राजेश केशरीवाल, रक्सौल, १४ वैशाख/
भूकम्पको क्रममा नेपालको राजधानीलगायत विभिन्न स्थानमा फसेका भारतीय नागरिकको उद्धारका लागि सीमावर्ती क्षेत्र रक्सौलमा आपातकालीन शिविर खडा गरिएको छ ।
भारतको केन्द्र सरकार र बिहार सरकारको संयुक्त सहयोगमा राष्ट्रिय आपदा प्रबन्ध फोर्स र एसएसबीले उक्त शिविर स्थापना गरेको हो ।
रक्सौलस्थित हजारीमल हाइस्कूल र रेल्वे ढालालगायत चार ठाउँमा स्थापना गरिएको शिविरले आइतवार रातिदेखि नै यात्रुहरूको उद्धार कार्य थालेको एसएसबी कमान्डेन्ट आरके सिन्हाले बताएका छन् ।
वीरगंजको शड्ढराचार्य प्रवेशद्वारदेखि स्वयंसेवक तथा सुरक्षाकर्मीहरू तैनाथ गरी नेपालबाट आउने भूकम्प पीडित भारतीयहरूलाई शिविरसम्म पुर्यायने र शिविरबाट उनीहरूको घरतर्फ पठाउने प्रबन्ध मिलाइएको छ ।
चार शिविरमध्ये प्रत्येक शिविरमा दुई हजारजनालाई खाने र सुत्ने प्रबन्ध मिलाइएको एसएसबीले जनाएको छ ।
नेपालको राजधानी काठमाडौंमा भूकम्पबाट बचेका भारतीयहरू बेखर्ची भएका, घर फर्कन यातायात नपाएका र बसेको घर तथा डेरा भूकम्पबाट ध्वस्त भएको कुरा सञ्चारमाध्यममा आएपछि भारत सरकारले काठमाडौंबाट उद्धार कार्य शुरु गरेको छ । यसरी उद्धार गरेर रक्सौल आइपुग्ने भारतीयहरू र आफ्नै खर्च वा युक्ति–बुद्धिबाट घर फर्किरहेका भारतीयहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो ।
शिविरको व्यवस्था प्रबन्धबारे निरीक्षण गर्न भारतका केन्द्रीयमन्त्री धर्मेन्द्र प्रधान, भरत दुबेलगायत सुरक्षा अधिकारहरू सोमवार रक्सौल आइपुगेका छन् ।
भूकम्प पीडित भएर घर जान नेपालबाट रक्सौल आइपुगेका भारतीयहरू रक्सौलस्थित सटही घुम्तीवालाहरूबाट ठगिएको गुनासो छ । नेपाली पैसा रक्सौलबाहेक अन्यत्र भारतमा नचल्ने हुँदा उनीहरू भारु सटही गर्न रक्सौल सडक किनारामा राखिएका सटही घुम्तीहरूमा पुग्ने गरेका छन् ।
यसरी भारु सटही गर्न जाने भारतीयहरूलाई रु. १ सय नेपालीबराबर भारु ५० मात्र दिने गरेको पीडितहरूले बताए । त्यसैगरी पैसा सटही गर्ने क्रममा सटही काउन्टर सञ्चालकहरूले गन्तीमा गोलमाल गरी पैसा भुलाइदिने र बढी पैसा लिने गरेको पनि गुनासो छ । यस सम्बन्धमा रक्सौलस्थित भारतीय प्रहरीका डिएसपी जितेन्द्रकुमार पाण्डेले छानबिन गर्ने र दोषी देखिएका सटही काउन्टरवालालाई कारबाई गर्ने प्रतिबद्धता जनाएका छन् ।