$type=ticker$count=12$cols=4$cate=0

महाभूकम्पको असर, पर्सामा एकजनाको मृत्यु

SHARE:

प्रस, वीरगंज, १२ वैशाख/
    आज बिहान ११:५५ देखि शुरु भएको भूकम्पले देशमा क्षति पुर्‍याए पनि अन्य जिल्लाको तुलनामा पर्सा जिल्लामा सामान्य क्षति पुर्‍याएको छ ।
    आएको भुइँचालोबाट वीरगंजलगायत ग्रामीण क्षेत्र केही समयको लागि त्रस्त बनेको थियो । घरबाट बाहिर निस्केर नगर तथा गाउँका मानिस सडकमा आएका थिए । जिल्ला प्रहरी कार्यालय पर्सा, सीमा सुरक्षा कार्यालय पर्सा तथा जिल्ला प्रशासन कार्यालय पर्सा अहिलेसम्म भुइँचालोबाट क्षति भए/नभएको अनुगमन कार्यमा जुटेका छन् । दैवी प्रकोप उद्धार समितिले पर्सा जिल्लाको हकमा भुइँचालोबाट भएको क्षति सड्ढलन कार्य शुरु गरेको जनाएको छ ।
    हामीलाई प्राप्त जानकारी अनुसार हरिहरपुर–५ निवासी ठाकुरप्रसाद कुर्मीको भुइँचालोको समयमा ज्यान गएको छ । गाउँमा पञ्चायती गरिरहेको बेला आएको भुइँचालोको डरले ह्दयाघात भई उनी लडेका र मृत्यु भएको इलाका प्रहरी कार्यालय, ल·डीले जनाएको छ ।
    भुइँचालोबाट घाइते भएका २० जनाभन्दा बढीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । पर्सा जिल्लाको हकमा सबभन्दा बढी निगरानीमा रहेको जिल्ला कारागारमा क्षति नभएको समाचार प्राप्त भएको छ ।
    भुइँचालो आएपछि नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका रोगीहरू र चिकित्सकहरू बाहिर आएका थिए । अधिकांश बिरामीको उपचार अस्पतालअगाडि चौरमा भइरहेको छ । अपरेसन थिएटरबाट भिस्वा–८ का उद्देश्य पटेलकोका पाँच वर्षीय छोरालाई अपरेसन पूरा हुनुअगावै अचेत अवस्था बाहिर निकालिएको थियो भने दुईजना महिलाको बाटैमा छेकबार गरी प्रसूति गराइएको थियो । अस्पताल स्रोतका अनुसार पर्सा जिल्लाका विभिन्न ठाउँमा पर्खाल तथा छतबाट कुदेर घाइते भएका व्यक्तिहरूको उपचार भएको थियो ।
    घाइते हुनेमा विन्ध्यवासिनीका राजमतीदेवी बरइन, पूजादेवी बरइन, अपौनीका गुलरिया देवी, अवधेश कुमार, बारा दहियार–३ निवासी शिवकुमार राम, उमजन–३ की फूलादेवी,
जगरनाथपुर–८ का ज·बहादुर श्रेष्ठ घाइते भएका र उनीहरूको उपचार नाउक्षेमा भइरहेको छ । भूकम्पका घाइतेहरूलाई मधेसी जनअधिकार फोरम नेपालले आज राहत वितरण गरेको छ ।
    मजफो नेपालका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा गएको टोलीले बिरामी तथा कुरुवालाई टेन्ट गाडी राहत वितरण गरेको थियो । राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेसमेत उपस्थित थिए ।
    भुइँचालोबाट अञ्चल प्रहरी कार्यालयको पर्खाल, विश्रामपुर–५ पिपराटोलका वीरबहादुर पटेल, डोमा पटेल, हरिहरपुर–८ गुलरिया टोलको दर्शनराउत कुर्मी, केदार राउत कुर्मी, द्वारिका राउतकुर्मीको पक्की घरमा क्षति पुगेको छ । त्यसैगरी नेरा निमावि बगवन्नाको पर्खाललगायत घर भत्केको छ ।
    भुइँचालो आएको बेला तत्काल सयौंको सङ्ख्यामा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी सडकमा खटी नागरिकलाई आश्वस्त पारेका थिए भने मातहतमा रहेका सम्पूर्ण सुरक्षा निकायलाई भुइँचालोबाट भएको क्षति सड्ढलन गर्न खटाएको जनाइएको छ ।


