$type=ticker$count=12$cols=4$cate=0

नेपालमा भूकम्पको प्रभाव र बच्ने उपाय

SHARE:

चन्द्रकिशोरप्रसाद साह
    विश्वको ११औं अतिजोखिमयुक्त भूकम्पीय देश अन्तर्गत नेपाल पर्दछ । यहाँको हिमशृङ्खला क्षेत्र सक्रिय भूकम्पीय क्षेत्र हो । तर यसबाट बच्न र बचाउन पहिलेदेखि सरकारले खासै विशेष सुरक्षात्मक कदम अपनाएको देखिंदैन । अरबौंको बजेट फोकटमा सभासदहरूले खाए पनि संविधान बनाउन नसक्ने तर सत्तावादी लिप्सामा लागेर भूकम्पीय
सुरक्षात्मक कार्यक्रम दिन सकेका छैनन् । अहिले २०७२ वैशाख १२ गते दिनको १२ बजेतिर लमजुङ, वार्पाक केन्द्रबिन्दु भई काठमाडौं, पोखरातिर ७.६ रेक्टरको भूकम्प गएको छ । यो भूकम्पको झट्का यहाँ उत्तर र दक्षिणतिरको रहेको र करिब १ मिनटसम्म लगातार झटका दिइराखेको पाइएको थियो । काठमाडौं, भक्तपुर, ललितपुर, गोर्खा, धादिङ, पोखरा, रामेछाप, रसुवा, सोलुखुम्बु, काभ्रे, रोल्पा, सुनसरी, बारा, मकवानपुर आदि गरी २९ जिल्लामा आइतवार १२ बजेसम्म २ हजारको ज्यान गएको बताइन्छ भने करिब ५ हजार मरेको अनुमान गरिएको छ किनकि गोर्खा सदरमुकामको उत्तरी गाविसहरूको ७० प्रतिशतभन्दा बढी घरहरू ढलेका छन् । यस्तै भारतमा पनि करिब ६० जनाको मृत्यु भएको बताइन्छ । मनकामना र जानकी मन्दिरमा क्षति पुगेको छ । बारा, पर्सा, चितवनको उत्तरी क्षेत्रका हजारौं ठाउँमा मूल फुटेर पानी निस्किरहेको छ । धेरै हिमाली क्षेत्रमा हिमपहिरो गएको छ । हुनत शनिवार भएकोले कार्यालय, पसल, विद्यालयहरू बन्द भएका र दिउँसो भूकम्प आएकोले कम क्षति भएको हो । धरै ठाउँको फोनलाइन डिस्टर्ब रहेकोले पूरा विवरण प्राप्त हुन सकेको छैन ।
    कलैया–९ का अब्दुल वाजिदले रुपन्देही जिल्लाको सुनौली बोर्डरमा १५ पटक भूकम्पको झट्का आएको बताएका छन् । मलेसियामा पनि झट्का महसुस भएको कुरा बताइन्छ । कलैयाको घण्टाघरको टुप्पो बा·िएको छ भने काठमाडौको
धरहरा, वसन्तपुर, पाटन र भक्तपुर स्क्वायरका दरबार ध्वस्त भएका छन् । यस भूकम्पबाट अर्बौंको क्षति पुगेको देखिन्छ । रातभरि मानिस त्रासले घरनगई बाटोमा जम्मा भएका देखिन्थे ।
यदि यो भूकम्प ९ रेक्टरको भए १ लाखभन्दा बढी मानिस मर्ने थिए । किनकि धेरै घर पुरानै डिजाइनका रहेका र अलगबाट पिलर दिएर बनाइएका छन् । ५ लाख मात्र मानिसको भार थाम्न सक्ने काठमाडौंमा ५० लाखको बसोवास छ । यसर्थ सरकारले यस विषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।
    भूकम्पलाई भुइँचालो, जमिन/धर्ती हल्लिने वा त्यसको कम्पन भनेर चिनिन्छ । जमिनभित्र खास क्षेत्रमा आन्तरिक प्रक्रियाबाट उत्पन्न सञ्चित शक्ति बढ्दै गई उक्त भूभागको चट्टानले भार थाम्न नसकी फुटेर, चिरा परेर जमिन सर्ने भई एक्कासि सञ्चित शक्ति बाहिर निस्कने गर्दछ । यसरी चिरा परेको दुवैतिरका चटान सर्छ जसलाई फल्ट भनिन्छ । यो हुने क्रममा पृथ्वीभित्रको शक्ति बाहिर निस्कँदा पृथ्वीमा भूकम्पीय तर· पैदा भई चारैतिर फैलिन्छ, जसका कारण जमिनमा कम्पन हुन्छ । यही कम्पन भूकम्प हो । पोखरीमा ढु·ा फ्याँक्दा उत्पन्न हुने तर·जस्तै भूकम्पीय तर· पनि हुन्छ । यसरी पृथ्वीको भित्री भागमा तर· उत्पन्न हुने स्थान फोकस वा हाइपोसेन्टर हो भने यसको ठीकमाथि पृथ्वीको सतहमा पर्ने स्थान चाहिं भूकम्पको केन्द्रबिन्दु वा एपिसेन्टर हो ।         