Posts

Showing posts from April, 2015

२०७२ वैशाख १६ गते बुधवार

२०७२ वैशाख १६ गते बुधवारको प्रतीक दैनिक पढ्नुहोस्

विनाशकारी भूकम्पबाट पीडितहरूका लागि राहत सहयोग

Image
प्रस, वीरगंज, १५ वैशाख/     विनाशकारी  भूकम्पमा पीडितहरूका लागि राहत सामग्री लिएर रेडियो वीरगंज ९९ मेगाहर्जको टोली म·लवार काठमाडौंतर्फ प्रस्थान गरेको छ ।     ३ वटा गाडीममध्ये एउटा गाडी सिन्धुपाल्चोक र दुईटा गाडी काठमाडौंका भूकम्प पीडितलाई वितरण गरिने रेडियो वीरगंजका अध्यक्ष धु्रव साहले बताए ।     सिन्धुपाल्चोकतर्फको टोलीको नेतृत्व नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले गरेका छन् भने राजधानी तर्फको नेतृत्व रेडियोका समाचार प्रमुख ध्रुव अधिकारीले गरेका छन् ।     रेडयो वीरगंजमार्फत् विभिन्न दाताहरूबाट स्वैच्छिक प्रदान गरिएको राहत सामाग्रीमा लत्ता–कपडा, पानी, चिउरा, चाउचाउ, नुन, पाउरोटी, दालमोटलगायत खाद्य सामग्री रहेको सड्ढलन कार्यमा सहभागी सञ्चारकर्मी विजय कुशवाहाले जानकारी गराएका छन् । रेडियो वीरगंजको आह्वान तथा अगुवाइमा सड्ढलन भएको ४ ट्रक राहत सामग्रीमध्ये अर्को एक ट्रक बुधवार  राजधानी पठाइने अध्यक्ष साहले  बताए । वीरगंज उद्योग वाणिज्य सङ्घद्वारा २२ लाख सहयोग वीरगज उद्योग वाण्ज्यि सङ्घले भूकम्प पीडितका लागि आज रु २२ लाख ९३ हजार बराबरको जिन्सी समान पठाएको जनाएको छ ।     उ

भूकम्प पीडितको उद्धारको लागि मुख्यमन्त्री नीतीश कुमार रक्सौलमा

Image
राजेश केशरीवाल, रक्सौल, १५ वैशाख/     विनाशकारी भूकम्पबाट बिहार एवं भारतीय नागरिक र नेपाल–भारत सीमावर्ती क्षेत्रका प्रभावित बासिन्दाको उद्धारका लागि बिहारका मुख्यमन्त्री नीतीश कुमार म·लवार साँझ रक्सौल आई पुगेका छन् ।     पीडितहरूको समस्या चर्कंदै गएको र मौसम भने ठीक नरहेको कारण उनी स्थलमार्गबाटै रक्सौल आइपुगेको मुख्यमन्त्रीका निजी सचिवालयले जनाएको छ ।     मुख्यमन्त्री नीतीश कुमारले भूकम्प पीडितको उद्धारका लागि भारतको केन्द्र सरकार तथा बिहार राज्य सरकारको तर्फबाट रक्सौल नाकामा गरिएको तयारीबारे स्थलगत अनुगमन गर्नुका साथै आवश्यक निर्देशसमेत दिएका थिए ।     हजारीमल हाइस्कूलस्थित शिविरमा उनले उद्धार कार्यमा संलग्न जिम्मेवार अधिकारीहरूसँग भटघाट कार्यक्रममा पीडितहरूको उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । उद्धार कार्य सम्पन्न नभएसम्म आपदा तथा जनसंसाधनमन्त्री विजय कुमारलाई रक्सौलमैं रहन र शिविर सञ्चालन गर्न मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।     मन्त्री र वीरगंजस्थित भारतीय महावाणिज्यदूत अञ्जु रञ्जनबीच समन्वयमा रही राजधानीबाट उद्धार कार्य अगाडि बढाउने भएको छ ।     पीडितहरूका ल

कफन–चोरहरु

    जुनसुकै समाजमा कात्रोलाई मूल्यहीन र अग्राहय मानिन्छ । कात्रो, अर्थात् कफन जुन लाशलाई ओढाइन्छ । पहिलेको वर्णव्यवस्था–मान्य समाजमा एउटा जातिविशेष मात्र कफन प्राप्त गर्ने अधिकारी हुन्थ्यो । त्यसैले कसैले निकृष्टतमभन्दा पनि गुज्रेको वस्तु प्राप्त गर्ने लोभ गर्दा वा अति कन्जुस व्यक्ति वा समस्त मानवीयतालाई पर सारेर अति विपत्तिमा परेको व्यक्तिबाट अनाहक लाभ लिने कोशिश गर्ने व्यक्तिलाई आज पनि कफनचोर भनिन्छ । आज नयाँ युगमा, वर्णव्यवस्था कानुनत: अमान्य बनिसकेको तर व्यवहारमा लागू रहेकै अवस्थामा हीनवृत्तिका व्यक्तिलाई कफनचोर भन्ने चलन कायम रहेको छ । नेपालको सन्दर्भमा  आज देश भूकम्पबाट पीडित छ, नेपाल मात्र होइन, यस प्रलयको भोक्ता धेरै भारतीय नागरिक पनि बनिरहेको अवस्था छ । यस्तो बेला सड्ढटग्रस्त क्षेत्रबाट निस्कन, भाग्न सबैलाई आतुरी हुन्छ । त्यसै आतुरीको मौका छोपी यातायात सञ्चालकहरूले पीडामा परेका, खाँचो परेका व्यक्तिहरूसँग गैरकानुनी मात्र होइन, गैरमानवीय ढ·ले बढी भाडा असुल गर्नुलाई कफन–चोरीको मात्र संज्ञा दिन सकिन्छ ।     यो भूकम्पले राजधानी काठमाडौंलाई छियाछिया पारेर गाँस, वास र ज्यानको धौधौ पा

