शीतल गिरी
अदृश्य र अज्ञानताको बारेमा थाहा पाउने जिज्ञासा मानिसमा धेरै पहिलेदेखिको हो। जुन शक्ति सदैव नै अदृश्य रहने गर्दछ, त्यसप्रति फरकफरक किसिमका कल्पनाहरू गर्न र मान्यताहरू विकसित गर्न मानवको लागि सर्वथा स्वाभाविक छ ।
सोच्दछु, अदृश्य शक्ति दु:खको कारण कसरी बन्न सक्दछ, अनि सुखको । सृजनकर्ता या प्रकृतिको तर्फबाट त बनेर आएको होइन यो अदृश्य शक्ति । मानवजीवनभैंm यसको पनि सृजना एकै किसिमबाट हुने पनि होइन। अनि कुरा किन दु:ख र सुख अदृश्य शक्तिमा रहेको जस्तो लाग्दछ।
यो प्रश्न निकै धेरै पहिलेदेखि मसँग छ। समाधान निकाल्न सकेको छैन। म नास्तिक हुँ र असतको सत्तालाई स्वीकार्न सक्दिनँ। अदृश्य शक्तिमा असत पाउँछु, तब त्यसलाई शक्ति स्वीकार्न सक्दिनँ। शक्ति मान्नेहरूको जमात पनि निकै ठूलो छ। कुनै घटनाहरूलाई जब वस्तुजगत्को कारणहरूले कुनै सम्बन्ध कायम गर्न सकिंदैन, जब त्यो नितान्त अनपेक्षित हुने गर्दछ, तब त्यसलाई दैवी घटना मानेर मनलाई सान्त्वना दिने गरिन्छ। कुनै पनि समाजको सङगठन, त्यसको उपलब्धिहरू र प्रगतिको मापन गर्दा खेरी त्यसको धर्मको पृष्ठभूमि र समाजका सदस्यलाई प्रभावित पार्न सक्ने धार्मिक कारणहरूको अध्ययन आवश्यक पर्दछ।
धार्मिक विश्वास र श्रद्धाले नै समूहमा सुरक्षा र सहयोगको भावनाले जन्म दिने गर्दछ। समाजका रचनात्मक अभिव्यक्तिहरू, विशेषगरी त्यसको साहित्य र कला, सामाजिक गतिविधि र क्रियाकलाप आदिमा धार्मिक विश्वासको प्रत्यक्ष या अप्रत्यक्ष छाप अवश्य रहेकै हुन्छ। वरिपरि, चारैतिर यस कुराका प्रमाण नै प्रमाण छन्।
मेरो छिमेकी अधिवक्ता वकालत गर्न हजारौं शुल्क लिन्छन्, तब मुद्दाको पैरवी गर्छन्। गङगाधरले पेट्रोल पम्पमाथि पेट्रोल पम्प थप्दैछन्। यसमा अदृश्य शक्तिको हात छैन, तब पनि पूजा प्रतिष्ठानमा मोटै रकम खर्च गर्ने गरेका छन्। हरिकृष्ण गोपाली मेरो तरकारीबारीमा पाँच हजारमा काम गरिरहेका छन्। दिनरात काम गरिरहन्छन्, खाएर लाएर महिनाको पाँच हजार प्रत्येक महिना बुझ्छन्। उनले महिनाको चार सय रुपियाँ धर्मको नाममा खर्च गर्छन्, चार हजार छ सय घरमा पठाउँछन्। धार्मिक क्रियाहरूको अनुभूतिद्वारा प्रकट भएको विश्वास र मान्यताहरू कुनै पनि दुई भिन्न दिशाहरूमा विकसित हुन सक्छन् । जब यी अति मानवीय अदृश्य शक्तिहरूलाई वशीभूत र नियन्त्रित गर्ने चेष्टा गर्ने गरिन्छ, तब मानवको हृदयमा यो भावना रहन्छ कि यी शक्तिहरूप्रति आत्मसमर्पण गर्न पुग्दछ, तब ऊ यी शक्तिहरूलाई नियन्त्रण गर्ने प्रयत्न नगरेर स्वयम् त्यसबाट नियन्त्रित हुन थाल्दछन् ।
जादुको मान्यता आधारित क्षेत्र धर्मको परिधिमा पर्दछ। जादु त्यस अतिन्द्रिय शक्तिलाई आफ्नो इच्छा अनुसार राम्रोखराब, शुभ–अशुभ उपयोगमा ल्याउन सकियोस्। हामी सधैं कहीं न कहीं जादु गरिएको पाउँछौं। दश बजे कार्यालय जाँदा बिरालोले बाटो काटयो भने कतिपय अर्को बाटोबाट गएको पाउँछौं। ढिलो पुगेर भएपनि जादुको मान्यता धेरैले राख्ने गरेका छन् । यस्तो ससानो जादुलाई हिजोआज बेवास्ता गर्नेको पनि कमी छैन। जादु भनेको अन्धविश्वास हो र यो सानो वा ठूलो हुँदैन।
