$type=ticker$count=12$cols=4$cate=0

सेनवंशीय शासनकालमा मकवानपुर राज्यको प्रशासनिक व्यवस्था– एक परिचय

SHARE:

गताङ्कको बाँकी
बासुदेवलाल दास
मकवानपुर राज्यको प्रशासनिक व्यवस्था विषयक अध्ययन गर्दा त्यस समयमा प्रचलित रहेका केही प्रशासनिक पदहरूबारे जानकारी पाइन्छ । यस्ता पदाधिकारीहरूको सहयोगद्वारा नै राज्यको प्रशासन व्यवस्था सुचारु हुने गरेको थियो । राज्यको शासन व्यवस्थामा राजाको स्थान सर्वोपरि हुने गर्दथ्यो । राजाले ‘महाराजाधिराज राजराजेश्वर’ जस्ता उपाधि धारण गर्ने गर्दथे । त्यस समयमा राज्यको शासन व्यवस्थामा धर्मको पनि प्रमुख भूमिका हुने गरेको कुरा थाहा पाइन्छ । सेन राजाहरू ‘हिन्दूपति’ नामक विरूद धारण गर्ने गरेका पाइन्छन् । सेनकालमा राज्यमा अनेक विद्वान्लाई आश्रय प्राप्त रहेको एवम् उनीहरूलाई बिर्ता भूमिदान दिने गरिएको देखिन्छ । यसका साथै सेन राजाहरूले अनेक प्रकारका धार्मिक कार्य गरेका तथा विभिन्न मठ–मन्दिरहरूमा भूमिदान दिएका अभिलेखहरू प्राप्त भएका छन् । यस्तै अनेक देवीदेवताका मूर्तिहरूको स्थापना तथा मन्दिरहरूको निर्माण सेन शासनकालमा भएको थियो ।
    राजा लोहंगसेनले पूर्वतर्फको राज्य विस्तार अभियान अन्तर्गत किराँतहरूसित सम्झौता गरी तिनीहरूलाई वंशानुगत रूपमा देवानको पदमा स्वीकार गरेका थिए, किनभने तिनीहरू प…र्वकालदेखि नै यो पदको उपभोग गर्दै आइरहेका थिए । परवर्ती समयमा विजयपुर राज्यमा राजा र देवानबीच वैमनस्य बढ्दै जाँदा देवानले राजाको अधिकार क्षेत्रमा हस्तक्षेप गरेका उदाहरणहरू पाइन्छन् । त्यस बेलाका अनेक अभिलेखहरूमा देवानलाई ‘राजभारसमर्थ’ भनिएको पाइन्छ ।
    मकवानपुर राज्यमा राजाबाट राज्य सञ्चालन व्यवस्थामा कहिलेकाहीं प्रत्यक्ष रूपबाट त्यति चासो न राखिएकोसमेत पाइन्छ । यसबाट त्यस बखतका दरबारमा रहने राजपूतहरू, खसहरू र ब्राह्मणहरू प्रभावशाली भएर रहने गरेका थिए । यी व्यक्तिहरू बेलाबखत भयड्ढर षड्यन्त्रहरूमा समेत संलग्न हुने एवं राजासित कपटपूर्ण तरिकाले व्यवहार गर्ने गर्दथे । राजा शुभसेनको पालामा यी षड्यन्त्रकारीहरू यति सक्रिय भएका थिए कि राजालाई उनका भतिजाका साथ पूर्णियाका नवाब समक्ष बुझाइदिएका थिए । यस्तै किराँतहरूले जगतसेनलाई सन् १७३५ ई. तिर चौदण्डीका राजा नै घोषित गरिदिएका थिए । यति भएर पनि शासन, प्रशासनमा राजाको स्थान सर्वोपरि मानिएको थियो ।
    यस्तै राज्यको प्रशासन व्यवस्थामा राजकुमारको पनि प्रभावशाली भूमिका रहने गरेको हुन्थ्यो । राजकुमारको अधिकार भित्र सैनिक र नागरिक क्षेत्रका प्रशासनिक विषयहरू पर्दथे । आफ्ना पिताको पालामा नै लोहंगसेन प…र्वी क्षेत्रको अभियान सञ्चालन गरेर किराँतहरूको क्षेत्रसम्म पुगेका एवं ठूलो भ…भागमाथि अधिकार स्थापित गर्न सफल भएका थिए । यसबाट यो स्पष्ट हुन्छ कि राजकुमारको नियन्त्रण सैनिक व्यवस्थामाथि समेत रहने गर्दथ्यो । महाकुमार शुभसेनले पिता हरिहरसेनको पालामा सत्ताका लागि पितासित विद्रोह गरेका एवं पिताले राज्य विभाजन गरी शासनको अधिकार छोरालाई दिन बाध्य भएका उदाहरणहरू भेटिन्छन् । भनिन्छ मकवानपुरका राजा हेमकर्णसेनको शासनकालमा मकवानपुरका ज्वाइँ तथा गोरखाका राजा पृथ्वीनारायण शाहसित उत्पन्न वैमनस्यका लागि राजकुमार दिगबन्धनसेन नै जिम्मेवार थिए । फलस्वरूप हेमकर्णसेनको देहान्तपश्चात् दिगबन्धनसेन राजा भएका समयमा पृथ्वीनारायण शाहको गोरखाली सेनाले मकवानपुरमाथि आक्रमण गरी आफ्नो अधीन पारेको थियो । यस प्रकार राज्य व्यवस्था सञ्चालनमा राजकुमारको पनि महत्त्वपूर्ण स्थान रहेको थाहा पाइन्छ ।
    यस्तै चौतरिया अथवा चौतारा पदका अधिकारी राजाका प्रधानमन्त्री सरह हुने गर्दथे । मकवानपुर राज्यको अतिरिक्त पहाडी क्षेत्रका अन्य राज्यहरूमा चौतरिया पदमा प्राय: राजपरिवारका व्यक्तिलाई नै नियुक्त गर्ने परम्परा रहेको पाइन्छ । परन्तु मकवानपुर राज्यमा यस्तो कुनै कठोरता थिएन । पदीय मर्यादाको आधारमा चौतरिया भनेको राजामुनिको पद थियो । राजाद्वारा छाप लगाइने प्रत्येक आज्ञा, आदेश, सनद वा स्याहामोहरहरूमा चौतरियाको हस्ताक्षर हुने गर्दथ्यो । मकवानपुरमा चौतरिया पदमा स्थानीय सामन्तलाई नियुक्त गरिन्थ्यो एवं यो पद उनको परिवारमा वंशानुगत सीमित रहने गर्दथ्यो । राजाले चौतरियालाई जुनसुकै प्रकारको दण्ड, यहाँसम्म कि मृत्युदण्डसमेत दिन सक्दथे, परन्तु उसको पदबाट बर्खास्त गर्न अथवा उसका सन्तानलाई नियमित उत्तराधिकारबाट वञ्चित गर्न भने सक्दैनथे । पूर्वी क्षेत्रका विजयपुर, चौदण्डी राज्यहरूमा चौतरियाको पद किराँतहरूलाई दिइएको थियो । त्यहाँ चौतरिया अत्यधिक शक्तिशाली रहेका थिए । बेलाबखत उनीहरू राजाजस्तै अधिकारको उपभोग गर्ने गरेका थिए । राज्यको सम्पूर्ण राजस्वको एक दशांश भाग चौतरियाले प्राप्त गर्ने गर्दथे ।
    यसैगरी नायब–चौतरिया भन्ने पद रहेको थियो । यस पदमा खासगरी कायस्थ परिवारका व्यक्तिलाई नियुक्त गरिन्थ्यो । यो नियुक्ति वंशानुगत रहने गर्दथ्यो । यस पदका व्यक्तिले लेख्ने–पढ्ने कार्य गर्ने गर्दथे । त्यस बखतका राजा र किराँतहरू कुशल लेखक नभएकाले कायस्थहरू नियुक्त गरिएको बुझिन्छ । राजा शुभसेनको पालामा नायब–चौतरिया प्रबोध दासले राज्यमा सड्ढटकालीन अवस्था आइपर्दा राजाका दुई भाइ छोरालाई सुरक्षित राखेका एवं पछि राज्य–व्यवस्थामा सहयोग गरेका थिए । यसबाट यस पदका पदाधिकारीले बेलाबखत राज्यको नीति निर्धारणमा महत्त्वप…र्ण योगदान गर्न सक्ने हैसियतसमेत राख्ने गर्दथे भन्ने कुरा थाहा पाइन्छ ।
    चौतरियाभन्दा मुनिको पद काजी हुन्थ्यो । यो ‘कार्यी’ शब्दको विकसित रूप हो, जसको अर्थ ‘कार्यमा संलग्न रहने’ भनेर गरिएको पाइन्छ । राज्यको राजस्वको सोर्‍ह भागको एक भाग काजीले पाउने गर्दथे । राज्य–व्यवस्थाको सञ्चालनमा काजीको महत्त्वप…र्ण योगदान रहेको हुन्थ्यो । यो पद वंशानुगत हुँदैन थियो । यस पदमा राजाले आफूखुशी जुनसुकै व्यक्तिलाई नियुक्त गर्न सक्दथे । काजी पदका व्यक्तिले सैनिक र नागरिक दुवै मामिला हेर्ने गर्दथे । बेलाबखत काजीलाई सैनिक विभागको प्रमुखको रूपमा समेत तोकिने गरिन्थ्यो । परन्तु सामान्य अवस्थामा काजीले राजस्वको कार्य तथा खासगरी जागिर, भ…मिको व्यवस्थापनमा योगदान गर्ने गर्दथे । त्यस समयमा दक्षिणी छिमेकमा रहेको राजनैतिक शक्ति मुगल प्रशासनमा काजी पदका व्यक्तिलाई सम्राट्ले न्यायिक मामिला हेर्नेगरी नियुक्त गर्दथे । यसका साथै केही काजीहरू स्थानीय र प्रान्तीय प्रशासन सञ्चालनको प्रयोजनका लागि समेत नियुक्त गरिएका हुन्थे ।
    राज्यको प्रशासनिक प्रणालीमा देवान वा दिवानको पद महत्त्वप…र्ण रहेको थियो । मकवानपुर राज्यमा देवान पदका अधिकारी भ…राजस्व सड्ढलनमा संलग्न रहने गर्दथे । विजयपुर र चौदण्डी राज्यहरूमा बेलाबखत देवानहरू राजाजस्तै अधिकारको उपभोग गर्ने गरेका पाइन्छन् । राजा र देवानबीच वैमनस्य भएपछि अठारौं शताब्दीको पूर्वाद्र्धमा देवानले चौदण्डी नामक नयाँ राज्यको स्थापना गरी राजालाई नियुक्त गरेको पाइन्छ । यहाँ देवान र चौतरिया पदहरू पर्यायवाचीरूपमा व्यवह्त भएको पाइएको छ । विजयपुर राज्यबाट निर्गमित अनेक स्याहामोहरहरूबाट त्यहाँ देवानले राजाजस्तै अधिकार प्रयोग गरी पण्डितहरूलाई बिर्ता भ…मिदान दिएको कुरा थाहा पाइन्छ । तिनीहरूले आफूलाई ‘राजभारसमर्थ’ भन्ने गरेका कुरा अभिलेखहरूबाट थाहा पाइन्छ । अर्कोतिर दक्षिणी भागमा मुगल शासनको प्रशासनमा पनि देवान वा दिवानको पद रहेको पाइन्छ । त्यहाँ भने यस पदका पदाधिकारीद्वारा राजस्व र खर्चको विभाग हेर्ने गरिन्थ्यो । राज्यबाट सञ्चालित प्रत्येक क्रियाकलापमा अर्थको विषय जोडिएर रहने भएको हुँदा देवानको अधिकार र कार्यक्षेत्र व्यापक रहेको बुझिन्छ । मुगलकालीन प्रभावशाली दिवानहरू साम्राज्यको आर्थिक नीति(निर्धारणसमेत गर्ने गर्दथे । उनीहरू भ…मि–व्यवस्था व्यवस्थित गर्नुका साथै करको निर्धारण र राजस्व सङ्ग्राहकको नियुक्ति एवं राजकोषमाथि नियन्त्रण राख्ने कार्य समेत गर्दथे । सेन शासनकालमा देवानको पद वंशानुगत एवं लाभकारी रहेको   थियो । चौतरिया, काजी र देवान सम्मिलित गरी राजाको परिषद् निर्माण हुन्थ्यो । यस परिषद्ले राजालाई शासन सञ्चालन एवं अन्य विषयवस्तुहरूमा परामर्श दिने गर्दथ्यो । कहिलेकाहीं चौतरिया र देवान दुवै पदहरू एउटै व्यक्तिद्वारा सम्हालिएको उदाहरण पनि पाइएको छ ।
    यसरी नै सैनिक क्षेत्रको प्रशासनिक व्यवस्था अन्तर्गत सरदार पद रहेको थियो । यस पदका अधिकारी सेनाका नायक हुने गर्दथे । यिनीहरूको अदलीबदली राजाको इच्छा बमोजिम हुने गर्दथ्यो । सरदारले आवश्यकता र स्वेच्छा अनुसार सैनिकमा नयाँ भर्ना तथा पुरानालाई अवकाश दिन सक्दथे । सरदारको नाउँमा निर्धारित जागिर–भ…मिको राजस्वबाट किराँत सैनिकले खानगी पाउने गरेका थिए । सरदारले सैनिकको खानगीबाट कुनै भाग पाउँदैनथिए । अर्कोतर्फ सैनिकहरूले सरदारलाई बेलाबखत उपहारहरू दिइराख्नुपर्ने अपेक्षा गरिन्थ्यो । राजाद्वारा आह्वान गरिएको समयमा आफ्ना मातहतका सैनिकसाथ उपस्थित भई सरदारले मोर्चा सम्हाल्नुपर्दथ्यो । युद्धको समयमा सैनिकलाई उसको साबिकको खानगीका अतिरिक्त भरणपोषणबापत रकम प्रदान गरिन्थ्यो । सरदारको मातहतमा सैनिकहरूलाई राजाको निवास स्थानमा समेत नियमित रूपमा तैनात गरिएको हुन्थ्यो ।
    सेनकालीन प्रशासनमा सुब्बा पदका अधिकारीको महत्त्वपूर्ण स्थान रहेको थियो । सुब्बा पदका अधिकारी जिल्ला प्रशासनका प्रधान हुन्थे । उनको मातहमा स्थानीय प्रशासन पनि सञ्चालन हुने गर्दथ्यो । राजधानीभन्दा बाहिरका पहाडी क्षेत्रमा राजस्व सड्ढलन तथा सिपाहीहरूको सुव्यवस्था गर्ने कार्य सुब्बाको कार्यक्षेत्र भित्र मानिने गर्दथ्यो । दक्षिणी छिमेकी क्षेत्रको तत्कालीन राजनैतिक शक्ति मुगलहरूको प्रशासनिक प्रणालीमा प्रचलित ‘सूबा’ शब्दलाई प्रान्तको पर्यायको रूपमा ठानिएको थियो, तर सेनहरूकोमा भने सुब्बा एउटा प्रशासनिक पद थियो । सुब्बाले दुई प्रकारले आफ्नो कार्य गर्दथे । राजस्व सड्ढलनको क्षेत्रमा उनी देवानको मातहतमा रहने गर्दथे भने सैनिक मामिलामा सरदारको सहायकको रूपमा रहने गर्दथे । राजस्व सड्ढलनमा उनलाई जमिनदारले सहयोग गर्दथे । जमिनदारलाई पारिश्रमिकबापत भ…मि प्रदान गरिएको हुन्थ्यो ।
    तत्कालीन प्रशासनिक प्रणालीमा जमिनदारको पनि भ…मिका रहेको थियो । यिनी आफ्ना क्षेत्रका जमिन–जग्गाका मालिक हुन्थे । जमिनदारले राजस्व सड्ढलनमा सुब्बालाई सहयोग गर्नुका साथै आवश्यकता परेको बेला सैनिक कार्यको लागि जवानहरूको व्यवस्था गर्ने गर्दथे । यिनीहरू आफ्नो क्षेत्रको जग्गा आफूखुशी जोत्न पाउँथे । अर्कोतिर अन्य व्यक्तिले जग्गा जोत्नका लागि भने जमिनदारलाई उपहार टक्र्याउनुपर्ने हुन्थ्यो । यसरी नै फौजदार पदका अधिकारीले चौधरी पदका अधिकारीको सहयोगमा गढीहरूको सुव्यवस्था गर्ने गर्दथे । सेनकालीन समयमा अनेक गढीहरू विद्यमान थिए । यसका साथै फौजदारले सुब्बा र देवानलाई समेत तिनीहरूको कार्यसम्पादनको सिलसिलामा सहयोग गर्ने गर्दथे । फौजदार शब्दबाट नै यसको अर्थ स्पष्ट भएझैं यो पदका अधिकारी केही फौज(सैनिक)का साथमा रहने तथा जिल्ला र गढीको प्रारम्भिक सुरक्षा व्यवस्थाप्रति जिम्मेवार हुने गर्दथे । राज्य क्षेत्रमा शान्ति र स्थिरता कायम गराउनमा फौजदारको महत्त्वपूर्ण योगदान रहने गर्दथ्यो । फौजदार पदका अधिकारी द्वारा भ…मिकर तथा अन्य करहरूको असुलीमा समेत सहयोग हुने गर्दथ्यो ।
    सेनकालीन प्रशासनिक प्रणाली अन्तर्गतका अन्य पदहरूमा चौधरी भन्ने पदका अधिकारी प्रगन्नाको राजस्व असुलीका लागि जिम्मेवार हुने गर्दथे । एउटा प्रगन्नाको मातहतमा अनेक मौजाहरू (गाउँहरू) रहेका हुन्थे । मोकद्दम पदमा नियुक्त अधिकारी गाउँ क्षेत्रका प्रमुखजस्तै हुन्थे । मोकद्दमलाई पाँच प्रतिशत भ…मि करमुक्त गरी प्रदान गरिएको हुन्थ्यो । त्यस्तै गाउँ क्षेत्रका अर्का अधिकारी पटवारी हुन्थे । पटवारीलाई राजस्व सड्ढलनमा एक रुपियाँमा आधा आनाका दरले तथा प्रत्येक घरधुरीबाट वार्षिक दुई आनाका दरले खानगी प्रदान गरिन्थ्यो । पटवारीले मोहरर र कानूनगोलाई भाग दिनुपर्दथ्यो । मोहरर पद फौजदारको मातहतमा रहने गर्दथ्यो । कानूनगो पदका अधिकारीले जग्गामा हुने उब्जनीको आधारमा जग्गाको कर निर्धारण गर्ने कार्य गर्दथे । कानूनगो भन्ने पद पटवारीभन्दा माथिको ठानिन्थ्यो । पटवारी पदका अधिकारी भ…राजस्व प्रणालीका मेरुदण्डजस्तै हुने गर्दथे तथा यी पदाधिकारीको कार्य क्षेत्र तराई क्षेत्रका गाउँस्तरीय मौजाहरू हुने गर्दथ्यो । पटवारीले भ…मि र राजस्वको सम्प…र्ण अभिलेख सम्बन्धी कागजहरू अद्यावधि गरी राख्ने गर्दथे । मिथिला क्षेत्रमा कर्णाटवंशीय शासक हरिसिंहदेवको पालामा अर्थात् तेर्‍हौं शताब्दीमा नै राजस्व प्रशासनमा पटवारी नामक पदाधिकारीको अस्तित्व रहेको थियो भन्ने तथ्य अनुसन्धानहरूबाट थाहा हुन आएको छ । यस्तै बिचारी भन्ने पदाधिकारी न्यायिक मामिलासित सम्बन्धित हुने गर्दथे । केन्द्रमा मुद्दा पर्दा चारजना बिचारीको सम…हले हेर्ने गर्दथ्यो । अर्कोतर्फ प्रत्येक सुब्बाको मातहतमा पनि सहायकको रूपमा बिचारी पदका अधिकारी रहने गर्दथे । बिचारीको मातहतमा द्वारे नामक पदाधिकारी हुन्थे । द्वारे पदका अधिकारीले अपराधीलाई गिरफ्तार गर्ने र मुद्दा चलाउने कार्य गर्दथे । यस कार्यमा कोतवाल र गोराइत पदका अधिकारीहरूको सहयोग रहने गर्दथ्यो । न्याय सम्पादन गर्दा दण्डबापत प्राप्त हुने रकमबाट एकचौथाई राजाले लिने तथा बाँकी रकम न्याय कार्यमा संलग्न न्यायाधीशहरूको भागमा जाने गरेको हुन्थ्यो । सैनिक व्यवस्था अन्तर्गत युद्ध कार्यको उद्देश्यले दुई प्रकारका सैनिक टुकडीहरू रहेका थिए । प्रथम प्रकारमा राजपूतहरू र खसहरू थिए, जुन राजाको समक्ष रहने गर्दथे । यिनीहरूको सङ्ख्या सीमित हुन्थ्यो तथा यिनीहरूलाई नगद तलब दिइने गरिन्थ्यो । दोस्रो प्रकारका सैनिकहरूमा मुख्यरूपमा किराँतहरूको सैनिक टुकडीहरू थिए । यिनीहरूको सङ्ख्या विस्तृत रहे पनि निश्चित तोकिएको भने हुँदैनथियो । यिनीहरू सरदारको नियन्त्रणमा रहने गर्दथे । किराँत सैनिकहरू मुख्यरूपमा धनुष र वाण भिरेका हुन्थे । यिनीहरूको वाणको टुप्पा विषालु बनाइएको हुन्थ्यो । अर्कोतिर राजपूतहरू आग्नेयास्त्रबाट सुसज्जित रहेका हुन्थे । भनिन्छ कि नब्बे हजार किराँतहरू शस्त्र सञ्चालनका लागि तयार अवस्थामा रहेका थिए, जबकि नियमित सैनिकको सङ्ख्या पाँच हजारदेखि छ हजारभित्र रहेको थियो । यस क्षेत्रमा सेनहरूले नै सबभन्दा पहिले बन्दूकको शक्तिको उपयोग गरेको भनाइ पाइन्छ । यस प्रकार मकवानपुर राज्यको प्रशासन त्यस समयको हिसाबले व्यवस्थित रहेको पाइन्छ । समाप्त
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सेनवंशीय शासनकालमा मकवानपुर राज्यको प्रशासनिक व्यवस्था– एक परिचय
सेनवंशीय शासनकालमा मकवानपुर राज्यको प्रशासनिक व्यवस्था– एक परिचय
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJs2ft3PzfqxB18kwfrbMyaaKztMYhSz58YNX2F6HLrsdZUNOu_dnUiBCljtBEiY8U5JcjxgvwAn_OljfxmapmHkKJ-0n7wpx5Gy-JTetexFZ7dEqbXnVEmrjbYEDw-vWn4fifeVBLLe0/s1600/basudev+lal+das.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJs2ft3PzfqxB18kwfrbMyaaKztMYhSz58YNX2F6HLrsdZUNOu_dnUiBCljtBEiY8U5JcjxgvwAn_OljfxmapmHkKJ-0n7wpx5Gy-JTetexFZ7dEqbXnVEmrjbYEDw-vWn4fifeVBLLe0/s72-c/basudev+lal+das.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/03/blog-post_93.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/03/blog-post_93.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy