबाट मुक्त कैदीबन्दीहरूमा हर्षविभोर

Image
प्रस, परवानीपुर, १५ जेठ/     वीरगंज कारागारमा १० वर्षको लागि कैदसजाय भुक्तान गरिरहेकी मकवानपुर, हेटौंडा–६ कि पार्वती गोलेको लागि आजको दिन अविस्मरणीय बनेको छ । आज बिहानैदेखि उनको मुहारमा चमक देखिन्थ्यो ।     हिजैदेखि उनी गणतन्त्र दिवसको अवसरमा छोडिने कैदीबन्दीहरूको सूचीमा परेकीले गएराति रातभरि राम्ररी सुत्न पाएकी थिइनन् । जब उनको नाम निश्चित भयो, उनी निकै खुशी भइन् । उनी आज परिवारका सदस्यसँग आफ्नो घर हेटौंडा फर्केकी छिन् । उनलाई लिन वीरगंज कारागारमा उनकी भाउजू अस्मिता गोले बिहानै १० बजेदेखि कारागारको मूलगेटमा प्रतीक्षामा बसेकी थिइन् । उनलाई जिम्मा लगाएर घर पठाउँदाको दृश्य निकै भावुक थियो । सबै कैदीबन्दीहरू उनीसँग अँगालो मारिरहेका थिए । खुशी साटासाट गरिरहेका थिए । १० वर्षको कैदसजाय पाएकी पार्वतीले ५ वर्ष काटिसकेकी थिइन् । आचरण राम्रो भएको आधारमा उनलाई आममाफी दिइएको हो ।     त्यस्तै, आज गणतन्त्र दिवसको अवसरमा कैदीबन्दीको सजाय माफ हुनेमा बारा ,भगवानपुर पटेर्वा–५ कि धन्मन्ती देवीलाई लिन आएको उनको छोरा सन्तोष सिंहको आँखा खुशीको आँसुले भरिएको थियो । आमाछोराको भेटपछि दुवैजना भकानिंदै एकछिन र

छोरीप्रतिको व्यवहार

शीतल गिरी     पोहर साल मैले चिनेको महेशकी जवान छोरी माधुरीले आत्महत्या गरेकी थिई । माधुरी आमाबुबाकी एकमात्र छोरी थिई ।     महेशको जीवनीको सम्पूर्ण आकाङ्क्षाहरू उसैमा केन्द्रित थियो । कतै आफ्नो नियन्त्रणभन्दा बाहिर नजाओस् यही सोचेर उसले युवा पुस्तामा उक्लेकी माधुरीलाई कठोर नियन्त्रणमा राख्न थाल्यो । माधुरीले बाल्यकालमा प्रशस्त माया पाएकी थिई, अत: यस्तो नियन्त्रणलाई स्वीकार्न सकिन । खुकुलोपन चाहन्थी त आमाबुबाले गाली गर्थे, विद्रोह गर्न खोज्दा पिट्ने गर्थे ।     बिस्तारै बिस्तारै माधुरीको आक्रोश र चिन्ताले गर्दा कठोर नियन्त्रणबाट छुट्कारा पाउन यो गलत प्रक्रिया उसले अपनाउन पुगिन् । हाम्रो समाजमा परम्परा नै बनिसकेको छ कि छोरीप्रति आवश्यकताभन्दा बढी शड्ढा र चियोचर्चा गर्ने । तेर्‍ह वर्ष कटेको अवस्था नै यस्तो हुन्छ । युवतीहरू कल्पनाको संसारमा विचरण गर्छन् र आफू आपैंmलाई हिजोभन्दा धेरै महत्त्वपूर्ण सम्झिन्छन् । आमाबुबाले भनेको कुराप्रति वास्ता नगर्नु, आफ्नै ख्यालमा हराउनु अथवा ससानो कुरामा अति गम्भीर या उत्साहित हुनु साधारण लक्षण हो । छोरीलाई सम्पन्न घरमा विवाह गरी पठाउने चाहना बोकेका आमाबुबाह