जादुको बारेमा पढेको छु र लेखेको पनि छु। तर यस्तो अझ लाग्न सकेको छैन कि यसको यथार्थ थाहा पाइसकें। कुनै पनि जादु क्रियामा कतिपय शब्द उच्चारित या अभिमन्त्रित शब्द साधारणभन्दा केही फरक हुन्छन् र सामान्यत: गोप्य राख्ने गरिन्छ। कहिलेकाहीं जादु सामाजिकरूपले मान्य हुने गर्छ, तब पनि त्यस समाजका सबै सदस्यले गोप्य राख्ने गरिएका शब्दसँग परिचित हुने गर्छ, तर यस स्थितिमा पनि ती शब्द त्यस्ता मानिसहरूबाट गोप्य राख्ने गरिन्छ, जो उनीहरूको संस्कृतिका सदस्य होइनन् ।
कुनै पनि जादु क्रियामा शब्द उच्चारणका साथमा कतिपय विशिष्ट क्रियाहरू मन्त्रले नतिजाको रूप प्राप्त गर्नका लागि प्रायश: उच्चारणको साथमा कतिपय क्रियाहरू गर्न पनि आवश्यक हुने गर्छ। यस्ता क्रियाले मन्त्रोचारणलाई नाटकीय तत्त्वदान गर्दछ। म यसैको बारेमा थाहा पाउन चाहन्छु।
दुइटा कुरातर्फ ध्यान जान्छ। अभिमन्त्रित शब्द साधारण शब्दभन्दा केही फरक हुन्छ। नबुझ्ने किसिमले या ओठमात्र हल्लिने गरी उच्चारण गर्ने गरेको पाइन्छ। मानिस यस्ता जादु गर्नेहरूसँग डराउँछन्। डरले भक्ता, ओझा इत्यादि भनी सम्मान दिन्छन्। समाजमा झारफूक गर्नेहरू थुप्रै पाइन्छन् । तर पनि केहीले मात्र प्रतिष्ठा प्राप्त गरेका हुन्छन्। दशैंको अवसरमा शक्तिपीठहरूमा जहाँ जानुस् तान्त्रिकहरू पाउनुहुन्छ। यस अवसरमा एकभन्दा एक जान्ने तान्त्रिकहरू आफ्नो विद्याको रक्षा गर्न जुटेका हुन्छन्। जान्ने तान्त्रिकहरूको नजिकमा सेवा प्राप्त गर्नेको घुइँचो हुन्छ । यसबाहेक पनि समयसमयमा तान्त्रिकहरूले आफ्नो तन्त्र साधना गर्ने गर्छन्। जादु गर्ने व्यक्तिको विशेष स्थिति जुन दिन जादुको क्रिया गरिने हुन्छ, त्यस दिन सधैंको सामान्य जीवनभन्दा पृथक कतिपय प्रकारका गतिविधि गर्नु आवश्यक ठानिन्छ । यस अवधिमा कतिपय खाद्य तथा व्यवहार निषिद्ध गरिएका हुन्छन्।
जादुमा सबभन्दा महत्त्वपूर्ण मन्त्र नै हुन्छ, अन्य क्रिया र व्यवहार त्योसँग जोडिएकामात्र हुन्। ईश्वर या अदृश्य शक्ति मानिससँग सम्झौता गरोस्, यसको लागि यी क्रियाहरूको आवश्यकता पर्दछ । जसले जादुको क्रिया गर्दछ, त्यसलाई तान्त्रिक भनिन्छ। तान्त्रिक कुनै मानिसको नाम होइन। जादुको नाम पनि होइन। जो तन्त्रमन्त्र गर्दछ, तन्त्र साधनामा जुट्छ, ऊ तान्त्रिक भनाउँछ, अहिलेको समयको ठूलो तान्त्रिक को हो यो भन्न गार्हो छ । तर अन्धविश्वासले तान्त्रिकको बजार अझसम्म चल्दैछ। मन्त्रको किताब बजारमा पाइन्छ, विश्वास मन्त्रलाई सिद्ध गर्नेमा हो।
यो त भयो एउटा कुरा, यानी तान्त्रिक। अब अर्को कुरा, यानी भगवान् । बागमती मेला थियो। ओहो त्यसबारेमा केही नसोध्नोस्। कार्तिक पूर्णिमाको बागमती मेलामा मानिस कमिलाको ताँतीभैंm धेरै ठाउँबाट जुट्ने गर्छन्। नजिककाहरू पैदलै पनि जान्छन् । यहाँको भीड केही फरक छ। शहरियाको होइन, गाउँलेको हो। तर लाग्दछ, मेलाको रमाइलोमा रम्न शहर बजारकाहरू पनि प्रशस्त आउँछन्। नजिक र टाढाका मानिसहरू किन आए र किन फर्किए यो प्रश्नको जवाफ जटिल छ। शायद कार्तिकको कालो बागमतीमा स्नान गरी पखाली धर्म आर्जन गर्न आएका होलान् । मेलामा के हुन्छ ? धर्मको नाममा बागमती स्नान हुन्छ, जाडोको लागि गरम कपडाको खरिद–बिक्री हुन्छ। त्यहाँ त्योभन्दा बढी के हुन्छ। के, पुण्य ? त्यो कुन वस्तु हो, किन्न सकिन्छ ? पाप पखाल्न सकिन्छ ? हजुर, अहा सकिंदैन। तर भक्ता तान्त्रिकहरूका क्रियाले प्रसन्नता दिलाउँछ। प्रसन्नता रोगीमा बाँच्ने आत्मविश्वास। आदर्शत: यदि मन्त्रहरूका उच्चारण सही किसिमबाट भयो र अरू क्रियाहरू पनि नियम अनुसार उच्चारण कार्य गर्न बाध्य हुन्छ। यदि जादु क्रिया आफ्नो अभिप्रेतमा सफल भएन भने त त्यसको असफलताको सम्बन्धमा प्रायश: यस्तो भन्ने गरिएको छ कि अभिचारकले मन्त्रको शब्दक्रम अथवा त्यसको साथमा गरिने क्रियाहरूमा कुनै त्रुटि गरेको छ अथवा यस्तो ठान्ने गरिएको छ कि सम्भवत: उसले यस विशिष्ट स्थितिहरूका कुनै अनिवार्य निषेधलाई उल्लङ्घन गरेको छ।
जादु धर्मको क्षेत्रमा फ्रेजरको उल्लेख आवश्यक छ। ‘गोल्डेन बाउ’ नामको पुस्तकमा फ्रेजरले जादुको विश्लेषण गर्दै दुई भागमा विभाजित गरेका छन्— (१) समानको समान प्रभाव, (२) सम्पर्कको प्रभाव। गाउँघरमा साँझ बिहान कसैलाई केही भयो कि भूतप्रेत लाग्यो भन्ने गरिन्छ र यसको प्रभाव भक्ताहरूले मन्साएपछि हट्छ भन्ने विश्वास गरिन्छ।
अचेल त भौतिकवादको प्रभावले शहर बजारमा जादुप्रतिको आस्था त समाप्त भइसकेको छैन, कमी भने पक्कै छ। ग्रामीण भेगमा तान्त्रिकहरूको तागत कति छ, नौरथाको समयमा गएर हेर्न सकिन्छ। आसनमा बसेर क्रिया गरिरहेकाप्रति मनमा श्रद्धा पलाउँछ। कहिल्यै नदेखेकाहरू तान्त्रिक क्रिया देख्दा दङग पर्छन्। समानको समान प्रभाव पार्ने नियम यस धारणामा आधारित छ कि जब एक किसिमको जादु क्रिया गरिन्छ, तब लक्ष्यमा त्यसको परिणाम पनि समानधर्मी हुने गर्छ। यसलाई नै अनुक्रमणात्मक जादु भन्ने गरिन्छ।
यसविपरीत अर्को किसिमको जादुमा समानताको स्थानमा सम्पर्कको महत्त्व धेरै मान्ने गरिन्छ। यस किसिमका विश्वासहरू संसारभरि नै व्यापक प्रसारमा छन्। मूर्ख, गँवार, गाउँको या शहरको सबैलाई जादुको बारेमा थोरबहुत थाहा हुन्छ।
यसो त दुइटा कुरा मनमा उठ्छ। एउटा तान्त्रिक, अर्को भगवान्। आस्थाको आवश्यकतालाई थाहा पाएर पनि तन्त्रप्रतिको विश्वासमा अरुचिले पनि भगवान्को अस्तित्वलाई स्वीकार्न सक्दिनँ । आफ्नो वशमा त केही पनि छैन, मैले नस्वीकारे पनि अनास्था भने गर्दिनँ। म अस्तित्व स्वीकार गरेर पूजा गर्न जान्नँ। शिशु जन्मेपछि उसको सालनाल त्यसै नफालेर कुनै ठाउँमा गाँड्ने गरिन्छ र पछि त्यो नदीमा बगाइने गरिन्छ । जसलाई जादुको लक्ष्य बनाउने गरिन्छ, त्यसको कपाल, नङ र मलमूत्रको उपयोग त्यस्ता जादु क्रियाहरूलाई पूर्ण गर्नमा गर्ने गरिन्छ।
जादु क्रियाहरूको लक्ष्य र उद्देश्य सधैं हानि पुर्याउने मात्र हुँदैन। बज्जिकाको लोक संस्कृतिमा जोङग–टोङग (टोटका, जादु)को आफ्नै एउटा अलग महत्त्व छ । जादु खराबमात्र हुन्छ भन्ने धारणा गलत हो। हेर्दछु, नराम्रोबाट बचावको लागि जादु गरेको पाउँदछु। तर अयोग्य तान्त्रिकको कारण जादुप्रतिको लोकको विश्वास हट्दैछ। जे भएपनि समाजमा जादुको अस्तित्व छ।
र, सम्झना आउँछ, एकजना तान्त्रिक जमुना गुभाजुको। खेतीपाती राम्रै भएको किसान थिए। तन्त्रमा सिद्धि प्राप्त गरेपछि लोकहिततर्फ ध्यान दिन थाल्दा खेत बाँझै बस्थ्यो। आफ्नो श्रममा बाँचेको मानिस अरूमा निर्भर रहन थाल्यो । जोङग–टोङग (जादु, टोटका) बज्जिकाहरूका जीवनमा पर्याप्त मात्रामा घुलमिल गरेको छ। प्राचीनकालदेखि नै मानवजीवनको सम्पूर्ण संस्कार यसमा आधारित छ।
यो जन्मदेखि मृत्युसम्म गर्ने गरिन्छ । टोटका (जादु)मा विश्वास गर्ने या नगर्ने एउटा फरक विषय हो। खेती किसानी गर्नमा पूर्ण पारङगत थिए, जमुना गुभाजु । तब पनि किन सुनका दाना फल्ने खेत बाँझै राख्ने गर्थे। यस दुर्घटनाको कारण जादुको सहाराले लोककल्याण मार्ग अपनाउनु हो।
आज सयौं वर्ष बितिसकेको छ। जमुना गुभाजु बडो समझदार थिए, वर्तमानले भन्ने गरेको छ। सो समयमा पनि नाम चलेका प्रतिष्ठित मानिस थिए होलान्। राजाका नजिकका मानिस पक्कै अवश्य थिए। जमुना गुभाजुले तन्त्र साधना गर्दा बेवकुफ भन्नेहरू पक्कै थिए, यथार्थमा यो भनेको प्रवृत्ति हो। राजाका नजिककाले तत्काल प्रतिष्ठा प्राप्त गर्दछ । प्रतिष्ठा र धन जति चाँडो प्राप्त गर्छन्, त्यति चाँडै विलय पनि हुन्छन्। उपत्यकाको कुरा मात्र होइन, हरेक ठाउँमा आआफ्नो संस्कृति अनुसार जोङग–टोङग गर्ने गरिन्छ। यस्तो कार्य अनपढ, गँवार, अशिक्षित महिलाहरूमा मात्र होइन, बरु पढेलेखेका मानिसहरू पनि योदेखि टाढा छैनन्।
जोङग–टोङग समाजमा निम्नवर्ग, मध्यमवर्ग र उच्चवर्गका मानिसहरूमा समानरूपले देख्न पाइन्छ। गाउँघरमा फलानो व्यक्ति बोक्सी हो भन्ने गरिएको प्रस्ट सुन्न पाइन्छ। यथार्थको पछि नलागेर धेरै मानिसहरू ‘हो, हो’को भरमा कुद्छन् । गरीब र एकल महिला खासगरी शिकार बन्न पुग्छन्। केही चलाख व्यक्तिको रिसइबीले फैलाएको प्रोपोगन्डामा गाउँलेहरू सहभागी भइस् दिसा खुवाइएको घटना हिजोआज पनि एदाकदा पाइएकै छ। नैतिकताको आधारमा राम्रो होइन। गाउँ एकोहोरिएपछि अवास्तविक पात्र पनि वास्तविक बोक्सी कहलाउँछ र दुर्घटना घट्छ।
वास्तवमा सत्ता र सुखको पछि नलाग्ने जमुना गुभाजुको कुरा तर्कबाट असिद्ध देखिन्छ। सोचौं, तन्त्र साधना गर्नेलाई भगवान्ले कहाँबाट कसरी, के उपलब्ध गराइ दिन्छन् ? उसको न भकारी छ, न कारोबार छ, न कामदार छ ? भन्नुस्, खेतमा परिश्रम नखन्याउने हो भने त भगवान्ले कहाँबाट आएर हाम्रो आवश्यकता पूरा गरिदिन्छन् ? तर जमुना गुभाजुको कुरा बेग्लै हो, उनले लोकको कल्याण गरे, लोकले उनको।