प्रस, वीरगंज, १३ वैशाख/
शनिवारदेखि जान थालेको भूकम्पको कारण पर्सालगायत सो आसपासका बासिन्दामा त्रास बढ्दै गएको छ । आइतवार दिउँसो पनि पनि भूकम्पले गतिलो झटका दिए पछि त्रास झन् बढेको हो ।
आइतवार दिउँसो १२.५५ बजे गएको भुइँचालोले नगर तथा ग्रामीण जनता झन त्रस्त भएको छ ।
शनिवार रातभरि सुत्न नसकेका मानिस आइतवार पनि दिन भर भुकम्पको त्रासमा बस्नुपर्दा निकै हतोत्साहित बनेका थिए ।
दिउँसो १२ बजेसम्म भुइँंचालो आउने हल्लाले बाहिर बसेका वीरगंज नगरका बासिन्दा दिउँसो १२:५५ मा पुन: भुइँचालो आउँदा कतिपय घरमा फर्किसकेका थिए भने कतिपय घर फर्कने तयारीमा थिए । पुन: भुइँचालो आएपछि घरभित्र रहेकाहरूमा कोलाहल र भागदौड मचेको थियो ।
भागदौडको क्रममा आत्तिएर अचेत हुनेहरूको सङ्ख्या वीरगंज नगर क्षेत्रमा मात्र ७५ भन्दा बढी भएको अनुमान छ । वीरगंज–१४ फूलवारी टोलमा एकै घरको बृद्धा र किशोरीसहित ३ जना र अन्य २ जना गरि पाँचजना अचेत बनेका थिए ।
त्यसैगरी वीरगंज–१६ मा १५ जना, वीरगंज–१ छपकैयामा १२, वडा नं.१३ मा १७ जना दिउँसो आएको भूकम्पको झटकाले अचेत भएका सम्बन्धित टोलका बासिन्दाले जानकारी गराएका छन् । यसरी अचेत भएकाहरूमा अधिकांश महिला रहेका थिए ।
अचेत भएकाहरूमध्ये केहीलाई स्वास्थ्य संस्थासम्म पुर्याउनुपरेको थियो भने अधिकांशको केही बेरमा घरैमा चेत खुलेको थियो ।
भुइँचालोको त्रसको कारण नगरका खुला चौर एवं सडकमा सर्वसाधारण भेला भएका थिए । अञ्चल प्रहरी कार्यालयको चौर, आदर्शनगर र·शाला, रेशम कोठी, गहवा, मुर्ली चोकस्थित ओम इन्टरनेशनल स्कूलको चौरमा उनीहरू त्रिपाल टाँगेर बसेका थिए ।
गण्डकदेखि छपकैयासम्म मुख्य सडकमा दरी, त्रिपाल, सुकुल ओछयाएर सर्वसाधारण बसेका थिए । उनीरू राति अबेरसम्म घर फर्किएका थिएनन् ।
भुइँचालोको कारण सबभन्दा वीरगंज कारागार र नारायणी उपक्षेत्रीय अस्पतालका बिरामी तथा कुरुवाहरू प्रभावति बनेका छन् । कारागारका कैदीबन्दी पुरानो घर र पर्खाल भत्केर मरिएला
कि भन्ने डरले रातभरि र दिनभरि सुत्न सकेनन् । राति कोही पनि सुत्न जान नमानेको कैदीका परिवारजनले प्रतीकलाई बताए ।
जीर्ण अवस्थामा रहेको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी छन् ।
त्यसैगरी नारायणी उपक्षेत्रीय अस्पतालमा शनिवारदेखि नै बिरामीहरू त्रासले झन् थलिंदै गएका छन् । राति बिरामीहरू अस्पतालको बेडमा डरत्रासले सुत्न सकेनन् ।
कुरुवाहरू अस्पताल बाहिर प्रा·णमा रात बिताउन थालेका छन् । उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि त्रासले अस्पताल भित्रका बिरामी छोडेर बाहिर प्रा·णमा कुरुवासँगै बस्ने गरेका छन् ।
शनिवार भुइँचालोको कारण बिरामीलाई अस्पताल प्रा·ण र सडक पेटीमा राखेर उपचार गराएकोमा आइतवारको झट्कापछि बिरामीहरूलाई पुन: अस्पताल बाहिर प्रा·णमा निकालिएको थियो । सो क्रममा अस्पतालमा भागमभाग, कोलाहल र रोइकराइसमेत भएको थियो ।
भागमभाग हुँदा बिरामीका कुरुवा ५ जना घाइते भएका छन् । बिरामी तथा कुरुवामा देखिएको त्रासको कारण उपस्पताल प्रशासनले तेस्रो तल्लाका रहेका बिरामीहरूलाई दोस्रो तलास्थित परिवार नियोजन, ओपिडी तथा मेडिसिन वार्डमा राखी उपचार सेवा दिइरहेको अस्पतालका मेसु डा. रामशड्ढर ठाकुरले बताए ।