शीतल गिरी
नेपालको पहाडी भाषाभाषीमात्र हैन तराईका आदिवासी थारू, धिमाल र मुसलमानहरूको पनि शिरको शोभा बन्ने शौभाग्य टोपीलाई प्राप्त छ। टोपी धारण गर्नुको शान नै बेग्लै छ। तर यसको मान सबैले राख्न सकेका छैनन्। यस्तो सोच्नेहरू पनि छन्– टोपी धारण गर्नु भनेको अरूको दासत्व स्वीकार्नु हो। यथार्थमा मन नै कलुषित भएपछि सोच स्वच्छ कसरी बनोस्। जोसँग जे छ त्यसैको बारेमा त सोच्ने हो। यसरी सोच्नेहरूको हिजो पनि कुनै मूल्य थिएन र भोलि पनि कुनै मान रहनेछैन। शिरको शोभामात्र होइन, अद्भुत वस्तु हो टोपी । जाडोबाट बचाउँछ। धारण गर्नेलाई गर्मीमा राहत पुर्याउँछ। तर खास समयमा धारण गरे पनि धेरैले यसको महत्त्व भने बुझेका छैनन्। टोपीको गुण एक/एक गरी गन्ती गराए पनि, ग्रहण गर्न चाहँदैनन्। आफ्नो पहिचान भनेको नै आफ्नोपन हो। एक/एक गरी छाड्दै जाने हो भने पक्कै हामी मौलिकताविहीन बन्न पुग्छौं।
नेपालमा विशेष गरेर नेवार र खस संस्कृतिमा टोपीको खास आफ्नै सांस्कृतिक महत्त्व छ। मेरो मन टोपीप्रति आरम्भमा नै प्रशंसाले भरिएको छ। तर पनि मनमा प्रश्न उठ्ने गर्दछ। तर सहानुभूति भने यसप्रति छ। टोपी शिरमा धारण नगरे पनि मैले मनमा, आस्थामा धारण गरेको छु। देखावटीरूपमा
शिरमा धारण गर्नेले त अहिले फालिदिएका छन् ।
प्राचीनकालदेखि आजसम्म शिरको शोभा टोपीको यात्रा अनवरत छ। समय, भूगोल, मौसम अनुसार यसमा परिवर्तन भने आएकै छ।
हिजोआज पश्चिमा प्रभावको कारण यसको प्रचलन कम हुँदै जाँदैछ।
पहिले टाउको मुडुलो राख्नुलाई हेयको रूपमा हेरिन्थ्यो। सामाजिक मान्यता
र परम्परा राख्ने मानिस टोपी लगाउने गर्दथे।
भादगाउँले र पाल्पालीमा मात्र होइन, देशका विभिन्न ठाउँ र जातिहरूका टोपीको बनावटमा केही सामान्य फरक पक्कै छ तर शिरको शोभाको रूपमा भने यसको मूल आत्मा सर्वत्र समान छ ।
सबभन्दा पहिले टोपीको सुरुआत कहिले र कहाँ भयो ? यस सम्बन्धमा कुनै ठोस प्रमाण त पाइएको छैन तर नेपालको भौगोलिक अवस्था विचार गर्दा खसभन्दा पहिले नेवार जाति अस्तित्वमा आइसकेको हुँदा पाल्पाली ढाका टोपीभन्दा भादगाउँको घरबुना कालो टोपीको इतिहास लामो रहेको अनुमान लगाउन सकिन्छ। घरबुना कालो टोपीको इतिहास लामो रहेको अनुमान लगाउन सकिन्छ। घरबुना भनेको नै लोकले आफ्नो श्रम आफ्नै लागि लगाउने गरेको लोक उत्पादन भन्ने बुझिन्छ। लोकले आफ्नो लागि बहुउपयोगी हुने किसिमले वस्तु निर्माण गर्दछ। हेर्दा राम्रो नदेखिए पनि टिकाउ भने हुन्छ। म त विस्मय–विमुग्ध हुने गर्छु, लोकको उत्पादन देखेर। लोकले लोक्ताबाट बनाउन वस्त्रको महत्त्व आज लोक (संसार)ले बुझ्दैछु। बजारीकरणले बीउ नै मासिने डर भने छ।
