प्रस, वीरगंज, १५ चैत/
शिक्षा विभागको अनुमति नलिएर विभिन्न सङ्घसंस्थामा काम गर्ने शिक्षकहरूलाई कारबाई गर्ने अभियान शुरु भएपछि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति फूलमहम्मद मियाँले शिक्षक पेशाबाट स्वेच्छिक अवकाश लिएका छन् ।
शिक्षा विभागले जिशिका पर्सालाई स्वीकृति नलिएर शिक्षकहरूले सरकारी वा गैरसरकारी संस्थाका सञ्चालक, संस्थापक वा कर्मचारी उपभोक्ता समिति सामुदायिक वन बचत तथा ऋण सहकारी संस्था, पत्रकारिता, व्यवसाय, निर्माणलगायत कामहरू गर्न नपाउने भएकाले पर्सा जिल्लामा कार्यरत शिक्षकहरू त्यस्ता कार्यमा आबद्ध देखिए उनीहरूको तथ्याड्ढ पठाउन निर्देशन गरेपछि पर्सा रेडक्रसका सभापति मियाँले गत बिहीवार राजीनामा दिएका र उनले दिएको राजीनामा जिल्ला शिक्षा कार्यालय पर्साले स्वीकृत पनि गरिसकेको छ ।
यता जिल्ला शिक्षा कार्यालय पर्साले मातहतका स्रोत केन्द्रहरूमा एक साताभित्र शिक्षण पेशामा रहेर गैरकानुनी तरिकाले अनुमतिबेगर विभिन्न सङ्घसंस्थाहरूको जिम्मेवारी वहन गर्दै आएका शिक्षकहरूको तथ्याड्ढ माग गरेको छ । यसै क्रममा पर्सा जिल्लामा १२८ जनाभन्दा बढी शिक्षकहरू प्रत्यक्षरूपमा अनुमति बेगर विभिन्न सङ्घसंस्थामा काम गर्दै आएको पाइएको छ । स्रोत केन्द्रले अबको दुई चार दिनमा प्रतिवेदन पेश गर्नेछ ।
नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले लिखितरूपमा आफूसँग सोधिनी नभएको बताए । उनले पत्रकारिता पेशामा संलग्न शिक्षकहरूको रितपूर्वक माग भएमा कानुन अनुसारको कारबाई गर्न आफू तत्पर रहेको प्रतिक्रिया दिएका छन् ।
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको सदस्य रहनुका साथै विभिन्न पत्रिकाहरू प्रकाशन गर्दे आएका शिक्षकहरूको सङ्ख्या पनि आधा दर्जनभन्दा बढी छ ।