सञ्जय साह ‘मित्र’
चैत महिनामा पढ्नुपर्ने रोजाइमा कविता सङ्ग्रह परेको थियो । महिनामा कम्तीमा एउटा पुस्तक पढ्न पाए हुन्छ भन्ने मेरो ध्याउन्न हुन्छ । कुनै महिनामा दुई वा बढी पनि पढेर सिध्याइन्छ त कुनै दुई महिनामा एउटा पनि पुस्तक आद्योपान्त पढ्न सकेको हुन्न । सबै व्यस्ततालाई समय दिएर उब्रेको समयको उपयोग पुस्तक अध्ययनमा दिने गरेको छु । आजभोलि मलाई ऐतिहासिक पृष्ठभूमिमा लेखिएका आख्यानात्मक कृति बढी मन पर्न थालेको छ, तर पनि बीचमा स्वाद फेर्न नारायणी अञ्चलमा अहिलेका चर्चित दुई कविका दुई कृतिलाई यो महिनाको खुराकको रूपमा राखेको छु । जसमध्ये पहिलो निमेष निखिलको ‘शोकगीतको पोस्टमार्टम’को सेरोफेरोबारे यहाँ चर्चा गरिएको छ ।
चालीसको दशकमा काव्य साहित्यमा देखापरेका सर्लाहीका निमेष निखिल पूर्णरूपमा हेटौंडेली भइसकेका छन् । नेपाली साहित्यको काव्यविधामा आफूलाई स्थापित गरिसकेका निखिलको प्रस्तुत कृतिमा चार दर्जन आधुनिक कविता सङ्गृहित छन् । पहिलो कविता ‘ऐना अगाडि’मा झूटो विम्ब नदेखाउने ऐनाले आफूलाई कुरूप देखाएको व्यङ्ग्यले ऐना हेर्न प्रश्न तेस्र्याएको छ । ‘अनिद्रा’ कवितामा निद्रा र अनिद्रालाई प्रतीकात्मकरूपमा प्रस्तुत गरिएको छ । सबैले सहजै निदाउन नसक्ने वातावरणप्रति यो कविता सचेत देखिएको छ । ‘अब यसो गरौं’मा हरेकले मानवताका लागि इमानदारीपूर्वक कार्य गर्न आह्वान गरिएको छ भने ‘समय यस्तो होस्’मा देश र जनताका लागि सहज र प्रगति–उन्मुख समयको कामना गरिएको छ । ‘माछा बेच्ने दाइ’ले दैनिक श्रम गर्नुपर्ने श्रमजीवीको व्यथालाई प्रस्तुत गरेको छ तथा ‘समय र कवि’ले कविता लेख्दा मानिसका पीडा लेख्न नपर्ने दिनको खोजी गरेको छ । जीवन्त यथार्थको सहज तस्बिर बनेको छ ‘केही कामहरू’ र ‘भन रामलखन’मा देशमा उम्रेका अनेक किसिमका विभेदहरूप्रति असहमति जनाइएको छ । महाप्रलयअघिको शान्ति देखिएको ‘बस्तीको कथा’पछि ‘फेरि गाउँका कुरा’मा गाउँको जीवन्त वर्णन हृदय पगाल्ने किसिमको रहेको छ ।
समयले पीडा बताउन सक्ने भएको भए कस्तो हुन्थ्यो भन्ने कल्पना ‘समय चिन्तन’मा गरिएको छ र ‘विम्ब : एउटा देशको’मा मान्छे निद्र्वन्द्व बाँच्न पाउने देशको कल्पना गरिएको छ । अँध्यारो विरुद्ध अभाव र समस्याले पिल्सिएका नागरिकहरूले कतै आफ्ना पीडा राख्न नपाएकोप्रति क्षोभ प्रकट गरिएको छ । अनेक एकतामा उनिएको सुन्दर देशको वर्णन गरिएको देश, समर्पणमा प्रेमको मलिलो अङ्कुर निरन्तर झाङ्गिने यथार्थलाई तिमीलाई भनेर, सर्वसाधारण नेपालीका आँखामा हुने सपना बोकेको ‘सपना हेर्दै म’, गाउँको गीत गाउादै गरेको ‘गाउँको एउटा कविता’ र शान्ति तथा समुन्नति खोजिरहेको गाउँको चित्र बनेको छ ‘एउटा आकाशको खोजी’ । ’कहीं नपुग्ने एउटा यात्रा’ले देशको वर्तमान राजनैतिक वातावरणप्रति चोटिलो प्रहार गरेको छ भने नागरिकका अगाडि निराश वर्तमानका अनेक अनुहारहरू उभिए पनि ‘निरन्तर पर्खाइ’ रहेको छ । ‘मायाको याम’ले हाम्रो जगत्को यथार्थलाई मार्मिक अभिव्यक्ति दिएको छ भने गाउँमा खासै परिवर्तन आउन नसकेको यथार्थमा परिवर्तनको चाहना विम्बित गरेको छ ‘उस्तै गाउँ’ले ।
हिर्काउनु छ किरणहरूले हिर्काएरकोठाभरि बाँकी रहेको अँध्यारो ।
‘शोकगीतको पोस्टमार्टम’ कविताले यसैगरी सबै किसिमका शोकजन्य गीतहरूको पोस्टमार्टम गर्नुपर्ने आवश्यकता देखाएको छ भने जस्तोसुकै कठिन परिस्थितिमा ‘एक मुठी उज्यालो’को आशा मार्न नहुने सुविचारपछि सर्वसाधारण मानिसका सपनाहरू पूरा हुनुपर्ने तर्क गरिएको छ ‘सपनाको प्रतीक्षामा’मा । निराशाको अँध्यारो घेराभित्र आशा जीवित रहने नोस्टाल्जिया, सबैका लागि समानरूपमा अथवा नयाँ वर्ष आउनुको सार्थकता नहुने, देशको विकासले बिरानो बस्तीतिर पनि उज्यालो पुर्याउनुपर्ने मान्छे र देश, अनगिन्ती अप्ठ्याराहरूलाई उछिनेर अगाडि बढेको असहज यात्राले सहजता ल्याउन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै सहजताको सुदिन पर्खेको असहज यात्रालगायतका कविताहरू यस सङ्ग्रहका साँच्चीकै राम्रा कविताहरू हुन् । आफ्नो स्थानमा अरूलाई र अरूको स्थानमा आफूलाई राखेर हेर्दा पीडा र खुशीका दिनमा कस्तो अनुभूति होला भन्ने कल्पना गरिएको एउटा प्रश्न केही जटिल छ, पानीले अरूको रङ नबताए पनि अरूको रङलाई स्पष्ट पार्ने पानीको रङ, कथनी र करनीमा फरक पार्न नहुने शब्दकोशमा र समयको निबन्ध : कविता साधारण भएर पनि विशिष्ट प्रभाव छोड्ने कविताहरू हुन् ।
जीवनवादी मित्रसँग सार्थक मन्त्रणा गरिएको छ तथा सौराहा, यो कविता होइन भन्ने कविताले सौराहाका निमुखाहरूको अवस्थालाई चित्रण गरेको छ । समाजमा भइरहेको विसङ्गति, विकृति तथा वितृष्णाजन्य कार्यहरूप्रति मानिसको अभ्यस्ततालाई व्यङ्ग्य गरेको मेरो अभ्यस्तता र कम्तीमा यथार्थ लेख्ने सुषुप्त आग्रह गरिएको छ ‘कविताका नाममा’मा । सङ्ग्रहको सबैभन्दा सानो कविता प्रेमले सर्वसाधारणको पक्षमा आउने आँधीबेहरीलाई प्रेम गरिरहने दृढता व्यक्त गरेको छ । मर्निङ वाकमा जाँदा एकाबिहानै सबै विसङ्तिहरूको दर्शन हुने यथार्थ कथिएको छ भने खुशी तथा उत्साहले उज्यालिएका मानिसहरूको अनुहार हेर्न मन लागेको बताइएको छ रहरमा । देशलाई अलच्छिना लागेको बताइएको कविता हो लोदर लाग्यो काका । बन्दप्रति असहमति, विगतको हुँकारविरीत दौडमा रहेका जिन्दगीप्रति व्यङ्ग्य बग्दैबग्दै खलङ्गा, वरिवरि नै लेख्नुपर्ने विषयहरू धेरै बाँकी रहेको म हराएको सूचना, विभिन्न चुनौती स्वीकार गरेर कविता लेखिएको स्वीकारोक्ति आगो टेकेर कविताहरूले समेत जीवनलाई छोएका छन् । प्रतिकूल समयमा जे पनि हुन सक्ने हाम्रो परिवेशलाई केलाएको सुन्दर कविता हो र अन्तिम कविताले कविले कविताकर्ममा अझै धेरै कार्य गर्नुपर्ने बाँकी रहेको मनोभावनालाई उद्गारित गरेका छन् ।
अक्षर प्रकाशन हेटौंडाले प्रकाशनमा ल्याएको प्रस्तुत काव्यकृतिलाई समग्रमा प्रगतिशील कविताहरूको सङ्गालो मान्न सकिन्छ । कवितामा जीवन, देश र समाजको प्रगति हुनुपर्ने आशा र भाव भरिएका छन् । कतैकतै कलाले भावलाई थिचेकोजस्तो अनुभूति त हुन्छ तर कवि निखिलले आफ्नो स्थापित शैलीलाई अझ फराकिलो हुनेगरी आफूलाई प्रगतिशील कविका रूपमा यस कृतिमा उभ्याएका छन् । प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य निखिलको काव्यवाणीमा अखिलको आशा, चाहना र आस्था विम्बित छ । कविताहरूको कथ्य बोलीमा निखिलको यो दोस्रो काव्य बिसौनी र अक्षर प्रकाशनको दोस्रो पाइलो दुवैले प्रगतिशीलताको नयाँ बिसौनी तयार पारेको छ ।