चक्रपाणि तिमल्सिना
“जिन्दगी अनवरत चल्ने यात्रा हो, कहिल्यै हार नमान्नू“ । गणेशप्रसाद लाठद्वारा लिखित उपन्यास ‘अनुराधा भवन’ मुख्य पात्र बिरजुले आफ्ना पुत्रहरूलाई दिएको अन्तिम उपहार–वाणी थियो । “संसार भनेकै भवसागर हो । यो सागरमा प्रवेश गने नडुबी बाँच्न को पो सक्छ र ? सु:ख र दु:ख, हाँसो र रोदन अनि जन्म र मृत्युको चक्र जीवनसँग गाँसिएर आउदो रहेछ ।” उक्त पुस्तकमा उल्लिखित यीलगायत अन्य वाक्यांशले मानवीय जीवनको सत्यतालाई झल्काउँछ । मान्छेले एउटा सुख प्राप्तिका निम्ति भुक्तानीस्वरूप अर्को दु:ख बेहोर्नु पर्ने हुन्छ । हरेक कुरा एक हातले लिने र अर्को हातले दिन नियम नै हुन्छ । मैले पनि एउटा उद्यमीले यही गर्दछ भन्ने सन्देश पाएको छु ।
पैसा कमाउने अन्तहीन लालसालाई विराम दिइएन भने यसले मान्छेको स्वास्थ्य, मनको शान्ति, परिवारको प्रेम, आत्मसम्मानमा भुइँचालो ल्याइदिन्छ । मान्छेले सुखको गणितमा जोड र गुणाको मात्र कल्पना गर्छ । घटाउ र भागको हेक्का राख्दैन । मानवीय जीवनले धेरै सङ्घर्ष गरेको हुन्छ, हिंस्रक सङ्घर्ष, सविनय सङ्घर्ष, अरूबाट खोसेर लिने सङ्घर्ष, आफै सृजना गर्ने सङ्घर्षस अन्तहीन सुखका लागि अन्तहीन सङ्घर्ष । यस्ता धेरै गहकिला सन्देश कुनै न कुनै पात्रले बोलेको छ यस कृतिमा ।
क्षणिक सफलताले आत्मालाई शान्ति दिन सक्दैन । कतिपय अवस्थामा उदार स्वभावका कारण जीवन कष्टकर देखिन्छ तर त्यसले दूरगामी असल प्रभाव बोकेको हुन्छ, राम्रै फल दिन्छ । मैले यो भाव ‘अनुराधा भवन’बाट सापटी लिएको छु । उमेर छँदा बाआमाको ख्याल गर्न नसक्ने र पछि पछुताउने धेरैको जीवनसँग गाँसिएको विषय हो । असल उद्यमीका पुत्रहरू पात्र बनेर यही सन्देश दिन खोजिएको छ अनुराधा भवनमा । पेशा गर्ने बाध्यता, मानवीय आवश्यकता पूरा गर्नसँग जोडिएको हुन्छ । तर एउटा उद्यमीले पैसाको मात्र पछि लाग्नुहुन्न भन्ने मान्यता बोकेको छ । धेरै उद्यमीले व्यवसायमा मात्र धेरै समय खर्चंदा परिवार र आफ्नो ख्याल राख्न नसकेको, पारिवारिक जिम्मेवारीबाट टाढा रहनु परेको कुरा यस पुस्तकमा छ । एक असल उद्यमी बिरजुका छोराले बाबु बितिसकेको अवस्थामा भनेका छन्–“अर्थ अभावको पीडाले छटपटाएर जीवनको एक मात्र लक्ष्य धन आर्जन बनाएँ । धन आर्जनको क्रममा पिताजीको आदर्श अ·ीकार गर्न सकिएन ।” त्यसमा पनि उनका छोराको पछुतो छ । यसले बोकेको सन्देश के हो भने एक उद्यमीको चरित्र धन आर्जन गर्नु मात्र होइन । उसको धेरै दायित्व हुन्छस परिवार, समाज र राष्ट्र आदि । “कुनै वस्तु गुमाउनुको अनुभव गर्न त्यो वस्तु आफ्नो अधीन हुनुपर्दछ । त्यसपछि मात्र त्यो वस्तु गुमाउनुको अर्थ थाहा हुन्छ भन्ने आशय पोखिएको छ पुस्तकमा ।
राजनीति र उद्यमशीलतालाई समानान्तर अगाडि बढाउन उति राम्रो नहुने सन्देश बिरजुका भाई सुरजमार्फत दिन खोजिएको छ । व्यवसायीहरूले प्रत्यक्ष राजनीतीमा लाग्न हुँदैन ।
जीवन खेलसँग जोडिएको छ । मान्छे जति तन्मय भएर खेल्छ, जति इमानदारीतापूर्वक खेल्छ, जति श्रम गरेर खेल्छ, जीवनमा सफलताको आयाम त्यति नै विस्तारित हुन्छ ।
कृतिका मुख्य पात्र बिरजुमार्फत् सन्देश दिन खोजिएको छ– बाँचुन्जेल मनलाई थला पर्न दिनुहुन्न, परनिर्भर बन्नु हुन्न । बिरजु कठोर पीडा सहेर पनि मनोबल उचो राखेर सफल भएको थियो । दरिलो आत्मबल बनाएर सकुन्जेल व्यवसाय सम्हालेको थियो । व्यवसाय मात्रै होइन बचेको समय समाज सेवा र समाजिक दायित्वमा तल्लीन भएको देखिन्छ ।
उद्यमी आध्यात्मिक हुनुपर्दछ । जुन भूमिका बिरजुले निर्वाह गरेको छ । ईश्वर प्रति भरोसा नराख्ने बिरजुले गीताको सारलाई आफ्नो जीवन दर्शन बनाएको देखाइएको छ । उद्यमीले सकाम र निष्काम कर्मबीच भेद जान्ने प्रयत्न गर्दा राम्रो हुन्छ । ज्ञानयोग, कर्मयोग, भक्तियोगबारे विस्तृत जानकारी लिनुपर्छ । काम, क्रोध, लोभ, मोह र अहड्ढार जस्ता विकारबारे गम्भीरतापूर्वक मनन गर्ने सन्देश यसले बोकको छ । जब बिरजु पात्र व्यापारमा पोख्त भयो उसलाई जीवन भनेको धन हो, आयआर्जन हो भन्ने लागेको थियो । जब जीवनको अन्तिम अवस्थामा पुग्छ, पीडाबाट गुज्रेको अवस्थामा लाग्छ जीवन भ्रम हो, नाटक हो, मिथ्या हो । जीवनलाई हेर्ने दृष्टिकोण समयसापेक्ष परिवर्तन हुन्छ । व्यवसायमा सफलता पाउन उसको परिवारको, साथीभाइ र इष्टमित्रको पनि साथ र समर्थन चाहिन्छ । बिरजुकी धर्मपत्नी सरस्वतीको साथ, साथीको सहयोगले गर्दा उनलाई सफलता मिलेको छ । एक ममतामयी आमा र उनको सन्तानप्रतिको प्ेरमको यसमा राम्ररी चित्रण गरिएको छ ।