टोपी शिरमा लगाउने चीज हो— खाकी, खेस, घरबुना, फ्लाटिन, नैनसूत, मखमल, ढाका, कस्मिरा, पस्मिना, भादगाउँले कालो टोपीदेखि लिएर भानुभक्तको पालोदेखिको बिर्खे टोपी सस्तो महँगो जे भएपनि लगाउने चाहिं शिरमा नै हो। शिरमा लगाएको टोपी टाढैबाट देखिन्छ। यो फलानो व्यक्ति हो भनेर पहिचान गर्न गाह्रो पर्दैन। चिटिक्क मिलाएर टोपी लगाउँदा मुहार खुल्दछ। टोपीको कदर गरे अनुसार सम्भ्रान्त व्यक्ति ठम्याउन सकिन्छ। टोपीको मान राख्न ब्रिटिश सेनामा जान चाहनेहरूको लाम निकै लामो हुने गरेको छ। तर सबै भर्ना हुन सक्दैनन्। ब्रिटिश लाहुरे टोपी ढल्काउँदै शेखी बघार्दै गाउँघरमा आउँदा भर्ना हुन असफल भएकाहरूलाई सहन गर्न गाह्रो पर्छ। मेरो मनमा परिश्रमी हात र टोपीको मान राख्नेहरूको स्थान उच्च छ। स्वाभीमानी शिरमा सुहाएको टोपीलाई हेय ठान्नेहरू पाउँदा मनमा गहिरो चोट लाग्दछ। टोपीलाई हेय ठान्नेहरू पाउँदा मनमा गहिरो चोट लाग्दछ। टोपीको अनादर गर्नेहरू पनि पदमा पुगेपछि धारण गरेको पाएको छु । गलत क्रियाकलापले शिरको टोपी खोसिएपछि विरोध गरेको पनि पाएको छु।
संसारमा हामी नेपालीको परिचय पनि शिरको टोपीबाटै भएको छ। जब टोपीको गुणको बारे गन्ती गर्न थाल्दछु त दङग पर्ने गर्छु। टोपीमा चौमुखी गुण छ जस्तो लाग्दछ। निश्चय नै लोकजीवनमा यसको स्थान उच्च छ। तर शहरिया जीवनमा यो कुरा सत्य नभएको जस्तो भान हुन्छ। टोपीको इज्जत शहरमा छैन । यो कुरा स्वीकार गर्नै पर्दछ, आफ्नो संस्कृति, आफ्नो संस्कार ग्रामीणजनले टिकाएको छ। यसै हुँदा अध्ययन गर्न आउनेहरूको गन्तव्य ग्रामीण भेग बन्ने गरेको छ। गाउँको अध्ययनमा आएकाहरू कृत्रिम होइन, नेपाली पन चाहन्छन्। शहरी सभ्यता बाधक बनेको हुँदा नेपाल लोकवार्ताको विशाल सङ्ग्रहालय
भएर पनि यसको उपलब्धि लिन चुकेका छौं।
यसर्थ राष्ट्रिय मूल्य–मान्यताको संवद्र्धन र संरक्षण हामीले टोपीको सम्मान गरेर गर्नै पर्दछ। कहिले लाग्दछ, राष्ट्रियताको कुरा बेकार हो, वर्तमान युगमा अन्तर्राष्ट्रियकरण हुनुपर्दछ। तर जे भने पनि आफ्नो पहिचानको रक्षा भने गर्नै पर्छ। जसले आफ्नोपन गुमाउँछ, ऊ कहींको पनि रहँदैन।
टोपीले शिरलाई धेरै चिसो र तातोबाट बचाएको हुनाले नेपाली संस्कृतिमा यसले महत्त्वपूर्ण स्थान ओगटेको छ। यसले सम्पूर्ण शरीरलाई नभए पनि नियन्त्रण गर्ने मस्तिष्क रहेको शिरलाई संरक्षण गरेको छ। यस्तो महत्त्वपूर्ण वस्तुले पाउनुपर्ने जति सम्मान पाउन सकेको छैन। शायद फेसन र आधुनिकताको नाममा मनमानापन अपनाउँदै छौं। तर हाम्रो शरीरले रुचाएको, चाहिएको शिरलाई सुरक्षा प्रदान गर्ने, सुहाउने टोपीलाई हेला गर्दैछौं किन ?