२०७२ वैशाख १५ गते मङ्गलवार

२०७२ वैशाख १५ गते मङ्गलवारको प्रतीक दैनिक पढ्नुहोस्

भूकम्प पीडित भारतीयहरूको उद्धारको लागि रक्सौलमा चारवटा उद्धार शिविर सञ्चालन

Image
राजेश केशरीवाल, रक्सौल, १४ वैशाख/     भूकम्पको क्रममा नेपालको राजधानीलगायत विभिन्न स्थानमा फसेका भारतीय नागरिकको उद्धारका लागि सीमावर्ती क्षेत्र रक्सौलमा आपातकालीन शिविर खडा गरिएको छ ।     भारतको केन्द्र सरकार र बिहार सरकारको संयुक्त सहयोगमा राष्ट्रिय आपदा प्रबन्ध फोर्स र एसएसबीले उक्त शिविर स्थापना गरेको हो ।     रक्सौलस्थित हजारीमल हाइस्कूल र रेल्वे ढालालगायत चार ठाउँमा स्थापना गरिएको शिविरले आइतवार रातिदेखि नै यात्रुहरूको उद्धार कार्य थालेको एसएसबी कमान्डेन्ट आरके सिन्हाले बताएका छन् ।     वीरगंजको शड्ढराचार्य प्रवेशद्वारदेखि स्वयंसेवक तथा सुरक्षाकर्मीहरू तैनाथ गरी नेपालबाट आउने भूकम्प पीडित भारतीयहरूलाई शिविरसम्म पुर्‍यायने र शिविरबाट उनीहरूको घरतर्फ पठाउने प्रबन्ध मिलाइएको छ ।     चार शिविरमध्ये प्रत्येक शिविरमा दुई हजारजनालाई खाने र सुत्ने प्रबन्ध मिलाइएको एसएसबीले जनाएको छ ।     नेपालको राजधानी काठमाडौंमा भूकम्पबाट बचेका भारतीयहरू बेखर्ची भएका, घर फर्कन यातायात नपाएका र बसेको घर तथा डेरा भूकम्पबाट ध्वस्त भएको कुरा सञ्चारमाध्यममा आएपछि भारत सरकारले काठमाडौंबाट उद्धार कार्य शुरु

भारतबाट खाद्य पदार्थ, यातायात तथा उपचारकर्मीको ओइरो

Image
प्रस, वीरगंज, १४ वैशाख/     विनाशकारी भूकम्पबाट प्रभावित नेपाल तथा भारतीय नागरिकहरूको लागि ओसारपोसारमा राहत पुर्‍याउने उद्देश्यले नेपालका विभिन्न सीमानाकाबाट १ सय ५ वटा बस नेपाल आएको भारतीय वाणिज्य दूतावास वीरगंजले जनाएको छ ।     भूकम्प पीडितहरूको उद्धारको लागि उत्तराञ्चलले महेन्द्र नगरबाट २५, उत्तरप्रदेश भैरहवा नाकाबाट ४०, वीरगंज नाकाबाट ५५ गरी १०५ वटा गाडी नेपाल भित्रिएको सो कार्यालयले जनाएको छ ।     नेपालको एयरपोर्टमार्फत् अन्य मुलुकबाट राहत आउन थालेपछि भारत सरकारले नेपालका विभिन्न नाकाहरूबाट भूकम्प प्रभावित भारतीय व्यक्तिको ओसारपोसार तथा राहत र उपचार सामग्री आउने क्रम जारी रहेको महावाणिज्यदूत अञ्जु रञ्जनले बताइन् । रञ्जनका अनुसार काठमाडौं र पोखराका लागि गएको बसमा भारतीयसमेत कोही पनि बसेर आउन सक्छ । उत्तर प्रदेशका मुख्यमन्त्रीले उपचारको लागि ३५ जना डाक्टरको टोली वीरगंज नाका भएर गएको बताइन् । उत्तर प्रदेशले भूकम्प पीडितका लागि राहतस्वरूप पानी, बिस्कुट, फास्टफूड, १० ट्रक आलु र चामल २० ट्रक वीरगंज र भैरहवा नाकाबाट नेपाल भित्रिएको बताइन् ।     सो कार्यालयले जनाए अनुसार भूकम्प पीडितलाई

नेपालमा भूकम्पको प्रभाव र बच्ने उपाय

Image
चन्द्रकिशोरप्रसाद साह     विश्वको ११औं अतिजोखिमयुक्त भूकम्पीय देश अन्तर्गत नेपाल पर्दछ । यहाँको हिमशृङ्खला क्षेत्र सक्रिय भूकम्पीय क्षेत्र हो । तर यसबाट बच्न र बचाउन पहिलेदेखि सरकारले खासै विशेष सुरक्षात्मक कदम अपनाएको देखिंदैन । अरबौंको बजेट फोकटमा सभासदहरूले खाए पनि संविधान बनाउन नसक्ने तर सत्तावादी लिप्सामा लागेर भूकम्पीय सुरक्षात्मक कार्यक्रम दिन सकेका छैनन् । अहिले २०७२ वैशाख १२ गते दिनको १२ बजेतिर लमजुङ, वार्पाक केन्द्रबिन्दु भई काठमाडौं, पोखरातिर ७.६ रेक्टरको भूकम्प गएको छ । यो भूकम्पको झट्का यहाँ उत्तर र दक्षिणतिरको रहेको र करिब १ मिनटसम्म लगातार झटका दिइराखेको पाइएको थियो । काठमाडौं, भक्तपुर, ललितपुर, गोर्खा, धादिङ, पोखरा, रामेछाप, रसुवा, सोलुखुम्बु, काभ्रे, रोल्पा, सुनसरी, बारा, मकवानपुर आदि गरी २९ जिल्लामा आइतवार १२ बजेसम्म २ हजारको ज्यान गएको बताइन्छ भने करिब ५ हजार मरेको अनुमान गरिएको छ किनकि गोर्खा सदरमुकामको उत्तरी गाविसहरूको ७० प्रतिशतभन्दा बढी घरहरू ढलेका छन् । यस्तै भारतमा पनि करिब ६० जनाको मृत्यु भएको बताइन्छ । मनकामना र जानकी मन्दिरमा क्षति पुगेको छ । बारा, पर्सा,

भूकम्पको पीडा र सरकारको भूमिका

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     गत शनिवार भएको महाभूकम्पले पूरा मुलुकलाई त्रासमय एवं आतड्ढित पारेको छ । यसले जनजीवन कष्टकर मात्र बनेको छैन, विकासलाई पनि लगभग २ दशक पछाडि धकेलेको छ । नेपाललाई विश्वमा चिनाउने ऐतिहासिक भौतिक संरचना धरहरालगायतको विनाश अपूरणीय हो । भत्केका पुराना दरबार र संरचनाहरू शक्तिशाली त थिएनन् तर नेपाललाई चिनाउने र पर्यटन लोभ्याउने आर्थिक विकासको बलियो आधार थिए । तिनको विनासले आर्थिक विकास पनि प्रभवित हुने निश्चित छ । नेपालमा केन्द्र भएको र महाभूकम्पले नेपालीका साथै भारतीयहरूको ज्यान लिनुका साथै भारतीय भूमिलाई समेत चपेटामा पारेको छ । भूकम्पको आतड्ढले नेपालीसँगै भारतीय पनि उत्तिकै आतड्ढित छन् । यसर्थ नेपालको समस्याको समाधानमा भारतको पनि उत्तिकै सहयोग अपरिहार्य देखिएको छ । यद्यपि यस विपत्तिमा सहयोग गर्ने भारत पहिलो मुलुक मात्र रहेन, हरेक किसिमको सहयोग गर्ने भारतीय प्रधानमन्त्रीले अविलम्ब घोषणा गरे भने सहयोग सामग्री एवं उद्धार टोली नै खटाए । जसले भारत र नेपालबीच सम्बन्धको घनिष्टता र उचाइलाई अझ मजबुत पारेको छ । भारतीय प्रमको घोषणा सुन्नेबित्तिकै आम नेपालीमा एउटा छुट्ट

बढ्दो छ त्रास

    शनिवारदेखि आउन थालेको भूकम्पको कम्पनले आइतवार मानिसलाई झन् अत्याइदिएको छ । शनिवार तराई क्षेत्रमा दुईवटा प्रबल झटका सहेर रातिपख पनि कम्पन महसुस गरेपछि धेरैलाई कम्पनको फोबिया नै भएको छ । झन् आइतवार पनि लामै तर· आएपछि नागरिकले दिनभरि त्रासमैं बाँच्नुपर्‍यो । बेलुका पनि सानो झटका महसुस भयो, जसले गर्दा धेरैलाई राति घरमा सुत्न ठूलो हिम्मत जुटाउनुपर्‍यो । मानिस घर छाडेर सडक र चौर तथा खुला–खाली ठाउँमा रात बिताउन विवश भए । तराई क्षेत्रमा भूकम्पबाट प्रत्यक्ष क्षति भएको नदेखिए पनि त्रासका कारण केही मानिसको हृदयघात भएर मृत्यु भयो । टाढा रहेको भारतको बिहार र उत्तरप्रदेशमा नेपालको तराई क्षेत्रभन्दा बढी क्षति भएको छ । भुइँचालो आउने क्रम अझ पनि जारी छ । अति संवेदनशील ठाउँमा शनिवारदेखि अहिलेसम्म लामो र छोटो, विनाशकारी र सामान्य झन्डै ६६ वटा झटका महसुस गरिएको छ । दिनभरिमा दुई वा तीन कम्पन महसुस हुँदा त फोबिया उत्पन्न भएको छ भने जहाँ दिनभरिजसो कम्पन महसुस भयो त्यहाँका मानिसको मानसिकताको सहज अनुमान लगाउन सकिन्छ ।     भूकम्प गएसँगै यस सानो मुलुकका लागि सहयोगको हात निकै अघि बढेको छ । भारत र चीनजस्ता छिम

२०७२ वैशाख १४ गते सोमवार

२०७२ वैशाख १४ गते सोमवारको प्रतीक दैनिक पढ्नुहोस्

भूकम्पको कारण जनजीवन त्राहिमाम पर्सामा ३ जनाको मृत्यु, १८ जना घाइते

Image
प्रस, वीरगंज, १३ वैशाख/     शनिवारदेखि जान थालेको  भूकम्पको कारण पर्सालगायत सो आसपासका बासिन्दामा त्रास बढ्दै गएको छ ।  आइतवार दिउँसो पनि पनि भूकम्पले गतिलो झटका दिए पछि त्रास झन् बढेको हो ।     आइतवार दिउँसो १२.५५ बजे गएको भुइँचालोले नगर तथा ग्रामीण जनता झन त्रस्त भएको छ ।     शनिवार रातभरि सुत्न नसकेका मानिस आइतवार पनि दिन भर भुकम्पको त्रासमा बस्नुपर्दा निकै हतोत्साहित बनेका थिए ।     दिउँसो १२ बजेसम्म भुइँंचालो आउने हल्लाले बाहिर बसेका वीरगंज नगरका बासिन्दा दिउँसो १२:५५ मा पुन: भुइँचालो आउँदा कतिपय घरमा फर्किसकेका थिए भने कतिपय घर फर्कने तयारीमा थिए । पुन: भुइँचालो आएपछि घरभित्र रहेकाहरूमा कोलाहल र भागदौड मचेको थियो ।     भागदौडको क्रममा आत्तिएर अचेत हुनेहरूको सङ्ख्या वीरगंज नगर क्षेत्रमा मात्र ७५ भन्दा बढी भएको अनुमान छ । वीरगंज–१४ फूलवारी टोलमा एकै घरको बृद्धा र किशोरीसहित ३ जना र अन्य २ जना गरि पाँचजना अचेत बनेका थिए ।     त्यसैगरी वीरगंज–१६ मा १५ जना, वीरगंज–१ छपकैयामा १२, वडा नं.१३ मा १७ जना दिउँसो आएको भूकम्पको झटकाले अचेत भएका सम्बन्धित टोलका बासिन्दाले जानकारी गराएका छन् ।

