शनिवारदेखि आउन थालेको भूकम्पको कम्पनले आइतवार मानिसलाई झन् अत्याइदिएको छ । शनिवार तराई क्षेत्रमा दुईवटा प्रबल झटका सहेर रातिपख पनि कम्पन महसुस गरेपछि धेरैलाई कम्पनको फोबिया नै भएको छ । झन् आइतवार पनि लामै तर· आएपछि नागरिकले दिनभरि त्रासमैं बाँच्नुपर्यो । बेलुका पनि सानो झटका महसुस भयो, जसले गर्दा धेरैलाई राति घरमा सुत्न ठूलो हिम्मत जुटाउनुपर्यो । मानिस घर छाडेर सडक र चौर तथा खुला–खाली ठाउँमा रात बिताउन विवश भए । तराई क्षेत्रमा भूकम्पबाट प्रत्यक्ष क्षति भएको नदेखिए पनि त्रासका कारण केही मानिसको हृदयघात भएर मृत्यु भयो । टाढा रहेको भारतको बिहार र उत्तरप्रदेशमा नेपालको तराई क्षेत्रभन्दा बढी क्षति भएको छ । भुइँचालो आउने क्रम अझ पनि जारी छ । अति संवेदनशील ठाउँमा शनिवारदेखि अहिलेसम्म लामो र छोटो, विनाशकारी र सामान्य झन्डै ६६ वटा झटका महसुस गरिएको छ । दिनभरिमा दुई वा तीन कम्पन महसुस हुँदा त फोबिया उत्पन्न भएको छ भने जहाँ दिनभरिजसो कम्पन महसुस भयो त्यहाँका मानिसको मानसिकताको सहज अनुमान लगाउन सकिन्छ ।
भूकम्प गएसँगै यस सानो मुलुकका लागि सहयोगको हात निकै अघि बढेको छ । भारत र चीनजस्ता छिमेकी र ठूला शक्तिशाली राष्ट्रबाहेक अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलिया तथा जर्मनी, नर्वे, इटाली, फ्रान्स तथा मोनाको, मेक्सिको, श्रीलड्ढाजस्ता साना देशले सहयोगको हात अघि बढाएका छन् । नगद, जिन्सीलगायत सेवामूलक सहयोग प्राप्त हुने वचनबद्धता झन्डै चारैतिरबाट आइरहेको छ । भूकम्पबाट हुने क्षति त भइसकेको छ । तर विध्वंसपछिको राहत कार्य भने जटिल देखिएको छ । घर भत्केर पुरिएका मानिस मृत वा जीवितको उद्धारका लागि साधनको कमी देखिएको छ । मानवशक्तिले पार नपाउने अवस्थामा यान्त्रिक शक्तिकै भर पर्नुपर्ने हुन्छ, जसको कमी अहिले नराम्ररी महसुस भएको छ । यो अवस्था सुविधासम्पन्न राजधानी शहरको हो । दुर्गम र सुदूर टाढा बसेका गाउँ–बस्तीतिर अहिले सहयोग पुग्न सकेको छैन । स्थानीय स्तरमा केही राहत कार्यबाहेक सञ्चारमाध्यमहरू पुगेर त्यहाँको खबर सम्प्रेषण गरिरहेका छन् । चारवटा मुलुकलाई थर्काउने गरी आएको यस महाप्रलयले अहिलेसम्म झन्डै तीन हजार मानिसको ज्यान लिएको तथा दसौं हजार घाइते भएका समाचारहरू आएका छन् ।
यद्यपि भूकम्पको खतरा टरिसकेको छैन । तर पनि कम्पन लघुतर·युक्त भएकोले अब ठूलो क्षति नहुने विश्वास पलाएको छ । अबको कार्यभार भनेको उद्धार, राहत र क्षतिको भएसम्म पूर्ति गर्नु नै हो । तर एउटा कुरा यस प्रलयबाट हामीले सिकेनौं भने हामीले मानिस हुनुको अर्थ गुमाउने छौं । हिमालयको काख हाम्रो लागि गौरवको विषय रहेको भए तापनि यसले जोखिम बोकेको छ भन्ने यस प्रलयले चेत गराएको छ । अब सरकार तटस्थ भएर जथाभावी भवन निर्माण हुन नदिने र निर्धारित क्षेत्रमा मापदण्ड अनुसारको संरचना निर्माणमा ध्यान दिनु आवश्यक रहेको देखाएको छ । यस भूकम्पमा नढल्नुपर्ने संचरनाहरू पनि ढलेका छन्, जसको कारण गुणस्तर नमिलेको वा निर्माणस्थल उपयुक्त नभएको विज्ञहरूले औंल्याएका छन् । सरकारले सबक लिनुपर्छ र जनतालाई सचेत गराउनुपर्छ ।