प्रस, वीरगंज, १४ वैशाख/
विनाशकारी भूकम्पबाट प्रभावित नेपाल तथा भारतीय नागरिकहरूको लागि ओसारपोसारमा राहत पुर्याउने उद्देश्यले नेपालका विभिन्न सीमानाकाबाट १ सय ५ वटा बस नेपाल आएको भारतीय वाणिज्य दूतावास वीरगंजले जनाएको छ ।
भूकम्प पीडितहरूको उद्धारको लागि उत्तराञ्चलले महेन्द्र नगरबाट २५, उत्तरप्रदेश भैरहवा नाकाबाट ४०, वीरगंज नाकाबाट ५५ गरी १०५ वटा गाडी नेपाल भित्रिएको सो कार्यालयले जनाएको छ ।
नेपालको एयरपोर्टमार्फत् अन्य मुलुकबाट राहत आउन थालेपछि भारत सरकारले नेपालका विभिन्न नाकाहरूबाट भूकम्प प्रभावित भारतीय व्यक्तिको ओसारपोसार तथा राहत र उपचार सामग्री आउने क्रम जारी रहेको महावाणिज्यदूत अञ्जु रञ्जनले बताइन् । रञ्जनका अनुसार काठमाडौं र पोखराका लागि गएको बसमा भारतीयसमेत कोही पनि बसेर आउन सक्छ । उत्तर प्रदेशका मुख्यमन्त्रीले उपचारको लागि ३५ जना डाक्टरको टोली वीरगंज नाका भएर गएको बताइन् । उत्तर प्रदेशले भूकम्प पीडितका लागि राहतस्वरूप पानी, बिस्कुट, फास्टफूड, १० ट्रक आलु र चामल २० ट्रक वीरगंज र भैरहवा नाकाबाट नेपाल भित्रिएको बताइन् ।
सो कार्यालयले जनाए अनुसार भूकम्प पीडितलाई भारत सरकारले पठाएको बसमा फ्री टिकेट, औषधि, खाद्य पदार्थ, आवाससमेत व्यवस्था गरिएको उनले बताइन् । भारतको उत्तरप्रदेशबाट आएको डाक्टरहरूको टोलीको नेतृत्व डा. सन्दीप तिवारीले गरिरहेका छन् ।
नेपालमा आएको महाभूकम्पमा परेका पीडितहरूलाई उद्धार गर्न आइतवार नेपाल आएका एनडीआरएफ टिमलाई सहयोग गर्न छुट्टै टोलीसमेत भूकम्प प्रभावित क्षेत्रमा पठाएको महावाणिज्यदूत रञ्जनले बताइन् ।