जहाँबाट पाण्डवहरूको अज्ञातवास शुरू भएको छ

Image
सञ्जय साह ‘मित्र’     लोकोक्ति र जनविश्वास जति सबै निराधार हुँदैनन् । अब त लोकोक्ति र जनविश्वासलाई सामाजिक सम्पत्ति पनि मानिन थालिएको छ । अझ यस्ता किसिमका जनविश्वासहरूको सम्बन्ध जब पौराणिककालसित जोडिन्छ, तब त्यसले बढाउने कौतूहल कैयौं गुणा बढ्छ ।     रौतहटको समनपुरलाई ऐतिहासिक स्थल, लडैया समनपुर, कान्तिपुर–पाटलीपुत्र व्यापारिक मार्गको विश्रामस्थल आदिको परिचय रहेको छ । अझ यस स्थलको परिचय महाभारतसित रहेको सुन्दा समनपुरको ऐतिहासिकता, पौराणिकता र पुरातात्त्विकताप्रति चासो स्वाभाविक बढ्छ ।     चर्चाबाट गुमनाम बनेको समनपुरको विशिष्टता केही पनि छैन भन्दा पनि यसले आफ्नो गर्भमा लुकाइरहेको सम्पत्तिको चमकले आँगनलाई आलोकित पारिरहेको धेरैले देखिरहेका छन् । आलोकलाई सबैले देख्न सकिरहेका छैनन् । जसले देखिरहेका छन्, उनीहरूले नदेख्नेका लागि पुष्टि गर्न सकिरहेका छैनन् । यसका लागि प्रमाणहरू आपैंm बोल्दैनन् र जे बोलिरहेका छन्, उसको बोली वा भाषा बुझ्ने प्रयास कसैले गरिरहेका छैनन् । यही असमञ्जसमा दिवसहरू कटिरहेका छन् ।     हो, पाण्डवहरूको बाह्र वर्ष पनि यसैगरी बिते । अज्ञातवासको समय आयो । समनपुरवासीको विश्व

वीरगंज अब कस्तो हुने– २

Image
चन्द्रकिशोर हामीले ठूलो भूकम्पको झट्का बेहोरेको एक महिना नाघिसक्यो । अन्य शहर र गाउँजस्तै यहाँका पनि धेरै मानिस आत्तिएका थिए । कति बालबालिकाको मानसिकता त त्रासका कारण अझै बिथोलिएको छ, त्यसको पुष्टि विद्यालयहरू दोस्रोपटक सञ्चालनमा आउँदा देखा परिराखेका छन् । अन्य क्षेत्र र पेसाका मानिसहरू पनि लामो समयसम्म ढुक्क हुन सकिरहेका थिएनन् । बिस्तारै स्थिति सामान्य बन्दै गएको छ । वीरगंजमा भूकम्पको त्रास सकिसकेको भए तापनि आआफ्नो बासस्थल सुरक्षित छ कि छैन भन्ने चासो थपिएको छ । विभिन्न माध्यमबाट सूचना आइराखेको छ, भूकम्प त एउटा प्राकृतिक प्रक्रिया हो र यसबाट बच्न पनि सकिन्छ । भूकम्पबाट बच्नका निमित्त अरू जे जति जुक्ति निकाले पनि असी प्रतिशत सुरक्षा चाहिँ भवनमैं निर्भर हुन्छ । त्यसैले सुरक्षित भवन नै बच्ने सबैभन्दा बलियो उपाय हो । चाहे सरकारी होस् वा निजी, ती घरहरू भूकम्पप्रतिरोधी छन् कि छैनन् भनेर हेर्नुपर्ने भएको छ ।     विज्ञहरू भन्छन् कम दूरीमैं माटोको विभिन्नताले भूकम्पको बेला फरक–फरक व्यवहार देखाउँछ । अत: माटोको प्रकार र अवस्थितिअनुरूप फरकफरक प्रकारका घरहरूको निर्माण उपयुक्त हुन्छ । यस जानकारी

