सञ्जय साह ‘मित्र’
ओसिलो दुबोलाई मनभरि कुल्चेपछि बिहानको चिया खाने विचारले पाइलालाई कोठातिर अग्रसर गराइरहेको थिएँ । कोठाबाट पूर्व शिक्षासचिव बालानन्द पौडेल सर निवृत्त भएर रिसोर्टको चौरीतिर निस्कँदै “यसो अलिकति मास्तिर जाऔं डुल्न” भन्दा मनले दोधारको मझधारमा फसेको अनुभूति प्रकट गरे पनि “हुन्छ, जाऔं” भनेर पत्करले जस्तै पछ्याउन थालें, उनका पाइलालाई । शिक्षासचिवबाट सेवानिवृत्त भएपनि पौडेल सर अझै क्रियाशील हुनुहुन्छ । गौरको सिया पैलेसमा एउटा कार्यक्रममा उहाँसित चिनजान गर्ने मौका मिलेको भएपनि मैले उहाँलाई विस्मृतिको पर्दा ओढाइसकेछु । अहिले मेरो मस्तिष्कले चिनेको मान्छे त हो तर को भनेर छुट्याउन सकेको छैन तर पनि श्रद्धेय र आदरणीय हुनुहुन्छ भन्ने मेरो मनले मानिरहेको छ र आदरमात्र होइन, अलिकति अदबका साथ हेटौंडा रिसोर्टको मूल हुँदै बाहिरिएपछि उत्तर–पूर्व कुनातर्फ अघि बढ्छौं । नफर्केसम्म उहाँलाई चिन्न सकेको हुँदिनँ ।
घुमाउरा ग्रामीण बाटाहरूलाई नाप्दै पाइलाहरू यन्त्रवत् चलिरहेका छन् र हरेक पाइलाले थोरै भएपनि उकालोपनको अनुभूति सँगालिइरहेको छ । डाँडालाई कपेर बनाइएको जङ्गल छेउको बाटो हुँदै कालीखोलातिर अगाडि बढिरहेका पाइलाहरूले बिस्तारै हरियो र सुनसान जङ्गलमा पुर्याउँदा मन भने रमाएको हुन्छ । बाटामा विपरीत दिशाबाट बेलाबेलामा पैदल तथा भटभटेमा आइरहेका मानिस पनि देख्छौं । केरा बोकेर डाँडो झर्दै गरेका, दूध ल्याइरहेका र दैन्दिनीका अन्य व्यवहारलाई फलीभूत गरिरहेका मानिसजति सबैलाई भेट्दा पौडेल सरले पूर्वपरिचित जस्तै मिजासिलो तरिकाले सोधपुछ गर्दै जानकारीलाई विस्तार गर्नुहुन्छ । उमेरले अनुमानत: बीस वर्षको तलमाथि भएपनि उकालोमा उहाँका पाइलासित मेरा पाइलाहरू मिसिन सकेका हुँदैनन् । म उहाँजति उकालोमा हिंड्न नसक्ने रहेछु भन्ने मलाई बोध भएपछि अलिकति प्रयास गरें । चैतको प्रभातीय शीतलता र जङ्गल अनि पहाडको थप ओसिलो हावासित साक्षात्कार भइरहँदासमेत पसिनाले अन्तर्वस्त्रहरू भिजिसकेका छन् ।
कुनै गन्तव्य भए पो । मर्निङ वाकमा निस्केको मान्छे । “सर, कहाँ पुगेर फर्किन्छौं ?” मैले भनें । “अलि परसम्म जाऔं, चिया खाएर फर्कौलाँ । साढे आठ बजेदेखि कार्यक्रम छ, आठ बजे होटेलमा फर्केपछि आधा घण्टामा फ्रेस भएर कार्यक्रम सहभागी भइहाल्छौं,” उहाँले भन्नुभयो । “हुन्छ सर” मैले भनें । बिहान बुद्ध चोक पुगेर घरबाटै बोकेर आएको डकुमेन्ट एकजनालाई बुझाउनुपर्ने गर्भे योजना गढी गाविसको कालीखोला जङ्गलको उकालो सकिन लाग्दा तुहिन्छ । चन्द्रकिशोरजीको सत्याग्रहले १२ चैत २०७१ आयोजना गरेको कार्यक्रममा सहभागी हुन अघिल्लै साँझ हामी हेटौंडाको पिप्लेस्थित रिगल हेटौंडा रिसोर्टमा आइपुगेका हुन्छौं ।
मनले मात्र नभएर शरीरले पनि अब चाहिं सरसित हिंड्न नसकिने रहेछ भनेर स्वीकार गरिसकेको हुन्छ । सम्भवत: यस कुरालाई बालानन्द सरले पनि अनुभूत गरिसक्नुभएको छ । मलाई विभिन्न कुराहरू सोध्दा र अन्य केही नवीन प्रसङ्गहरू उप्काउँदा मलाई यस कुराको अनुभूति भएको छ । त्यत्ति मिजासिलो र व्यावहारिक मानिस यतिको ठूलो पदमा पुगेर कमैमात्र हुन्छन् होला । यात्रामा साथीभाइजस्तो व्यवहार गरिरहँदा प्रदर्शन भएको आत्मीयताले यात्राको थकानलाई छुमन्तर गरिरहेको हुन्छ । वास्तवमा हिंड्ने बानी खासमा निकै कम भइसकेको छ । त्यसमा पनि हेटौंडाका उकाला र ओरालाहरूलाई नाघ्न छोडेको दशक नाघिसकेको छ । मध्यरौतहटमा बसाइ भएकोले अब उकाला र ओरालाहरू बिस्तारै अपरिचित र अञ्जान बन्दैछन् । समस्थलीय धरातलमा धूलो र धुँवाबाट जोगाउन नाक र मुखलाई छोपेर पाइला छाप्ने दैनिकी चलिरहेको अवस्थामा आजको आनन्दमय यात्राका पलहरू विस्तार भइरहेका छन्, हरियो दुबोसरि सतहमा ।
एउटा पसलमा पुगेर चियाको लागि सोध्छौं । मलाई कागती चिया मनपर्छ, त्यसमा पनि पहाडमा फलेको कागतीयुक्त डाँडाको बेग्लै मिठास भएको पानीको चिया कहाँ सधैं पाइन्छ ? तर पसल्नी दिदीले दूधचिया मात्र भएको बताएपछि त्यही पनि अमृत समान हुन्छ । यति उकालो चढेपछि अलिकति केही खान पाए झन् राम्रो भन्ठानेर सोध्छु “सेलरोटी होला ?” २०५२ सालमा छतिवनबाट हेटौंडातिर फर्किरहेको एक बिहान फुर्केचौरमा खाएको सेलरोटी र भटमास तथा केराउको तरकारीको अहिलेसम्म मेरो मुखैमा अल्झेजस्तो लाग्छ । वास्तवमा मौलिक खाजाको आनन्द आफ्नै हुँदो रहेछ । मित्र राम अविकाससित एकचोटि झापाको चारआलीमा खाएको केराउको मौलिक स्वाद पनि साँच्चिकै नबिर्सिने गरी जिब्रोमा अल्झेको छ । “आहा, बम पाउरोटी छ” चिया पकाउने दिदीले तरकारीसमेत नभएको बताउँदा पनि हामी मीठो चियाको आनन्दमा असीमित सत्कार र सम्मानको मिठास पाउँछौं ।
फर्किंदा एउटा रमाइलो घटना घट्छ । उही घुमाउरो हुँदै फर्किरहेका हामी आफ्नै किसिमको गफगाफ गरिरहेका हुन्छौं । मलाई अलिकति जङ्गलको बाटो हिंड्न मन लाग्छ र अगाडि भेटौंला भनी एउटा मोडबाट म मूलबाटोलाई छोडेर पैदल हिंड्ने गोरेटोलाई समात्छु । जति तल्तिर आउँछु बाटोलाई पत्करले छोपेर केही नदेखिने बनाएको छ । बिस्तारै म यस्तो ठाउँमा पुगें कि मलाई लाग्यो यता कोही मानिस कहिल्यै आएकै छैन । कतै पनि मानिस हिंडेको कुनै चिन्हसमेत नदेखिने ओरालोमा पुगेर लाग्यो कुनै जङ्गली जनावर यदि फेला पर्यो भने चिच्याए पनि कोही सुन्ने हुँदैन । अघिसम्म रोमाञ्चित भइरहेको मनमा अलिकति डर र अलिकति आशङ्काको तुँवालो भरियो अनि तत्क्षण मूल बाटोतिर सोझिएँ । करिब दश मिनेट हिंडेपछि मूल बाटोले मलाई प्रतीक्षा गरिरहेको पाएँ ।
तीनधारामा आएर चिसो पानी खाएँ । मन पनि शान्त भयो । बल्ल हुस्सु भएको सम्झना भयो, पौडेल सरसित मोबाइल नम्बर मागेको भएपनि हुन्थ्यो । सर अगाडि हुनुहुन्छ कि पछाडि, खै कसरी बुभूँm । सरले पनि मेरो नम्बर लिनुभएनछ । तीनधाराको पँधेरामा रहेका बटुवाहरूसित एकछिन बसेर बात मार्दै पर्खिन्छु तर सर मभन्दा निकै अगाडि हुनुहुँदो रहेछ । यता निस्किनु छ भन्ने थाहा भएको भए क्यामरा लिएर कोठाबाट आउँथें तर अब यस किसिमको सोचाइको कुनै अर्थ नै छैन । तर गाउँलेले पनि कागती बिर्सनु, सेलरोटीलाई बम पाउरोटीले विस्थापित गर्दै जानु मौलिकता हराउँदै गएको गाउँको पहिचान हो वा विकासको पथमा बढिरहेको पाइलाको डोब हो, म अझै पनि दोधारमा छु ।