भूकम्पपीडितका लागि कलवार कल्याण समितिद्वारा राहत

Image
प्रस, वीरगंज, १३ वैशाख/     कलवार कल्याण सेवा समिति पर्साले भूकम्प पीडितहरूको राहतका लागि ५१ हजार रुपियाँ प्रदान गरेको छ । सेवा समितिका उपाध्यक्ष ब्रहमानन्दप्रसाद कलवारले आइतवार सो रकम बापतको चेक प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।     सो रकम तुरुन्तै प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने प्रजिअ घिमिरेले बताए । मुलुकमा आएको सड्ढट तथा विपत्तिका बेला कलवार समाजले देखाएको काम सराहनीय रहेको प्रजिअको भनाइ थियो ।

विद्यालयहरूको अस्वस्थ प्रतिस्पर्धाको भूकम्पबाट कसरी जोगिने

Image
अनन्तकुमार लाल दास     करिब आठ दशक पहिले आएको भूकम्पजस्तै यस भूकम्पले पनि देशलाई हल्लाएको छ । हामी सबै मर्माहत भएका छौं । उद्धार कार्य लगातार जारी छ तर पनि भएको क्षति पूर्ति गर्न लामो समय लाग्ने अनुमान गरिएको छ । हामीले टेलिभिजनमार्फत हेरेका थियौं भूकम्प प्रभावित ठाउँहरूमा व्यापारी र खुद्रा पसलेहरूले कसरी आफ्नै छिमेकीलाई ठगिरहेका छन् । त्यस्तै हरेक वर्ष नयाँ शैक्षिक सत्रको शुरुआतसँगै विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धाको भूकम्प हरेक वर्ष आउने गरेको छ । हरेक वर्ष शैक्षिक सत्र प्रारम्भ हुनु अगावै विद्यालयसँग सरोकार राख्ने विभिन्न पक्षबाट अनेक प्रकारको प्रतिबद्धता जाहेर गरिन्छ तर शिक्षालाई पनि कमाउने भाँडो बनाएकाहरू आफैं भूकम्पका कारण बन्ने गरेका छन् र सम्बन्धित निकाय केही पाउने जोहोमा मौन बसेको देखिन्छ ।     विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धाको भूकम्पबाट कसरी जोगिने र कुन विद्यालय रोज्ने विषयमा यो आलेख निर्देशित रहेको छ । यो कुरो अहिले उठाउने पहिलो आधार भनेको शैक्षिक सत्र प्रारम्भ भइसकेको छ । दोस्रो, नयाँ र पुराना विद्यालयहरूले आआफ्नै सुरतालमा प्रचारबाजी गराउँदै छन् । तेस्रो, अभिभावकह

भुइँचालोको प्रचण्डता

    वैशाख १२ बजे बिहान ११.५६ नेपालको लमजुङ जिल्लाको वार्पाक केन्द्रबिन्दु भई १० किलोमिटर भूतलमा गएको ७.६ रेक्टर स्केलको भूकम्पले नेपाल मात्र होइन, भारत, ब·लादेश, तिब्बत र पाकिस्तानलाई समेत त्रस्त बनायो । यस भूकम्पको भयावहता भौतिक संरचना विनाश र मानिसको ज्यान गएकोले मात्र नभई यस कारण पनि बढी महसुस भयो कि यसले केन्द्रबिन्दु नजिकका बासिन्दालाई एक होइन, दुई होइन झन्डै तीन दर्जनपटक अत्यायो । ११ बजेर ५६ मिनेटमा गएको पहिलो भुइँचालोको दीर्घता, एक मिनेटसम्म रहेर शुरुमैं जुन त्रास उत्पन्न गर्‍यो, त्यसलाई पछिका र निरन्तरका कम्पनले बढाउँदै लग्यो । खासगरी अति जनघनत्व भएको राजधानी काठमाडौंका बासिन्दालाई भुइँचालोले मानसिकरूपमैं हल्लाइदियो । धेरै टाढा वीरगंजमा एकपछि अर्को तर·दैघ्र्यताको भुइँचालोले ज्यानमालको प्रत्यक्ष–अप्रत्ययक्ष थोरै नोक्सानी गरे पनि मानसिक त्रास निकै फैलायो । जसले जति र जुन हल्ला सुन्यो, आफूभित्र त्रास मात्रै जन्मायो । भुइँचालो फेरि आउँछ, ठूलो आउँछ, राति १२ बजे आउँछ भन्ने खबर कुनै सञ्चारमाध्यमले होइन, जनजिब्रोले यहाँबाट वहाँ प्रसारित गरिरहे ।     नेपालमा यस भुइँचालोलाई केहीले महाभूक

२०७२ वैशाख १३ गते रविवार

२०७२ वैशाख १३ गते रविवारको प्रतीक दैनिक पढ्नुहोस्

महाभूकम्पको असर, पर्सामा एकजनाको मृत्यु

Image
प्रस, वीरगंज, १२ वैशाख/     आज बिहान ११:५५ देखि शुरु भएको भूकम्पले देशमा क्षति पुर्‍याए पनि अन्य जिल्लाको तुलनामा पर्सा जिल्लामा सामान्य क्षति पुर्‍याएको छ ।     आएको भुइँचालोबाट वीरगंजलगायत ग्रामीण क्षेत्र केही समयको लागि त्रस्त बनेको थियो । घरबाट बाहिर निस्केर नगर तथा गाउँका मानिस सडकमा आएका थिए । जिल्ला प्रहरी कार्यालय पर्सा, सीमा सुरक्षा कार्यालय पर्सा तथा जिल्ला प्रशासन कार्यालय पर्सा अहिलेसम्म भुइँचालोबाट क्षति भए/नभएको अनुगमन कार्यमा जुटेका छन् । दैवी प्रकोप उद्धार समितिले पर्सा जिल्लाको हकमा भुइँचालोबाट भएको क्षति सड्ढलन कार्य शुरु गरेको जनाएको छ ।     हामीलाई प्राप्त जानकारी अनुसार हरिहरपुर–५ निवासी ठाकुरप्रसाद कुर्मीको भुइँचालोको समयमा ज्यान गएको छ । गाउँमा पञ्चायती गरिरहेको बेला आएको भुइँचालोको डरले ह्दयाघात भई उनी लडेका र मृत्यु भएको इलाका प्रहरी कार्यालय, ल·डीले जनाएको छ ।     भुइँचालोबाट घाइते भएका २० जनाभन्दा बढीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । पर्सा जिल्लाको हकमा सबभन्दा बढी निगरानीमा रहेको जिल्ला कारागारमा क्षति नभएको समाचार प्राप्त भएको छ ।     भुइ

मानसिक स्वास्थ्यको आवश्यकता

    आजको युगले मनुष्यलाई निराशावादी बनाएको छ । गम्भीरता, एकाग्रता तथा ह्दयता आदि गुणहरू कोसौं टाढा भएका छन् र यी गुणहरूको स्थानमा भावुकता, सानो–सानो कुरामा उत्तेजना र उदरपूर्तिको चिन्ताले ग्रहण गरेको छ । आजको मानव जीवन ईश्वरको वरदान होइन, प्रत्युत अभिशाप प्रतीत भएको छ । यसको कारण मुख्यत: मानसिक स्वास्थ्यको अभाव नै हो ।     पञ्चतत्त्वद्वारा निर्मित हाम्रो शरीरमा मनको स्थान प्रधान छ, शरीरको गौण, किनकि मन चेतन हुन्छ, शरीर जड । गीतामा पनि चैतन्यलाई नै प्रधान मानिएको छ । मानसिक स्वास्थ्यमा नै अधिक सीमासम्म शारीरिक स्वास्थ्य निर्भर हुन्छ । महात्मा गाँधीले आफ्नो पुस्तक ‘निरोग साधन’मा लेखेका छन्– “पाश्चात्य देशहरूमा यस मतको एक पन्थ नै छ कि जसको मन शुद्ध हुन्छ, उसको शरीरमा रोग हुँदैन र भएमा पनि शुद्ध मनको वेगले आफ्नो शरीरलाई निरोग राख्न सक्छ । सार यो हो कि आरोग्यको दृढ साधन हाम्रो मन नै हो, मनको शुद्धिबाट नै आरोग्य प्राप्त हुन्छ ।”     वर्तमान मनोवैज्ञानिकहरू पनि यसै निष्कर्षमा पुगेका छन् । यस सिद्धान्तमा उनीहरूले चिकित्साको एक नवीन प्रणाली नै विकसित गरेका छन्, जसलाई हामी ‘मनोवैज्ञानिक चिकित्सा

२०७२ वैशाख १२ गते शनिवार

२०७२ वैशाख १२ गते शनिवारको प्रतीक दैनिक पढ्नुहोस्

विद्यालय भवन निर्माणमा अनियमितता हुँदा निर्माण कार्य ठप्प

Image
प्रस, परवानीपुर, ११ वैशाख/     बारा, रामपुर टोकनी गाविसमा रहेको जनता उच्च माविको भवन निर्माण कार्यमा अनियमितता भएको गाउँलेहरूले आरोप लगाएका छन् ।     गत आव २०६९/७० मा सो विद्यालयमा जिल्ला शिक्षा कार्यालय, बाराबाट रु. २४ लाखको लागतमा ४ कोठे एक तले भवन निर्माणको लागि बजेट आएको थियो । जसमा थप रु. ६ लाख जनश्रमदानमार्फत् बुझाउनुपर्ने सर्त थियो । सो भवनको निर्माण कार्य अहिले गत ६ महिनादेखि ठप्प छ ।     भवन निर्माण कार्यमा विद्यालयका लेखापाल राजहरणप्रसाद साह तथा स्थानीय ठेकेदारहरूले व्यापक अनियमितता गरेकाले निर्माण कार्य ठप्प भएको गाउँलेहरू बताउँछन् । भवन निर्माण कार्य सम्पन्न नहुँदा अध्ययनरत विद्यार्थी प्रभावित भएका छन् । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा हरपुर बलवा, बुनियाद, गौनहरी, बेलवा, मुसहरी, ताजपुरलगायत गाउँका करिब १ हजार विद्यार्थी पढ्ने गर्छन् ।     भवन निर्माण कार्य सम्पन्न नहुँदा पहिलेकै कक्षाकोठामा अव्यवस्थित तरिकाले विद्यार्थीहरू बस्न बाध्य छन्, अभिभावकहरूले गुनासो गरेका छन् । यस सन्दर्भमा विद्यालयका लेखापाल राजहरणप्रसाद साहसँग बुझ्दा उनले भवन निर्माण काममा अनियमितता नभएको

