सञ्जय साह ‘मित्र’
काभ्रेमा जन्मिई बारा, रौतहट हुँदै मकवानपुरका स्थायी बासिन्दा बन्न पुगी करिब आधा दशकदेखि काठमाडौं उपत्यकालाई कर्मथलो बनाएका नवराज शर्मा तिमल्सिनाको परिचय पत्रकार र साहित्यकार दुवै रहेको छ । एउटा सिक्काका दुई पाटाजस्तै व्यक्तित्व बोकेका शर्मा, एकातिरबाट हेर्दा पत्रकार मात्र देखिन्छन् भने अर्को पाटो फर्काएर साहित्यकार मात्र देख्नेहरू पनि छन् । पञ्चायती व्यवस्था हुँदै साहित्यिक सङ्गठन गर्दै कार्यक्रमको आयोजना गर्ने र प्रगतिवादी रचनाले समाजको चेतना उठाउने अभियानदेखि साहित्यिक पत्रकारिता गर्ने र अखबारको प्रकाशन गरी जनचेतना उकास्ने काममा निरन्तर लागेका शर्मालाई हेटौंडेली पत्रकारिताको स्तम्भका रूपमा लिइन्छ । मकवानपुरबाट पहिलो पुस्ताका साहित्यकार तथा पत्रकार भए पनि कृति प्रकाशनमा निकै समय लागेकाले विस्तारै साहित्यिक परिवेशबाट टाढिंदै गएर कतिपयले पत्रकारितामा सीमित बन्न पुगेको भनिरहेको वेला उनको ‘मट्याइलो सुगन्ध’ नामक कृति बजारमा आएको छ ।
कविता, कथा, निबन्धलगायत विधामा कलम चलाइरहने जनपक्षीय साहित्यकार शर्माको प्रस्तुत कृतिले उनको समग्र प्रवृत्तिको प्रतिनिधित्व गरेको छ । वाणी एकेडेमी काठमाडौंले प्रकाशन गरेको मट्याइलो सुगन्धलाई कथा कुथुङ्ग्री भनिएको छ । यसमा केही कथा, केही लघुकथा र केही आत्मकथा भएकोले यसो भनिएको हुन सक्छ तर समग्रमा यसलाई आख्यानात्मक कृति भन्दा राम्रो होला । ऋषि केबीको सुन्दर आवरणमा नारायण ढकालको मन्तव्य रहेको प्रस्तुत कृतिमा तीनवटै किसिमका आख्यान गरी अठार रचना रहेका छन् । विभिन्न पत्रपत्रिकामा पहिले नै प्रकाशित भइसकेका अधिकांश कथा तथा लघुकथा सङ्कलनमा परेको भए पनि मेरा लागि कथाकारका कथामा समेटिएका सातवटै शीर्षकका रचना भने नौला छन् । दुई दशकभन्दा पुरानादेखि नूतन, नवीन रचनाहरू समेटिको यस कृतिमा कथाकार शर्माको वैचारिक धरातलमा कुनै परिवर्तन नआएको टडकारो देखिएको छ ।
लघुकथा, कथा तथा आत्मकथाजस्ता लाग्ने कथाकारका कथामा प्रयुक्त पात्र, परिवेश, कथानक र भाषाको शैलीसमेतले प्रगतिशीलताको वकालत गरेको छ । सामान्य मानिसले जीवनमा भोग्नुपर्ने दैनिकीदेखि नजानिंदो शोषणको शिकार भएका र गरिबहरूमाथि समाजका ठालूहरूले गर्ने अन्यायको प्रस्तुति रचनाहरूमा छ । छलकपटले कसरी गरिबको जीवनमा सङ्कट आउँछ, जीवन कसरी दुरुह बन्न पुग्दछ र मानिसले विवशतामा कसरी आफूलाई समायोजन गर्दछ भन्ने जस्ता जीवनवादी सोचहरू कथामा आएका छन् । कथाहरूमा जीवन र जगतको यथार्थतामा कतै शोषकमाथि घृणा उत्पन्न हुन्छ त कतै निरीह श्रमिकमाथि हृदयदेखि सहानुभूतिको मूल फुटेर आउँछ । सीमान्त नागरिकहरूप्रति मनमा उम्रने सहानुभूतिले समाजमा सबै किसिमको विकास बढ्दै गए पनि अझै पीडितहरूको सङ्ख्या, पीडाको प्रकृति र निरन्तरतामा कमी आउन नसकेकोतिर समेत सोच्न बाध्य बनाउँछ । निम्नवर्ग कहिलेसम्म रोजीरोटी र दैनिक समस्याका लागि सङ्घर्ष गरिरहनुपर्ने हो वा कुन व्यवस्थाले परिश्रमको सट्टा सन्तोष र सुख देला भन्ने प्रश्न मनमा उब्जिन छोड्दैन ।
कथाकारका कथाले आत्मकथाको नयाँ स्वाद दिन्छ, शैली र प्रस्तुतिका दृष्टिले । जीवनमा सरलताको खोजीमा कसरी यायावरीय प्रवृत्ति अपनाउन पुगेको होला भन्ने विषयमा परापूर्वकालको प्रागैतिहासिकताको नवीन विम्ब यस खण्डमा पाउन सकिन्छ । मनमा स्वाभिमान लिएर निम्नवर्ग जहाँ गए पनि सताइने र पीडाले साथ कहिल्यै पनि नछोड्नेजस्तो अत्यन्त तीतो यथार्थको मार्मिक विम्बन गरिएको यस खण्डमा मनलाई निचोरेर शब्द चयन गरिएको छ । पीडाहरूको बथान हिंडेको छ, हुलका हुल, मर्महरूको लस्कर छ र असहनीयताको पराकाष्ठा छ । कुनै मार्मिक महाकाव्यको विषयवस्तुलाई घनीभूत बनाएर प्रस्तुत गरिएको अनुभूति हुन्छ र शर्मा परिवारलाई जान्नेहरूका आँखा अगाडि हृदयविदारक दृश्यहरूले भरिएको चलचित्र हेरिरहेको आभास हुन्छ पढ्दा । यद्यपि कसैलाई कुनै उपन्यासको काँचो र अशृङ्खलित विषयवस्तुको प्रस्तुति पनि लाग्न सक्ला ।
कथाकार शर्माको पहिलो कृति नै ६२ वर्षको उमेरमा आएको छ । २०४६ मा मकवानपुरका केही उत्साही युवाहरूको सक्रियतामा ‘बन्धनभित्रका अभिव्यक्तिहरू’ संयुक्त कवितासङ्ग्रह प्रकाशित हुँदा शर्माका पनि रचनाहरू परेका थिए । यस दृष्टिले शर्माको यो दोस्रो कृति हो । २०४६ मैं कृति प्रकाशन भइसकेको अवस्थालाई हेर्ने हो भने साहित्यले निकै फड्को मारिसकेको र विभिन्न विधागत पहिचानसहित साहित्य क्षेत्र अगाडि बढिइरहेको छ । यस कारण यस कृतिलाई यस रूपमा भन्दा लघुकथाहरूको एउटा, कथाहरूको एउटा र आत्मकथाको एउटा गरी तीनवटा कृति–प्रकाशन सामग्रीको रूपमा राखेको भए अझ राम्रो हुन्थ्यो । साहित्यमा विधागत कृतिको निकै ठूलो महत्त्व हुने भएकोले यसमा सङ्कलित रचनाहरूमा विधागत गुणका दृष्टिले आत्मविवरणात्मक कला र प्रस्तुति साँच्चीकै जीवन्त तथा उच्च कोटिको भएकोले यस पाटोलाई अझ विस्तार गर्न सके नेपाली भाषा र साहित्यको क्षेत्रमा उच्च कोटिको कृति प्राप्त हुने थियो ।