भूकम्पमा पनि राजनीति: सेवा कम देखावटी बढी

Image
वैद्यनाथ ठाकुर     महाभूकम्प गएको आज जेठ १५ गते  एक महिनाभन्दा बढी बितिसकेको छ । हालसम्म पनि भूकम्पले गरेको धनजनको क्षति भएका ठाउँहरूमा अझै उद्वार टोली पुगिसकेको छैन । गाउँ–गाउँमा भत्किएको भग्नावशेषभित्र च्यापिएर मरेका मानिस तथा चौपायाको शव झिक्न नसकेको हुनाले बस्नै नसक्ने गरी गन्हाउन थालेको छ । बेमौसमी वर्षाले झन् विपत्तिलाई बढाइदिएको छ । गाउँमा झाडापखालाको प्रकोप दुर्गम क्षेत्रका भूकम्प प्रभावित क्षेत्रमा शुरु भइसकेको छ । एकथान त्रिपालसमेत ओत लाग्न नपाएको भूकम्प पीडितहरू यति बेला एक पुडिया जीवनजल नपाएर मृत्युसँग जुझिरहेका छन् । लगाएको लुगाबाहेक अरू केही पनि छैन । संसार नै घरसँगै भत्केको खण्डहरभित्र पुरिएको छ । नेपालकै इतिहासमा सबैभन्दा ठूलो विपत्ति यति बेला नेपालीहरूको जीवनमा आइपुगेको छ । छिमेकी देश भारत र चीन यस विपत्तिको समयमा नेपाललाई चाहिएको सबै प्रकारको सहयोग गर्न तयार रहेको पटक–पटक बताइरहेका छन् । मुलुक दशकौं पछि परिसक्यो । विनाशकारी भूकम्पले मुलुकलाई तहसनहस गरिसकेको छ । यति बेला मुलुकको अगुवाइ गर्ने राजनीतिक पार्टीहरू जो उद्वार, राहत र पुनर्निर्माणमा एकजुट भएर लाग्नुपर्ने हो

भूकम्पको असर

    भुइँचालो आयो र गयो । आयो र गयोको सन्दर्भ ठूलो भुइँचालोसँग मात्र सम्बन्धित हो । साना भूकम्पहरू ५ रेक्टर स्केलसम्मका त आई नै रहेका छन् । यिनले ठूला भूकम्पले ध्वस्त पारेकाबाहेक कमजोर बनाइदिएको मानव मात्र होइन, प्राकृतिक संरचनाहरूलाई पनि थर्काएर ध्वस्त पार्दैछन् । प्राकृतिकरूपमा हाम्रा पहाडहरू अहिले भूकम्पका झट्काले गर्दा निकै कमजोर भएका छन् । सुक्खा पहिरो जाने त्यसैको प्रतिफल हो । म्याग्दी जिल्लामा कालीगण्डकीमा पहिरो गएर नदीको प्रवाह थुनिंदा झन्डै बस्ती बगाउने खतरा उत्पन्न भएको थियो । ठूलो भूकम्पले हल्लाइदिएको नेपालको धर्तीलाई भूकम्पका परकम्पहरूले थिलथिलो पार्दैछन् । पहाडी क्षेत्रका थुप्रै पुराना बस्ती, गाउँ अहिले बसोवासका लागि अनुपयुक्त देखिएका छन्् । भूकम्पको धक्काले पहाडका गाउँबस्तीमा जमीनमा धाँजा पर्न थालेको छ । कसैका खेतबारी त कसैका घरआँगन चिरिएर एउटाबाट दुई र तीन भएका छन् । घरवास त सिद्धियो नै, भोलिका लागि ओत लाग्ने सुरक्षित धरातल पनि खोसिंदै छ । आज कोही पनि आफ्नो थातथलोमा बस्न तयार छैनन् । विस्थापित भएका छन्, शरण खोज्दै हिंडेका छन् ।     माथि वर्णित भूकम्पको असर प्रकृतिप्रदत्त

२०७२ जेठ १५ गतेको प्रतीक दैनिक

२०७२ जेठ १५ गतेको प्रतीक दैनिक

सामाजिक संस्थाको लापरवाहीले साक्षरता अभियान असफल बन्दै कक्षा सञ्चालन नगर्ने दुई सामाजिक संस्थामाथि कारबाई