नेपाली टोपी प्रचलनमा आएपछि यसको बनोट शिर सुरक्षाको कारणले गर्दा यसले आफ्नो विशिष्ट स्थान बनाउन सक्यो। टोपीको अनादर गर्नुलाई केहीले आफ्नो पराक्रम ठानेर दङग परेका छन्। त्यो अतिवादी सोचलाई के भन्ने ? तर यी सबको एउटै कारण हो, प्रतिस्पर्धा नचाहने र अराजक गतिविधिहरूलाई आज समयले गलत थियो भनेर देखाइदिएको छ।
नेपाली टोपीप्रति आकर्षणको अनुमान यसबाट लगाउन सकिन्छ कि नेपालभित्र मात्रै यो नौ/दश किसिमको छ।
स्थान, हावापानी र जातजातिको आफ्नोपनले गर्दा यस्तो भएको हो। स्थानले मानिसलाई लवाइखुवाइमा असर पार्छ, सोहीअनुरूप मानिसले सिकेको
हुन्छ। जसले स्थान, हावापानी र जातिको पहिचान गर्न सकेको हुँदैन, त्यो जाति, समुदाय हराएर जान्छ । यसभित्रको अन्तर्भूत नियम मातहत भएर बाँच्दछ र आवश्यक झन्झट पनि धेरै छ । जो प्रकृतिको नियमबाट हिंड्न चाहँदैन, आफ्नो मनपर्दो हिंड्छ, त्यसले झन्झट पनि बेहोर्दछ।
यतिमात्र होइन, टोपी गोर्खालीको पहिचानको रूपमा विश्वमा विख्यात छ। गोर्खाली भनेपछि शिरमा टोपी र कम्मरमा खुकुरी। वीरताले अर्जेको सगरमाथाझैंं गर्विलो पहिचान बनाएको छ। कसैको पनि खास पहिचान बडो मुस्किलले बन्ने गर्दछ। बनेको पहिचानलाई जोगाउन पनि त्यस्तै अनुशासन, वीरता र धीरताको आवश्यकता पर्दछ।
श्रमिक र व्यापारीहरूबीच सामाजिक प्रतिष्ठाको प्रतीक बनिसकेको टोपीले मल्लकालमैं राज्यको आश्रय पाउनाले यसको प्रतिष्ठा धेरै बढयो। यसको सौन्दर्यले नेपाली मनलाई आफूतिर आकर्षित गरिरहन्छ। विदेशमा यसको पहिचान बनिसकेको छ। यसको कारण भनेको यसप्रतिको आत्मीयता नै हो। यसप्रति वक्र हेराइले अराजकता बढाउँछ ।
भिआइपीहरूका लागि राम्रा राम्रा ढाका टोपी बनाउन पाल्पाली कारिगरलाई कसैले उछिन्न सकेको थिएन र छैन पनि । यो भनेको मेहनतको मीठो फल हो। टोपी त धेरै ठाउँमा बन्ने गरेको छ। तर ढाका टोपीमा पाल्पाले ख्पाति कमाएकोप्रति विस्मय भने नमाने हुन्छ।
आवश्यकता र गच्छे अनुसार टोपी पहिरनले सामाजिक चाडबाडमा समेत आफ्नो स्थान बनायो। टोपीमा राम्रा राम्रा बुट्टा भरेर सजाइन्छ। र, मनमोहक पाल्पाली ढाकाटोपीप्रति सम्मान गर्ने बेलामा खोजी गर्ने गरिन्छ।
