सञ्जय साह ‘मित्र’
हेटौंडाका मित्र राम अविकासले उपलब्ध गराएको कविता कृति ‘हल्ला’ मैले पढ्न खोजिरहेको कृति थियो। छापिएको दुई महिना नबित्दै युवा कवि छवि अनित्यको पहिलो कृति हल्लाले दोस्रो संस्करण निकालेपछि यसलाई पढ्ने चाहनालाई झन् चुल्याएको थियो। तैपनि आचार्य चतुरसेनको हिन्दी उपन्यास गोली पढिरहेकोले हल्ला पढ्न केही ढिलो भयो । कवि निमेष निखिलको काव्यकृति शोकगीतको पोस्टमार्टम पढिसकेर लगत्तै हल्लालाई हातमा उठाएँ। मझौला आयामका कविता लेख्ने छवि अनित्य समसामयिक विषयवस्तुलाई टपक्क टिपेर गद्यकाव्यको रूपमा आफ्नै शैलीमा प्रस्तुत गर्ने नवीन दृष्टिकोण कविलाई मैले दशकपहिलेदेखि चिनेको छु। मकवानपुरको एउटा निवर्तमान गाविस ग्रामीण परिवेशमा हुर्केर हेटौंडा उच्च शिक्षा हासिल गरेका अनित्यको वास्तविक नाम छविलाल श्रेष्ठ हो। बाल्यकालदेखि नै उम्दा कविताको सिर्जना गर्ने अनित्यको कविताले बेलामौका निकै चर्चा पाउने गरेको छ। फुटकर कविताकै माध्यमले समसामयिक काव्यपाठकबीच आफ्नो परिचय स्थापित गरिसकेका अनित्यको हल्ला निकै कम समयमा दोस्रो संस्करण प्रकाशित गर्ने काव्यकृतिमा पर्नु उनको पहिलो कृतिको दृष्टिले निकै महत्त्वपूर्ण हो।
उही आयामका चार दर्जन कविता अटाएको हल्लाको पहिलो र दोस्रो गरी दुवै संस्करणमा कविताको सङ्ख्या र कविताको अन्तर्वस्तुमा हेरफेर गरिएको छैन। अक्षर प्रकाशन हेटौंडाले भने केही कुरा थपेको छ। केही युवा मिलेर व्यावसायिकरूपमैं कृति प्रकाशन गर्ने उद्देश्यले दर्ता गरेको प्रकाशनको यो कृतिले राम्रै चर्चा पाएपछि प्रकाशनको पनि प्रतिष्ठा बढेको छ। आख्यानात्मक कृतिले त्यो पनि स्थापित लेखकका आख्यानात्मक कृतिले मात्र चर्चा पाइरहेको अवस्थामा कहिल्यै विज्ञापनमा नआएको कविता कृति र कहिल्यै बजारमा नसुनिएको प्रकाशनको कृति गरी दुईथरी नवीनतालाई एकैपटक पाठकहरूमाझ मान्यता दिलाउनु चानचुने कुरो भने होइन।
हल्लामा अटाएका कविताहरू नौलो विषयवस्तुमा र नौलो दृष्टिकोणमा लेखिएका होइनन्। अरू कविका कवितामा जस्तै समसामयिक विषयवस्तु रहेका छन्। तर कविको प्रस्तुति शैली बेजोडको रहेको छ। विषयवस्तुको संवेदनशीलतालाई यसरी मौलिकतापूर्वक प्रस्तुत गरिएको छ कि कतिपय ठाउँमा अन्तस्चेतनालाई समेत जगाउँछ। सामान्य मनोविज्ञानलाई प्रभावित पार्ने किसिमले कतिपय विषयवस्तुको प्रस्तुति कविले गरेका छन्। सामाजिक वृत्ति, विकृति, राजनीतिक विकार, मानिसका चाहना र गर्न नसकेका कतिपय यथार्थ, अरूलाई गल्ती देखाउने र आफ्नो गल्ती नदेख्ने प्रवृत्तिजस्ता मानवीय र नेपाली परिवेशका सोचाइको साँच्चिकै राम्रो किसिमले चिरफार गरिएको छ। यस कृतिको ओज बढाएका केही कविताहरूले कविलाई चिनाउन र उनको निजी परिचयलाई स्पष्ट पार्न निकै सहयोग गरेको देखिन्छ। पेसाले शिक्षक अनित्यका काव्यमा शिक्षणको छाप, शिक्षणका कमजोर पक्ष र शिक्षकको मनमा पेसाप्रति उब्जने भावलाई पनि बडो सुन्दर ढङ्गमा सजाउने काम भएको छ ।
कवितालाई जीवनको ऐना बुझ्नेहरूले हल्लामा अनित्यलाई सामान्यतया चिन्न मुश्किल पर्छ। लोकतन्त्रप्रति अगाध आस्थामात्र होइन, तीव्र असन्तुष्टि पनि आएको हल्लामा केवल मनको आवाजलाई शब्दको आकार दिइएकोजस्तो पनि अनुभूति हुन सक्छ। यो कृतिभित्रको आवाजमा मानवताको उच्च स्वर र पीडाको पहाडबाट कराएको क्रन्दन पनि सुनिन्छ। कहीं मन रमाएको पनि अनुभूति हुन्छ। कहीं मनलाई शान्ति पनि प्राप्त हुन्छ किनभने कविता भनेको सधैं असन्तुष्टि अभिव्यक्तिको साधन मात्र होइन। यस सङ्ग्रहले आशावादिताको नयाँ मार्गलाई काव्यको माध्यमले फराकिलो बनाएको छ। साँच्चिकै कवि अनित्यले एउटा कवितामा जन्माएर आमाले पछुताउनु नपर्ने भनेभैंm प्रकाशनले पनि यस कृतिलाई सार्वजनिक गरेर कविताका पाठकलाई गुन नै लगाएका छन् र कविताको किताब बिक्री हुँदैन भन्नेलाई विपरीततर्फबाट सोच्न बाध्य तुल्याएको पनि छ। काव्यको एउटा शक्ति पाठकलाई तान्ने पनि रहने हुनाले यसभित्रका अधिकांश काव्यले पाठकको मनलाई छोएको छ। आख्यानको क्षेत्रमा बलियो उपस्थिति बनाउँदै लगेको अवस्थामा पाठकले अनित्यको अर्को काव्यकृतिको अपेक्षा पनि राखेका छन्। आउँदा कृति अझ सरल शब्द शैली र उच्च कलात्मकतापूर्ण प्रस्तुति र नवीन विम्बका साथ उपस्थित होओस् भन्ने कामना।