महिलाको मृत्यु
प्रमोद यादव, र·पुर/
    लालपर्सा–७ निवासी रामईश्वर ठाकुरकी पत्नी ४५ वर्षीया कलावती देवीको भूकम्पको कारण मृत्यु भएको छ । भूकम्प आएदेखि नै त्रासित र थरथराइरहेकी कलावतीको साँझ ६:३० बजे पुन: भूकम्पको धक्का आएपछि ह्दयघातबाट मृत्यु भएको आफन्तजनले बताएका छन् ।
    शौचालय गएको बेला भूकम्पले धक्का दिंदा उनी आत्तिएर शौचालयभित्रै ढलेकी थिइन् । ११:५५ को भूकम्पपछि पटकपटक झस्किने र तर्सिने गरिरहेकी कलावतीको अकस्मात् मृत्यु भएको प्रहरीचौकी परवानीपुरका प्रनानि जयराम यादवले बताएका छन् ।
निर्मलबस्ती निवासीको काठमाडौंमा मृत्यु
पप्पु सुमन, पोखरिया/
    निर्मलबस्ती गाविस स्थायी घर भई काठमाडौंमा रोजगारी गर्नेमध्ये भूकम्पका कारण चारजनाको मृत्यु भएको खबर छ । मृत्यु भएकामध्ये निर्मलबस्ती–४ निवासी २७ वर्षीय विक्रम लामा र उनकी दुई वर्षीया छोरीको पहिचान भइसकेको छ भने अन्यको पहिचान हुन बाँकी छ । उनीहरू सीतापाइलास्थित पाँच तले घरमा डेरा गरिबसेकोमा सो घरको जगसमेत उखेलिएर ढलेको लामाका आफन्तजनहरूले बताएका छन् । पाँच तले घरले च्यापिएर सो नजिकैको अर्को एउटा सानो घर पनि भत्किएको छ । उक्त घरभित्र कतिजना पर्सेलीहरू थिए भन्ने यकिन छैन । राति १२ बजेसम्म उनीहरूको उद्धार जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ । पाँच तले घरमैं रहेका दशजनाभन्दा बढीको मृत्यु भएको र त्यसमा चारजनाभन्दा बढी निर्मलबस्तीको बासिन्दा परेका भएपनि उनीहरूको नाम खुलेका छैनन् ।
    भूकम्पकै कारण निर्मलबस्ती–८ स्थित निर्माणाधीन खानेपानी ट्याड्ढी भत्किएको छ । सोही टोलमा एउटा घर भत्किएको र मानवीय क्षति भने नभएको स्थानीय प्रहरीले जनाएको छ ।
धारामा आपैंm पानी आयो
प्रमोद यादव, र·पुर/
    बितेको चार/पाँच वर्षदेखि पानी सुकेको चापाकलमा शनिवार आपैंm पानी निस्किएको छ । भूकम्पको प्रभावको कारण उक्त धाराहरूमा स्वस्फूर्त पानी निस्किएका हुन् । सखुवा प्रसौनी, गादी, बिरुवागुठी, पटेर्वा सुगौली, बागवन्नालगायतका गाविसमा गाडिएको चापाकलमा यसरी पानी आउन थालेको हो । उक्त क्षेत्रका करिब ५ सयवटा चापाकलमा आपैंm पानी आउन थालेको सो क्षेत्रका बासिन्दाहरूले बताएका छन् ।
    चापाकल गाड्ने बेलामा आर्टिजनयुक्त ‘आपैंm पानी आउने’ उक्त चापाकलहरू बीचमा सुकेर बितेको ४–५ वर्षदेखि पम्प चलाएपछि मात्रै पानी आउने गरेको थियो ।
जमिन फाटेर पानीको फोहरा
    गादी–६ बेलवास्थित रामकृष्ण चौधरीको खेत चिरा परेर पानीको फोहरा बाहिर निस्किएको छ । चौधरीको डेढ बिघा खेतमा १५ ठाउँभन्दा बढी जमिन फाटेर पानी बाहिर फ्याँकिएका छन् । यसरी बाहिर निस्किरहेको पानी जेनेरेटर लगाएर तानेको भन्दा पनि ठूलो छ । प्रत्येक ठाउँ १० मिटरभन्दा लामो चिरा परेको छ । पानीसँगै बालुवा पनि बाहिर निस्किरहेको छ । यसैगरी चोर्नी गाविसको टेडामा पनि जमिन फाटेर पानी निस्किएको थियो । सो पानी ३–४ घण्टापछि बन्द भएको त्यहाँका बासिन्दाहरूले बताएका छन् ।
घर भत्कियो
    भूकम्पबाट सखुवा प्रसौनी–३ का जगदीश महतो, महादेव महतो र तपेन्द्र महतोको पक्की घर भत्किएको छ । त्यसैगरी बिरुवागुठी–१ झबराहाँस्थित लक्ष्मी लामाको काठको घर पनि भत्किएको छ ।
    बहुअरी पिडारीस्थित ज्ञानकुञ्ज इ·लिश बोर्डिङ स्कूलको सम्पूर्ण पर्खाल भत्किएर भुइँमा लडेको छ । उदयपुरघुर्मीस्थित रवि इँटा उद्योगको चिमनी भाँचिएको छ भने देवरवाना–६ स्थित जोगेन्द्र साह र हरपुर–९ स्थित लक्ष्मी यादवको घर भत्किएको छ । उदयपुर निवासी सलाउद्दीन आलमको घरभित्रको धानको भकारी भत्कँदा उनकी ६ वर्षीया छोरी मञ्जिरा खातुन घाइते भएकी छन् । घाइते बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : महाभूकम्पको असर, पर्सामा एकजनाको मृत्यु
महाभूकम्पको असर, पर्सामा एकजनाको मृत्यु
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhpafCTytpI7Wk8eQuttKT4pI1oJZezXKtXCr1C272vifIOIT60Y113RLg5XnEqmDJXNeoHeKibLUEBX0mbaxfnTJ9ygWVEMpf552PfpM3ZBrekd5bNnrIVrvwx-hkHA4wqq_Ean5Fp3lw/s1600/bhukamp.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhpafCTytpI7Wk8eQuttKT4pI1oJZezXKtXCr1C272vifIOIT60Y113RLg5XnEqmDJXNeoHeKibLUEBX0mbaxfnTJ9ygWVEMpf552PfpM3ZBrekd5bNnrIVrvwx-hkHA4wqq_Ean5Fp3lw/s72-c/bhukamp.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/04/blog-post_866.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/04/blog-post_866.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy