उमाशङ्कर द्विवेदी
यक्षबाट वरदान पाएपछि एक दिन धर्मपुत्र राजा युधिष्ठिरले आफ्ना जम्मै भाइहरूलाई एकै ठाउँमा भेला गराएर भने– “आफ्नो राज्यबाट बाहिर वनमा हामीहरू बार्ह वर्षदेखि बस्दै आयौं, अब तेर्हौं वर्ष लाग्दैछ । यस वर्ष बडो कष्टका साथ कठिनाइहरूको सामना गर्दै हामीहरू गुप्तरूपमा बस्नुपर्नेछ । अर्जुन, तिमीले आफ्नो रुचि अनुसार कुनै राम्रो निवासस्थान बताऊ, जहाँ हामीहरू एक वर्षसम्म बस्न सकौं तथा शत्रुहरूले हाम्रो सुइँको नपाउन सकून् ।” अर्जुनले भने–“महाराज, निस्सन्देह धर्मराजले दिएको वरको प्रभावले कुनै पनि मानिसले हामीलाई चिन्न सक्नेछैन । अत: हामीहरू स्वच्छन्दतापूर्वक यस पृथ्वीमा विचरण गर्नेछौं । तैपनि म तपाईंसित निवास गर्न योग्य केही रमणीय तथा गुप्त राष्ट्रहरूको नाम बताउँदैछु । कुरुदेशको छेउछाउमा धेरै सुरम्य प्रदेशहरू छन् । जहाँ धेरै अन्न उब्जन्छन् । ती प्रदेशहरू हुन्–पञ्चाल, चेदि, मत्स्य, शूरसेन, पटच्चर, दशार्ण, मल्ल, शाल्व, युगन्धर, कुन्तिराष्ट्र, सुराष्ट्र र अवन्ती । यसमध्ये कुनै पनि देशलाई तपाईंले निवासको लागि छान्नुहोस्, जहाँ हामी यस वर्षभरि निवास गर्न सकौं ।”
युधिष्ठिरले भने– “तिमीले भनेका देशहरूमध्ये मत्स्य देशका राजा विराट बडो बलवान् छन् र उनी पाण्डवहरूमाथि विशेष स्नेह पनि राख्छन्, साथै उनी उदार, धर्मात्मा तथा वृद्ध पनि छन् । त्यसैले हामीहरू विराटनगरमा एक वर्षसम्म निवास गरौं र राजाका केही कामहरू गरौं । अब तिमीहरूले मलाई भन, हामीहरू राजा विराटको राज्यमा कुन कुन काम गर्न सक्छौं ।” अर्जुनले भने– “नरदेव, तपाईंले उनको राष्ट्रमा कसरी बस्न सक्नुहुन्छ ? अथवा कुन काम गर्नाले विराटनगरमा तपाईंको मन रमाउनेछ ?” युधिष्ठिरले भने– “म पासा खेल्नमा खप्पिस छु तथा पासा खेल्न मलाई असाध्यै मन पर्छ । त्यसैले म ‘कंक’ नाम ब्राह्मण बनेर राजदरबारमा जानेछु तथा राजसभाको एक सभासद् बन्ने प्रयास गर्नेछु । मेरो काम राजा, मन्त्री तथा राजाका आफन्तहरूलाई प्रसन्न राख्ने हुनेछ । अब तिमीहरू नै भन, तिमीहरू कुन कुन काम गरेर विराटनगरमा प्रसन्नतापूर्वक रहन सक्नेछौ ?” भीमले भने– “म खाना पकाउनमा खप्पिस छु, अत: म ‘वल्लव’ नामक भान्से बनेर राजदरबारमा उपस्थित हुनेछु ।” युधिष्ठिरले सोधे– “अनि, अर्जुनले के गर्नेछ ?” अर्जुनले भने– “म हातमा शङ्खका हस्ती दाँतको चुरा लगाएर कपालमा चुल्ठो बाट्नेछु तथा आफूलाई नपुङ्सक घोषित गरेर ‘बृहनल्ला’ नाम धारण गर्नेछु । म राजा विराटको अन्त:पुरको खोपीमा रहने नारीहरूलाई