टोपीमा उम्दा किसिमका बुट्टा भरेर सिगार्ने श्रेय पाल्पालाई जान्छ। मणि मुकुन्द सेनले राज्य विस्तारको साथै नेपाली टोपी पूर्व र पश्चिममा फैलिने मौका पाएको सम्भावनालाई नकार्न सकिन्न। हरेक स्थान र हरेक चाडबाडमा शिरको शोभा टोपीले आफ्नो पहिचान बनाउन सकेको छ। टोपी लगाउनु नलगाउनु व्यक्तिको रुचिको कुरा
भएपनि टोपी नेपालको हो, हामी
नेपाली हौं, यो कुरा चाहिं हामीले बिर्सनुहुँदैन। ढाका टोपी पाल्पाली
भनेर चिनिन्छ, कालो टोपीलाई भादगाउँले भनिन्छ, साधारण टोपीलाई दमाई टोपी, गहिरो लामो टोपीलाई कुमाल टोपी, गोलो सानो टोपीलाई थारू टोपी भनिन्छ। शिरको शोभा टोपीको बनावट ठाउँपिच्छे, जातिपिच्छे फरक छ।
विवाह, जात्रा र सम्मानमा पाल्पाली ढाका टोपीले खास स्थान बनाइसकेको छ। वीरता र श्रमको प्रतीकको रूपमा भादगाउँले कालो टोपीको आफ्नै शान छ। नेपालमा जाति, क्षेत्र र परम्पराको आधारमा टोपी धारण गरिन्छ। अछूत जातिकाले ठूलो जातिकालाई सम्मान जनाउँदा शिरको टोपी फुकालेर जदौं गर्दथे। हरेक मान्छेमा आफ्नोपन र आफ्नै व्यक्तित्व हुन्छ। हरेकसँग आफ्नै तन, मन र मस्तिष्क हुन्छ। आफ्नो व्यक्तित्वको सम्मान आपैंmले राख्न सक्नुपर्छ। समान हैसियतकाहरूबीच लगाएको टोपी साटासाट गरेर मित्रताको सम्बन्ध अझ दरिलो पार्ने परम्परा छ। आज टोपीप्रति अनास्था बढ्दै गइरहेको बेलामा राष्ट्रियताप्रति मरिमेट्ने स्रष्टाहरूलाई रातो अक्षता, दूबोको माला, दोसल्लाको साथै शिरमा टोपी लगाइदिएर व्यक्तित्वको सम्मान जसले गर्दछ, उसले एक स्रष्टाको मात्र नभई सिङगो राष्ट्रको नै सम्मान गरेको हुन्छ। टोपी फुकालेर नियाउरो मुख लगाउनुको अर्थ आफ्नो घरको मान्य व्यक्ति स्वर्गवासी भएको बुझिन्छ। कसैको शिरको टोपी थुत्नुलाई बेइज्जतीको रूपमा लिइने गरिएको छ। यदि कसैले एकसरो सेतो टोपी लगाउँछ भने ऊ बरखीमा रहेको बुझिन्छ। हिमाली भेगका मानिसहरू टाउकोलाई चिसोबाट बचाउन ऊनीको मोटो टोपी लगाउँछन् । अरबका मुसलमानहरू गर्मीबाट टाउको बचाउन पातलो सानो गोलो टोपी आफ्नो शिरमा लगाउँछन्। सबैले शिरको शोभा टोपी धारण गर्दछन्— मुरेठाको रूपमा, पगरीको रूपमा, गम्छा टाउकोमा राखेर, क्यापको रूपमा, हैटको रूपमा...... आदि इत्यादि।