भूकम्पको विषयमा अध्ययन गर्ने शास्त्रलाई सिस्मोलोजी भनिन्छ । फोकसबाट प्राइमरी (पी वेभ) र सेकेन्डरी (एस वेभ) गरी २ तरिकाले भूकम्पीय तर· भिन्नभिन्न गतिमा पृथ्वीभित्र फैलिने गर्दछ, जुन पृथ्वी सतहनिर पुगेपछि नयाँ तर· पैदा गर्छ, जसलाई सर्फेस वेभ (एल वेभ) भनिन्छ । यसैले संरचनामाथि क्षति पुर्‍याउँदछ । भूकम्प हुँदा निस्कने तर·लाई भूकम्प मापन यन्त्रले रेकर्ड गरिन्छ जुन सिस्मोग्राफ हो । यसमा प्राइमरी, सेकेन्डरी र सर्फेस वेभको आधारमा कम्तिमा ३ वटा सिस्मोग्राफको सहायताले भूकम्पको केन्द्रबिन्दु पत्ता लगाइन्छ । प्राइमरीभन्दा सेकेन्डरी वेभ (तर·) १.७ गुणा बढी हुन्छ । खानी तथा भूगर्भ विभाग तथा काठमाडौं तथा सुर्खेतका भूकम्प मापन केन्द्रलाई देशको विभिन्न ठाउँमा राखेको सिस्मोग्राफबाट तथ्याड्ढ भइरहेको हुन्छ । भूकम्पको शक्ति मापन गर्न २ वटा विधि (म्याग्निच्युड र इन्टेन्सिटी) अपनाइन्छ । फोकसबाट कति शक्ति निस्क्यो वा कति शक्तिशाली थियो भनी जान्न भूकम्पको म्यग्निच्युड पत्ता लगाइन्छ ।
    सन् १९३५ मा सर्वप्रथम अमेरिकी भूवैज्ञानिक चाल्र्स एफ रिक्टरले भूकम्प मापन विधि पत्ता लाएकाले उनको नामले म्याग्निच्युड नाप्ने स्केललाई रिक्टर स्केल भनिएको हो । त्यस्तै भूकम्पबाट घर, संरचनामा भएको असर, क्षतिको वैज्ञानिक लेखाजोखा गरिने विधि इन्टेन्सिटी हो जसलाई मोडिफाइड मर्काकाली इन्टेन्सिटी स्केलमा नापिन्छ । जुन स्थानमा जति धेरै घर, भौतिक संरचना भत्किन्छ, त्यस ठाउँको इन्टेन्सिटी त्यति नै वढी मानिन्छ । भूकम्पको केन्द्रबिन्दुबाट तर· जतिजति टाढा हुँदै जान्छ, त्यसको असर क्रमश: घट्दै जान्छ । वि.सं. १९९० माघ २ गते पूर्वी नेपालको भोजपुरमा केन्द्रबिन्दु भएको ८.३ म्याग्निच्युड रिक्टरको महाभूकम्प गएको थियो जसबाट नेपालमा १६ हजार मानिसले ज्यान गुमाएका थिए र २ लाखभन्दा बढी घर भत्केका थिए । यस्तै २०३७ मा सुदूर पश्चिमाञ्चलको बझाङ जिल्लामा केन्द्रबिन्दु रहेको ६.५ रिक्टरको भूकम्पबाट १०३ मानिसको ज्यान गएको थियो भने २५०० भन्दा बढी घरमा क्षति पुगेको थियो । त्यस्तै २०४५ भदौ ५ गते उदयपुर जिल्लामा केन्द्रबिन्दु भएको ६.६ रिक्टरको भूकम्पबाट ७२१ जनाले ज्यान गुमाएका थिए भने ६५००० हजारभन्दा बढी घरमा क्षति पुगेको थियो ।
यसैगरी २०६८ असोज १ गते आइतवार साँझ ६:२५ बजेको ६.८ रिक्टर भूकम्पको केन्द्रबिन्दु भारतको सिक्किम आसपास रहेको थियो जसको असर नेपालको राजधानीलगायत पूर्व र पश्चिममा लमजुङसम्म महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर अनुसार राति ८:१५ बजेसम्म पनि ससाना धक्काहरु रेकर्ड गरिएको र २४ घण्टाभित्र ३ वटा ४ रिक्टरको त्यसभन्दा कम १५० वटा कम्पन भएको जनाएको थियो । यसमा भारतमा ७० भन्दा बढी र नेपालमा ११ जनाको मृत्यु भएको जनाइएको थियो । त्यसको केन्द्रबिन्दु करिब ३ सय किलोमिटर टाढा भएकोले काठमाडौंमा कम असर परेको थियो । नेपालको ताप्लेजुङ, सँखुवासभा,
तेर्‍हथुम, पाँचथरमा बढी प्रभाव परेको थियो । त्यसको २ हप्तापछि नेपालको पश्चिमतिर पनि सानो भूकम्प महसुस गरिएको थियो ।
    अब पश्चिमांचल क्षेत्रलाई भूकम्पको जोखिमक्षेत्र मानिएको छ, किनकि धेरै वर्षदेखि त्यस क्षेत्रमा भूकम्प आएको छैन जसले जमिनमुनि धेरै शक्ति संञ्चित हुन सक्ने अनुमान गरिएको छ । यसरी नेपालमा प्रत्येक ४०–७० वर्षमा मझौला, महाभूकम्प जाने गर्दछ । पृथ्वीमा प्रत्येक वर्ष १० हजारभन्दा बढी भूकम्प हुने गर्दछ । यसैगरी चीनमा सन् १५५६ मा भूकम्पबाट १० लाख मानिसको ज्यान गएको थियो भने १९७६ मा २ लाख ४२ जनाले
ज्यान गुमाएका थिए । यस्तै पाकिस्तानमा सन् २००५ मा ८० हजार मानिस
मरेका थिए । इन्डोनेशियामा सन् २००४ डिसेम्बर २४ मा आएको भूकम्पबाट उत्पन्न समुद्री छालले त्यहां २ लाख, थाइल्यान्ड, श्रीलड्ढा, भारत, माल्दिभ्स गरी ३० हजार मानिसको ज्यान गएको थियो ।
    पृथ्विको सतहदेखि १०० किमिसम्म मोटाइ रहेको भाग लिथोस्फेयर हो, जुन क्रस्ट वा भूपटल र म्यान्टलको माथिल्लो केही भाग मिली बन्दछ । यो कडा चट्टानले बनेको हुन्छ र टुक्रन सक्ने किसिमको हुन्छ । यसमुनि ३००/४०० किमि मोटाइको नरम प्रकारको चट्टानको तह हुन्छ, जुन एस्थेनोस्फियर हो । यहाँ पाइने केही चट्टान पग्लेको अवस्थामा पनि रहने गर्दछन् । यसरी लिथोस्फियरका १२ वटा भन्दा बढी सानाठूला टुक्रा हुन्छ जुन टेक्टोनिक प्लेट हो जुन निरन्तर गतिशील भई विभिन्न दिशामा एस्थेनोस्फियरमाथि तैरिएझै रहन्छ । यसरी यी टेक्टोनिक प्लेटमध्ये केही प्लेट एकआपसमा सर्दै एकमुनि अर्को पस्ने गर्दछन् भने केही एक अर्काबाट टाढा जान्छ । यसर्थ प्लेटमुनि धसिने ठाउँ, एक अर्कोबाट टाढा भएर जाने ठाउँ, दबाबले भित्र बन्ने फल्टको ठाउँमा भूकम्प हुने गर्दछ । यस्ता भूकम्पहरू ठूल्ठूला विनाशकारी पनि हुने गर्दछन् । तसर्थ विश्वभरि मुख्यत: यिनै प्लेटको सिमानाको आसपासमा बढी भूकम्प आउने, ज्वालामुखी पाइने गर्दछन् । यस्ता भूकम्प जाने मुख्य क्षेत्रहरूमा प्रशान्त महासागरको तटीय देशहरू (चिली, पेरु, अमेरिकाको पश्चिमी भाग, जापान, फिलिपिन्स, न्युजिल्यान्ड, इन्डोनेशिया, हिमालय क्षेत्र, अफगानिस्तान, इरान, टर्की, इटाली, चीन, म·ोलिया आदि हुन् ।      
    जमिनमुनि शक्ति सञ्चय भई फल्ट बन्ने प्रक्रयासँगै भूकम्प हुने गर्दछ जुन टेक्टोनिक भूकम्प हो । पृथ्वीभित्र पग्लिएका चट्टान, ग्याँस, चट्टानको टुक्रा, धूलो जमिनको बाहिरी सतहसम्म निस्कने मुख्य बाटो नै ज्वालामुखी हो । यसरी पृथ्वीको धेरै भित्रसम्म गएको प्वाल, चिराहरू ज्वालामुखीका द्वार हुन सक्दछ । जमिनभित्र पग्लेर रहेका चटानलाई म्याग्मा भनिन्छ भने सो चट्टान पृव्वीको सतहमा आएपछि त्यसलाई लाभा भनिन्छ । ज्वालामुखीको तल जमिनभित्र ग्याँस र बाफसहितको तातो म्याग्मा तीव्र गतिमा बाहिर सतहमा निस्कने क्रममा शक्तिशाली विस्फोट हुँदा भूपटलको माथिल्लो भाग हल्लिएर भूकम्पीय तर· निस्कने प्रक्रियालाई ज्वालामुखी भूकम्प भनिन्छ ।
    भूकम्पबाट निम्न असर पर्न सक्दछ: (क) ठूलो भूकम्पले जमिनको भाग तलमाथि भई बाहिरी स्वरूप नै बदलिने, जनधनको क्षति, पहिरो, बाढी, आणविक चुहावट, ढल, विद्युत्, आगलागी, आणविक भट्टीबाट विकिरण चुहावट भई मानिस, जनावर र वातावरणमा नराम्रो असर, सञ्चार, सडक आदि भौतिक संरचनामा नोक्सानी, समुद्री छाल
(सुनामी) आदि हुने गर्दछ । पानीको मूल सुक्ने वा कतै नयाँ पानीको मूल निस्कने गर्दछ ।
    यहाँ बन्ने घर, पुलहरू नियमपूर्वक बनेका देखिंदैनन् । साथै नगरपालिकाले बिनादेखरेख नक्शा पास गरिदिने, पुरानै शैलीको परम्परा अपनाएको देखिन्छ । अत: भूकम्पबाट बच्न/बचाउनका लागि निम्न उपाय अपनाउनुपर्दछ:–
    घर, पुलहरू बनाउँदा भूकम्प प्रतिरोधात्मक प्रविधि अपनाउने, पुरानो घरको मरम्मत संभार गर्ने, नगर पालिका/जिविस/सडक विभाग आदिले घूस लिएर कमसल निर्माण कार्य गरिरहेकाले सो कार्य बन्द गर्नुपर्ने, सरकारले यी भ्रष्ट ओभरसियर, इन्जिनियर, हाकिम, ठेकेदारमाथि कडा नियम लागू गरी चुस्तदुरुस्त कार्यान्वयन प्रक्रिया अपनाउनुपर्ने, नेता, सांसद, मन्त्री, सचिव, निर्देशक, हाकिमहरूले कमिशनको कुखेल त्याग्नुपर्ने, भूकम्पबाट बच्नका लागि विद्यालयदेखि नै शिक्षा दिने व्यवस्था मिलाउनुपर्ने, व्यापकरूपमा जनचेतनामूलक कार्यक्रम गर्ने, तालिम प्राप्त जनशक्ति तयार गर्नुपर्दछ । ठूल्ठूला घर, शहरहरूमा आपत्कालीन अवस्थामा टर्चलाइट, रेडियो, एफएम, औषधि, प्राथमिक उपचार सामग्री, सुख्खा खाद्यवस्तु, सुरक्षित खानेपानी सञ्चित गरी परिवारका सबै सदस्यहरूलाई थाहा
रुहुने गरी सुरक्षित स्थानमा राख्नुपर्दछ । त्यस्तै भूकम्प हुँदा तुरुन्तै टेबल वा खाटमुनि बस्ने, घरको बीच ढोकाको भित्री गार्‍होको आड लिएर उभिने, झ्याल छेउ वा बाहिरी गार्‍होको नजिक नबस्ने, बालबालिका, वृद्ध, अशक्त सबैलाई तुरुन्तै जानकारी गराई सुरक्षा प्रदान गर्ने, ग्याँस/बिजुली, धारा तत्कालै बन्द गर्ने, धैर्य धारण गरी रेडियोको निर्देशन आदिको पालना गर्ने, घना बस्ती/साँघुरो गल्लीमा घर बाहिर ननिस्कने, पोल/रूखहरूबाट टाढा बस्नुपर्ने आदि उपाय अपनाउनुपर्दछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेपालमा भूकम्पको प्रभाव र बच्ने उपाय
नेपालमा भूकम्पको प्रभाव र बच्ने उपाय
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh7GoNWp2cGNt_0biqxxrvoP9j0OJhRWw-9fJ1q1glUY7h7OW0yTPRicwv3C2u-dTb6Y0QSWHXKlkEWHAurZb6UipHU8uFfgzcokbsSexJWXErz_dRdTF1mExZK2u8WBAp0IDerU3xDuJo/s1600/chandrakishore+prasad+sah.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh7GoNWp2cGNt_0biqxxrvoP9j0OJhRWw-9fJ1q1glUY7h7OW0yTPRicwv3C2u-dTb6Y0QSWHXKlkEWHAurZb6UipHU8uFfgzcokbsSexJWXErz_dRdTF1mExZK2u8WBAp0IDerU3xDuJo/s72-c/chandrakishore+prasad+sah.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/04/blog-post_490.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/04/blog-post_490.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy