निर्भय कर्ण
संसारमा स्वास्थ्यभन्दा ठूलो केही हुँदैन र शरीर यदि स्वस्थ छ भने सबैथोक राम्रो लाग्छ, मनलाई शान्ति प्राप्त हुन्छ तर यदि हामी अलिकति पनि बिरामी पर्छौं भने सम्पूर्ण संसार नै अधूरो लाग्न थाल्छ । त्यसैले स्वास्थ्यलाई सबैभन्दा ठूलो धन भनिएको हो । तर वर्तमान परिवेश र हाम्रो जीवनशैलीले मानिसलाई अस्वस्थ हुन विवश पारिदिएको छ । के यस अस्वस्थताका लागि हामीद्वारा निर्मित दूषित परिवेश र जीवन–शैली सर्वाधिक जिम्मेवार छैन ?
हामी आफ्नो परिवेशलाई यति दूषित पार्दै गइरहेका छौं कि जिउनु कठिन हुँदै गइरहेको छ र नयाँनयाँ बिमारीको जन्म भइरहेको छ जसले बिरामीहरूको सङ्ख्यामा प्रतिवर्ष तीव्र वृद्धि भइरहेको छ । यस्तो कुनै तत्त्व बाँकी छैन, जुन प्रदूषित हुनबाट जोगिएको होस्, त्यो हावा, पानी, भूमि होस् अथवा अन्य केही । प्रदूषण एउटा यस्तो कारक हो, जसले सबभन्दा बढी मानिसलाई बिरामी बनाइरहेको छ र प्राय: सबै बिमारीमा कारकको रूपमा यसको वर्चस्वलाई अस्वीकार गर्न सकिंदैन । अन्तरिक्ष एजेन्सी नासाको विश्लेषण अनुसार, दुनियाँभरिमा २१ लाख मानिस प्रदूषणका कारण कालको गालमा पर्दछन् । प्रदूषणको स्तर यस हदसम्म बढेको छ कि संयुक्त राष्ट्र सङ्घको इन्टर गभर्नमेन्ट प्यानल अन क्लाइमेट चेंज (आइपिसिसी) को रिपोर्टमा के दाबी गरिएको छ भने खतरा त बढिसकेको छ तर स्थिति अहिले पनि नियन्त्रणभन्दा बाहिर गएको छैन । खतरा कम गर्नका लागि ठोस पाइला चाल्नु जरुरी छ । यो रिपार्ट तयार पार्ने ९५ प्रतिशत वैज्ञानिक यस कुरामा सहमत थिए कि जलवायु परिवर्तनका लागि हाम्रो गतिविधि मात्र जिम्मेवार छ ।
हाम्रो जीवनशैली आधुनिकताको हावामा यस प्रकार बगेको छ कि यसमाथि प्रश्न उठ्न थालेको छ । आधुनिकताले विलासितालाई यस हदसम्म बढाइदिएको छ कि यसले मानिसलाई नराम्ररी आफ्नो पन्जामा लिएको मात्र छैन, सम्पूर्ण जीवनलाई नै सङ्कुचित पारिदिएको छ । हाम्रो शरीर अब पंखा, कूलर, एसीबिना काम गर्न सक्दैन । धेरै थोरै मानिसलाई यो थाहा होला कि एसी र रेडिएसनयुक्त अन्य उपकरणहरूले घरमा आक्सिजनको स्तर कम हुन्छ, जसको परिणाम हुन्छ साँस सम्बन्धी बिमारीको बोलबाला । घरमा फ्रिज एवं सुविधाजनक वस्तुको पहुँचले मानिसलाई यति सुकुमारी बनाइदिएको छ कि अब यी असुरक्षित चीजबिना जिन्दगी जिउनु नै असम्भव बन्दै गएको छ । यी नहुँदा मानिस आफूलाई असहज महसुस गर्न थाल्दछ । २०१३ मा विश्व स्वास्थ्य स·ठन र भारतको चण्डीगढ पिजिआई पल्मोनरी मेडिसन विभागद्वारा गरिएको एउटा अध्ययनमा के बताइएको छ भने शहरी क्षेत्रमा पैसिभ स्मोकिङ, इलेक्ट्रोनिक र रेडिएसन उपकरणका साथ घरमा हावाको निकास अथवा प्रवेश नहुने हुँदा साँस सम्बन्धी सङ्क्रमण बढेको छ र गाउँहरूमा बायोयुल (स्टोभ, चुलो) लाई यसको प्रमुख कारण मानिएको छ । यस अनुसार ३५ प्रतिशत मानिसको मृत्युको कारण असङ्क्रामक बिमारी (एनसिडी) थियो । एचएपी (हाउसहोल्ड एयर पोलुसन) लाई स्वास्थ्यको लागि
घातक ६७ प्रमुख कारकमध्ये एक मानिएको छ ।
अर्कोतिर घृणा, द्वेष, ईष्र्या, लोभले मानिसलाई आफ्नो पन्जामा लिएर यति तनाव सिर्जना गरिदिएको छ कि मानिसको आन्तरिक शान्ति विलुप्त भइसकेको छ । देखाउनका लागि मानिसको अनुहारमा मुस्कुराहट त अवश्य देखिन्छ तर भित्रभित्रै अत्यन्त अशान्त र गुम्सिएका हुन्छन् । एकअर्काभन्दा अघि बढ्ने प्रतिस्पर्धाले मानिसको सुख–चैन खोसेको छ जसको कारण मानिस बढी बिरामी पर्न थालेका छन् । प्रतिस्पर्धाको दौरान परिवर्तित जीवनशैली मानिसमा तनाव र स्वास्थ्य सम्बन्धी अप्ठेरोहरूको कारण बन्न पुगेको छ । यो प्रभाव निकै व्यापक छ । युवा वर्ग पनि तीव्र गतिमा हाइपरटेन्सन, मोटापा, अनिद्रा, चिनी आदि बिमारीको चपेटमा आइरहेको छ । तथ्याड्ढको हिसाबले हेर्ने हो भने भारतमा १९५० मा हाइपरटेन्सन ५ प्रतिशत, १९६० मा १२ प्रतिशत र २००८ मा ३० प्रतिशतसम्म बढयो र अनुमान छ कि २०३० सम्म भारतमा यिनको सङ्ख्या २१.५ करोडभन्दा माथि पुग्नेछ । अनियमित जीवनचर्या र भागमभागले भरिएको जिन्दगी कामकाजी युवाहरूको स्वास्थ्यका लागि अभिशाप साबित भइरहेको छ । राति अबेरसम्म जाग्नु र बिहान ढिलो उठ्ने बानीले हाम्रो पूरा जीवनशैलीलाई नै प्रभावित गरिदिएको छ ।
आज यस्तो परिस्थिति उत्पन्न भएको छ जसमा जटिल र तनावग्रस्त जीवनशैलीबाट जेलिएको मानिस न आफ्नो खानपानमा ध्यान दिन्छ न स्वास्थ्यको महत्त्वलाई नै बुझ्न सक्छ । दुनियाँमा यस्तो कुनै परिवार नहोला जसको घरमा मानिस बिरामी नहोस् । रोगीहरूको सङ्ख्यामा बढोत्तरीको कुरा गर्ने हो भने प्रतिवर्ष यसमा निकै वृद्धि भइरहेको छ र त्यसै अनुपातमा परिवारको उपचारमा खर्चको सीमाले पनि सम्पूर्ण रेकर्ड ध्वस्त गर्दै गइरहेको छ । भारतमा प्रत्येक वर्ष लगभग ४ करोड मानिस बिमारीका कारण गरीबीको दोहोरो प्रहार झेलिरहेका छन् । परिवारको सदस्यको उपचारका लागि खेतबारी, घर, गहनासम्म बेच्नुपर्छ । मानिसको जीवन–प्रत्याशा दरको कुरा गर्ने हो भने वर्तमान भारतमा औसत जीवन प्रत्याशा दर ६८.६ वर्ष छ भने सर्वोच्च औसत जीवन प्रत्याशा दर (८३ वर्ष) भएका मुलुकहरू जापान, स्वीटजरल्यान्ड, सैन मैरिनो छन् भने सबभन्दा कम (४७ वर्ष) सिएरालियोनको छ ।
यो एकदम सत्य कुरा हो कि एउटा स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्क निवास गर्दछ । जब हामी शारीरिकरूपमा स्वस्थ हुन्छौं भने हामीलाई मानसिक र सामाजिकरूपमा पनि स्वस्थ अनुभूति हुन्छ र हामी सफलतापूर्वक आफ्नो सबै काम पूरा गर्दछौं । त्यसैले यदि हामीले स्वस्थ रहनु छ भने सबभन्दा पहिले आफ्नो वातावरणलाई कुनै पनि अवस्थामा सफा र स्वच्छ राख्नुपर्छ र कुनै पनि अवस्थामा आफ्नो परिवेशलाई दूषित हुनबाट रोक्नुपर्छ । साथै आफ्नो जीवनशैली बदलौं, जति कमभन्दा कम हुन सक्छ विलासितका चीजहरू (एसी, कूलरजस्त उपकरण) को उपयोग गरौं । योग तथा व्यायामलाई प्रतिदिनको कार्यमा सामेल गरौं । एकअर्कालाई पछार्ने अनावश्यक प्रतिस्पर्धा नगरौं । स्वदेशी क्रियाकलाप अपनाऔं । आफ्नो जिन्दगीमा ती चीजहरूलाई सामेल गरौं जुन शरीरलाई स्वस्थ राख्न लाभप्रद हुन्छ । यस्तो गरे मात्र विश्व स्वास्थ्य दिवस (७ अप्रेल) को उद्देश्य सफल हुन सक्नेछ र हामी आफ्नो स्वास्थ्यप्रति सचेत भएर स्वस्थ जीवन व्यतीत गर्न सक्नेछौं ।