स·ीत तथा नृत्यको शिक्षा दिनेछु तथा उनीहरूलाई विभिन्न किसिमका बाजा बजाउन सिकाउनेछु । यस प्रकार नर्तकीको रूपमा आफूलाई छद्म राख्नेछु ।” युधिष्ठिरले सोधे– “भाइ नकुल, त्यहाँ तिमीले के गर्नेछौ ।” नकुलले भने– “मलाई अश्व विद्याको बारेमा विशेष जानकारी छ । घोडाहरूको चाल सिकाउन, उनीहरूको रक्षा तथा पालन गर्न तथा घोडाहरूको अनेकौं रोगको चिकित्सा गर्नमा म अत्यन्त खप्पिस छु । अत: राजदरबारमा म ‘ग्रन्थिक’ नामले त्यहाँको अश्वपाल बनेर रहनेछु ।” यसपछि युधिष्ठरले सहदेवसित भने– “अनि भाइ सहदेव, तिमीले विराटनगरमा गएर तिमीले आफ्नो के भनेर परिचय दिनेछौ तथा कुन काम गरेर त्यहाँ तिमीले आफूलाई गुप्त राख्न सक्छौ ?” सहदेवले भने– “म राजा विराटका गाईवस्तुको हेरचाह गर्नेछु । गाई जति उग्र भएपनि म त्यसलाई आफ्नो वशमा राख्न सक्छु । गाईहरूलाई दुहुने तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्नमा कुशल छु । गाईहरूका जुन लक्षण र चरित्र म·लमय हुन्छ, त्यसको पनि मलाई राम्ररी ज्ञान छ । म ती शुभ लक्षण भएका गोरुहरूलाई राम्ररी चिन्न सक्छु । त्यसैले म गाईवस्तुहरूको सेवा गर्नेछु । मेरो नाम ‘तन्तिपाल’ हुनेछ । मलाई कसैले पनि चिन्न सक्नेछैन तथा राजालाई आफ्नो कामबाट प्रसन्न पार्नेछु ।
अब युधिष्ठिरले द्रौपदीतिर हेर्दै भने–“महाराज, मेरो बारेमा कुनै चिन्ता नलिनुहोस् । जुन स्त्री अर्काको घरमा सेवाको काम गर्दछिन्, उनलाई सैरन्ध्री भन्दछन् । अत: म आफ्नो नाम ‘सैरन्ध्री’ भनेर परिचय दिनेछु । म कपालको शृ·ार गर्न खप्पिस छु । उनीहरूले सोधेमा ‘म द्रौपदीकी दासी थिएँ’ भनिदिन्छु । म स्वत: आफूलाई गुप्त राख्नेछु । यसबाहेक विराट राजाकी रानी सुदेष्णाले पनि मेरो रक्षा गर्नेछिन् । अत: मेरोतर्फबाट महाराज तपाईं निश्चिन्त रहनुहोस् ।
द्रौपदीसहित जम्मै भाइका कुरा सुनेर राजा युधिष्ठिरले भने– “विधाताको निश्चय अनुसार जुन जुन काम तिमीहरूले गर्नेवाला छौ, त्यो जम्मै तिमीहरूले भनिसक्यौ । मैले पनि आफ्नो बुद्धि अनुसार जे उचित थियो, त्यो आफ्नो कर्तव्य भने । अब पुरेत धौम्यमुनि सेवक तथा भान्सेहरूका साथ राजा दु्रपदको घरमा गएर बसून् तथा हाम्रो अग्निहोत्रको रक्षा गरून् । इन्द्रसेन आदि सारथिहरू तथा सेवकहरू रित्तो रथ लिएर द्वारका जाऊन् तथा द्रौपदीका दासीहरू तथा भान्सेहरू नोकरहरूका साथमा पाञ्चाल फर्कि जाऊन् । कसैले सोधे पनि हामीहरूलाई पाण्डवहरूको कुनै पत्तो छैन तथा उनीहरूले हामीहरूलाई द्वैतवनमा छाडेर कता पो हिंडे भनेर भनून् । क्रमश:..