उमाशङकर द्विवेदी
पाण्डवहरू बार्ह वर्षे वनवासको क्रममा द्वैतवनमा आश्रम बनाइ बसिरहेका थिए। एक दिन एउटा मृगलाई पछयाउँदै पाँचैजना पाण्डवहरू गहन वनमा पुगे। उनीहरू मृग नपाएर निराश, थकित तथा भोकप्यासले पीडित भई एउटा वटवृक्षको सियाँलमा गई बसे। भाइहरूको दुर्दशा देखेर युधिष्ठिरले नकुलसित भने– “भाइ, तिम्रा यी दाजुहरू तिर्खाएका तथा थकित छन्। यता कतै जलाशय वा जलाशयको छेउमा उत्पन्न हुने कुनै रूख, बिरुवा छ कि ? हेर त भाइ।” दाजुको कुरा सुनेर नकुल एउटा रूखमाथि चढेर यताउति हेर्दै भन्न थाले– “राजन्, अलि पर मैले जलाशयको छेउमा उम्रिने रूख देख्दैछु तथा जलपक्षी सारसको स्वर पनि सुन्दैछु । त्यहा अवश्य नै पानी हुनुपर्दछ।” नकुलको कुरा सुनेर सुखद आश्चर्य मान्दै युधिष्ठिरले भने– “त्यसो हो भने भाइ, तिमी गएर पानी ओसारी ल्याऊ।”
दाजुको आज्ञानुसार नकुल हस्याङग–फस्याङग गर्दै हिंडेर जलाशयको छेउमा पुगे। त्यहाँ निर्मल जलमा जलकलरव गरिरहेका सारसहरूलाई देखेर खुशी भई नकुल पानी पिउनको लागि जलाशयमा प्रवेश गरेर पानी पिउनै आँटेका थिए कि यत्तिकैमा आकाशवाणी सुनियो– “नकुल, पानीमा पसेर पानी पिउने साहस नगर । पहिलेदेखि नै मेरो एउटा नियम छ। मेरा प्रश्नहरूको जवाफ देऊ, अनिमात्रै पानी पिउनु तथा लग्नु।” नकुललाई त औधी तिर्खा लागेको थियो, अत: उनले त्यस आकाशवाणीको वास्ता नगरेर त्यस जलाशयको पानी खाइदिए। त्यस जलाशयको निर्मल र शीतल जल पिउनासाथ उनी बेहोस भएर भूमिमा लडे। नकुल जलको अनुसन्धानमा गएको निकै बेर बितिसकेपछि युधिष्ठिरले वीर सहदेवसित भने– “सहदेव, तिम्रो भाइ नकुलले पानी ल्याउन गएको धेरैबेर बितिसक्यो। अत: तिमी गएर नकुललाई बोलाएर तथा पानी साथमा लिएर आऊ ।” दाजुको आज्ञा शिरोपर गरी सहदेव नकुल गएको दिशातर्फ गए। त्यहाँ पुगेर उनले भाइलाई मृत अवस्थामा लडिरहेको पाएर शोकविह्वल भए, तर तिर्खाले पनि पीडित गरिरहेको थियो। उनी जलाशयतर्फ लागे। पानीमा पसेर पानी पिउन के लागेका थिए, यत्तिकैमा आकाशवाणी सुनियो– “सहदेव, पानीमा पसेर पानी पिउने साहस नगर। पहिलेदेखि नै मेरो एउटा नियम छ। मेरा प्रश्नहरूको जवाफ देऊ, अनिमात्रै पानी पिउनु तथा लग्नु।” सहदेवलाई त औधी तिर्खा लागेको थियो, अत: उनले त्यस आकाशवाणीको वास्ता नगरेर त्यस जलाशयको पानी खाइदिए। पानी पिउनासाथ उनी पनि भाइ नकुलभैंm बेहोस भएर भुइँमा पछारिए ।
सहदेव पनि पानी ल्याउन गएको धेरै बेर बितिसकेपछि युधिष्ठिरले अर्जुनसित भने– “शत्रुदमन अर्जुन, हेर तिम्रा भाइहरू नकुल र सहदेवले पानी ल्याउन गएको धेरै बेर बितिसक्यो तर दुईजनामध्ये कोही पनि फर्कि आएन। के भयो उनीहरूलाई, गएर हेर त भाइ।” दाजुको आज्ञा शिरोपर गरी अर्जुन आफ्नो धनुष–वाण धारण गरेर तथा म्यानबाट तरवार झिकी हातमा लिएर भाइहरू गएको दिशातर्फ लागे। यस प्रकारले उनी एउटा सरोवरनिर पुगे। त्यहाँ उनले आफ्ना प्यारा भाइहरूलाई मृत अवस्थामा भुइँमा लडिरहेको देखे। यस दृश्यले अर्जुन अत्यन्त शोकाकुल भई धनुषमाथि वाणको सन्धान गरेर वरिपरि चारैतिर हेर्न थाले तर उनले कुनै पनि प्राणीलाई देखेनन्। तिर्खाले व्यथित भएका अर्जुन पानी खान भनी जलाशयमा पसेर पानी पिउन मात्र के आँटेका थिए, यत्तिकैमा आकाशवाणी भयो– “कुन्तीनन्दन अर्जुन, तिमी पानीतिर किन गइरहेका छौ। जबरजस्ती तिमीले यो पानी पिउन सक्दैनौ। पानीमा पसेर पानी पिउने साहस नगर। पहिलेदेखि नै मेरो एउटा नियम छ। मेरा प्रश्नहरूको जवाफ देऊ, अनिमात्रै पानी पिउनु तथा लग्नु।” आफूलाई यस प्रकारले पानी खानबाट रोकिंदा अर्जुनले सरोस भने–“को हो यस प्रकारले कराउने ? साहस छ भने प्रकट भएर मलाई पानी खानबाट रोकोस्।” यस्तो भनेर अर्जुनले शब्दवेधको कौशल देखाउँदै सम्पूर्ण दिशाहरूलाई अभिमन्त्रित वाणहरूले व्याप्त पारिदिए । यो देखेर आकाशवाणीले भन्यो– “अर्जुन, यस वृथा उद्योगले के हुन्छ ? तिमीले पानी खानुभन्दा पहिले मेरा प्रश्नहरूको जवाफ दिनै पर्दछ, अन्यथा तिम्रा भाइहरूभैंm तिम्रो मृत्यु पनि निश्चित नै भइहाल्नेछ।” अर्जुनलाई त औधी तिर्खा लागेको थियो। अत: उनले त्यस आकाशवाणीको वास्ता नगरेर त्यस जलाशयको पानी खाइदिए। त्यस जलाशयको पानी खाने बित्तिकै आफ्ना अन्य भाइहरूभैंm अर्जुन पनि बेहोस भएर भुइँमा पछारिए।
नकुल, सहदेव र अर्जुन पानी ल्याउन गएको धेरै बेर बितिसक्दा पनि फर्कि नआएको देखेर आत्तिंदै भीमसेनसित युधिष्ठिरले भने– “भाइ भीमसेन, नकुल, सहदेव तथा अर्जुन अहिलेसम्म पनि किन नफर्केका होलान् ? गएर हेर त के भयो भाइ ।” दाजुको आज्ञा सुनेर भीमसेन जलाशयतिर गएर हेर्दा तीनैजना भाइहरूलाई मृत अवस्थामा भुइँमा पछारिएको देखेर अत्यन्त शोकाकुल भए। उनले यो काम कुनै यक्ष वा राक्षसको हुनुपर्दछ, अत: उनीहरूसित आज मैले भयङकर युद्ध गर्नुपर्ने हुन्छ। तिर्खाले व्याकुल त छँदै थिए, शरीरमा शक्तिसञ्चय गर्ने उद्देश्यले उनी पानी पिउन भनेर जलशयमा पसेर पानी पिउन मात्र के आँटेका थिए, पुन: आकाशवाणी भयो– “भीमसेन, पानीमा पसेर पानी पिउने साहस नगर। पहिलेदेखि नै मेरो एउटा नियम छ। मेरा प्रश्नहरूको जवाफ देऊ, अनिमात्रै पानी पिउनु तथा लग्नु।” भीमसेनलाई त औधी तिर्खा लागेको थियो, अत: उनले त्यस आकाशवाणीको परवाह नगरेर त्यस जलाशयको पानी खाइदिए । त्यस जलाशयको निर्मल र शीतल जल पिउनासाथ उनी बेहोस भएर भूमिमा
लडे। क्रमश:...