Image
प्रस, वीरगंज, १४ जेठ/     जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकको नेतृत्वमा गएको अनुगमन टोलीले दुई सामाजिक संस्थालाई कारबाई गरेको छ ।     साक्षरता अभियान सञ्चालनको बेला कक्षा सञ्चालन नगरेको भन्दै श्री राष्ट्रिय बाल विकास महिला कल्याण संस्था नेपाल र उद्यम नेपाल संस्थालाई जिशिअ रजकले ठाउँमैं कारबाई गर्दै निरीक्षक, सहजकर्ताको नियुक्तिसमेत रद्द गर्दै पैसा फिर्ता गर्न माग गरेका थिए । पर्सामा साक्षरता अभियानमा अनियमितता भएको समाचार प्रकाशमा आएपछि सक्रिय भएको अनुगमन टोलीले कक्षा सञ्चालनका लागि चेतावनीसमेत नदिई कारबाई नै गर्न थालेको छ ।             साक्षरता कक्षा सञ्चालन भए–नभएको अनुगमन गर्न आपैंंm जिल्ला शिक्षा अधिकारी टोलटोलमा पुगी बुझ्ने कार्य गरिरहेका छन् ।     जिल्ला शिक्षा कार्यालयबाट कक्षा सञ्चालनको लागि जिम्मेवारी पाएका सामाजिक संस्थाहरूले गैरजिम्मेवार तरिकाले कम गरिरहेको अनुगमनको क्रममा भेटिएको थियो । सामाजिक संस्थाहरूले अहिलेसम्म तोकिएको कक्षा केन्द्रमा स्टेशनरी वा सम्बन्धित व्यक्ति उपलब्ध नगराई झूटो तथ्याड्ढ बनाई जिल्ला शिक्षा कार्यालयमा पेश गरेको पाइएको छ । तर यस विषयमा जिशिअ एक्ल

भूकम्पले विद्यालय भवन चर्कंदा, अध्ययनमा कठिनाई

Image
प्रस, वीरगंज, १४ जेठ/     सबैठवा गाविसको श्री नेरानिमावि भूकम्पको कारण भत्केपछि अध्ययन–अध्यापनमा समस्या परेको छ ।     २०१४ सालमा स्थापना भएको तथा २०५० सालमा निर्माण भएको भवन गत वैशाखमा आएको भूकम्पको कारण चर्केपछि विद्यार्थीहरू कक्षाकोठामा बस्न मानेका छैनन् । विद्यालय अहिले नजिकै रहेको गाविस भवनमा स्थानान्तरण गरिएको छ । विद्यालयका प्रअ अब्दुल्लाह मियाँका अनुसार सो भवन पूर्णरूपले क्षतिग्रस्त भएको छ । यस विषयमा जिल्ला शिक्षा कार्यालय पर्सामा लिखित जानकारी समेत गराएको उनले बताए ।     गाविस भवनमा सारिएको कक्षा कोठाहरू हटाउन गाविस सचिवले पटक–पटक ताकेता गरिरहेको मियाँ बताउँछन् । गाउँमा अर्को सार्वजनिक भवन नरहेको कारण विद्यार्थीहरूको अध्ययनमा समस्या परेको प्रअ मियाँको भनाइ छ ।

के हो यो पाँचौं विश्व ?

Image
विश्वराज अधिकारी     हामी एउटै आकाशमुनि बस्छौं । चारैतिर फैलिएको एउटै हावा हामी सबैले श्वासप्रश्वासका लागि प्रयोग गर्छौं । सूर्यले बिना भेदभाव हामी सबैलाई एकै किसिमको प्रकाश दिन्छ, त्यसको हामी सबैले समान किसिमले उपभोग गर्छौं । यस अर्थमा हामी सबै एउटै ग्रहका प्राणी हौं । एउटै ग्रह, पृथ्वीमा हामी सबै बस्छौं । तर व्यवहारमा भने हामी एउटै पृथ्वी वा संसारमा बस्दैनौं । हामी बस्ने संसार फरकफरक छ । आर्थिक हैसियत, अवस्था र वातावरण आदिको  आधारमा हामी फरकफरक संसारमा बस्छौं । परम्परागत रूपमा हामी बस्ने संसारलाई चार किसिमले विभाजित गरिएको छ । पहिलो, दोस्रो, तेस्रो र चौथो गरी यो संसारलाई चार संसारमा विभाजन गरिएको छ ।      पहिलो संसार त्यो हो, जुन संसारका देशहरूमा स्थिर सरकार हुन्छ । सरकार जनउत्तरदायी मात्र होइन, सरकारका संयन्त्रहरू सामान्य जनताको निर्देशन र नियन्त्रणमा हुन्छ । जनताले दिएको करलाई सरकारले सदुपयोग गर्छ र जनताले कर दिएकोमा आभार व्यक्त गर्छ । सरकार र त्यसमा रहेका नेता एवं कर्मचारीहरू आफूलाई देश र जनताको सेवक हुँ भन्ने अनुभूति हरदम मनन गर्छन् र त्यसै अनुरूप जिम्मेवारी र कर्तव्य निर्वाह प

भूकम्पसँगै आर्थिक असन्तुलनको खतरा

Image
शीतल महतो     यतिखेर महाभूकम्पको विध्वंसले सि·ो मुलुक असहनीय पीडा र वेदनाबाट गुज्रिरहेको छ । पृथ्वीको यो विप्लवी हलचल र त्यसबाट उत्पन्न अकल्पनीय त्रासदीका कारण नेपालमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । भूकम्पमा परेर अहिलेसम्म साढे आठ हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने अर्बौं रुपियाँ मूल्य बराबरको सम्पत्ति पनि नष्ट भएको छ । भूकम्पबाट पीडित लाखौं मानिस पाल टाँगेर बस्न बाध्य भएका छन् भने वृद्ध, बालक, सुत्केरी लगायत सबै घर छाड्न विवश भएका छन् । करोडपति भन्नेहरूले पनि हेर्दाहेर्दै सडकमा रात गुजार्नुपर्ने अवस्था सृजना भएको छ । गाउँ बस्ती उजाड भएका छन् । भूकम्पमा परेर पुरातात्त्विक महत्त्वका धरोहरहरू मात्र भत्किएनन्, ऐतिहासिक महत्त्वका सम्पदाहरू पनि क्षणभरमै ध्वस्त भएका छन् । उद्योगधन्दा ठप्प भएको छ भने बजार पनि प्राय: बन्दकै अवस्थामा छ । हरेक पसलमा हप्तौसम्म ठूल्ठूला ताल्चा झुन्डिए, जुन अझै पनि जारी छ । बाँचेकाहरू पनि फेरि अर्को भूकम्प आउला भनेर त्रसित भएर बाँच्न विवश छन् । भूकम्पले सृजना गरेको यस्तो कहालीलाग्दो दृश्यबारे मुलुकमा अहिले धेरै चर्चा–परिचर्चा भइरहेको छ । तर यो लेखमा वैशाख

आर्थिक विकासको आधार र जनशक्ति

वीरेन्द्र यादव     नेपाल आर्थिक विकासको पूर्वाधारले  ेभरिपूर्ण मुलुक मान्न सकिन्छ । विश्वका विकासको गति नियाल्ने हो भने गरिबीबाट विकसित भएका मुलुकहरूको साधनस्रोत नेपालभन्दा खासै फरक देखिंदैन । नेपाल १,४७,१८१ वर्गकिलोमिटर क्षेत्रफल भएको मुलुक हो, जुन विश्व कै ४५ औं ठूलो राष्ट्र हो । विश्वभर पाइने हावापानी पनि यहीं पाइन्छ । यहाँ वर्षा पनि प्रशस्त हुन्छ । भूमि उर्वर भएकोले कृषि उत्पादनको पनि सम्भावना उतिकै छ । खाद्यान्न उत्पादनको अवस्था राम्रै भए पनि लगभग तीन दर्जन जिल्ला खाद्यान्न अभावको मारमा परेको यर्थाथ पनि हो । पर्यटकीय दृष्टिले पनि नेपालको कुनै भाग कमजोर छैन । खनिज तथा इन्धन र ऊर्जाको स्रोत पनि कम छैन । जल भण्डारमा त विश्वकै दोस्रो स्थानमा छ । तर पनि विकास हुन सकेको छैन । यसबाट के भन्न सकिन्छ भने विकासको पूर्वाधार मात्र हुँदैमा विकास सम्भव छैन । विकासको लागि केही आवश्यक कुरामा ध्यान जानुपर्छ । पहिलो हो दक्ष जनशक्ति । जसरी एउटा शिक्षित व्यक्तिले आफ्नो परिवारको विकास गर्न गर्छ, त्यसैगरी दक्ष जनशक्तिले विकास सम्भव छ । जापान, दक्षिण कोरिया, फिनल्यान्ड आदि मुलुकले दक्ष जनशक्तिको भरमा विक

