चन्द्रकिशोर
आज यहाँहरूसमक्ष खुला संवाद लिएर आएका छौं । किन आएका छौं ? पत्रकारका कार्यक्रमहरू उनीहरूबीचमैं गरे पनि हुन सक्थ्यो नि १ किन हामीले समाजका अन्य सरोकारवालाहरूलाई पनि यस स्तम्भमा निम्त्यायौं ? किनभने जसरी पत्रपत्रिका, पत्रकारिताले समाजलाई निगरानी गरिराखेको हुन्छ, त्यसैगरी तपाईं पाठक, श्रोता, दर्शकले पत्रकारिताको नियमन गरिराख्नुभएको छ, निगरानी गरिराख्नुभएको छ । अर्थात्, समुदाय र मिडियाबीचको सम्बन्ध कस्तो छ ? समुदायले मिडियालाई कसरी हेरिराखेको छ ? समुदाय विशेषले मिडियालाई आफ्नो महसुस गर्न सकिराखेको छ कि छैन, ऊप्रति स्वामित्व ग्रहण गर्न सकिराखेको छ कि छैन ? मिडिया कतिको समुदाय र समाज मैत्री भइराखेको छ ? मिडिया र समुदायको बीचमा कतिको सामीप्य र दूरी छ ? वा मिडियाले गरिराखेको काम आचारसंहिताको अनुकूल भइराखेको छ कि छैन ? आदि विषयमा सार्वजनिकरूपमा यहाँहरूसँग गरिने संवादबाट प्रतिक्रिया (फिडब्याक) पनि प्राप्त होस् र यहाँको मिडियाले आगामी दिनमा अझ बढी प्रभावकारिता तथा जिम्मेवारीका साथ सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकोस् भन्ने लक्ष्य छ ।
हामीले बृहत्तररूपमा सामाजिक सद्भावको कुरा गरिरहँदा यहाँ सामाजिक सद्भाव खलबलिएको वा खलबलिन लागेको भन्ने अर्थमा यो बहस गरिएको होइन । जसरी पहाडी क्षेत्रमा कुनै सवारीचालकले गाडी चलाउँदा अलिकति पनि आँखा झिमिक्क भयो भने गाडी दुर्घटना हुन सक्छ, त्यसपछि त कुनै उपाय हुँदैन नि १ त्यसैगरी समाजको गतिशीलता र विकासक्रममा मिडियाले जुन काम गरिराखेको हुन्छ, त्यहाँ अलिकति पनि त्रुटि भयो भने परिणाम भयावह हुन सक्छ । समुदाय विशेषसँग जोडिएका कुरामा, समाज–समाजबीचको सम्बन्धका कुरामा अलिकति पनि भूलचूक भयो भने त्यसले पार्ने प्रभावको क्षतिपूर्ति तत्कालका लागि नियमन गर्न सकिंदैन ।
प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चारमाध्यमहरूले गर्न नहुने कार्यहरूको दोस्रो बुँदामा सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने उल्लेख छ । यो पत्रकारले गर्नुपर्ने काम हो । यहाँ पत्रकार र सञ्चारमाध्यमले सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्ने गरी समाचार वा सूचना प्रवाह गर्नुहुँदैन भनिएको हो । हामीलाई विश्वास छ, यहाँका साथीहरूले त्यो भूमिका निर्वाह गरिरहनुभएको छ । तथापि, यहाँहरूबीचमा हामीले सार्वजनिक संवाद लिएर आएका छौं । यहाँका पत्रकारले विगतमा गरिराखेको अर्थात् उनीहरूमार्फत् केन्द्रीय मिडियाबाट (राजधानी) प्रकाशन हुने सूचनाहरू, स्वयम् उनीहरूको स्वामित्वमा रहेका एफएम, अखबार वा अन्य माध्यमहरूबाट जुन प्रयत्न र अभ्यास भइराखेको छ, त्यसबारेमा यहाँहरूको अनुभूति के छ ? यहाँहरूको बुझाइ के छ ? त्यस विषयमा पनि मार्गदर्शनका रूपमा प्रतिक्रिया (फिडब्याक) प्राप्त होस् भन्ने चाहन्छौं ।
समाजका लागि विभिन्न राज्यसंरचना र पद्धतिहरू बन्छन् । लोकतन्त्रभित्र लोकतन्त्रको खोजी गर्ने प्रयत्नहरू हुन्छन् । हामी विभिन्न व्यवस्थाहरूको प्रबन्धको खोजी गरिराखेका हुन्छौं । तर जुन सामाजिक सम्बन्ध छ, त्यो महत्त्वपूर्ण हो । हामीले सामाजिक सद्भावको कुरा गरिरहँदा वा हाम्रो बुझाइमा सामाजिक सद्भाव भनेको कुनै समुदाय, क्षेत्र वा भूगोल विशेषका मानिस आफूमा सङ्कुचित भएर, चेपिएर बसेको मौन अवस्था होइन । यो त सबैको सम्मान र समानताको अनुभूति भएको अवस्था वा सबैलाई समान स्वीकारोक्ति भएको अवस्थाको परिकल्पना हो । त्यसैले सामाजिक सद्भावलाई हामीले वृहत्तर अर्थ र फराकिलो शब्दमा बुझ्नुपर्ने हुन्छ । सामाजिक सद्भावका लागि सूचना महत्त्वपूर्ण पक्ष हो । किनभने मिडिया समाज रूपान्तरणको अभिन्न औजारमध्ये एक हो । यो समाजलाई शान्तिपूर्ण तरिकाले बदल्ने र सामाजिक परिवर्तनलाई संस्थागत गर्न सक्ने बलियो माध्यम पनि हो । यो समाज परिवर्तनको अहिंसक माध्यम हो ।
मिडियाले सामाजिक रूपान्तरणका निम्ति सूचना उपलब्ध गराउँछ । जुन समाजमा जति बढी सूचना हुन्छ, त्यो त्यति नै मजबुत हुन्छ । त्यहाँको समुदाय बढी आत्मबलयुक्त हुन्छ र समृद्धिको यात्रामा त्यति नै गतिशील हुन्छ । मिडियामार्फत् प्रक्षेपण हुने सूचना नै कुसूचना भयो, अफवाह भयो, आग्रहयुक्त भयो अथवा मिडियाको (अखबार, टेलिभिजन, एफएम) स्वामित्व ग्रहण गर्ने व्यक्तिको पृष्ठभूमिका कारण पूर्वाग्रही सूचना सम्प्रेषण गरियो भने त्यतिखेर समाजमा निकै ठूलो दूरी आउँछ । त्यसले समाजमा निकै ठूलो तनाव उत्पन्न गराइदिन्छ । जुन कुरा हामीले सुनेका छौं, बुझेका छौं र अनुभव पनि गरेका छौं ।
मिडियाको सन्दर्भमा कुरा गर्दा स्थानीय तहमा दुईवटा कुरा हुन सक्छन् । पहिलो त जिल्लाबाट पत्रकारले जुन सूचना वा समाचार केन्द्रमा पठाउँछन्, त्यसमा त्यहाँबाट आफ्नै किसिमले सम्पादन भएर प्रकाशित भएको हुन्छ । त्यसबाट पनि जिल्ला तहमा आक्रोश हुन्छ, असन्तोष हुन्छ । कतिपय अवस्थामा स्थानीय धरातलमा भइराखेको वस्तुपरक परिस्थितिभन्दा भिन्नरूपमा समाचार राजधानीबाट प्रक्षेपित हुँदा त्यसबाट पनि केही असन्तुष्टि सिर्जना भएका हुन्छन् । यसरी भिन्न कुरा प्रक्षेपित हुँदा त्यसले विभिन्न समुदायका बीचमा दूरी बढाउने काम गर्छ । दोस्रो, स्थानीय तहकै मिडियामा पनि यो कुरा लागू हुन्छ ।
