यमुना प्रधानाङ्ग
आज हामी अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा, आजसम्ममा नारीहरू जुन हिसाबले बाहिर आउनुपर्ने थियो, त्यो अनुसार आउन सकिराखेका छैनन् । बाहिर आउन नसक्नुमा गरिबी, अशिक्षा, चेतनाको अभाव, रूढीवादी मानसिकता, कुरीति आदि प्रमुख कारणहरू हुन् । पहिलेको तुलनामा भने केही मात्रामा नारीहरू बाहिर आएकै हुन् भन्न चाहिं सकिन्छ ।
गरिबीले थिचिएको हाम्रो देशका धेरैजसो जनताको दैनिकी बिहान खाए बेलुकी के खाने, बेलुकी खाए बिहान के खाने भन्ने चिन्ताले बित्छ ।
अझै पनि हाम्रो समाजमा छोरी भनेको अर्काको घर जाने जात हो । उनीहरूलाई विवाह गरी पठाउनु नै ठूलो धर्म हो भन्ने सोचाइ रहनुका साथै छोरीहरूलाई जति पढाए पनि अर्काको घरमा चुलो नबाली सुख पाइँदैन, पढाएर के काम भन्ने सोचाइ रहेको पाइन्छ । बाबुआमाको बुढयौलीको सहारा त छोरा नै हो भनी छोरी जन्मिने बित्तिकै हेला गर्ने परम्परासमेत बसेको छ । जसले गर्दा धेरैजसो अभिभावक खासगरी गाउँघरमा तथा अशिक्षित परिवारमा छोरीहरूलाई पढाउनुपर्छ भन्नेतर्फ उन्मुख भएका देखिंदैनन् । साथै छोरीको आवश्यकता महसुस नभएमा गर्भमैं छँदा वैज्ञानिक पद्धतिद्वारा छोरा वा छोरी के छ भन्ने पत्ता लगाइ छोरी भएमा भ्रुण हत्या गर्ने गरेको हाम्रो समाजमा व्याप्त छ । कानुनी हिसाबले यो पनि एउटा अपराध हो ।
चेतना अभावकै कारण खेल्ने, कुद्ने समयमा सानासाना छोरीहरूलाई विवाह गरी पठाउने चलन अझै पनि हाम्रो समाजमा विद्यमान छ । जसलाई बालविवाह भनिन्छ । कानुनी हिसाबले यसो गर्नु अपराध हो ।
समुदायको विकास हुँदैमा सबैको विकास भएको छ भन्न सकिंदैन । सबै समुदाय आआफ्नो समुदायमा नारी उत्थानका लागि कार्य गरे मात्र सबै समुदायका नारीको विकास सम्भव छ ।
आज पनि हाम्रो देशमा अन्धविश्वासको कारण एक महिलाले अर्को महिलालाई बोक्सीको आरोप लगाउने गरेका कारण विभिन्न घटनाहरू हुने गरेका छन् । त्यस्तै प्रशस्त मात्रामा दाइजो दिन नसकेको कारण महिलाको ज्यानैसम्म लिएको घटना हामीले देख्दै, सुन्दै आइरहेका छौं ।
हिंसा दुई प्रकारका हुन्छन् । शारीरिक तथा मानसिक । मार्नु,
काट्नु मात्र हिंसा होइन । गालीगलौज, पिट्नु, बेइज्जत आदि गर्नु पनि हिंसाभित्र पर्दछन् ।
आज नारीहरू कतै पनि सुरक्षित रहने अवस्थाको वातावरण बन्न सकेको छैन । विवेकहीन पुरुषहरूबाट सानासाना बालिकाहरूको समेत अस्मिता लुटिरहेको अवस्थामा अभिभावकहरूले आफ्ना छोरीहरूलाई स्वतन्त्ररूपले घरदेखि बाहिर पठाउन डरत्रास मानिरहेका छन् । त्यसैले नारीहरू डरत्रासको वातावरणमा बाँचिरहनुपरेको छ ।
जबसम्म पुरुषहरूको भावना परिवर्तन हुँदैन, तबसम्म नारीहरू घरसमाज कतै पनि सुरक्षित रहन सक्दैनन् । जबसम्म छोरा र छोरीमा भेदभाव राख्छौं । छोरीहरूले प्रगति गर्न सक्दैनन् ।
जबसम्म छोरीबुहारीमा भेदभाव राख्छौं, तबसम्म घरपरिवार कलहरहित बन्न सक्दैन ।
पतिपत्नी एउटा रथका दुईवटा पाङ्ग्रा हुन् भन्ने कुरा हामीले बिर्सनुहुँदैन । एउटामात्र पाङ्ग्राले रथरूपी हाम्रो जीवन चल्न गाह्रो हुन्छ ।
अन्त्यमा,
माथिका राम्रा पक्षहरू पचास प्रतिशतमात्र पनि हामीले व्यवहारमा लागू गर्न सक्यौं भने आधा आकाश ढाकेका नारीहरूको विकास हुन समय लाग्दैन । नारीहरूको विकासबिना घर, समाज, राष्ट्र, विश्वको नै विकास हुन असम्भव छ । अस्तु १