भूकम्प व्यवस्थापन तथा प्रभाव न्यूनीकरण

Image
ई. गोपाल श्रेष्ठ     भूकम्प हाम्रो नियन्त्रणमा छैन । यो हाम्रो शैतान पाहुना हो । जसले भूकम्पको अनुभव गरेको छ, ऊ भूकम्प आयो भन्ने बित्तिकै अतालिन्छ । कारण भूकम्पको अनुभव सधैं दु:खदायी हुन्छ, पीडादायी हुन्छ । हाम्रो देशमा गत २०७२ साल वैशाख १२, १३ र २९ गते भूकम्प गयो । पराकम्पन प्राय: प्रत्येक दिन गइरहेको छ । जेठ ११ सम्म २६६ पराकम्पन गइसक्यो । दिउँसोको भूकम्पले त मान्छे त्यति नअतालिएला, तर रातिकोले त एकदमै अत्याउँछ । कारण, मान्छे मस्त निद्रामा हुन्छ । गत जेठ ९ गते राति १० बजेर २६ मिनट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ रेक्टरको भूकम्प गयो । यो सानो स्केलको भएकोले त्यति भयावह भएन । तर वैशाख १२ को जस्तो ७.९ रेक्टरको भूकम्प भए त प्रलय नै ल्याइदिन्थ्यो । वैशाखको ३ वटा ठूलो भूकम्प र त्यस बीचको २६६ वटा पराकम्पनले ८,६२९ जना मान्छेको ज्यान लिइसकेको छ भने २१,९५२ जना मान्छेलाई घायल बनाई बिचल्लीमा पारेको छ । यी भूकम्पबाट २० लाख मान्छे नराम्ररी प्रत्यक्षरूपमा प्रभावित भएका छन् भने थप ६० लाख मान्छे परोक्षरूपमा भए पनि प्रभावित भएका छन् ।     हाम्रो देशमा विक्रम संवत् १९९० मा अहिलेसम्मकै सबैभन्

...कनपटी में सेनुर

    भोजपुरी भाषामा एउटा उखान छ–बेमन के बियाह, कनपटी में सेनुर । यस उखानको आशय आफूलाई मन नलागेको काम गर्दा बेकाइदा हुन जान्छ । तर यस भनाइको गुढार्थ पनि हुन्छ । बल जबर्जस्ती कसैको कुनै केटीसँग विवाह गराइँदा देखा पर्ने उदासीनतामा सिउँदोमा हाल्नुपर्ने सिन्दुर कन्सिरी (कनपटी) मा लाग्न पुग्छ । बिहे गर्ने केटोको आशक्ति अन्य कुनै केटीमा भएको आभास यस उखानले दिन्छ । भोजपुरी उखान यहाँसम्म त ठीक छ, तर नेपाल सरकारको कुनै पनि कामकारबाई भने कनपटी में सेनुरसम्म मात्र ठीक, अर्थात् आधा ठीक छ । सरकारी निकायहरूको त्यस केटाजस्तो दोस्रो अपेक्षा हुँदैन । उनीहरूलाई कुनै पनि काम गर्न मन पर्दैन । यो काम वा त्यो कामसँग मतलब छैन । सरकारी निकाय र कर्मचारीहरू सबै काम ‘बेमन के बियाह’ जस्तै गर्छन् । त्यसैले नेपालीमा परापूर्वकालदेखि उखान प्रचलित छ– राजाको काम कहिले जाला घाम । यी सरकारी कर्मचारीहरूलाई यो पनि थाहा हुँदैन कि अब देशमा राजा छैन, जनताकै राज्य छ । अर्थात् अब कर्मचारीहरूले राजाको काम गर्नुपरेको छैन, आफ्नै काम गर्नुपरेको छ । आफैंले मन पराएकी केटीसँग बिहे भएको छ । तर पनि कनपटीमा सिन्दुर किन ?     हो, पर्सा जिल्