लोकतन्त्रमा प्रत्येक समुदायले आफ्नो हित, अधिकार र स्वाभिमानको कुरा गर्नु र राज्यबाट त्यसको प्रत्याभूति खोज्नु नैसर्गिक अधिकार हो । त्यसैले सामाजिक न्याय भन्ने शब्द पत्रकार आचारसंहितामा समेटिएको छ । हामी सामाजिक सद्भावको एकोहोरो कुरा गरिराखेका छैनौं । हामीले सामाजिक न्यायको पनि कुरा गरिराखेका छौं । सामाजिक न्याय र सामाजिक सद्भाव एउटा रथका दुई पाङ्ग्रा हुन् । अरू बेला सानोतिनो त्रुटि भयो भने त्यसलाई सच्याउन पनि सकिन्छ । तर सामाजिक तनाव र समाजमा ध्रुवीकरण भइराखेको अवस्थामा सानो त्रुटिले भयावह स्थिति निम्त्याउन सक्छ । मानिसलाई बस्ती जलाउन उत्प्रेरित गर्न सक्छ, हजारौं मानिसलाई भागाभागको स्थिति उत्पन्न हुन सक्छ, कैयौं मानिसहरू विस्थापित हुन सक्छन् । त्यतिखेर सूचनाको बढो महत्त्व हुन्छ । त्यसैले सामाजिक सद्भावका लागि तीन ‘स’ महत्त्वपूर्ण हुन्छन् । पहिलो ‘स’ हो सूचना, दोस्रो संवाद र तेस्रो समझदारी । त्यसैले सूचना महत्त्वपूर्ण पक्ष हो । सूचना प्रक्षेपण गर्ने बलियो माध्यम मिडिया हो । आजकाल अरू माध्यम पनि आएका छन् । विभिन्न सामाजिक सञ्जालहरू छन् । आज हामीले एक ठाउँको घटनाको विवरण एसएमएसबाट तुरुन्तै अर्को ठाउँमा पठाउन सक्छौं । टेलिफोनबाट पनि पठाइराखेका हुन्छौं ।
त्यसैले यस्तो अवस्थामा पत्रकारले आफू जुनसुकै पृष्ठभूमिको र जुनसुकै समुदाय विशेषबाट आएको भएपनि त्यतिखेर संयमित र सन्तुलित भएर सूचना सम्प्रेषण गर्न सकेन भने उसको सानोभन्दा सानो त्रुटिले पनि ठूलो जोखिम निम्त्याउन सक्छ । यस विषयमा हामीसँग अन्यत्रका पनि प्रशस्तै अनुभवहरू छन् । त्यस कारण दुर्घटना हुनुभन्दा पहिले नै हामी सतर्क भइराख्नुपर्छ भनेर प्रेस काउन्सिलले यो कार्यक्रम आयोजना गरेको हो । संवादका निम्ति यहाँहरूलाई बोलाएको हो । आजको विषयको सन्दर्भमा कुरा गर्दा एफएम रेडियोहरू बढी प्रभावशाली छन् । एफएममा सबैको पहुँच सहज र सरल छ । खेतमा काम गर्नेले एफएम सुनिरहेका हुन्छन्, घरमा खाना पकाउनेले एफएम सुनिरहेका हुन्छन् । एफएम सहज उपलब्ध छ । पत्रिकाहरू सबै ठाउँमा नपुग्न सक्छन्, सुविधाजनक ढ·ले सबैले किनेर पढ्न सक्ने क्षमता नहुन सक्छ । तर आजको जमानामा ससानो मोबाइलमा पनि एफएम सुन्न सकिन्छ । नकारात्मक वा सकारात्मकरूपमा सामाजिक सद्भावका निम्ति एफएमको ठूलो महत्त्व हुन्छ । विगतमा यही क्षेत्रमा विभिन्न एफएमहरूको ससानो त्रुटिले ठूलो तनाव उत्पन्न भयो । यस अर्थमा यहाँ सामाजिक सद्भाव राम्रो छ । अझ बढी राम्रो होस् । सबै समुदायले मिडियामाथि भरोसा गर्न सकून् । मिडियालाई सबैले आफ्नो महसुस गर्न सकून् । यस प्रकारको वातावरण बनिरहोस् भन्ने हामी अपेक्षा गर्दछौं ।
सूचना सम्प्रेषणका क्रममा कहिलेकाहीं पत्रकारहरूले आफूलाई असुरक्षित महसुस गर्दछन् । पत्रकारको सुरक्षा पाठक, समुदाय र जनताबाट हुने हो । निश्चितरूपमा राज्यका कानुनका केही सीमाहरू छन्, त्योभित्र रहेर उसले पत्रकारितालाई सुरक्षा दिने हो । त्यो पर्याप्त हुँदैन । साँचो अर्थमा पत्रकार र पत्रकारिताको सुरक्षा जनता, दर्शक र श्रोताले दिने हो । सुरक्षा त्यति बेला दिन सक्छन्– जब उनीहरूलाई यसले मेरो स्वरलाई प्रक्षेपित र मुखरित गरिराखेको छ भन्ने अनुभूति हुन्छ । त्यस कारण स्थानीय मिडिया वा समग्र पत्रकारिता क्षेत्रमा काम गरिराख्नुभएका साथीहरूले त्यहाँको समुदायको ढुकढुकी बन्न सक्नुभएको छ कि छैन ? त्यहाँको पत्रकारितालाई हेरेर, सुनेर वा पढेर समाजको मुहार हेर्न सकिन्छ कि सकिंदैन । त्यहाँको सच्चा तस्वीर झल्किन्छ कि झल्किदैन, त्यो महत्त्वपूर्ण पक्ष हो । त्यसले पनि समुदाय र मिडियाबीचको सम्बन्धलाई निर्देशित र परिभाषित गरिराखेको हुन्छ । त्यस अर्थमा जब हामी सामाजिक सद्भावको कुरा गर्छौं, त्यस बेला हामीले यी कुराहरूको पनि विचार गर्नुपर्छ ।
किनभने नेपाल अल्पसङ्ख्यकहरूको देश हो । नेपालको राष्ट्रियता नै यहाँको अन्तरसामुदायिक सहिष्णुता हो । यो नै हाम्रो राष्ट्रिय पहिचान हो । अन्तरसामुदायिक निर्भरता नेपालीको गौरव हो । मैले पटकपटक भन्ने गरेको छु– तराईका केही जिल्लामा नहरको डिलैडिल सिसौको रूख रोपियो । कालान्तरमा धेरै ठाउँमा सिसौको रूख सुकेर गयो । यसको प्राकृतिक सन्देश वा प्रकृतिले दिएको सिकाइ के हो भने एउटै प्रजातिका रूखहरू हामीले रोप्न खोज्यौं भने त्यो लामो समयसम्म टिक्न सक्दैन, दीर्घायु हुँदैन । ज·ल यस कारणले म·ल भएको छ, त्यहाँ विभिन्न प्रजातिका रूखहरू छन्, बिरुवाहरू छन् । त्यस कारण हराभरा भएको छ । प्रकृतिको यो सन्देशले हाम्रो सामाजिक परिवेशसँग तादात्म्यता राख्दछ । हामी विभिन्न समुदायकाहरू, पहिचान भएकाहरू, सरोकार र पृष्ठभमि भएकाहरू सँगसँगै हुर्किन सक्ने परिवेश नेपालको विशेषता हो । हामी नेपालबाहेकको अर्को पृथक अस्तित्वको परिकल्पना पनि गर्न सक्दैनौं । नेपालीहरूबीचको सम्बन्ध नै राष्ट्रियताको जग हो । त्यस अर्थमा नेपालका मिडियाले नेपाली जनताको आवाज बोल्न सक्नुपर्छ । यो विषयमा हाम्रो क्षेत्रको पत्रकारिता कतिको अगाडि बढेको छ ?