लोकतन्त्र दिवसको अवसरमा र्‍याली

Image
प्रस, वीरगंज, ११ वैशाख/     ९ औं लोकतन्त्र दिवसको अवसरमा स्वतन्त्र मानव अधिकार समाजले शुक्रवार वीरगंजमा र्‍याली आयोजना गर्‍यो ।     घण्टाघर चोकबाट शुरू भएको र्‍याली आदर्शनगर हुँदै पुन: घण्टाघरमा आएर े सभामा परिणत भएको थियो ।      समाजका केन्द्रीय अध्यक्ष कृष्णकुमार खनालको सभापतित्वमा  भएको कोणसभामा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य निमामुद्दिन समानी, रेडक्रस पर्साका सभापति फूलमहम्मद मियाँ, रामसपाका नेता राजेशमान सिंह, विद्यार्थी नेता दिलीप कार्की, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका  अध्यक्ष रामनरेशप्रसाद यादवलगायतले लोकतन्त्र दिवस र मुलुकमा लोकतन्त्रको अवस्थाबारे चर्चा गरेका थिए । भवन निर्माणको लागि सहयोग सोही कार्यक्रममा स्वतन्त्र मानव अधिकार समाजले नेपाल पत्रकार महासङ्घको भवन निर्माणका लागि १२ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको थियो । समाजका अध्यक्ष खनालले महासङ्घका अध्यक्ष बन्जारालाई सो रकमको चेक हस्तान्तरण गरेका थिए ।

निजगढमा प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरू

Image
प्रस, निजगढ, ११ वैशाख/     बाराको निजगढमा शुक्रवारदेखि प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरू भएको छ ।     कार्यक्रमका प्रमुख अतिथि निजगढ विकास समितिका अध्यक्ष सुरेशकुमार खनालले मुलुकमा प्रजातन्त्र आएसँगै खेल क्षेत्रको विकास क्रमिकरूपमा हुँदै गएको बताए । बेलैमा राजनीतिले सही गति लिन सके खेल र अन्य विकास कार्यहरू अझै अघि बढ्ने उनले बताए । खेल सिकेर मात्र हुन्न, अनुशासनमा रहेर खेल्न र खेलाउन सकेमात्र खेल र खेलाडीसँगै राष्ट्रको गौरव बढ्ने उनको भनाइ थियो ।     कार्यक्रममा राष्ट्रिय तेक्वान्दो युनियन नेपालका मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष पद्मबहादुर केसी, स्थानीय समाजसेवी केदार गौतम, बेनीबहादुर मोक्तान, माला लामा, सशस्त्र प्रहरी बेसका डिएसपी अर्जुन सापकोटा, मोजहर मन्सुरलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम आयोजक निजगढ तेक्वान्दो डोजाङका प्रमुख वसन्त लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भाइकाजी श्रेष्ठले गरेका थिए ।     निजगढ तेक्वान्दो डोजाङको आयोजना र निजगढ नगरपालिकाको सहआयोजनामा सो प्रतियोगिता दुई दिनसम्म चल्नेछ । आज भएको सेमिफाइनल खेलमा महिलातर्फ ३३ देखि ३७ किलो तौल समूहम

डे–नाइट टी–२० मा युवा यात्रा विजयी

प्रस, वीरगंज, ११ वैशाख/     युवा यात्रा नेपाल मुर्ली वीरगंजको आयोजनामा नारायणी र·शालामा आयोजित हिमालयन ह्वाइट हाउस वीरगंज च्याम्पियनसीप ट्रफी दोस्रो डे–नाइट टी–२० क्रिकेट प्रतियोगिताको शुक्रवारको खेल युवा यात्रा नेपालले जितेको छ ।     वीरगंज स्पोट्र्स एकेडमीले टस जितेर ब्याटिङ रोजेकोमा २० ओभरको समाप्तिमा सम्पूर्ण विकेट गुमाइ १०४ रन बनाएको थियो । सोको प्रतिउत्तरमा युवा यात्रा नेपालले १० ओभरको समाप्तिमा लक्ष्य पूरा गरी जीत हासिल गरेको एथलेटिक्स प्रशिक्षक विशेश्वर पटेलले जानकारी गराएका छन् ।

महिला

– रञ्जन पटेल विश्वमा र·बिर·ी समाज पाइन्छ मानवताको दुई जात महिला एवं नारी भनी पहिचान आमा र दिदी भई समाजमा स्थान     जीवनलाई जारी राख्ने भार     महिलाको महिमा छ अपार     फ्लोरेन्स, भृकुटी विश्वको शान     मानव कल्याणमा महिलाको छ पहिचान जन्मिइन् नारी लक्ष्मी भनी मारिइन् काखमा दहेजको डर बनी घुम्टो, झुम्टो आदि प्रथाको शिकार के केही छैन महिलाको आधार ?     विश्व छ एक्काइसौं शताब्दीमा     बित्छ नारीको जीवन चार दिवारीमा     शोषण, बलात्कार आदिको शिकार     पुरुषवादी समाजमा कमजोर सरकार देशको भविष्य महिलामा निर्भर यिनको हकमाथि गरौं विचार बन्द गरौं बलात्कार, अपहरण तथा कुप्रथा परिवर्तन गरौं सोच, समाजमा जुटाइ एकता । – कक्षा: १०, गौतम माध्यमिक विद्यालय आमाको माया – गणेशकुमार साह आमाको माया आफ्नो सन्तानप्रति कति गहिरो हुन्छ यो आजसम्म जान्न सकिएन यो आधुनिक युगमा पनि वैज्ञानिकहरूले आमाको माया नाप्ने यन्त्र बनाएन     आमाले धेरै दु:ख, पीडा सहेर     छोरालाई हुर्काउँछिन्     तर छोरा ठूलो भएपछि     आमाको माया बिर्सिन्छन् छोराको सुख–दु:खमा सधैं आमाले साथ दिन्छिन् तर आमा बूढी भएपछि छोराले घरबाट निकाल्छन्     भगवा

नम्रताको चुनौती

Image
शीतल गिरी     प्रत्येक सन्तान पति–पत्नीको पारस्परिक प्रेमको प्रतीक हो, उनीहरूको प्रेम र समर्पणको जीवन्त प्रमाण हो, अमूल्य निधि हो र सुरक्षित पुष्प । निर्मलाले नौ महिना गर्भमा राखेर प्रसवको असहनीय यन्त्रणा सहेर पृथ्वीमा अवतीर्ण गराइ– नम्रतालाई । निर्मलाको लागि अमूल्य निधि र सबभन्दा प्यारो उपलब्धि थियो, नम्रता । निम्नवर्गमा जन्मिएकी नम्रताको अवस्था सार्‍है नै दयनीय थियो, जहाँ दिनमा एक छाक पनि पेटभर सन्तुलित आहार पाउँदिनथी, त्यहाँ उनको जन्म एउटा अभिशाप नै बन्यो । निर्मलाको लागि ऊ अनावश्यक बोझ बनेकी थिई, जबकि नम्रताले सानै उमेरदेखि नै घरको जिम्मेवारी सम्हालेकी थिई । साना भाइबहिनीको हेरविचार गरेकी थिई । घरको कामकाज गर्नु, आमाको साथमा अरूको घरमा भाँडा माझ्न, कपडा धुन जानु उनको निश्चित कामहरू थिए । बाल्यकाल कहिले आयो, कहिले कसरी गयो, यसको बोध हुनै पाएन ।     माया र ममताको साटो हप्कीदप्की पाउनु, आमाबुबाको गाली र झगडा हेर्नु यही उनको दिनचर्या अथवा मनोरञ्जन बन्यो । अबोध आँखा जसमा जीवनका रङ्गीन सपना हुनुपथ्र्यो, सुक्खा र उदास थिए । ऊ ममताको स्पर्श र स्नेहयुक्त शब्दको लागि लालायित हुन्थी । तर

आयुर्वेदिक चिकित्सामा नाडी परीक्षाको महत्त्व

Image
डा. रमेश मिश्र     आयुर्वेद एउटा सम्पूर्ण चिकित्सा विज्ञान हो । यसमा स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा र रोगी व्यक्तिको रोगको उपचारको सम्पूर्ण व्यवस्था छ । आयुर्वेदमा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा वा रोगी व्यक्तिको रोग उपचारको लागि रसायन, औषधिको व्यवस्था गर्दा व्यक्तिको प्रकृति दोषकालको विचार गर्नुपर्छ । यसको लागि आयुर्वेद चिकित्सकले रोगीको परीक्षा (जाँच) विधिपूर्वक गर्दछन् ।     जुन रोगको आयुर्वेदशास्त्रमा जुन प्रकारले उत्पत्ति, लक्षण आदि वर्णन गरिएको छ, त्यसै प्रकार बुझेर चिकित्साको विधान गर्नुलाई आयुर्वेदको भाषामा प्रतिपति भनिन्छ र रोगी परीक्षाबाट प्रतिपतिको ज्ञान हुन्छ । रोगी कुन देशमा जन्मेको, कुन देशमा पालनपोषण भएको, कुन देशमा रोगीलाई रोग लागेको, यी देशहरूमा वा स्थानमा कुन प्रकारको आहारविहारको व्यवस्था छ, ती ठाउँहरूमा व्यक्तिको मनोबल र शारीरिक बल कस्तो हुन्छ । सबै कुराको निश्चित गर्नुपर्छ ।      यी परीक्षाहरूमध्ये नाडी परीक्षाको आफ्नै महत्त्व छ । नारी परीक्षा स्पर्श परीक्षा अन्तर्गत समाविष्ट छ । तर नाडीको ज्ञान चिकित्सकको योग्यताको एउटा यस्तो मापदण्ड आयुर्वेदमा बनिसकेको छ क

पाण्डवहरूको अज्ञातवास

Image
उमाशङ्कर द्विवेदी     यक्षबाट वरदान पाएपछि एक दिन धर्मपुत्र राजा युधिष्ठिरले आफ्ना जम्मै भाइहरूलाई एकै ठाउँमा भेला गराएर भने– “आफ्नो राज्यबाट बाहिर वनमा हामीहरू बार्‍ह वर्षदेखि बस्दै आयौं, अब तेर्‍हौं वर्ष लाग्दैछ । यस वर्ष बडो कष्टका साथ कठिनाइहरूको सामना गर्दै हामीहरू गुप्तरूपमा बस्नुपर्नेछ । अर्जुन, तिमीले आफ्नो रुचि अनुसार कुनै राम्रो निवासस्थान बताऊ, जहाँ हामीहरू एक वर्षसम्म बस्न सकौं तथा शत्रुहरूले हाम्रो सुइँको नपाउन सकून् ।” अर्जुनले भने–“महाराज, निस्सन्देह धर्मराजले दिएको वरको प्रभावले कुनै पनि मानिसले हामीलाई चिन्न सक्नेछैन । अत: हामीहरू स्वच्छन्दतापूर्वक यस पृथ्वीमा विचरण गर्नेछौं । तैपनि म तपाईंसित निवास गर्न योग्य केही रमणीय तथा गुप्त राष्ट्रहरूको नाम बताउँदैछु । कुरुदेशको छेउछाउमा धेरै सुरम्य प्रदेशहरू छन् । जहाँ धेरै अन्न उब्जन्छन् । ती प्रदेशहरू हुन्–पञ्चाल, चेदि, मत्स्य, शूरसेन, पटच्चर, दशार्ण, मल्ल, शाल्व, युगन्धर, कुन्तिराष्ट्र, सुराष्ट्र र अवन्ती । यसमध्ये कुनै पनि देशलाई तपाईंले निवासको लागि छान्नुहोस्, जहाँ हामी यस वर्षभरि निवास गर्न सकौं ।”     युधिष्ठिरले भने–

जहाँ पनि आफ्नोपनको खडेरी

Image
सञ्जय साह ‘मित्र’     ओसिलो दुबोलाई मनभरि कुल्चेपछि बिहानको चिया खाने विचारले पाइलालाई कोठातिर अग्रसर गराइरहेको थिएँ । कोठाबाट पूर्व शिक्षासचिव बालानन्द पौडेल सर निवृत्त भएर रिसोर्टको चौरीतिर निस्कँदै “यसो अलिकति मास्तिर जाऔं डुल्न” भन्दा मनले दोधारको मझधारमा फसेको अनुभूति प्रकट गरे पनि “हुन्छ, जाऔं” भनेर पत्करले जस्तै पछ्याउन थालें, उनका पाइलालाई । शिक्षासचिवबाट सेवानिवृत्त भएपनि पौडेल सर अझै क्रियाशील हुनुहुन्छ । गौरको सिया पैलेसमा एउटा कार्यक्रममा उहाँसित चिनजान गर्ने मौका मिलेको भएपनि मैले उहाँलाई विस्मृतिको पर्दा  ओढाइसकेछु । अहिले मेरो मस्तिष्कले चिनेको मान्छे त हो तर को भनेर छुट्याउन सकेको छैन तर पनि श्रद्धेय र आदरणीय हुनुहुन्छ भन्ने मेरो मनले मानिरहेको छ र आदरमात्र होइन, अलिकति अदबका साथ हेटौंडा रिसोर्टको मूल हुँदै बाहिरिएपछि उत्तर–पूर्व कुनातर्फ अघि बढ्छौं । नफर्केसम्म उहाँलाई चिन्न सकेको हुँदिनँ ।     घुमाउरा ग्रामीण बाटाहरूलाई नाप्दै पाइलाहरू यन्त्रवत् चलिरहेका छन् र हरेक पाइलाले थोरै भएपनि उकालोपनको अनुभूति सँगालिइरहेको छ । डाँडालाई कपेर बनाइएको जङ्गल छेउको बाटो हुँदै काल

सामाजिक सद्भाव र मिडिया–१

Image
चन्द्रकिशोर आज यहाँहरूसमक्ष खुला संवाद लिएर आएका छौं । किन आएका छौं ? पत्रकारका कार्यक्रमहरू उनीहरूबीचमैं गरे पनि हुन सक्थ्यो नि १ किन हामीले समाजका अन्य सरोकारवालाहरूलाई पनि यस स्तम्भमा निम्त्यायौं ? किनभने जसरी पत्रपत्रिका, पत्रकारिताले समाजलाई निगरानी गरिराखेको हुन्छ, त्यसैगरी तपाईं पाठक, श्रोता, दर्शकले पत्रकारिताको नियमन गरिराख्नुभएको छ, निगरानी गरिराख्नुभएको छ । अर्थात्, समुदाय र मिडियाबीचको सम्बन्ध कस्तो छ ? समुदायले मिडियालाई कसरी हेरिराखेको छ ? समुदाय विशेषले मिडियालाई आफ्नो महसुस गर्न सकिराखेको छ कि छैन, ऊप्रति स्वामित्व ग्रहण गर्न सकिराखेको छ कि छैन ? मिडिया कतिको समुदाय र समाज मैत्री भइराखेको छ ? मिडिया र समुदायको बीचमा कतिको सामीप्य र दूरी छ ? वा मिडियाले गरिराखेको काम आचारसंहिताको अनुकूल भइराखेको छ कि छैन ? आदि विषयमा सार्वजनिकरूपमा यहाँहरूसँग गरिने संवादबाट प्रतिक्रिया (फिडब्याक) पनि प्राप्त होस् र यहाँको मिडियाले आगामी दिनमा अझ बढी प्रभावकारिता तथा जिम्मेवारीका साथ सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकोस् भन्ने लक्ष्य छ ।     हामीले बृहत्तररूपमा सामाजिक सद्भावको कुरा ग

घरदैंलो भर्ना अभियान औपचारिकतामा सीमित

Image
वैद्यनाथ ठाकुर     शैक्षिक सत्र २०७२ को शुरुआत विगतभैंmं घरदैंलो भर्ना अभियानबाट शुरु गरिएको छ । सुन्दा सारै राम्रो लाग्ने कार्यक्रम हो घरदैलो भर्ना अभियान । बालबालिकालाई विद्यालय ल्याउन घरघरै गएर शिक्षक–शिक्षिकाहरूले आग्रह गर्नुलाई कुनै पनि अर्थमा नराम्रो मान्न सकिंदैन । वास्तवमा घरघर गएर सामुदायिक विद्यालयमा नानीबाबूहरूलाई पढ्न पठाउनुस् भनेर शिक्षकहरूले बाजागाजा झन्डा, ब्यानर तथा विद्यार्थीसहितको लावालश्कर लिएर जानु राम्रो कार्य हो । यसबाट सामुदायिक विद्यालयप्रति अभिभावकवर्गमा रहेको नकारात्मक भाव थोरै भए पनि सफा गर्न सहयोग पुग्छ । तर प्रश्न उठ्छ के घरदैंलो कार्यक्रममा शिक्षकहरू पुग्ने बित्तिकै निराश भइसकेका अभिभावक आफ्नो नानीबाबूहरूलाई सामुदायिक विद्यालयमा अध्ययनको लागि पठाउँलान् ?     भनिन्छ, एकचोटि आँखाबाट खसेपछि फेरि उसको नजरमा उठ्न बडो गार्‍हो हुन्छ । वास्तवमा नेपाली जनताको आँखाबाट सामुदायिक विद्यालयहरू खसिसकेका छन् । आमनागरिकमा सामुदायिक विद्यालयबारे एउटै धारणा छ– त्यहाँ सिकाइ प्रक्रिया हुँदैन । शिक्षकहरू ढिलो विद्यालय आउँछन्, कक्षामा ढिलो जान्छन्, छिटो निस्कन्छन्, रचनात्मक ढ·