उमाशङकर द्विवेदी
यक्षले भने– “तिमीले मेरा जम्मै प्रश्नहरूको ठीक ठीक जवाफ दियौ, म प्रसन्न भएँ। अत: तिमीले आफ्ना भाइहरूमध्येबाट एकजनालाई ब्यूँताउन सक्दछौ। भन कसलाई जीवित गरूँ ?”
युधिष्ठिरले भने– “यक्ष, यो जुन श्यामवर्ण, अरुणनयन, सुविशाल शालवृक्षको समान अग्लो तथा फराकिलो छाती भएको महाबाहु नकुल छ, यसलाई जीवित पारिदिनुहोस् ।”
यक्षले भने– “राजन्, जसमा दश हजार हातीहरूको बल छ, त्यस भीमसेनलाई छाडेर नकुललाई किन जीवित पार्न चाहन्छौ ? जसको बाहुबलमाथि जम्मै पाण्डवहरूको गर्व छ, त्यस अर्जुनलाई छाडेर नकुललाई किन जीवित पार्न चाहन्छौ ?”
युधिष्ठिरले भने– “यदि धर्मको नाश गरियो भने त्यो नष्ट गरिएको धर्मले नै कर्तालाई नै नष्ट गरिदिन्छ तथा यदि धर्मको रक्षा गरियो भने धर्मले नै कर्ताको रक्षा गरिदिन्छ। त्यसैले म धर्मको कहिले पनि त्याग गर्दिनँ, जसको कारणले नष्ट भएको धर्मले मेरो नाश नगरिदेओस् । मेरो विचारमा सबैप्रति समान भाव राख्नु परम धर्म हो। मेरो पिताका दुईवटी श्रीमती थिए, ती दुवैजना पुत्रवती भइरहून् यही मेरो विचार छ । मेरोलागि कुन्ती र माद्री समान छन। दुवै माताहरूप्रति समान भाव राख्दछु, त्यसै कारणले नकुललाई जीवित रहेको हेर्न चाहन्छु। त्यसैले नकुललाई जीवित पारिदिनुहोस् ।”
यक्षले भने– “भरतश्रेष्ठ, तिमीले अर्थ र काममा पनि समताको विशेष आदर गरेका छौ, त्यसैले तिम्रा जम्मै भाइहरू जीवित हुनेछन्।” यक्षले यति भन्ने बित्तिकै जम्मै पाण्डव ब्यूँतेर उभिए तथा एक क्षणमैं उनीहरूको भोक–तिर्खा सिद्धियो ।
युधिष्ठिरले सोधे– “भगवन्, तपाईं कुन देवश्रेष्ठ हुनुहुन्छ ? तपाईं साँच्चिकै यक्ष नै हुनुहुन्छ जस्तो लाग्दैन। तपाईं वसुहरू, रुद्रहरू अथवा मरुतहरूमध्येबाट कोही हुनुहुन्छ अथवा स्वयम् इन्द्रराज इन्द्र नै त होइन ? मेरा यी भाइहरू त सय–सय, हजार–हजारौं योद्धाहरूसित युद्ध गर्ने खालका योद्धा हुन्। मैले आजसम्म कुनै पनि यस्तो योद्धा देखेको छैन, जसले यिनीहरूलाई रणभूमिमा परास्त गरेको होओस्। अहिले जीवित भएपछि पनि यिनीहरूका इन्द्रियहरू सुखको निन्द्राबाट ब्यूँझेकाहरू समान स्वस्थ देखिइरहेको छु। अत: तपाईं हाम्रो कुनै सुह्द हुनुहुन्छ अथवा हाम्रो पिता हुनुहुन्छ ?”
यक्षले भने– “भरतश्रेष्ठ, म तिम्रो पिता धर्मराज हुँ। तिमीलाई हेर्न भनेर म यहाँ आएको छु। यश, सत्य, दम, शौच, मृदुता, लज्जा, अचञ्चलता, दान, तप र ब्रह्मचर्य– यी जम्मै मेरा शरीर हुन् तथा अहिंसा, समता, शान्ति, तप, शौच र अमत्सर यी जम्मै मेरा मार्ग हुन् । तिमी मलाई सदैव प्रिय छौ। यो बडो प्रसन्नताको कुरा छ कि शम, दम, उपरति, तितीक्षा र समाधान– यी पाँच साधनहरूमाथि तिम्रो प्रीति छ तथा तिमीले भोक–प्यास, शोक–मोह र जरा–मृत्यु– यी छवटै दोषहरूमाथि विजय प्राप्त गरिसकेका रहेछौ। यसमध्येका पहिला दुई दोषहरू आरम्भदेखि नै रहन्छन्, बीचका दुई दोषहरू तरुणावस्था आएपछि हुने गर्दछ तथा अन्तिम दुई दोषहरू अन्त्य समयमा आउँदछन्। तिम्रो मङगल होस्, म धर्म हुँ तथा तिम्रो व्यवहारबारे जान्नको लागि यहाँ आएको थिएँ। निष्पाप राजन्, तिम्रो समदृष्टिको कारण म तिमीमाथि प्रसन्न छु, तिमीले मसित अभीष्ट वर माग। जो मेरा भक्त हुन्, उसको कहिले पनि दुर्गति हुँदैन।”
युधिष्ठिरले भने– “भगवन्, पहिलो वर त मैले यही चिताएको छु कि त्यस ब्राह्मणको अरणीसहित मन्थनकाष्ठलाई मृगले लिएर भागेको हुनाले उसको अग्निहोत्रको लोप नहोओस्।”
यक्षले भने– “राजन्, त्यस ब्राह्मणको अरणीसहित मन्थनकाष्ठलाई तिम्रो परीक्षाको लागि मैले नै मृगरूप धारण गरेर लिएर भागेको थिएँ। त्यो मैले तिमीलाई दिंदैछु। तिमी यसबाहेक अर्को कुनै वर माग।”
युधिष्ठिरले भने– “हामीहरू बार्ह वर्षदेखि वनमा छौं, अब तेर्हौं वर्ष लाग्दैछ । अत: तपाईंले हामीलाई यस्तो वर दिनुहोस्, जसले हामीलाई कसैले पनि चिन्न नसकोस् ।”
यक्षले भने– “मैले तिमीले चिताएको वर दिएँ। यद्यपि तिमी पृथ्वीमाथि आफ्नो यसै रूपमा विचरण गर्नेछौं, तैपनि कसैले पनि तिमीलाई चिन्न सक्नेछैन तथा तिमीहरूमध्ये जो जसले जस्तोसुकै रूप चाहनेछ, त्यस्तो रूप धारण गर्न सक्नेछ । यसबाहेक तिमीले तेस्रो वर पनि माग। राजन्, तिमी मेरो पुत्र हौ तथा विदुर पनि मेरो अंशले जन्मेको छ, अत: मेरो दृष्टिमा तिमी दुवै समान छौ।”
युधिष्ठिरले भने– “भगवन्, तपाईं सनातन देवाधिदेव हुनुहुन्छ। आज तपाईंको साक्षात् दर्शन भएको छ, त्यसैले अब मेरोलागि के नै दुर्लभ छ र ? तैपनि तपाईंले मलाई जुन वर दिनुहुन्छ, त्यो मैले शिरोधार्य गर्नेछु। मलाई यस्तो वर दिनुहोस् कि लोभ, मोह र क्रोधलाई जित्न सकूँ तथा दान, तप र सत्यमा सर्वदा मेरो मनको प्रवृत्ति रहोस्।”
यक्षले भने– “पाण्डुपुत्र, यस्ता गुणहरूबाट तिमी स्वाभाविकरूपमा सम्पन्न छौ। अगाडि पनि तिम्रो कथन अनुसार तिमीमा यी जम्मै धर्महरू रहिरहने छन्।” यति भनेपछि भगवान् धर्म अन्तध्र्यान भए तथा पाण्डवहरू एक साथ आश्रममा फर्किआए। त्यहाँ आएर उनीहरूले त्यस ब्राह्मणलाई उसको अरणी काष्ठ दिए। धर्मराजको आज्ञा पाएर सत्यपराक्रमी पाण्डवहरू अज्ञात रहनको लागि तेर्हौं वर्षमा गुप्तरूपले रहन थाले। उनीहरू नियम–व्रतादिको पालन गर्ने खालका थिए। एक दिन उनीहरू आफ्ना प्रेमी वनवासी तपस्वीहरूका साथमा बसिरहेका थिए। त्यस बेला अज्ञातवासको लागि आज्ञा लिन उनीहरूले हात जोडेर भने– “मुनिगण, हामीहरू बार्ह वर्षसम्म नानाथरीका दु:ख कष्ट भोग्दै वनमा निवास गरिरह्यौं। अब हाम्रोसामु अज्ञातवासको लागि तेर्हौं वर्ष उपस्थित हँुदैछ। यस वर्षभरि हामीहरू गुप्तरूपमा रहनेछौं। यसको लागि तपाईंहरूले हामीलाई आज्ञा दिने कृपा गर्नुहोस्। दुरात्मा दुर्योधन, कर्ण र शकुनीले हाम्रोपछाडि गुप्तचर लगाइदिएका छन् तथा पुरवासी र स्वजनहरूलाई सचेत गरिदिएका छन कि यदि कसैले हामीलाई आश्रय दियो भने उसमाथि कडा कारबाई हुनेछ। यस्तो स्थितिमा अब हामी यहाँबाट अन्यत्र कुनै अर्को देशमा जानुपर्ने छ।”
पाण्डवहरूको अनुनय सुनेर समस्त वेदवेत्ता मुनि र यतिहरूले उनीहरूलाई आशीर्वाद दिए तथा फेरि भेटौंला भनेर आआफ्नो आश्रममा फर्किगए। अनि धौम्यऋषिका साथ पाँचैं पाण्डव द्रौपदीका साथमा त्यहाँबाट हिंडे। एक कोस हिंडेपछि उनीहरूले अर्को दिनदेखि नै अज्ञातवास आरम्भ गर्नको लागि आपसमा सल्लाह गर्नको लागि एक ठाउँमा बसे । समाप्त