वैशाख १२ बजे बिहान ११.५६ नेपालको लमजुङ जिल्लाको वार्पाक केन्द्रबिन्दु भई १० किलोमिटर भूतलमा गएको ७.६ रेक्टर स्केलको भूकम्पले नेपाल मात्र होइन, भारत, ब·लादेश, तिब्बत र पाकिस्तानलाई समेत त्रस्त बनायो । यस भूकम्पको भयावहता भौतिक संरचना विनाश र मानिसको ज्यान गएकोले मात्र नभई यस कारण पनि बढी महसुस भयो कि यसले केन्द्रबिन्दु नजिकका बासिन्दालाई एक होइन, दुई होइन झन्डै तीन दर्जनपटक अत्यायो । ११ बजेर ५६ मिनेटमा गएको पहिलो भुइँचालोको दीर्घता, एक मिनेटसम्म रहेर शुरुमैं जुन त्रास उत्पन्न गर्यो, त्यसलाई पछिका र निरन्तरका कम्पनले बढाउँदै लग्यो । खासगरी अति जनघनत्व भएको राजधानी काठमाडौंका बासिन्दालाई भुइँचालोले मानसिकरूपमैं हल्लाइदियो । धेरै टाढा वीरगंजमा एकपछि अर्को तर·दैघ्र्यताको भुइँचालोले ज्यानमालको प्रत्यक्ष–अप्रत्ययक्ष थोरै नोक्सानी गरे पनि मानसिक त्रास निकै फैलायो । जसले जति र जुन हल्ला सुन्यो, आफूभित्र त्रास मात्रै जन्मायो । भुइँचालो फेरि आउँछ, ठूलो आउँछ, राति १२ बजे आउँछ भन्ने खबर कुनै सञ्चारमाध्यमले होइन, जनजिब्रोले यहाँबाट वहाँ प्रसारित गरिरहे ।
नेपालमा यस भुइँचालोलाई केहीले महाभूकम्प भनेर वि.सं. १९९० सालमा गएको भुइँचालोसँग तुलना गरेका छन् । ९० सालको भुइँचालो ९ रेक्टरस्केलको थियो र त्यसमा १० हजार मानिसको ज्यान गएको थियो । त्यो स्थितिसँग यसको तुलना गर्न सकिंदैन भनेर भूगर्भविद्हरूले भनेका छन् । त्यस बेला मानिसमा भुइँचालोसँग प्रतिकार गर्ने साधन वा ज्ञान थिएन । आज थाहा हुँदाहुँदै पनि नयाँ प्रविधिका भौतिक संरचनाहरू भत्केका छन् । राजधानी शहरमा नयाँ भवनहरू भत्केका छन् भने सरकार र निर्माणकर्ताले ध्यान नदिएको मान्नुपर्दछ । यस कारण पनि कि यस्तो भयावह भुइँचालो ८० वर्षमा फर्कने गर्दछ भन्ने आधार लिएर हामी हिंडिरहेका थियौं । आजभन्दा ८२ वर्ष पहिले गएको महाभूकम्पको प्रत्यक्ष अनुभव बोकेका केही मानिस आज पनि होलान्, त्यस बेलाको भयावहता सुनाउन तर यसपालिको भूकम्प दैवी कारणले मात्र होइन, मानवीय कारणले पनि दु:खद बनेकोमा पछुतो गर्नुबाहेक केही गर्न सकिन्न । इतिहासमा यसभन्दा पनि ठूला भूकम्प गएका छन्, यसभन्दा बढी ज्यानमालको नोक्सान पनि भएको छ । मूल कुरा जमा जतिसुकै पनि उन्नत मानवीय प्रविधिको वश छैन, त्यसबारे ज्ञान, तत्परता र दूरदर्शिता भए मात्र त्राणको उपाय खोज्न सकिन्छ ।
राजधानी सुगम र सबैको दृष्टिमा रहेको ठाउँ हो । यहाँको खबर थाहा भइरहन्छ तर यस भूकम्पले पहाडका बस्ती र मानिसमा के प्रभाव पारेको छ, त्यसको लेखाजोखा समयको अन्तरालपछि मात्र थाहा पाउन सकिन्छ, पहाडमैं केन्द्र रहेको यस भूकम्पले कति क्षति गर्यो भन्ने कुरा । तराईवासी यस मामिलोमा भाग्यमानी देखियौं, यहाँ धनजनको त्यति सार्हो र प्रत्यक्ष क्षति भएन । केही मानिस मरेको खबर त आयो तर त्यो भूकम्पको प्रत्यक्ष कारणले नभएर त्रासले हृदयाघात हुँदा भयो । तराई नजिकै भारतका जिल्लाहरू, जो भूकम्पको केन्द्रभन्दा निकै टाढा थिए, त्यहाँ भने ठूलै क्षति भएको समाचार आएको छ । यसको कारण र भविष्यमा त्यसको निदान खोज्ने जमर्को गरियो र तदनुरूप निरन्तर प्रयास गरियो भने पछि हुने यस्ता घटनाबाट न्यून क्षति बेहोर्नुपर्नेछ ।