उद्यम गर्नका लागि पूँजी आवश्यक छ । पूँजी निर्माण गर्न सके भनेजति फाइदा दिन्छ । जीवन साथी कर्मयोगी नारीको साथ पाएपछि झनै सफलता प्राप्त हुन्छ । धेरै श्रम गरेर व्यवसायमा खट्ने अनि स्वास्थ्यको ख्याल नगर्दा सड्ढटपर्ने मर्मस्पर्शी सन्देश पुस्तकले प्रवाह गरेको छ । व्यवसायिहरू ईश्वरप्रति प्रगाढ सम्मान गर्दछन् । विश्वास नगरे पनि भावनात्मक सम्बन्ध बलियो बनाएर राखेको हुन्छ । मृत्यु नै मनुष्य जीवनको सबैभन्दा ठूलो शिक्षा हो । जसले मृत्युलाई बुझ्दछ, उसको जीवन स्वत: राम्रो हुन्छ भन्ने तर्क पनि जोडिएको छ । सफल उद्यमी बन्न शिक्षा आवश्यक छ तर औपचारिक शिक्षा नै आवश्यक छैन । अनौपचारिक शिक्षाले पनि व्यवसायको विकासमा मदत मिलेको हुन्छ । असल र सफल उद्यमीको साथ पाएर धेरैको जीवनमा चमत्कारी परिवर्तन आएको सन्देश पनि यस कृतिले बोकेको छ । साहुजी एउटा आदर्श पुरुषको रूपमा देखिएको छ । विद्या नभए पनि बुद्धि पर्याप्त भएको पात्रको रूपमा हुसैनी देखिन्छ ।
आफ्नो धनको तिर्खा मेट्न कसैको सम्पत्तिमाथि आँखा नलगाउनु । पानीको तिर्खा मेटाउन सकिन्छ, मनको तिर्खा अनन्त हुन्छ । कहिल्यै मेटाउन सकिंदैन ।
यसैगरी पुस्तकमा राधेकृष्ण भन्ने बिरजुका साथीलाई असल मित्रको रूपमा प्रस्तुत गरिएको छ । असल मित्र र इमानदारिताले उद्यमीलाई सफल बनाउन ठूलो सहयोग गर्ने कुराको चित्रण भएको छ ।
धन आवश्यक छ तर उद्यमीले असल काम गरी धन कमाउनुपर्दछ भन्ने सन्देश पनि यसले दिन खोजेको छ । बिरजुका छोरा सुरज समाजका प्रतिष्ठित उद्यमी पात्र हुन् । तर उनलाई मान्छेसाग पैसा हुनु पर्दछ, पैसो राजयोग हो, पैसो भनेको मान्छेको योग्यता हो, पैसा भनेपछि लेखपढ गर्ने कर्मचारी , वकिल, प्राविधिक जति पनि राख्न सकिन्छ भन्ने सोचले ग्रस्त देखाउन खोजिएको छ ।
पैसाले मित्रता तोड्नेदेखि तराईको बिहेमा दुलही पक्षले दुलहा पक्षलाई गरिदिने कपडा खरिदारीको प्रथालाई पनि देखाउन खोजेको छ । बिक्रय कला किन आवश्यक छ ? ग्राहकलाई कसरी बुझ्ने र व्यवहार गर्ने कुरा बताइएको छ । परदेश गएर फर्केका बिरजुमार्फत के सन्देश लिन सकिन्छ भने सानो ठूलो जे उद्यम गरे पनि आफ्नै माटो, ठाउँ र देशमा गर्नुपर्दछ ।
उद्यमी उसै उद्यमी बन्दैन, धेरै मेहेनत, हिम्मत गरेर अगाडि बढ्दा मात्र सफलता पाइन्छ । एउटा उद्यमीले भाग्यभन्दा कर्ममा र ईश्वरको पूजाभन्दा इश्वरीय सन्देशमा विश्वास राख्दा उचित हुने भाव दर्शाउँदछ पुस्तकले । बिरजुको बाबु, आमा, दाजुभाई, इष्टमित्र र समाजसँग जोडिएको ‘अनुराधा भवन’ले नेपालमा उद्यमशीलता विकास, विद्यमान उद्यमीलाई प्रेरणा दिन र नयाँ उद्यमीलाई जागरुक गराउन राम्रो भूमिका खेल्न सक्छ । सबै उद्यमी र उद्यमशील मनले पढ्नै पर्ने कृति हो ‘अनुराधा भवन’ ।
तष्mबकिष्लब।अजबपचबउबलष्२नmबष्।िअयm