प्रस, परवानीपुर, ११ वैशाख/
बारा, रामपुर टोकनी गाविसमा रहेको जनता उच्च माविको भवन निर्माण कार्यमा अनियमितता भएको गाउँलेहरूले आरोप लगाएका छन् ।
गत आव २०६९/७० मा सो विद्यालयमा जिल्ला शिक्षा कार्यालय, बाराबाट रु. २४ लाखको लागतमा ४ कोठे एक तले भवन निर्माणको लागि बजेट आएको थियो । जसमा थप रु. ६ लाख जनश्रमदानमार्फत् बुझाउनुपर्ने सर्त थियो । सो भवनको निर्माण कार्य अहिले गत ६ महिनादेखि ठप्प छ ।
भवन निर्माण कार्यमा विद्यालयका लेखापाल राजहरणप्रसाद साह तथा स्थानीय ठेकेदारहरूले व्यापक अनियमितता गरेकाले निर्माण कार्य ठप्प भएको गाउँलेहरू बताउँछन् । भवन निर्माण कार्य सम्पन्न नहुँदा अध्ययनरत विद्यार्थी प्रभावित भएका छन् । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा हरपुर बलवा, बुनियाद, गौनहरी, बेलवा, मुसहरी, ताजपुरलगायत गाउँका करिब १ हजार विद्यार्थी पढ्ने गर्छन् ।
भवन निर्माण कार्य सम्पन्न नहुँदा पहिलेकै कक्षाकोठामा अव्यवस्थित तरिकाले विद्यार्थीहरू बस्न बाध्य छन्, अभिभावकहरूले गुनासो गरेका छन् । यस सन्दर्भमा विद्यालयका लेखापाल राजहरणप्रसाद साहसँग बुझ्दा उनले भवन निर्माण काममा अनियमितता नभएको दाबी गरे । जिशिकाबाट प्राप्त १७ लाख रुपैयाँमध्ये अहिलेसम्म रु. १४ लाखको काम भइसकेको र ३ लाख रुपैयाँ खातामा जम्मा रहेको उनले बताए । जिशिकाले रु. ७ लाख दिन बाँकी रहेको उनले बताए । विद्यालयले ठेक्का दिएको ठेकेदार सुनेश्वर रायभरको कार्यले गर्दा निर्माण कार्यमा केही ढिलाइ भएको उनले स्वीकार गरे । ठेकेदार रायभरले पनि भवन निर्माण कार्य अर्को ठेकेदारलाई दिएको कारण गाउँलेहरूबाट अनियमितताका कुराहरू आएको हुन सक्ने लेखापाल साहको भनाइ छ ।